अन्तर्राष्ट्रिय 🗺

जर्जियाका प्रधानमन्त्रीद्वारा राजीनामा घोषणा

तिब्लिसी, ६ फागुन । जर्जियाका प्रधानमन्त्री गियोर्गी गखारियाले पदबाट राजीनामा दिने घोषणा गरेका छन्ए । उनले बिहीबार वक्तव्य जारी गर्दै आफु प्रधानमन्त्री पद त्याग गर्ने निश्कर्षमा पुगेको जानकारी दिए । संसद सदस्य तथा संयुक्त राष्ट्रिय आन्दोलन पार्टीका प्रमुख निका मेलियालाई गिरफ्तार गरेको विषयमा सत्तारुढ दलसँग भएको सहमतिअनुसार उले राजीनामा दिन लागेका हुन् । मेलियालाई गिरफ्तार गर्नु गल्ती भएको स्वीकार गरिएको छ । यस घटनालाई देशकै खतरनाक राजनीतिक घटनाको रूपमा लिइएको अधिकारीहरुले जनाएका छन् । विवादमा परेपछि जर्जियाको संसदले मेलियाको सांसद… पुरा पढौ

भारतमा कोभिड–१९ विरुद्धको खोप ९४ लाखभन्दा बढीले लगाए

नयाँदिल्ली, ६ फागुन भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि हालसम्म ९४ लाखभन्दा बढी व्यक्तिले खोप लगाइसेकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मी रहेका समाचारमा जनाइएको छ । यहाँ कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बुधबारसम्म एक करोड सात ९ लाख ५० हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १२ हजार ८८१ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड ९ लाख ५० हजार २०१ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा… पुरा पढौ

अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई २० करोड सहयोग गर्ने

वासिङ्टन, ६ फागुन संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई आर्थिक सहयोग गर्ने भएको छ । विश्व स्वास्थ्य संगठनलाई यसअघि अमेरिकाले दिँदै आएको सहयोग रोकेको थियो । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई दिँदै आएको सहयोगमा शुरुमा कटौती गरेका थिए र पछि सहयोग रकम रोकेका थिए । अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिंकेनले बुधबार अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई २० करोड अमेरिकी डलर सहयोग गर्ने इच्छा व्यक्त गरे । उनले अमेरिकाले सो रकम यसै महिनाको अन्त्यसम्ममा विश्व स्वास्थ्य संगठनलाई दिने भएको जानकारी दिए… पुरा पढौ

भारतमा मङ्गलबार कोभिड-१९ बाट एघार हजार छ सय भन्दा बढी सङ्क्रमित

नयाँदिल्ली, ५ फागुन । भारतमा मङ्गलबार ११ हजार ६१० जना थप व्यक्तिमा कोभिड–१९ सङ्क्रमण भएपछि कुल सङ्क्रमितको संख्या सम्म एक करोड ९ लाख ३७ हजार भन्दा बढी पुगेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जनाएको छ । साथै कोभिड–१९ संक्रमित मध्ये एक लाख ५५ हजार ९१३ जनाको मृत्यु भएको छ । भारतमा हाल सक्रिय संक्रमितको संख्या एक लाख ३६ हजार रहेको छ भने एक करोड ६ लाख व्यक्ति सङ्क्रमणमुक्त भइसकेका छन् । भारतमा कोभिड–१९ विरुद्ध गत जनवरी १६ देखि… पुरा पढौ

ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २ लाख ४० हजार पुग्यो

साओ पाओलो, ५ फागुन । ब्राजिलमा कोरोना भाइरस (कोभिड १९) बाट मृत्यु हुनेको संख्या बढ्दै गएको बताइएको छ । प्राप्त समाचारअनुसार मंगलबारमात्र ब्राजिलका २ लाख ४० हजार भन्दा बढीको यो संंक्रमणका कारण मृत्यु भएको पाइएको छ । ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म अर्थात् मंगलबारसम्ममा ब्राजिलमा कोरोनाको कारण २ लाख ४० हजार १५९ जनाको मृत्यु भएको छ । ब्राजिलमा पछिल्ला दिनहरुमा कोभिडका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको यहाँका अधिकारीहरुले जानकारी दिएका हुन् । ब्राजिल अमेरिकापछि कोरोनाबाट मृत्यु हुनेको संख्याको… पुरा पढौ

आधा अमेरिका हिमपातले ढाकियो, करोडौं प्रभावित, हवाई, यातायात र बिद्युत सेवा समेत बन्द

बोस्टन, अमेरिका, ४ फागुन । ठूलो हिमपात र हिमआँधीले आधा अमेरिका अहिले ढाकिएको छ । दक्षिणको टेक्ससदेखि पूर्वी उत्तरको मेन राज्यसम्मका दुई दर्जनभन्दा बढी राज्यमा एकैपटक हिमपातले असर पारेको अमेरिकी मौसम विभागले जनाएको छ । खराब मौसमका कारण कैयन् राज्यमा जारी कोरोना भाइरसविरुद्धको खोप अभियान रद्द भएका छन् । कैयन् राज्यस्थित राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरका विमानस्थल समेत बन्द भएकाले हजारौं उडान रद्द भएका छन् । रन वे पुरै जमेकाले मंगलबारका लागि पनि उडानहरु नहुने सूचना जारी गरिएको छ । सोमबार बिहानैबाट… पुरा पढौ

श्रमिकका पसिनाको सम्मान गर्नुपर्ने चीनका राष्ट्राध्यक्ष सी चिन फिङको धारणा

बेइजिङ, ४ फागुन । शहरहरूमा प्रवासी कामदारहरू नयाँ प्रकारका श्रमशक्ति हुन् जुन चीनको सुधार र खुलापनमा देखा परेको छन्। उनीहरू सम्पन्न समाज निर्माणको लागि महत्वपूर्ण शक्ति हुन् र देशको आधुनिकीकरणमा ठूलो योगदान पुर्‍याइरहेका छन्। कसरी शहरहरूमा प्रवासी कामदार सहित प्रत्येक चिनियाँहरुलाई सुधार तथा विकासको फल बाँड्न सकिन्छ भन्ने विषयमा राष्ट्राध्यक्ष सी चिनफिङमा गहिरो चिन्ता छ। चिनियाँ नव वर्षको नजिकै सी चिन फिङले शहरमा व्यस्त आप्रवासी कामदारहरूलाई सान्त्वना सहित नयाँ वर्षको शुभकामना व्यक्त गरेका थिए । विगत ५ दिनदेखि कान्सु प्रान्तमा… पुरा पढौ

म्यानमारमा नागरिकहरू रात्रि गस्तीमा

याङ्गोन, ३ फागुन । म्यानमारमा सैनिक शासनका कारण तनाव बढ्दै गएपछि सेना, प्रहरी र उनीहरूले खटाएका व्यक्तिहरूबाट निर्दोष जनतालाई पीडित हुन नदिन नागरिकहरूले रातभर गस्ती गर्न थालेका छन् । स्थानीयहरूलाई सैनिक सरकारले जेलबाट रिहा गरेका व्यक्तिमार्फत् सुराकी गर्ने र तनाव दिन थालेपछि यो रणनीति लिइएको नेशनल लिग फर डेमोक्र्यासी (एनएलडी) समर्थक नेता तथा कार्यकर्ता हरूले बताएका छन् । सेनाले नागरिक नेता आङ सान सुकीलाई फेब्रुअरी १ मा हिरासतमा लिएर उहाँको सरकारलाई हटाएपछि बनेको सेनाको निकट मानिने सैनिक जुन्ता समूहको सरकारले… पुरा पढौ

अर्जेन्टिनाका पूर्व राष्ट्रपतिको निधन

ब्युनस आयर्स, ३ फागुन । दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाका पूर्व राष्ट्रपति कार्लोस मेनेमको ९० वर्षको उमेरमा निधन भएको छ । स्थानीय संचार माध्यमहरुले उनको हृदयघातका कारण निधन भएको जनाएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई केही दिनअघि ब्युनस आयर्सस्थित लस आर्कोस अस्पतालमा उपचारमा भर्ना गरिएको थियो । श्री कार्लोस सन् १९८९ देखि १९९९ सम्म अर्जेन्टिनाको राष्ट्रपति भएका थिए । उनी सन् २००५ देखि ला रियोजा प्रान्तबाट सिनेट सदस्य पनि रहेका थिए । राष्ट्रपति अल्बर्टो फर्नान्डेजले पूर्व राष्ट्रपति मेनेमको निधनप्रति दुःख… पुरा पढौ

डब्लुएचओका विशेषज्ञद्वारा “न्यु योर्क टाइम्स”मा चीनबारे प्रकाशित रिपोर्ट निर्लज्ज भन्दै टिप्पणी

बेइजिङ, ३ माघ । “न्युयोर्क टाइम्स” लगायत धेरै अमेरिकी मिडियाले हालसालै केही लेखहरू प्रकाशित गरी विश्व स्वास्थ्य संगठनका केही विज्ञहरूको भनाइ उद्धृत गर्दै भनेका छन् कि नयाँ कोरोना भाइरसको पहिचान सम्बन्धी विश्व स्वास्थ्य संगठनको संयुक्त विज्ञ समूहको अनुसन्धानको क्रममा चीनका केही व्यवहारले गम्भीर बाधा पुर्‍याएको छ। यद्यपि उक्त प्रतिवेदन जारी भएपछि सम्बन्धित विज्ञहरूले ती अफवाहहरूको खण्डन गर्दै क्रमिक रूपमा प्रकाशित लेखमा उनीहरूको विचार विकृत भएको र “न्युयोर्क टाइम्स”लाई "बेशरमी" भनेर कडा टिप्पणी गरेका छन्। विश्व स्वास्थ्य संगठनका सल्लाहकार तथा अमेरिकाको… पुरा पढौ