अन्तर्राष्ट्रिय 🗺

इरानमा सत्ता अनिश्चितता, खामेनेई कोमामा

लन्डन, २४ चैत । इरानको नेतृत्वबारे अनिश्चितता बढिरहेका बेला सर्वोच्च नेता मोजताबा खामेनेई गम्भीर स्वास्थ्य अवस्थाका कारण कोम सहरमा उपचाररत रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उहाँ बेहोस अवस्थामा रहेको र राज्य सञ्चालनसम्बन्धी निर्णय प्रक्रियामा सहभागी हुन नसक्ने स्थितिमा रहेको दाबी गरिएको छ । द टाइम्सले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा कूटनीतिक मेमोमा आधारित खुफिया मूल्याङ्कन उद्धृत गर्दै खामेनेईको अवस्था गम्भीर रहेको उल्लेख गरिएको छ । उक्त मेमो अमेरिका र इजरायलका खाडी क्षेत्रीय साझेदारहरूसँग साझा गरिएको गोप्य सूचनामा आधारित रहेको जनाइएको छ… पुरा पढौ

आक्रमणमा कर्मचारीको मृत्यु भएपछि डब्ल्यूएचओद्वारा गाजाबाट चिकित्सा निकासी स्थगित

जेनेभा(स्विट्जरल्यान्ड), २४ चैत । आक्रमणको क्रममा संयुक्त राष्ट्र सङ्घीय एजेन्सीका लागि अनुबन्धित एक जना कर्मचारीको मृत्यु भए पछि विश्व स्वास्थ्य सङ्गठनले गाजाबाट चिकित्सा निकासी स्थगित गरेको विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेब्रेयससले बताउनु भएको छ । गेब्रेयससले विज्ञप्ति जारी गर्दै डब्लुएचओको कर्मचारीको मृत्यु पुष्टि गर्दा आफु निकै “स्तब्ध“ भएको बताउनु भएको छ । घटना पछि अर्को सूचना नआउन्जेल सम्मका लागि डब्लुएचओले गाजाबाट राफाह हुँदै इजिप्टमा चिकित्सा निकासी स्थगित गरेको उहाँले पुष्टि गर्नु भएको छ । घटनाको सम्बन्धित अधिकारीहरूद्वारा अनुसन्धान… पुरा पढौ

चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली

ह्युस्टन, २४ चैत । इतिहास रेकर्ड तोड्दै चन्द्रमाको दुर्लभ दृश्यहरूको साक्षी बनेको आर्टेमिस द्वितीय अन्तरिक्ष टोलीले आफ्नो महत्त्वाकांक्षी उडान सम्पन्न गर्दै पृथ्वीतर्फ फर्किने यात्रा सुरु गरेको छ । करिब सात घण्टासम्म अन्तरिक्षयानको झ्यालमा आँखा गाडेर बसेका चार सदस्यीय टोलीले मानव इतिहासमै फरक र अभूतपूर्व खगोलीय अनुभव सङ्कलन गरेका छन् । चन्द्रमाको कम चिनिएका क्रेटरहरूदेखि सूर्य ग्रहणसम्मका दृश्य अवलोकन गरेका अन्तरिक्ष यात्रीहरूले अन्तरिक्षबाट देखिएका दृश्यलाई शब्दमा व्यक्त गर्नै कठिन भएको बताएका छन् । अन्तरिक्ष यात्री भिक्टर ग्लोभरले आफूहरूले देखेका दृश्य मानव… पुरा पढौ

भारत आणविक इन्धन आत्मनिर्भरतातर्फ

नयाँदिल्ली, २४ चैत । भारतले आफ्नै आणविक इन्धन उत्पादनतर्फ महत्त्वपूर्ण फड्को मारेको छ । घरेलु प्रविधिबाट डिजाइन गरिएको प्रोटोटाइप फास्ट ब्रिडर रिएक्टर (पिएफबिआर) ले सफलतापूर्वक नियन्त्रित आणविक शृङ्खला प्रतिक्रिया सुरु गरेको छ । यसलाई ‘क्रिटिकल’ अवस्था भनिन्छ । यो चरण पार गर्नु विद्युत् उत्पादन सुरु हुनु अघि अत्यन्तै महत्त्वपूर्ण मानिन्छ । ऊर्जा माग तीव्र गतिमा बढिरहेको र हरितगृह ग्यास उत्सर्जनमा विश्वमै तेस्रो स्थानमा रहेको भारतले सन् २०४७ सम्म आफ्नो आणविक ऊर्जा क्षमता हालको करिब आठ गिगावाटबाट १०० गिगावाट पुर्‍याउने लक्ष्य… पुरा पढौ

युद्धबीच ४५ दिने विराम प्रस्ताव

वासिङ्टन, २३ चैत । इरान र संयुक्त राज्य अमेरिकाबीच तीव्र बन्दै गएको युद्धका बीच ४५ दिनको युद्धविराम र स्ट्रेट अफ होर्मुज पुनः खोल्ने प्रस्ताव अघि सारिएको छ, जसले जारी द्वन्द्वलाई अस्थायी रूपमा रोक्ने सम्भावना देखाएको छ । मध्यपूर्वका दुई अधिकारीका अनुसार इजिप्ट, पाकिस्तान र टर्कीका मध्यस्थकर्ताहरूले तयार पारेको उक्त मस्यौदा प्रस्ताव दुवै पक्षलाई पठाइएको छ, तर अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया आएको छैन । उक्त प्रस्तावले ४५ दिनको समयावधिमा विस्तृत वार्ता गरी स्थायी युद्धविराममा पुग्ने वातावरण तयार गर्ने लक्ष्य राखेको छ… पुरा पढौ

मध्यपूर्वमा युद्धको दायरा विस्तार

पेरिस, २२ चैत । मध्यपूर्वमा युद्धको तीव्रता थप बढ्दै जाँदा विभिन्न देशमा आक्रमण, प्रतिआक्रमण र कूटनीतिक टकराव एकैसाथ चर्किएका छन् । पछिल्ला घटनाक्रमहरूले क्षेत्रीय स्थिरता थप जटिल बन्दै गएको सङ्केत गरेका छन्, जहाँ सैन्य कारबाहीसँगै राजनीतिक चेतावनी र आरोप–प्रत्यारोप पनि तीव्र बनेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानभित्र खसालिएको दोस्रो अमेरिकी एयरम्यानलाई सफलतापूर्वक उद्धार गरिएको जानकारी दिनुभएको छ । उहाँका अनुसार उक्त एयरम्यान अहिले सुरक्षित अवस्थामा छन्, यद्यपि उनीँ घाइते भएको बताइएको छ । उद्धारका लागि अमेरिकी सेनाले उच्च क्षमताका… पुरा पढौ

‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान

वाशिङ्टन, २२ चैत । नासाको ‘अर्टेमिस–२’ अभियान अहिले चन्द्रमातर्फको यात्रामा पूर्ण रूपमा सक्रिय छ, र चालक दलले ऐतिहासिक चन्द्र परिक्रमा तयारी गरिरहेका छन् । यो अभियानले ‘एपोलो–१३’ को रेकर्ड तोड्ने लक्ष्य राखेको छ, जसले अन्तरिक्ष अन्वेषणमा नयाँ माइलस्टोन तय गर्नेछ । अभियानमा तीन अमेरिकी र एक क्यानाडेली चालक दल छन्, जसले चन्द्रमाको रहस्यमय फोटो खिच्ने योजना बनाएका छन् । अन्तरिक्ष यानको पाइलट भिक्टर ग्लोभरले यात्राको अनुभव साझा गर्दै भन्नुभयो,“ पृथ्वी सानो देखिन्छ, र चन्द्रमा निश्चित रूपमा ठूलो हुँदै गएको छ… पुरा पढौ

अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्पः ८ जनाको मृत्यु, धेरै घाइते

काबुल, २१ चैत । अफगानिस्तानमा शुक्रबार साँझ ५.८ म्याग्निच्युडको भूकम्प गएको छ । अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता मोहम्मद युसुफ हम्मादका अनुसार यस भूकम्पमा कम्तीमा आठ जनाको मृत्यु भएको छ । भूकम्पको झड्का काबुल प्रान्तमा पनि महसुस गरिएको थियो । यहाँ एक घर पूर्ण रूपमा भत्किएको थियो, जसमा आठ बासिन्दा मृत्यु भएका थिए भने एक बच्चा घाइते भएको थियो । कम्पनको तीव्रता शहरमा पनि महसुस गरिएकोले स्थानीय बासिन्दा ठूलो डरमा परेका थिए । भूकम्पको केन्द्रबिन्दु १८६.४ किलोमिटर गहिराइमा रहेको… पुरा पढौ

भारतमा कार दुर्घटनामा ९ जनाको मृत्यु

नयाँदिल्ली, २१ चैत । पश्चिमी भारतको महाराष्ट्र राज्यमा एक कार सडकबाट नियन्त्रण बाहिर गएपछि ९ जना परिवारका सदस्यको मृत्यु भएको प्रहरीले शनिबार जनाएको छ। यो दुर्घटना शुक्रबार राति नासिक जिल्लाको डिन्डोरी शहरको शिवाजी नगर क्षेत्रमा भएको हो, जुन मुम्बईबाट लगभग ३०५ किलोमिटर उत्तरपूर्वमा पर्दछ। प्रहरीका अनुसार, मृतकहरू सामाजिक कार्यक्रममा सहभागी भएर फर्किँदै थिए जब कार दुर्घटना भएको थियो। प्रहरीले मुद्दा दर्ता गरेको छ र दुर्घटनाको छानबिनका लागि आदेश दिएको छ। भारतमा सडक दुर्घटनाहरू सामान्य छन् र प्रायः बढी लोड, सडकको… पुरा पढौ

इरान अझै आक्रमण गर्न सक्षम : अमेरिकी प्रतिवेदन

वासिङ्टन, २० चैत । पछिल्लो अमेरिकी गुप्तचर मूल्याङ्कनअनुसार इरानसँग अझै पनि उल्लेखनीय सैन्य आक्रमण क्षमता कायम रहेको देखिएको छ । प्रतिवेदनका अनुसार अमेरिका र इजरायलले एक महिनाभन्दा अघि गरेको व्यापक आक्रमणपछि पनि इरानका करिब आधा मिसाइल प्रक्षेपण प्रणाली सुरक्षित रहेका छन् भने हजारौँ एकतर्फी आक्रमण ड्रोन अझै प्रयोगका लागि तयार अवस्थामा छन् । गुप्तचर जानकारीसँग परिचित एक स्रोतका अनुसार इरान अझै पनि सम्पूर्ण क्षेत्रमा ठूलो क्षति पु¥याउन सक्षम रहेको बताइएको छ । यसैगरी, इरानसँग ठूलो सङ्ख्यामा मिसाइलहरू र तटीय रक्षा… पुरा पढौ