अन्तर्राष्ट्रिय 🗺

कोरोना विरुद्धको खोप छिटै आउने,कुन खोप कति प्रभावकारी?

अमेरिका, १ मंसिर ।अमेरिकामा कोरोना भाइरस विरुद्धका दुई खोपले उत्साहजनक नतिजा देखाएका छन् । बोस्टन क्षेत्रका दुई कम्पनीहरु मोडेर्नाको खोप ९४.५ र फाइजरको खोप ९० प्रतिशत प्रभावकारी देखिएका हुन् । सोमबार बिहानै मोडेर्ना कम्पनीको खोप ९४.५ प्रतिशत प्रभावकारी भएको खबरले सर्वत्र खुशीको सन्देश दिएको छ । केही दिनअघि फाइजर कम्पनीको खोपको परीक्षण नतिजा ९० प्रतिशत प्रभावकारी भएको खबर सार्वजनिक भएको थियो । मोडेर्नाले जारी गरेको प्रारम्भिक तथ्यांकमा उसले विकास गरिरहेको खोप ९४.५ प्रतिशत प्रभावकारी देखिएको उल्लेख छ । कोरोना भाइरसविरुद्धको… पुरा पढौ

बेलायती प्रधानमन्त्री जोनसन पुनः आइसोलेसमा, सरकारी काम आइसोलेसनबाटै गर्ने

लण्डन, १ मङ्सिर । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन पुनः ‘सेल्फ आइसोलेसन’मा बसेका छन् । संसदका एक जना सदस्यलाई कोरोना पुष्टि भएको र ती व्यक्तिसँग उनी सम्पर्कमा रहेकाले सेल्फ आइसोलेसनमा बस्नुपर्ने अवस्था आएको हो । जाेनसन पुनः आइसोलेसनमा बसेपनि सरकारी काम र नेतृत्व त्यहींबाट गर्ने भएका छन् । राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस)ले प्रधानमन्त्री जोनसनसँग सम्पर्कमा रहेका सांसद कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएकाले सेल्फ आइसोलेसनमा बस्न आग्रह गरेको उनका प्रवक्ताले जानकारी दिएका छन् । प्रधानमन्त्री जोनसनलाई सेल्फ आइसोलेसनका नियमहरु पुर्ण रुपमा पालना… पुरा पढौ

फिलिपिन्समा आँधीबाट ६७ जनाको मृत्यु, १२ बेपत्ता

मनिला, १ मङ्सिर । फिलिपिन्समा आँधीबाट मृत्यु हुने नागरिकको संख्या ६७ पुगेको बताइएको छ । फिलिपिन्सको राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले जनाएअनुसार त्यहाँको आँधीबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ । यसै हप्ता आएको सो आँधीबाट अरु १२ जना हराइरहेका पनि बताइको छ । आँधीसँगै आएको बाढी र पहिरोका कारण ती १२ जना हराइरहेका प्रकाेप व्यवस्थापन विभागले जनाएको छ । अधिकारीहरुले आँधीमा परी हराएका व्यक्तिको खोजी कार्य जारी रहेको बताएका छन् । त्यसैगरी आँधीले पु¥याएको क्षतिलाई राहात र उद्धारको काम जारी… पुरा पढौ

आसियान, चीन र अरु साझेदारबीच व्यापार सम्झौतामा सहमति

भियतनाम, १ मंसिर । चीन र १४ अरु देशहरुबीच आइतबार विश्वकै सबैभन्दा ठूलो व्यापारिक साझेदारी गर्ने सम्बन्धी एउटा सहमति भएको छ । यो समूहसँग विश्वकै एक तिहाई आर्थिक गतिविधि हुने गरेको छ । क्षेत्रीय वृहत आर्थिक साझेदारी (आरसेप) सहमतिमा आइतबार भर्चुअल बैठकबाटै हस्ताक्षर भएको छ । दक्षिणपूर्वी एसियाली संगठन (आसियान) को वार्षिक सम्मेलनका अवसरमा उक्त सहमतिमा हस्ताक्षर भएको हो । सम्मेलन आयोजक समितिका अध्यक्ष राष्ट्र भियतनामका प्रधानमन्त्री नुहेन झुआन फुकले विगत आठ वर्षदेखिको कडा प्रयत्नपछि आरसेपमा हस्ताक्षर भएकामा आफूलाई निकै… पुरा पढौ

आगामी जाडोसम्म जनजीवन सामान्य अवस्थामा फर्किने

काठमाडौं, १ मंसिर । कोरोना भाइरसका कारण तहसनहस भएको जनजीवन आगामी जाडोयाम सुरु हुुँदासम्म सामान्य अवस्थामा फर्कन सक्ने दाबी गरिएको छ । यसको भ्याक्सिन बनाइरहेको कम्पनी बायोनटेकका सहसंस्थापक उर साहिनले कोरोना भाइरसविरुद्धको नयाँ भ्याक्सिनले आगामी गृष्मयाममा ठूलो प्रभाव देखाउने र अर्कोे वर्षको जाडोसम्ममा अवस्था सामान्य बन्न सक्ने बताएका छन् । जर्मन कम्पनी बायोनटेक र अमेरिकी कम्पनी फाइजरले मिलेर तयार गरेको जाब नामक नयाँ भ्याक्सिनले तेस्रो चरणको परीक्षणका क्रममा ९० प्रतिशत प्रभावकारीता देखाएको छ । सो परीक्षणमा झन्डै ४३ हजार मानिसहरु… पुरा पढौ

विश्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३ लाखभन्दा बढी

काठमाडाैं, ३० कात्तिक । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३ लाख नाघेको बताइएको छ ।जोन हप्किन्स विश्वविद्यालयले शनिबार दिएको तथ्यांकअनुसार यस भाइरसबाट मृत्युहुने विश्वका नागरिकको संख्या १३ लाख ९ हजार ७१३ पुगेको छ । साथै यस संक्रमणबाट हालसम्म संक्रमित हुनेको संख्या पनि हालसम्म ५ करोड ३० लाख पुगेको सो विश्वविद्यालयको तथ्यांकमा जनाइएको छ । यो भाइरसबाट सबैभन्दा बढी संक्रमित हुने व्यक्ति अमेरिकामा छन् । अमेरिकामा मात्र एक करोड १२ लाख संक्रमित भएका सो समाचारमा जनाइएको छ । उक्त… पुरा पढौ

अप्रिल २०२१ सम्म कोरोनाको खोप उपलब्ध हुन्छ: राष्ट्रपति ट्रम्प

काठमाडाैं, २९ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ को अप्रिल महिनासम्ममा कोरोना भाइरस विरुद्धको खोप उपलब्ध हुने बताएका छन् । उनले आगामी अप्रिल महिनासम्ममा कोरोना भाइरसको खोप सबै जना अमेरिकी नागरिकका लागि नै उपलब्ध हुने दाबी गरे । अमेरिकी राष्ट्रपति ट्रम्पले एक कार्यक्रममा याे कुरा बताएका प्राप्त समाचारमा जनाइएको छ । उनले अमेरिकामा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा पराजय भएपछि पहिलो पटक यो सार्वजनिक रुपमा मन्तव्य दिएका हुन । मन्तव्यमा राष्ट्रपति ट्रम्पले अमेरिकाले खोप निर्माणका लागि निकै संघर्ष गरेको पनि… पुरा पढौ

कोरोना भाइरसबाट विश्वमा बाह्र लाख ९४ हजारभन्दा बढीको मृत्यु

काठमाडाैं, २८ कात्तिक । चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरसबाट हालसम्म १२ लाख ९४ हजार ५३९ व्यक्तिको मृत्यु भएको एएफपी समाचार समितिले शुक्रबार अपराह्नमा जानकारी दिएको छ । गत डिसेम्बरमा शुरु भएको यस कोरोना भाइरसबाट हालसम्म ५ करोड २७ लाख ७५ हजार ८४० व्यक्ति सङ्क्रमित भइसकेका छन् । तीमध्ये ३ करोड ४० लाख ३३ हजार १०० व्यक्ति कोरोना मुक्त भएका पनि एएफपी समाचार समितिले दिएको पछिल्लो अपडेटमा जानकारी दिएको छ । कोरोना भाइरसको संक्रमणबाट… पुरा पढौ

बाइडेन एरिजोना राज्यमा पनि विजयी

वासिङटन, २८ कात्तिक । अमेरिकी राष्ट्रपतिको गत नोभेम्बर ३ मा सम्पन्न निर्वाचनमा डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका प्रत्यासी जो बाइडेन एरिजोना राज्यमा पनि विजयी हुनु भएको छ । यो जितसँगै राष्ट्रपति–निर्वाचित भइसक्नु भएका बाइडेनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको अन्तर अझ फराकिलो भएको छ । एरिजोनाका ११ इलेक्टोरल कलेज (निर्वाचन प्रतिनिधि) सहित बाइडेनले अब २९० इलेक्टोरल कलेज प्राप्त गर्नु भएको छ । अमेरिकामा कूल ५३७ मध्ये २७० इलेक्टोरल कलेज प्राप्त गर्ने व्यक्ति राष्ट्रपतिमा निर्वाचित हुन्छन् । एरिजोनामा बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा करिब ११… पुरा पढौ

भारतमा संक्रमित ८६ लाख नाघे, ८० लाख ६६ हजार निकाे

नयाँदिल्ली, २७ कात्तिक । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या पछिल्लो २४ घण्टामा ४७ हजार ९०५ जना रहेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यो सहित भारतमा कूल संक्रमितको संख्या ८६ लाख ८३ हजार पुगेको छ । विगत २४ घण्टाको अवधिमा ५५० जनाको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको छ । भारतमा यो सहित कूल मृत्यु हुनेको संख्या १ लाख २८ हजार १२१ पुगेको छ । कोरोना संक्रमितमध्ये निको हुने दर निकै राम्रो रहेको भारतमा हालसम्म ८० लाख ६६ हजार व्यक्ति… पुरा पढौ