वासिङ्टन, २३ फागुन । अमेरिका–इजरायल र इरानबीच चर्किएको मध्यपूर्व युद्ध अझ फैलिँदै जाँदा क्षेत्रभरि सैन्य गतिविधि तीव्र बनेको छ । खाडी क्षेत्रदेखि लेबनान, सिरिया र इराकसम्म विस्फोट, क्षेप्यास्त्र प्रहार, ड्रोन आक्रमण र सैन्य कारबाहीका खबरहरू आएका छन् भने विश्व अर्थतन्त्र र ऊर्जा आपूर्तिमा पनि यसको प्रभाव देखिन थालेको छ । शनिबार दुबई र बहराइनको राजधानी मानामामा शक्तिशाली विस्फोटको आवाज सुनिएको एएफपीका पत्रकारहरूले जनाएका छन् । इरानले खाडी क्षेत्रका लक्ष्यहरूमा प्रतिशोधात्मक आक्रमण सुरु गरेको एक हप्तापछि यी विस्फोटहरू सुन्निएको हो ।…
पुरा पढौ