मुख्य समाचार

विवादकाबीच इटहरी उपमहानगरले ल्यायाे साढे तीन अर्बकाे बजेट

धरान (सुनसरी), १२ असार । इटहरी उपमहानगरपालिकाले विवादकै बीचमा आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याएको छ । सोमबार राती १० बजे इटहरी उपमहानगरपालिका–६ का वडाध्यक्ष दिवस पोखरेलले विवादका बीच रु तीन अर्ब ५७ करोड ८४ लाख ५० हजारको बजेट प्रस्तुत गरे । एमालेबाट निर्वाचित उपप्रमुख, वडाध्यक्षसहितका सदस्यहरूले नगरसभा बहिस्कार गरेपछि सभा विवाद भएको थियो । सभाको बैठकमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरू मात्र उपस्थित थिए । नगरसभामा कायम एक सय नौ सदस्यमध्ये बैठकमा २० जनाको उपस्थिति भए पनि माइन्युटमा बहुमत सदस्यको उपस्थिति… पुरा पढौ

आन्तरिक-बाह्य ऋण उत्पादनमा खर्च गर्छौं : अर्थमन्त्री पुन

काठमाडौं, ११ असार । अर्थमन्त्री वर्षमान पुनले आन्तरिक वा बाह्य ऋणलाई बढीभन्दा बढी उत्पादनमूलक तथा रोजगारी सिर्जना गर्ने क्षेत्रमा खर्च गरिने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथि सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले ऋण लिएर अनुत्पादक क्षेत्रमा खर्च गर्ने प्रवृत्तिलाई निरुत्साहित गरिने बताए । उनले भूकम्पछिको पुनःनिर्माणका क्रममा ऋणको मात्रा बढे पनि आर्थिक वृद्धि भने भइरहेको बताए। “आन्तरिक ऋण लिँदा निजी क्षेत्रले कर्जा नपाउने अवस्था आउन नदिन सरकार सचेत छ, ऋणको नयाँनयाँ सम्भावनाबारे बजेटले… पुरा पढौ

नेप्सेमा सामान्य अङ्कको वृद्धि, ४ अर्ब बढीकाे काराेबार

काठमाडौं, ११ असार । साताकाे सेयर काराेबार हुने तेश्नाे दिन मंगलबार पनि नेपाली सेयर बजारमा सकारात्मक लय देखिएकाे छ । नेप्से उकालाे लागेपछि लगानीकर्ताहरु उत्साही भएका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेमा सामान्य अङ्कको वृद्धि देखिएको छ । नेप्से परिसूचक ५‍.६० अङ्कले बढेर २०७१.७७ विन्दुमा उक्लिएकाे छ । आज तीन सय १९ कम्पनीको ९४ लाख ३५ हजार चार सय ५४ कित्ता शेयर ६० हजार आठ सय ५८ पटक खरिदबिक्री हुँदा रु चार अर्ब १८ करोड ७७ लाख ९६ हजार… पुरा पढौ

सरोकारवालाहरुले भने, ‘वित्त नीतिलाई सघाउने मौद्रिक नीति आवश्यक छ’

काठमाडौं, ११ असार । अर्थतन्त्रमा देखिएको समस्या सम्बोधन गर्ने, वित्त नीतिसँग सामञ्जस्यता हुने र आगामी आर्थिक वर्षका लागि सरकारले लिएको छ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्यलाई सघाउनेगरी मौद्रिक नीति आउनुपर्नेमा विज्ञ तथा सरोकारवालाहरुले जोड दिए । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज आयोजना भएको आगामी आर्थिक वर्षको मौद्रिक नीतिका सम्बन्धमा आयोजित छलफलमा सहभागीले सरकारको वित्त नीतिलाई सघाउने गरी केन्द्रीय बैंकले मौद्रिक नीति ल्याउनुपर्ने आवश्यकता औँल्याए । सरकारको पुँजीगत खर्च बढाउने, मुद्रास्फीतिलाई वाञ्छित सीमाभित्र राख्ने, मौद्रिक नीतिमार्फत् कर्जाको माग बढाउनेगरी लचिलो… पुरा पढौ

नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक बस्दै

काठमाडौं, ११ असार । नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक आज बस्दै छ । बैठकमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए । बैठकमा शिक्षा, स्वास्थ्य पूर्वाधार, कृषि, आर्थिक सहयोग, व्यापार, लगानी, पर्यटन, सम्पर्क सञ्जाललगायत क्षेत्रमा सहयोग आदानप्रदानबारे छलफल हुनेछ । बैठकका सहभागी हुन जनवादी गणतन्त्र चीनका उपविदेशमन्त्री सुन वेइतोङ नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आइतबार बिहान आइपुगेका हुन। परामर्श संयन्त्रको बैठकमा नेपालका तर्फबाट परराष्ट्रसचिव सेवा लम्सालले प्रतिनिधिमण्डलको नेतृत्व… पुरा पढौ

मंंगलबार सुनको भाउ स्थिर, चाँदीमा सामान्य गिरावट

काठमाडौं, ११ असार । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउमा भने रुपैयाँ ५ ले गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा यसदिन कुनै परिवर्तन भएको छैन । आज सुनको भाउ स्थिर रहेर तोलाको १ लाख ४२ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार पनि छापावाल सुन तोलाको १ लाख ४२ हजार ३ सय रुपैयाँमा नै कारोबार भएको थियो । तेजाबी सुनको… पुरा पढौ

प्रतिनिधि सभा बैठक बस्दै, यस्ताे छ आजकाे कार्यसूची

काठमाडौं, ११ असार । प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । बैठक संसद भवन नयाँ बानेश्वर काठमाडौंमा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ । बैठकमा आज विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ विभागीय मन्त्रीहरुले दिने कार्यसूची रहेकाे महासचिव पद्म प्रसाद पाण्डेयले सूचना मार्फत जानकारी दिएका छन् ।  बैठकमा सभामुखले विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयहरुका विभिन्न शीर्षकहरुमा प्रतिनिधि सभा सदस्यहरुबाट प्रस्तुत खर्च कटौतीका प्रस्तावहरुलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।  udyhd3bvcv4tp8vsDownload पुरा पढौ

आज अमेरिकी डलरको भाउ घट्यो, यूरो बढ्यो

काठमाडौं, ११ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ घटेको छ । युरोको भाउ भने बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६) रूपैयाँ र बिक्रीदर १ सय ६) रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ २४ पैसा र बिक्रिदर १… पुरा पढौ

अब तीन महिनामै पाइपलाइबाट पेट्रोल आउछ-आयल निगम

वीरगञ्ज (पर्सा), ११ असार । नेपाल आयल निगमले आगामी भदौ मसान्तभित्रै पेट्रोल, मट्टितेललगायत पेट्रोलियम पदार्थ पनि पाइप लाइनबाट ल्याउने गरी पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ । निगमले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणको ७५ प्रतिशत काम सकिएसँगै बाँकी रहेको काम पनि आगामी तीन महिनाभित्र सम्पन्न गरेर पेट्रोल–मट्टितेल पनि पाइप लाइनबाटै ल्याउने तयारीमा जुटेको छ । नेपाल आयल निगम मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख बिनितमणि उपाध्यायले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन परियोजनाअन्तर्गत दोस्रो चरणअन्तर्गतका मुख्य ट्याङ्क निर्माण सकिएकाले अन्य प्राविधिक कामलाई… पुरा पढौ

मनसुन प्रणाली देशभर फैलियो, सतर्कता अपनाउन अनुरोध

काठमाडौं, ११ असार । यस वर्षको मनसुन प्रणाली आजबाट देशभर फैलिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् गोविन्दकुमार झाका अनुसार मनसुन देशभर फैलिए पनि यो कमजोर प्रकृतिको छ । हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । ती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । महाशाखाले मनसुन बुलेटिन निकालेर मनसुन देशभर फैलिएको जानकारी दिएको हो । नेपालमा यस वर्षको मनसुन औसत मितिभन्दा तीन दिन छिटो… पुरा पढौ