मुख्य समाचार

सुनमा रु ८ सयले गिरावट, चाँदीको भाउ पनि घट्यो

काठमाडौं, १३ असार । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ८ सय तथा चाँदीमा रुपैयाँ १० ले गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ८ सयले घटेर तोलाको १ लाख ४० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार छापावाल सुन तोलाको १ लाख ४१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ८ सयले घटेर तोलाको… पुरा पढौ

एलआइसी नेपालकाे साधारण सभा आज बस्दै

काठमाडौं, १३ असार । लाइफ इन्स्याेरेन्स कर्पोरेसन (एलआइसी) नेपालकाे साधारण सभा आज डाकिएकाे छ । साे सभा, नेपाल प्रशाासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल ललितपुरमा बिहान ११ः४५ बजे शुरु हुनेछ ।  सभामा यस पटक लभांश वितरणकाे प्रस्ताव नगरिने भएकाे छ । आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान र नगद प्रवाह लगायतका एजेण्डामाथि छलफल गरिने भएकाे छ । यस्तै, लेखापरीक्षककाे नियुक्ति गर्ने र पारिश्रमिक ताेकिने भएकाे छ ।  कम्पनीले साधारण सभा प्रयोजनका लागि जेठ ३२ गते बुक क्लोज गरेको थियाे। सेयरधनीहरूले सभामा… पुरा पढौ

अमेरिकी डलरको भाउ फेरि उचाईमा, यूरो घट्यो

काठमाडौं, १३ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ बढेको छ । युरोको भाउ भने घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ ४२ पैसा र बिक्रिदर १… पुरा पढौ

देशभर मनसुनि वायु सक्रिय, यी प्रदेशमा वर्षाकाे संभावना

काठमाडाैं, १३ असार । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रहेकाे जनाएकाे छ । केहि भू-भागमा आंशिक देखि साधारणतया बदली रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम  प्रदेशको थोरै स्थानहरु साथै  कोशी, बागमती र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। असार १३ गते (बिहिबार) दिउँसोː देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ । कोशी,… पुरा पढौ

एसइईको नतिजा आज सार्वजनिक हुने, बिहान बाेर्ड बैठक

भक्तपुर, १३ असार । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा आज बिहीबार सार्वजनिक गर्ने भएकाे छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा एसइईको नतिजा सार्वजनिक गर्न हिजाेकाे बसेकाे राष्ट्रिय परीक्षा बोर्डको बैठकले बिहीबार नतिजा सार्वजनिक गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए। परीक्षा नियन्त्रक पौडेलले भने, “नतिजा सार्वजनिक गर्ने तयारी रहेको र बैठक बसेर नमुना अभ्यास पनि गरियो, केही प्राविधिक काम बाँकी भएकाले बिहान पुनः बैठक बसेर नतिजा सार्वजनिक गर्ने छौँ ।” असार १५… पुरा पढौ

मदन भण्डारी राजमार्ग: झापा–सुनसरी खण्डमा २२ पुल निर्माण

झापा, १३ असार । मदन भण्डारी राजमार्गअन्तर्गत झापा –सुनसरी खण्डमा निर्माणधीन पुलको वित्तीय प्रगति ८५ प्रतिशत र भौतिक प्रगति ९० प्रतिशत भएको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालयका सूचना अधिकारी सुभाषकुमार दत्तका अनुसार निर्धाणधीन ३७ वटा पुलमध्ये २२ वटा पूरा भएका छन् । निर्माण सम्पन्न पुल ४० देखि चार सय मिटर लामा छन् । निर्माण पूरा हुन बाँकी १५ पुलमध्ये नौ वटाको ‘एप्रोच’ सडक मात्र बन्न बाँकी छ । उहाँले संरचना निर्माण हुने क्षेत्रमा बन परेको र कटानको अनुमति… पुरा पढौ

महालेखाको प्रतिवेदनप्रति मणिपालको गम्भिर असहमति, विकल्पमा न्यायको बाटो खोज्ने

पोखरा, १२ असार । मणिपाल शिक्षण अस्पतालले महालेखाको प्रतिवेदनप्रति गम्भिर असहमति प्रकट गर्दै विकल्पमा न्यायको बाटो खोज्ने जानकारी गराएकाे छ । विगत केही दिन यता मणिपाल शिक्षण अस्पताललाई महालेखा परिक्षक कार्यलयको प्रतिवेदनलाई जोडेर विभिन्न समाचारहरु सम्प्रेषण भईरहेको प्रति मणिपाल शिक्षण अस्पताल प्रशासनको ध्यानार्कषण भएको बताईएको छ । मणिपाल नेपालको पहिलो नीजि क्षेत्रको मेडिकल कलेज हो । यसले स्थापनाको काल खण्डदेखि नै देशमा एउटा उद्यमीले भोग्नु पर्ने नपर्ने सबै कठिनाईहरु पार गरेर आज देशकै अग्रणी शिक्षण संस्थाको रुपमा स्थापित भएको अस्पतालले… पुरा पढौ

भरतपुर महानगरको नगरसभाबाट ६ अर्ब ५५ करोड ८५ लाखको आय व्ययसहितको बजेट पारित

भरतपुर, १२ असार । नीति तथा कार्यक्रम र बजेट पास गर्दै भरतपुर महानगरपालिकाको १५ औँ नगर सभा सम्पन्न भएको छ । महानगरपालिकाले आर्थिक वर्ष  २०८१/०८२ का लागि अनुमानित आय व्ययसहितको ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजार रूपैयाँको बजेट पारित गरेको छ । १५औँ नगर सभाले भरतपुर महानगरपालिका न्यायिक समितिको प्रतिवेदन, लेखा समितिको प्रतिवेदन र संगठन तथा व्यवस्थापन सर्वेक्षण, राजस्व र व्ययको अनुमान (बजेट) आर्थिक विधेयक २०८१ र विनियोजन विधेयक २०८१ पारित गरेको छ। नगरसभा समापन कार्यक्रममा महानगर प्रमुख रेनु… पुरा पढौ

एसईईकाे परिक्षाफल भोलि बिहान प्रकाशित हुने

काठमाडौं, १२ असार । यस बर्षकाे माध्यमिक शिक्षा परीक्षा (एसईई)को परिक्षाफल भाेलि बिहान प्रकाशित हुने भएको छ । केही प्राविधिक तयारी नपुगेकाले आज सार्वजनिक गर्ने भनिएकाे नतिजा भोलि बिहिबार १० बजेभित्र सार्वजनिक गर्ने निर्णय भएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिएका छन । आज नतिजा प्रकाशित गर्ने तयारी गरेकाे परीक्षा नियन्त्रण कार्यालयले डेमो गरिरहेकाे छ । बाेर्डकाे हस्ताक्षरसहित सबै प्रक्रया पूरा गर्दा ढिला हुने भएकाेले भोलि बिहान ७ बजे पुन: बोर्ड बैठक बसेपछि नतिजा प्रकाशित गर्ने तयारी गरिएकाे छ । पुरा पढौ

नेप्सेमा २ दिनपछि करेक्सन, साढे ४ अर्बको कारोबार

काठमाडौं, १२ असार । लगातार दुईदिन उकालो लागेको सेयर बजारमा आज भने करेक्सन भएको छ । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट भएको हाे। नेप्सेमा भएको ओरालोको दृश्यले लगानीकर्ताको मनोबल घटेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ११.६० अंकले घटेर २०६०.१६ विन्दुमा झरेको छ। नेप्सेमा ०.५६ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.२७ अंकले घटेर ३६२.७४ विन्दुमा रहेको छ। १३ उपसमूहहरुमध्ये ३ वटामा मात्रै हरियो लागेको छ । बाँकी १० वटामा रातो लागेको… पुरा पढौ