मुख्य समाचार

अब अध्यागमनका कर्मचारीलाई छुट्टै पोसाकको व्यवस्था

काठमाडौं, २१ जेठ । अध्यागमन विभागसहित विभागअन्तर्गतका १५ वटा कार्यालयका कर्मचारीको पहिचान खुल्ने गरी छुट्टै पोसाकको व्यवस्था गरिएको छ । यही जेठ १६ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृति भएकासँगै विभागले छुट्टै पोसाकको व्यवस्था गरेको हो । अध्यागमनमा कार्यरत कर्मचारीको पोसाकबाट पहिचान गर्न सकियोस् भन्ने उद्देश्यले छुट्टै व्यवस्था गरिएको अध्यागमन विभागले जनाएको छ । अध्यागनका कर्मचारी र अन्य निकायका कर्मचारी छुट्याउन कठिनाई भएकाले सरोकार भएकासँग समन्वय गरी पोसकको व्यवस्था गरिएको विभागले जनाएको छ । विमानस्थलमा हुने कमीकमजोरी तथा भ्रष्टाचारको भागिदार अध्यागमनका कर्मचारी… पुरा पढौ

डेडिकेटेड लाइन महसुल विवाद समाधान हुँदै (आलेख)

काठमाडौं, २१ जेठ । लामो समयदेखि विवादको केन्द्रमा रहेको डेडिकेटेड र ट्रङकलाइनसम्बन्धी महसुल विवाद अब भने समाधानको दिशामा गएको छ । मन्त्रिपरिषद्को गत वैशाख २७ को निर्णय अनुसार, मुख्यसचिव डा बैकुण्ठ अर्यालले महसुलका सम्बन्धमा आवश्यक कारबाहीका लागि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुशीलचन्द्र तिवारीलाई आवश्यक प्रक्रिया अगाडि बढाउन पत्राचार गरेका थिए । मुख्यसचिव डा अर्यालले मन्त्रिपरिषद्को निर्णयका आधारमा नेपाल सरकार (कार्यसम्पादन) नियमावली, २०६४ बमोजिम अनुरोध गरेका थिए । मन्त्रिपरिषद्को २०८० पुस २४ को निर्णयअनुसार गठित सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र… पुरा पढौ

दलित समुदायको अधिकार संरक्षणका लागि दलित विकास प्राधिकरण: प्रधानमन्त्री

काठमाडौं, २१ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलित समुदायको संवैधानिक र कानुनी अधिकार संरक्षण एवं संवर्द्धनका लागि आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा दलित विकास प्राधिकरणको व्यवस्था गरिएको बताएका छन् । जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको सन्दर्भमा आज आयोजित ‘छुवाछूतमुक्त राष्ट्र घोषणा : अवसर, कार्यान्वयन र चुनौती’ शीर्षकमा भएको अन्तरक्रियामा प्रधानमन्त्रीले दलित समुदायको अधिकार सुनिश्चित गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताए। “दलित विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययनका लागि गरीब तथा जेहेन्दार छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने र दलित… पुरा पढौ

आज सुन १ हजारले सस्तियो, चाँदीको भाउ पनि घट्यो

काठमाडौं, २१ जेठ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुनमा रुपैयाँ १ हजार र चाँदीमा रुपैयाँ १५ ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुनमा रुपैयाँ १ हजारले घटेर तोलाको १ लाख ४१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रूपैयाँ १ हजारले घटेर तोलाको १ लाख ४० हजार ३… पुरा पढौ

बैंक वित्तीय संस्थाहरूले राष्ट्र बैंकमा एकैदिन राखे पाैने ४० अर्ब

काठमाडौं, २१ जेठ । नेपालका बैंक तथा वित्तीय संस्थाहरूले एकैदिन झण्डै ४० अर्ब रुपैयाँ निक्षेप राखेका छन् । उनीहरूले नेपाल राष्ट्र बैंकमा साे रकम निक्षेप राखेका हुन्। बैंकिङ प्रणालीमा तरलता धेरै भएपछि बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा रूपैयाँ ३९ अर्ब ७५ करोड निक्षेप राखेका हुन् । याे क्रम जारी नै रहेकाे छ । अहिले मानिसहरूले कर्जा लिन मन नगरेका र मन्दिकाे असर कायमै रहेकाेले बैंक तथा वित्तीय संस्थामा रकम थुप्रिरहेकाे छ । राष्ट्र बैंकले गएकाे फागुन १ गतेदेखि स्थायी निक्षेप… पुरा पढौ

नेपाललाई पर्यटकीय ‘हब’ बनाउँछौं: उपप्रधानमन्त्री श्रेष्ठ

गण्डकी, २१ जेठ। उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाललाई पर्यटकीय ‘हब’का रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । ७४औँ अन्नपूर्ण दिवसका अवसरमा परराष्ट्र मन्त्रालय र नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयद्वारा विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिको स्वागतार्थ पोखरामा आइतबार आयोजित रात्रिभोजमा उनले सो कुरा बताएका हुन । आगामी वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिइएको जनाउँदै उनले सरकार नयाँ पर्यटकीय गन्तव्यको पहिचान र प्रवर्धनमा लागेको बताए। “नयाँ गन्तव्य स्थल र पदमार्गको पहिचानसँगै पर्यटकीय सर्किट विकास गर्न… पुरा पढौ

शतप्रतिशत हकप्रद जारी गर्न बुद्धभूमि नेपाल हाइड्रोपावरले डाक्याे एजिएम

काठमाडौं, २१ जेठ । बुद्धभूमि नेपाल हाइड्रोपावरले शतप्रतिशत हकप्रद सेयर खुलाउन साधारण सभा डाकेकाे छ । कम्पनीले हाल कायम रहेकाे चुक्ता पुँजीको शतप्रतिशत हकप्रद खुलाउने जनाएकाे हाे । हकप्रद निष्कासनकाे प्रस्ताव अनुमाेदन गर्नका लागि यही जेठ ३० गते विशेष साधारण सभा डाकिएकाे हाे । सभा कम्पनीको कम्पनीको रजिष्टर्ड कार्यालय, पानीपोखरी, काठमाडौंमा उक्त दिन बिहान १० बजे बाेलाइएकाे छ ।  साधारण सभाकाे प्रयोजनार्थ कम्पनीले जेठ २३ गते बुधबार बुक क्लोज गर्ने भएकाे छ । सभामा भाग लिनका लागि सेयरधनीहरले भाेलि जेठ… पुरा पढौ

जेठो हिमाल अन्नपूर्ण प्रथम आरोहणको ७४ वर्ष पूरा

म्याग्दी, २१ जेठ । नेपालको पर्वतारोहण पर्यटनको इतिहास जोडिएको म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहण भएको ७४ वर्ष पूरा भएको छ । म्याग्दी, कास्की, मनाङ र मुस्ताङ जिल्लाको सिमानामा रहेको आड हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ । आठ हजार मिटरभन्दा अग्लो पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । सन् १९५० मा जुन ३ मा फ्रान्सका मौरिज हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन… पुरा पढौ

आज लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

तुलसीपुर (दाङ), २१ जेठ । लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष २०८१/ ०८२ का लागि नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ । लुम्बिनी प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । प्रदेशसभाको बैठक आज बिहान ११ बजे बस्ने कार्यसूची रहेको सचिव पुनले बताए। पुरा पढौ

जगदुल्ला जलविद्युत्का लागि ग्लोबल टेण्डर आह्वान

काठमाडौं, २१ जेठ उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ निर्माण सुरु गर्न लागिएको जगदुल्ला जलविद्युत् आयोजनाको भौतिक निर्माणका लागि आवश्यक ठेकेदार छनोटका लागि विश्वव्यापी बोलपत्र (ग्लोबल टेण्डर) आह्वान भएको छ । जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले मुख्य निर्माण कार्य लट २ सिभिल तथा हाइड्रोमेकानिकल कार्यका लागि विश्वव्यापी रुपमा बोलपत्र आह्वान गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिए । कम्पनीले आइतबार (जेठ २० गते) विश्वव्यापी बोलपत्रको सूचना प्रकाशित गरेको हो । सूचनाअनुसार, निर्माण व्यवसायीले १ अगस्ट, २०२४ सम्म आवेदन दिनसक्ने छन्… पुरा पढौ