मुख्य समाचार

१० महिनामा विप्रेषण आप्रवाह १९‍‍‍‌‍‍ प्रतिशतले बढ्याे

काठमाडौं, २८ जेठ । चालु आर्थिक वर्षको १० महिनासम्म करिब १२ खर्ब विप्रेषण भित्रिएको छ । ‍ नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको वैशाख मसान्तसम्मको विवरणअनुसार सो अवधिमा विप्रेषण आप्रवाह १९ दशमलव दुई प्रतिशतले वृद्धि भए रु ११ खर्ब ९८ अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ दशमलव चार प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७ दशमलव एक प्रतिशतले वृद्धि भई नौ अर्ब दुई करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह… पुरा पढौ

गैरखाद्यभन्दा खाद्यवस्तुमा चर्को मूल्यवृद्धि: राष्ट्र बैंक

काठमाडौं, २८ जेठ । गैरखाद्य वस्तुभन्दा खाद्य वस्तुमा मूल्यवृद्धि बढी देखिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको दश महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत वैशाखमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति छ दशमलव २७ र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति दुई दशमलव ९६ प्रतिशत छ । गत वैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव ४० प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति सात दशमलव ४१ प्रतिशत थियो ।… पुरा पढौ

नेप्सेमा ८.९० अंकको बृद्धि, साढे ५ अर्बको कारोबार

काठमाडौं, २८ जेठ । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ । यसले लगानीकर्ताहरुको मनोबल बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ८.९० प्रतिशतले बढेर २०८२.०९ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.४२ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.८६ अंकले बढेर ३६९.०५ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये ७ वटामा हरियो लागेको छ । बाँकी ५ वटामा रातो लागेको छ । यसदिन कुल ३१४ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको १… पुरा पढौ

‘गुरिल्ला ट्रेक’ मा पर्यटकीय पूर्वाधार विकास गर्ने सरकारकाे घोषणाले पलाएको आशा

गण्डकी, २८ जेठ । प्रचार र पूर्वाधार अभावमा वर्षौंदेखि गुमनाम रहेको ‘गुरिल्ला ट्रेक’मा पर्यटकीय पूर्वाधार विकास गर्ने सरकारको घोषणापछि उक्त पदमार्ग उजागर हुनेमा आशा पलाएको छ । आगामी आव २०८१/८२ को बजेटमा ‘गुरिल्ला ट्रेक’लगायत पर्यटन गन्तव्यमा पदमार्गमा आधारित पर्यटकीय कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ । बजेटमा समेटिएपछि सो पदमार्गको विकास तथा प्रवर्द्धन हुनेमा स्थानीय र पर्यटनकर्मी आशावादी छन् । बागलुङ, म्याग्दी, रुकुम पूर्व र रोल्पालाई समेटेर विसं २०६८ मा गुरिल्ला ट्रेकको पहिचान र नक्साङ्कन गरिएको थियो । नेपाल पर्यटन बोर्ड,… पुरा पढौ

कालिका लघुवित्तको बजेट तर्जुमा गोष्ठी सम्पन्न

पाेखरा, २८ जेठ । पाेखराकाे बुद्दचाेकमा केन्द्रीय कार्यालय रहेकाे राष्ट्रिय स्तरकाे कालिका लघुवित्त वित्तीय संस्थाले चालु आ.व.२०८०-०८१ को वैशाख महिनासम्मको समीक्षा तथा आ.व.२०८१।०८२ वजेट तर्जुमा गोष्ठी हालै सम्पन्न गरेकाे छ । साथै शाखा प्रमुख स्तरीय क्षमता अभिवृद्धि सम्वन्धी तालिम कार्यक्रम समेत गरेकाे छ । पोखरा लेकसाइडमा जेठ २६ र २७ गते सम्पन्न उक्त गोष्ठीकाे समुद्घाटन कार्यक्रमकाे प्रमुख अतिथि संस्थाका अध्यक्ष चन्द्र वहादुर क्षेत्री रहेका थिए भने कार्यक्रमको अध्यक्षता संस्थाका प्रमुख कार्यकारी अधिकृत कुलचन्द्र पराजुलीले गरेका थिए । कालिका लघुवित्तका १००… पुरा पढौ

मुलुकमा उत्पादनमुखी बजेट आवश्यक छ : पूर्वअर्थमन्त्री महत

काठमाडौं, २८ जेठ । पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको आर्थिक विकासका लागि उत्पादनमुखी र परिणाम दिने खालको बजेट आवश्यक रहेको बताएका छन् । साउथवेस्टन स्टेट कलेज वसुन्धराद्वारा आज आयोजित ‘आर्थिक वर्ष २०८१÷०८२ को बजेटबाट अपेक्षा र कार्यान्वयन’ विषयक अन्तक्र्रियामा उनले मुलुकको अर्थतन्त्रलाई सही दिशा प्रदान गर्नका लागि अनुशासनको खाँचो छ भने । नेपाली कांग्रेसका प्रवक्ता डा महतले कुन क्षेत्रमा कति बजेट विनियोजन गर्दा मुलुकको आर्थिक विकासमा सहयोग पुग्छ त्यसको बारेमा सरकारले पहिल्यै यकिन गर्न आवश्यक रहेको बताए। उनले भने, “रु… पुरा पढौ

सोमबार सुनचाँदी स्थिर भाउमा खरिद बिक्री हुँदै

काठमाडौं, २८ जेठ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेर काराेबार भइरहेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ स्थिर रहेर तोलाको १ लाख ४१ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन रुपैयाँ ४ हजारले घटेर तोलाको १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनको भाउ पनि स्थिर रहेर तोलाको १ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुनमा… पुरा पढौ

मह बेचेर भोजपुरको नागीमा १ करोड बढी रकम भित्रियो

भोजपुर, २८ जेठ । भोजपुरको नागी क्षेत्रका किसानको लागि मह राम्रो आम्दानीको स्रोत बनेको छ । व्यावसायिक मौरीपालनबाट उत्पादन भएको महबाट यो गाउँमा एक वर्षमा रु एक करोड २० लाख बढी भित्रिएको छ । टेम्केमैयुङ–४ मा पर्ने यो स्थानका अधिकांश किसानले व्यावसायिक रुपमा मौरीपालन गरिरहेका छन् । नजिकै प्रशस्त वन क्षेत्र रहेकोले यहाँका हुँगे, चोक्ला, वाकताङ लुङ्गिनलगायतका स्थान मौरीपालन हुने गरेको छ । मह आम्दानीको राम्रो स्रोत बनेको स्थानीय मौरीपालक किसान सारुहाङ राईले बताए। आफूले पालेको १८ वटा आधुनिक घारमा… पुरा पढौ

सन्दीपले आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट खेल्ने

काठमाडौं, २८ जेठ । आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत वेस्ट इन्डिजमा आयोजना हुने खेलमा नेपाली टोलीका स्पिनर सन्दीप लामिछानेले खेल्ने भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आज यहाँ जारी विज्ञप्तिमा वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका र बङ्गलादेशविरुद्धको खेलमा सन्दीपले सहभागिता जनाउने उल्लेख गरिएको छ । सन्दीप नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुँदै उक्त प्रतियोगिता खेल्न लागेका हुन् । क्यानले यसअघि यही जेठ २ गतेदेखि सन्दीपलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिको निलम्वनबाट फुकुवा गरेको थियो… पुरा पढौ

सोमबार अमेरिकी डलरको भाउ स्थिर, यूरो घट्यो

काठमाडौं, २८ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ स्थिर रहेको छ । युरो भाउ भने घटेकाे छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ १० पैसा र बिक्रिदर… पुरा पढौ