मुख्य समाचार

भोटेकोशीमा पुनः बाढी, सतर्कता अपनाउन आग्रह

काठमाडौं, १४ भदौ। रसुवाको भोटेकोशीमा पुनः बाढी आएको छ । ल्हेन्दे खोला हुँदै भोटेकोशीमा पुनः बाढी आएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुपप्रसाद अधिकारीले जानकारी दिनुभयो । सहायक प्रजिअ अधिकारीले बाढीका कारण मानवीय तथा भौतिक क्षतिबाट जोगिन तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गर्नुभएको रसुवास्थित रासस समाचारदाता सरस्वती न्यौपानेले टेलिफोनमार्फत जानकारी दिनुभयो । यसअघि यही भदौ १० गते बुधबार ल्हेन्दे खोला हुँदै भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका विभिन्न क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति भएको थियो । पुरा पढौ

एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य

काठमाडौं, १४ भदौ। तेस्रो संस्करणको एसिसी प्रिमियर कप आज आइतबारदेखि मलेसियामा सुरु हुँदैछ । प्रतियोगितामा सहभागी १० टोलीमध्ये नेपाल उपाधि जित्दै सन् २०२७ मा आयोजना हुने एसिया कपमा स्थान बनाउने लक्ष्यसहित मैदानमा उत्रँदैछ । नेपालसहित सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’ मा परेको छ । यस समूहमा नेपालसँगै बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया छन् । समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, ओमान, कतार र सिङ्गापुर रहेका छन् । समूह चरणमा नेपालले… पुरा पढौ

बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग

काठमाडौं, १३ भदौ। युरोपेली सङ्घ (इयू) ले नेपालमा अकस्मात् आएको बाढीबाट प्रभावित समुदायलाई सहयोग गर्न २० लाख युरो मानवीय सहायता उपलब्ध गराउने भएको छ । इयूले आज विज्ञप्ति जारी गरी आपत्कालीन अवस्थामा सहायतास्वरुप खाद्यान्न, स्वास्थ्य सेवा, स्वच्छ खानेपानी तथा सरसफाइलगायत तत्कालीन आवश्यकता पूरा गर्न उक्त रकम सहयोग गर्ने जनाएको हो । इयूबाट सहयोग प्राप्त साझेदार संस्थाहरूले पनि प्रभावित क्षेत्रमा सहयोग उपलब्ध गराउन थालिसकेका छन् । “उक्त सहायता यस वर्षको सुरुआतमा नेपालमा विपद् पूर्वतयारीका लागि विनियोजन गरिएको करिब ३० लाख युरो… पुरा पढौ

उद्धार र राहतका लागि प्रमुख प्रतिपक्षी दलद्वारा सरकारलाई ९ बुँदे ध्यानाकर्षण

काठमाडौं, १३ भदौ । भोटेकोशी नदीमा आएको बाढीले पुर्‍याएको क्षतिको निरीक्षणपछि प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाहलाई भेटेर ९ बुँदे ध्यानाकर्षणपत्र बुझाउनुभएको छ। बाढी प्रभावित क्षेत्रहरू नुवाकोटको ढुङ्गेबजार, देवीघाटलगायतका स्थानको स्थलगत अनुगमन गरी फर्किनुभएका नेता आङ्देम्बेले आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री शाहलाई भेटेर उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो। ध्यानाकर्षणपत्रमा उठाइएका प्रमुख विषयहरू निम्न छन्: हवाई उद्धारमा प्रभावकारिता: प्रभावित क्षेत्रहरू रसुवा, नुवाकोट र धादिङमा उद्धार तथा राहतलाई प्रभावकारी बनाउन नेपाली… पुरा पढौ

ग्लोबल आइएमई बैंकको मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्न सकिने

काठमाडौं, १३ भदौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप 'ग्लोबल स्मार्ट प्लस' मार्फत ग्राहकहरूलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सजिलै आर्थिक सहयोग गर्न सक्ने सुविधा उपलब्ध गराएको छ। बैंकका अनुसार विपद्को बेला प्रत्येक योगदानको महत्त्व हुने भन्दै ग्राहकहरूले ग्लोबल स्मार्ट प्लस एपमार्फत केही क्लिकमै उक्त कोषमा प्रत्यक्ष रूपमा रकम जम्मा गर्न सक्ने बनाइएको हो। यस सुविधामा खाता छनोट, योगदानकर्ताको नाम र रकम उल्लेख गरी सरल तवरले सहयोग रकम पठाउन सकिने बैंकले जनाएको छ। डिजिटल बैंकिङ केवल कारोबारमै… पुरा पढौ

सातामा नेप्से साढे २ प्रतिशतले घट्याे, बजार पूँजीकरण १ खर्ब ५ अर्बले घट्यो

काठमाडौं, १३ भदाै। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा यस साता गिरावट दर्ता भएको छ। गत साताको तुलनामा नेप्से परिसूचक करिब साढे २ प्रतिशत (२.३५ प्रतिशत) अर्थात ६१.४१ अंकले घटेर २५५७.३१ विन्दुमा झरेर बन्द भएको छ। गत साता नेप्से २६१८.७२ विन्दुमा बन्द भएको थियो। यस साता चार कारोबार दिनका लागि मात्र बजार खुलेको थियो। चाखलाग्दो कुरा के छ भने, खुलेका चारै कारोबार दिन नेप्से परिसूचक लगातार घटेर बन्द भयो। अन्य सूचक तथा कारोबार रकमको अवस्था नेप्सेसँगै अन्य उपसूचकहरूमा पनि गिरावट आएको… पुरा पढौ

एक हजार ४७३ को उद्धार, ५५३ जनाको शव फेला

काठमाडौं, १३ भदौ। रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५५३ पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न जिल्लाबाट अहिलेसम्म ५५३ जनाको शव फेला परेको हो । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार शुक्रबार साँझसम्ममा रसुवामा १३, धादिङमा ४०, तनहुँमा ३१, नुवाकोटमा ३८, गोरखामा ४७, चितवनमा २२२, नवलपरासी पूर्वमा १३४ र नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको छ । एक हजार ४७३ जनाको उद्धार नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्लेका अनुसार… पुरा पढौ

बाढी प्रभावित स्थानीय तहलाई पौने सात करोड निकासा

काठमाडौं, १३ भदौ । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते बिहान आएको बाढीबाट प्रभावित क्षेत्रका लागि सरकारले पौने ७ करोड रुपैयाँ निकासा गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी प्रभावित १५ स्थानीय तहका लागि शुक्रबारसम्ममा रु ६ करोड ७५ लाख निकासा गरेको हो । प्राधिकरणका अनुसार यो रकम प्रभावित स्थानीय तहलाई आवश्यकता अनुसार वितरण गरिने जनाएको छ । प्राधिकरणको बिहीबार बसेको कार्यकारी समितिको ३५औँ बैठकले प्राधिकरणको कोषमा भएको रकममध्ये उक्त रकम निकासा गर्ने निर्णय गरेको… पुरा पढौ

भीषण बाढीपछि अवरुद्ध सञ्चार यसरी भयो पुनःस्थापना

काठमाडौं, १३ भदौ । गत बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भिषण बाढीका रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भयो । बाढी आएलगत्तै सञ्चार सेवा अवरुद्ध भयो, जसले गर्दा आम नागरिकले समयमै सही सूचना पाउन सकेनन् । फलस्वरुप मानिसहरु समयमै सही सूचनाबाट बञ्चित भए । मानिसहरुले जे जति सूचना पाए त्यसले आम मानिसमा चिन्ता फैलायो । सामाजिक सञ्जालमा एकपछि अर्को गर्दै आएका बाढीका तस्बिर र भिडियोले तनाव झन बढायो । बाढीका कारण छोटो समयमा लाखौँ मानिसहरु प्रभावित भएपछि सरकारले… पुरा पढौ

लाइन काटेर दुई करोडभन्दा बढी विद्युत् बक्यौता असुल

दमौली (तनहुँ), १३ भदौ । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रले विद्युत् महसुल नबुझाउने ग्राहकको लाइन काटेर आर्थिक वर्ष २०८२/८३ मा रु दुई करोड दुई लाख ८३ हजार एक सय चार बक्यौता रकम असुल गरेको छ । सो अवधिमा रु दुई करोड ५७ लाख ८८ हजार दुई सय ८० विद्युत् महसुल उठ्न बाँकी रहेकामा महसुल बुझाएपछि सात सय ९४ ग्राहकको विद्युत् लाइन पुनः जडान गरिएको केन्द्रका इन्जिनियर डिलबहादुर आलेले जानकारी दिनुभयो । केन्द्रले आर्थिक वर्ष २०८१/८२ मा विद्युत् लाइन काटेर… पुरा पढौ