मुख्य समाचार

युएई सरकारद्वारा १० मिलियन अमेरिकी डलर सहयोग

काठमाडौं, १४ भदौ। युनाइटेड अरब इमिरेट्स सरकारले रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीबाट प्रभावितको उद्धार र राहतका लागि १० मिलियन अमेरिकी डलर बराबरको आर्थिक सहयोग उपलब्ध गराउन तयार रहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीसँग आज प्राधिकरणको कार्यालयमा भएको भेटमा युएई एडको टोलीले बाढी प्रभावित क्षेत्रमा आवश्यक सामग्री तथा सहयोग उपलब्ध गराउन आफूहरू तयार रहेको बताउनुभएको प्राधिकरणले जनाएको छ । युएई एडको टोलीले बाढीबाट प्रभावित क्षेत्रमा तत्काल आवश्यकपर्ने सामग्रीबारे प्राधिकरणसँग जानकारी… पुरा पढौ

त्रिशूली-३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली

काठमाडौं, १४ भदौ। रसुवास्थित भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली–३ जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको उद्धारको प्रयास जारी छ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त फौज तथा विशेषज्ञ टोलीले ड्रिलिङ मेसिन, स्काभेटर, हाइड्रोलिक कटरलगायत सामग्रीको प्रयोग गरी सुरुङको प्रवेशद्वार पत्ता लगाउने काम गरिरहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त सुरुङमा फसेका व्यक्तिको उद्धारका लागि यही भदौ १२ गतेदेखि सुरक्षाफौजले त्यस क्षेत्रमा निरन्तर प्रयास जारी राखेको छ । गए राति सो क्षेत्रमा वर्षा र भोटेकोशीमा… पुरा पढौ

मुक्तिनाथ विकास बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग

काठमाडौं, १४ भदाै । मुक्तिनाथ विकास बैंकले भोटेकोशी र त्यस आसपासका नदी क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावितहरूका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५० लाख (पचास लाख) आर्थिक सहयोग गरेको छ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको अविरल र भीषण बाढीका कारण रसुवाको टिमुरे, स्याफ्रुबेशी, बेत्रावती तथा नुवाकोटको त्रिशुली, देवीघाट लगायतका क्षेत्रहरूमा व्यापक क्षति पुगेको थियो। बाढीले रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लाका नदी तटीय क्षेत्रहरूमा सर्वसाधारणका साथै विभिन्न उद्देश्यले ती क्षेत्रमा रहेका स्वदेशी तथा विदेशी नागरिकहरूलाई ठूलो… पुरा पढौ

बाढी प्रभावित क्षेत्रमा निःशुल्क ‘भ्वाइस, डेटा र एसएमएस’ सुविधा

काठमाडौं, १४ भदौ। नेपाल टेलिकमले भोटेकोशी बाढी प्रभावित क्षेत्र र आसपासका सेवाग्राहीलाई उपलब्ध गराउँदै आएको निःशुल्क भ्वाइस, डेटा र एसएमएस सुविधा अर्को सूचना नभएसम्म निरन्तर उपलब्ध गराउने भएको छ । यसअघि भदौ १४ गतेसम्मका लागि निःशुल्क भ्वाइस कल, प्रतिदिन २ जिबी डेटा र ५० वटा एसएमएस सुविधा उपलब्ध गराइएको थियो । राहत वितरण तथा उद्धार कार्यलाई सहज बनाउन कम्पनीले उक्त सुविधा थप समयका लागि निरन्तरता दिएको प्रवक्ता कमल लामिछानेले जानकारी दिनुभयो । नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यकता अनुसार… पुरा पढौ

‘नाडा अटो शो’ आज अन्तिम दिन, नछुटाउनुहोस ‘मेड इन नेपाल- मेड फर नेपाल’ पेभिलियन

काठमाडौं, १४ भदाै । काठमाडौंको भृकुटीमण्डपमा जारी १८औँ नाडा अटो शो २०२६ आज अन्तिम दिन रहेकाे छ । परिवारसँग अटाे साे घुम्ने योजना बनाउँदै हुनुहुन्छ भने यसपटकको ‘मेड इन नेपाल- मेड फर नेपाल’ पेभिलियन तपाईंको भ्रमणको सूचीमा राख्नुहाेस । गाडी, मोटरसाइकल र नयाँ प्रविधि हेर्न अटो शो पुग्ने अधिकांशको ध्यान ठूला अन्तर्राष्ट्रिय ब्रान्डका नयाँ मोडलमा जाने गर्छ। तर, नाडाले पहिलो पटक ‘मेड इन नेपाल-मेड फर नेपाल’ को छुट्टै पेभिलियनमार्फत नेपालमै उत्पादन तथा एसेम्बल भइरहेका सवारीसाधन र अटोमोबाइल सामग्रीलाई विशेष प्राथमिकता… पुरा पढौ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ९ वटा बैंकबाट साढे ६ अर्ब सहयाेग संकलन

काठमाडौं, १४ भदाै । विपद् प्रभावितहरूको उद्धार, राहत तथा पुनस्थापनाका लागि सञ्चालित प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विभिन्न वाणिज्य बैंकहरूमार्फत साढे ६ अर्ब रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ। उपलब्ध पछिल्लो विवरणअनुसार भदौ १२ गतेसम्म कोषमा ९ वटा बैंकमार्फत कुल ६ अर्ब ५५ करोड ३३ लाख ६२ हजार रुपैयाँ संकलन भएको हो। भदौ ११ गतेसम्म कोषमा ४ अर्ब ९ करोड १६ लाख ६ हजार ६ सय ७० रुपैयाँ रहेकोमा पछिल्लो २४ घण्टामा मात्रै थप २ अर्ब ४६ करोड २२ लाख… पुरा पढौ

बाढी प्रभावितका लागि आइएमई ग्रुपको १० करोड सहयोग

काठमाडौं, १४ भदाै । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको खोज, उद्धार, राहत तथा पुनःस्थापनाका लागि आइएमई ग्रुपले १० करोड रुपैयाँ सहयोग गर्ने भएको छ। ग्रुपले २०८३ भदौ १३ गते (शनिबार) एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने घोषणा गरेको हो। आइएमई ग्रुपका अनुसार संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत विभिन्न भगिनी कम्पनीहरूमार्फत यो रकम कोषमा उपलब्ध गराइनेछ। यी कम्पनीहरूले जुटाउने छन् सहयोग सहयोग रकम जुटाउन ग्रुपअन्तर्गतका ग्लोबल आइएमई बैंक, आइएमई लिमिटेड, आइएमई… पुरा पढौ

एटीएम र डेबिट कार्डको प्रयोग घट्दा क्यूआर र मोबाइल बैंकिङमा आकर्षण

काठमाडौं, १४ भदाै । नेपालमा विद्युतीय भुक्तानी (डिजिटल पेमेन्ट) को प्रयोग तीव्र गतिमा विस्तार भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को १२ महिनाको तथ्यांकअनुसार एक वर्षको अवधिमा मोबाइल बैंकिङ, क्यूआर कोड र वालेटमार्फत हुने कारोबारमा उल्लेख्य वृद्धि भएको हो। डिजिटल भुक्तानीका माध्यमहरूको प्रयोग बढ्दा परम्परागत रूपमा प्रयोग हुँदै आएका एटीएमबाट नगद झिक्ने र डेबिट कार्डमार्फत हुने कारोबार भने घटेका छन्। कारोबार संख्यामा मोबाइल बैंकिङको वर्चस्व राष्ट्र बैंकको तथ्यांकअनुसार २०८३ असारमा मोबाइल बैंकिङमार्फत हुने कारोबारको संख्या ८… पुरा पढौ

आजका लागि तोकियो विदेशी मुद्राको भाउ

काठमाडौं, १४ भदौ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७७ रुपैयाँ ३० पैसा र बिक्रीदर १७७ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ ८८ पैसा र बिक्रीदर २०७ रुपैयाँ ६९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८९ रुपैयाँ ४० पैसा र बिक्रीदर १९० रुपैयाँ १५ पैसा कायम… पुरा पढौ

काभ्रेपलाञ्चोकमा ‘हाटबजार’-किसानलाई बजारीकरणमा सहजता

काभ्रेपलाञ्चोक, १४ भदौ। करिब अढाई वर्षअघि बनेपा नगरपालिकाले पहिलोपटक शुक्रबारे हाटबजार सुुरु गर्यो । नगरको कृषि शाखाले २०८० चैत १५ गतेदेखि सुरु गरेको उक्त हाटबजारमा तरकारी, दूधजन्य उत्पादन, फलफूल, लप्सीका क्यान्डी तथा कपडालगायत खरिदबिक्री हुँदै आएको छ । बनेपास्थित लायकु राजमञ्च प्राङ्गणमा सञ्चालित हाटबजारमा किसानले आफ्ना उत्पादन सिधैँ उपभोक्तामाझ बिक्री गरेर आम्दानी लिइरहेका छन् । हाटबजारमा बनेपा र आसपासका किसान आफैँले तरकारी बेचिरहेका छन् । “किसानका उत्पादन आफैँ बेचेर सिधैँ आम्दानी गर्न सकुन् भन्ने उद्देश्यले हाटबजारलाई निरन्तरता दिइएको छ”, नगर… पुरा पढौ