मुख्य समाचार

नेपाल चेम्बरद्वारा नेपाल प्रहरीलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण, खोज तथा उद्धार प्रभावकारी हुने

काठमाडौं, १२ भाद्र । नेपाल चेम्बर अफ कमर्सले विपद् व्यवस्थापन, उद्धार तथा राहत कार्यलाई थप प्रविधिमैत्री र प्रभावकारी बनाउने उद्देश्यले नेपाल प्रहरीलाई १७ वटा सर्भिलेन्स ड्रोन हस्तान्तरण गरेको छ। शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच चेम्बरका वरिष्ठ उपाध्यक्ष एवं विपद् व्यवस्थापन परिषद्का सभापति दीपक कुमार मल्होत्राले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई ती ड्रोनहरू हस्तान्तरण गर्नुभएको हो। हस्तान्तरण गरिएका ड्रोनहरूमा म्याभिक फोर प्रो २ वटा, एयर थ्री एस एफएमसी आरसी टु ५ वटा, मिनी फाइभ प्रो प्लस एफएमसी आरसी टु… पुरा पढौ

चीनका राष्ट्रपति सीद्वारा नेपालमा आएको प्राकृतिक विपत्तिप्रति समवेदना व्यक्त

बेइजिङ, १२ भदौ। चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालमा आएको प्राकृतिक विपत्तिप्रति राष्ट्रपति रामचन्द्र पौडेललाई शुक्रबार समवेदना सन्देश पठाउनुभएको छ । हालै चीनको तिब्बत क्षेत्रमा गएको हिमपहिरो र त्यसका कारण नेपालमा भोटेकोशी र त्रिशुली नदीमा आएको बाढी र डुवानका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा व्यापक भौतिक तथा मानवीय क्षति पुगेको थियो । आफ्नो सन्देशमा चिनियाँ राष्ट्रपति सीले ‘चीन र नेपालबीचको केरूङ–रसुवा सीमा नाका क्षेत्रमा हालै गम्भीर विपद् आएको, जसले ठूलो जनधनको क्षति पु¥याएको, मानिसहरू बेपत्ता भएका र भौतिक सम्पत्तिको क्षति भएको… पुरा पढौ

भोटेकोशी बाढी-मृतकको सङ्ख्या ५३८ पुग्यो, ९७७ सम्पर्कविहीन

काठमाडौं, १२ भदौ । रसुवाको भोटेकोशी बाढीबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म ५३८ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले आज दिउँसो ३ बजेसम्म सार्वजनिक गरेको खोज, उद्धार तथा राहतसम्बन्धी विवरणअनुसार फेला परेका शवमध्ये रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, गोरखामा ४६, नवलपरासी (पूर्व) मा १३४, नवलपरासी (पश्चिम) मा २७, तनहुँमा २८ र चितवनमा १२१ रहेका छन् । गोरखामा फेला परेका मृतकको विवरणमा विभिन्न मानव अङ्गसमेत समावेश गरिएको प्राधिकरण्ले जनाएको छ । प्राधिरकणको… पुरा पढौ

‘नाडा अटो शो’को आज चौथो दिन अवलाेकनकर्ताकाे सहभागिता बढ्याे, बुकिङ गर्नेले चाडपर्वमै गाडी पाउने

काठमाडौं, १२ भदाै। नाडा अटो शो २०२६ को आज चौथो दिन हो । भदौ ९ गतेबाट सुरु भएको अटो शो काठमाडौंको भृकुटीमण्डपमा चलिरहेको छ । भदौ १० गते अप्रत्याशित रुपमा भोटेकोशीमा आएको बाढीका कारण ठूलो जनधनको क्षेती पुग्यो । यसबाट अटोमोबाइल्स क्षेत्रपनि निकै प्रताडित बन्न पुग्यो । यद्यपि, आर्थिक गतिविधि चलायमान बनाउन ब्यवसायीहरुले कठिन समयमा पनि अटो शोलाई निरन्तरता दिए । रसुवागढी–केरुङ नाका जोड्ने सडक बाढीका कारण क्षतिग्रस्त भएपछि चीनबाट नेपाल भित्रिने विद्युतीय सवारीसाधन (ईभी) को आपूर्ति प्रभावित हुने चिन्ता… पुरा पढौ

भोटेकोशीमा पानीको सतह फेरि बढ्यो, सतर्कता अपनाउन प्राधिकरणकाे आग्रह

काठमाडौं, १२ भदौ। भोटेकोशीमा जलसतह पुनःबढेको छ । लेदोसहित पानीको सतह बढेसँगै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ । प्राधिकरणले आज सूचना जारी गर्दै भोटेकोशीमा फेरि बाढी आउनसक्ने जनाउँदै भोटेकोशी एवं त्रिशूलीमा उद्धार एवं राहतमा परिचालन भएकालाई सतर्कता अपनाउन आग्रह गरेको हो । प्राधिकरणका प्रवक्ता शान्ति महतले जोखिम क्षेत्रमा रहेका सबैलाई सर्तकता अपनाउन र तत्काल सुरक्षित स्थानमा जान अनुरोध गर्नुभएको छ । पुरा पढौ

नेपाल चेम्बर अफ कमर्सकाे टाेली ड्रोन र पावर बैंकसहित उद्धारमा

काठमाडौं, १२ भदौ। रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका क्षेत्रमा ठूलो जनधन तथा भौतिक संरचनामा क्षति पुगेपछि नेपाल चेम्बर अफ कमर्सले उद्धार, राहत तथा पुनःस्थापनाका लागि अभियानलाई तीव्र बनाएको छ। चेम्बरले बाढीका कारण ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित स्थानीय, स्वदेशी तथा विदेशी यात्रु एवम् उद्योगी-व्यवसायीहरूको साथमा चेम्बर निरन्तर रहने प्रतिबद्धता व्यक्त गरेको छ। बाढीका कारण निजी तथा सार्वजनिक सवारीसाधन, भन्सार यार्डमा रहेका… पुरा पढौ

खोज तथा उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन, १ हजार ९ सय ७६ जनाको उद्धार

काठमाडौं, १२ भदौ। रसुवाको भोटेकोशी बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि १३ हजार २९५ सुरक्षाकर्मी, १५ हेलिकप्टर तथा विभिन्न निकायका विषयगत आपतकालीन समन्वय टोली परिचालन गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए)ले भदौ विवरण सार्वजनिक गर्दै बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, स्वास्थ्य सेवा, सञ्चार तथा विद्युत् पुनःस्थापना, सडक सञ्चालन, राहत वितरण, अन्तरराष्ट्रिय सहायता तथा सूचना व्यवस्थापनका लागि १२ विषयगत आपतकालीन समन्वय टोली गठन गरी परिचालन गरिएको जनाएको हो । प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाका… पुरा पढौ

हिमालयन रिइन्स्योरेन्सकी सीईओ उपासना पौडेल पक्राउ

काठमाडौं, १२ भदाै। हिमालयन रिइन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेललाई प्रहरीले पक्राउ गरेको छ। सम्पत्ति शुद्धीकरण, बीमा ऐन तथा धितोपत्र सम्बन्धी कसुर लगायतका मुद्दामा फरार अभियुक्तको सूचीमा रहेकी पौडेललाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको हो। घटनाक्रमको मुख्य विवरण मुद्दा दर्ता: पौडेल विरुद्ध नेपाल सरकारले गत जेठ २८ गते विभिन्न फौजदारी कसुरमा विशेष अदालत र काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। फरार सूचीमा राख्नुको कारण: हिमालयन रिइन्स्योरेन्सको लगानी अपचलन सम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा बयानका लागि बोलाउँदा उपस्थित नभएपछि प्रहरीले उनलाई… पुरा पढौ

सानिमा बैंकले १० प्रतिशत लाभांश वितरण गर्ने

काठमाठाैं, १२ भदाै । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना साधारण तथा अग्राधिकार सेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। भदौ ११ गते बसेको बैक सञ्चालक समितिको बैठकले सञ्चित मुनाफाबाट साधारण सेयरधनीलाई १० प्रतिशत र अग्राधिकार सेयरधनीलाई ८.२५ प्रतिशत (समानुपातिक) नगद लाभांश (करसहित) दिने निर्णय गरेको हो। लाभांशको मुख्य विवरण विवरणसाधारण सेयरअग्राधिकार सेयरकुल (जम्मा)चुक्ता पुँजीरु. १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४रु. २ अर्बरु. १५ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४प्रस्तावित… पुरा पढौ

चार सय ६९ जनाको शव फेला, १ हजार ५४५ को उद्धार

काठमाडौं, १२ भदौ। रसुवा बाढीमा परी आज बिहानसम्म मृत्यु हुनेको सङ्ख्या ४६९ पुगेको छ । नेपाल प्रहरीका अनुसार हालसम्म रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, गोरखामा ४४, तनहुँमा २८, चितवनमा १७८, नवलपरासी पूर्वमा ११० र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको छ । प्रहरीका अनुसार चितवनमाा आज बिहानदेखि शवको खनाखत कार्य सुरु भएको छ भने रसुवामा पनि आजैदेखि बेपत्ता र शव खोजी गरिनेछ । प्रहरीका अनुसार हालसम्म रसुवामा ६४४, नुवाकोटमा ८९८ र धादिङ तीन जना गरी एक हजार ५४५… पुरा पढौ