मुख्य समाचार

फिनल्यान्ड सरकारले दिने १३ मिलियन यूरो अनुदान नेपाल सरकारले स्वीकार्ने

काठमाडौं, ४ जेठ । सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका लागि फिनल्यान्ड सरकारबाट प्राप्त हुने १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। त्यसैगरी, सरकारले फौजदारी कसुर (कैद कट्टा) (तेस्रो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने, सङ्घीय संसद्को प्रतिनिधिसभामा विचाराधीन राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिन स्वीकृति दिनेसमेत निर्णय गरेको छ… पुरा पढौ

गर्मी निरन्तर बढ्दै, अधिकतम तापक्रम ४० डिग्रीमाथि

काठमाडौं, ४ जेठ । नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर गर्मी बढेको छ । देशका कतिपय स्टेशनमा ४० डिग्रीभन्दा बढी तापक्रम मापन भएको छ । महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले वर्षा गराउने प्रणाली नभएको तथा स्थानीय र पश्चिमी वायुको प्रभावले तापक्रम बढेको बताए। उनले तराई क्षेत्रमा ४० डिग्रीभन्दा माथि तापक्रम पुगेको र अझै बढ्न सक्ने जानकारी दिए। “तापक्रम निरन्तर बढिरहेको छ । बिहीबार देशका आठ स्टेशनमा… पुरा पढौ

कर्जा लगानी बढाउने गरी आयाे मौद्रिक नीतिको त्रैमासिक समीक्षा (पूर्णपाठ)

काठमाडौं, ४ जेठ । राष्ट्र बैंकले कर्जा प्रवाह बढाउने नीति लिएको छ । बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत साे नीति लिएको हाे । बैंकले घरजग्गा खरिदमा आम्दानीको ७० प्रतिशत रकम बैंकको साँवा र ब्याज बुझाउन प्रयोग गर्न सक्ने जनाएको छ । यसअघि आम्दानीको ५० प्रतिशतसम्म भुक्तानी गर्न सकिने व्यवस्था थियो । बैंकले सवारी साधन कर्जाको जोखिमभार घटाएर १०० प्रतिशत कायम गरेकाे छ । यसअघि हायर पर्चेज कर्जाको जोखिम भार १२५ प्रतिशत रहेकाे थियो ।  अहिलेकाे समयमा… पुरा पढौ

नेपालको आर्थिक विकासमा रसियाको उल्लेखनीय सहयोग रहेकाे छः उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं, ४ जेठ । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको विकासमा रसियाको ठूलो सहयोग रहेको बताएका छन् । पूर्वशोभियत सङ्घ र स्वतन्त्र राज्यहरुको राष्ट्रमण्डलमा अध्ययन गरेका नेपालीको अल्मुनाई एसोसिएसन मित्रकुञ्जको ५७औँ वार्षिकोत्सव तथा एसियाली राष्ट्रहरुको छैटौँ राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै उनले नेपालको आर्थिक विकासमा रसियाको सधैँ साथ र सहयोग रहँदै आएको बताए । “नेपालको आर्थिक विकास, शिक्षा, विज्ञान, प्रविधि र पूर्वाधारको क्षेत्रमा रसियाको महत्वपूर्ण साथ र सहयोग रहँदै आएको छ, यो मुलुकका लागि गर्वको कुरा हो,” उनले भने। उपप्रधानमन्त्री… पुरा पढौ

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्याे, ९ महिनाकाे अवधिमा पाैने १६ अर्ब राजस्व संकलन

रसुवा, ४ जेठ । नेपालको उत्तरीनाका रसुवागढीबाट आयात हुने चिनियाँ सवारी साधनको सङ्ख्या बढ्न थालेको छ । ठूलो सङ्ख्यामा विद्युतीय कार र केही ठूला तथा मझौला सवारी साधन आयात हुने गरेको भन्सार कार्यालयको तथ्याङ्कले देखाएको छ । चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म चार हजार सात सय छ सवारी साधन आयात भएका छन् । तीमध्ये चार हजार छ सय ७९ विद्युतीय कार रहेका रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ । विसं २०७२ को मङ्सिरपश्चात् रसुवागढी नाकाबाट पाँच हजार आठ सय… पुरा पढौ

यसकारण बढ्दैछन् ब्लड प्रेसरका विरामी ( डा. मिलन प्रकाश श्रेष्ठकाे बिचार )

काठमाडाैं, ४ जेठ । बढ्दो आधुनिकिकरण सँगै विश्वमा नयाँ नयाँ समस्या एवं राेगहरू उत्पत्ति हुँदै गएका छन् । समयको गतीसँगै कुनैबेला आक्कल झुक्कल मात्र देखिने ब्लड प्रेसरको समस्या अहिले प्रशस्तै देखिन थालेका छन् । कतिपय २० देखि ३० बर्षका जवानहरुमा पनि यो समस्याको लागि नियमित औषधि खानुपर्ने अवस्था देखिएको छ । ब्लडप्रेसरको कारण मध्ये करीव २ देखि ३ प्रतिशतको मात्रै प्रष्ट थाहा भएको छ । बाँकी ९७ प्रतिशतको कारण पत्ता लागेको छैन । बदलिँदो जीवन शैलीसँगै मानिसहरु विलासी भएको महसुस… पुरा पढौ

नेपाल राष्ट्र बैंकद्वारा मौद्रिक नीति सार्वजनिक, घरजग्गा कर्जामा सहजिकरणको व्यवस्था

काठमाडौं, ४ जेठ । नेपाल राष्ट्र बैंकले घरजग्गा खरिद गर्न सहजिकरणको व्यवस्था लागु गरेको छ। मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै केन्द्रीय बैंकले घरजग्गा खरिद गर्न सहज व्यवस्था गरेको हाे । शुक्रबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको समीक्षा सार्वजनिक गर्दै जग्गा खरिदको लागि ऋण भुक्तानी आम्दानीको अनुपातमा सहज नीति लिएको छ । यो व्यवस्था लागु भएसगैँ ऋण लिएर घरजग्गा खरिद गर्नेहरुले आम्दानीको ७० प्रतिशतसम्म रकम बैंकको किस्ता भुक्तानीका लागि प्रयोग गर्न सक्नेछन् । यो व्यवस्था लागू गर्नु… पुरा पढौ

लाभांश पारित गर्न आइएमई लाइफले डाक्याे एजिएम

काठमाडाैं, ४ जेठ । आइएमई लाइफ इन्स्योरेन्सले लाभांश पारित गर्नका लागि साधारण सभा बाेलाएकाे छ । कम्पनीले गएकाे आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई २६.३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियाे । इन्स्योरेन्सकाे सातौँ साधारण सभा यही जेठ २८ गते आम्रपाली ब्याङ्कवेट क्याटरिङ्ग एण्ड इभेन्ट प्रा.लि. भाटभटेनी, नक्साल, काठमाडौँमा पूर्वान्ह ११ वजे बोलाइएको छ । सभाबाट २५ प्रतिशतका दरले बोनस तथा कर प्रयोजनका लागि १.३१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रताव अनुमाेदन गरिनेछ । यस्तै सभाले प्रबन्धपत्र तथा नियमावलीमा… पुरा पढौ

१० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्छाै : प्रधानमन्त्री

काठमाडौं, ४ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्नेगरी सम्झौता भएकाले निजी क्षेत्रलाई ढुक्क भएर विद्युत् उत्पादनमा लाग्न आग्रह गरेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान) को २२ औँ वार्षिक साधारणसभाका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले १० हजार मेगावाट विद्युत् निर्यात गर्ने अवस्था समृद्धिको यात्राका लागि ऐतिहासिक उपलब्धि हुने विश्वास व्यक्त गरे। “छिमेकी राष्ट्र भारतसँग १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यातका लागि दीर्घकालीन सम्झौता गरेका छौँ । त्यसैगरी भारतको प्रसारण… पुरा पढौ

शुक्रबार सुनमा रु ७ सयले गिरावट, चाँदी पनि घट्यो

काठमाडौं, ४ जेठ । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ ७ सयले गिरावट भएको छ । चाँदीमा रुपैयाँ ५ ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुनमा रुपैयाँ ७ सयले घटेर तोलाको १ लाख ३९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ४० हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ७ सयले घटेर… पुरा पढौ