मुख्य समाचार

५० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक, आज बाेलकबाेल

काठमाडौं, ३ जेठ । नेपाल राष्ट्र बैंकले बजारमा भएकाे अधिक तरलतालाई व्यवस्थापन गर्न जारी गर्ने ५० अर्बको निक्षेप संकलन उपकरणकाे आज बाेलकबाेल हुँदैछ । केन्द्रीय बैंकले आज बिहीबार जेठ ३ गते साे निक्षेप संकलन उपकरणको बोलकबोल हुने जानकारी गराएकाे हाे । बैंक तथा वित्तीय संस्थाहरुमा रहेकाे अधिक तरलतालाई खिच्नका लागि निक्षेप संकलनमार्फत् रूपैयाँ ५० अर्ब रुपैयाँ तान्न लागेकाे हाे । बोलकबोलमार्फत आवेदन दिन चाहने बैंक तथा वित्तीय संस्थाले आज अपरान्ह ३ बजेसम्म बोलकबोलका लागि आवेदन दिने समय रहेकाे छ ।… पुरा पढौ

नेपाल पुनर्बीमा कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडाैं, ३ जेठ । नेपाल पुनर्बीमा कम्पनीकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेकाे छ। साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि कम्पनीले आइतबार जेठ ६ गते बुकक्लोज गर्ने बताएकाे छ । साधारण सभामा भाग लिन र लाभांश पाउनका लागि लगानीकर्ताहरूले आजसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएकाहरू नै साधारण सभाम भाग लिन र लाभांश पाउन याेग्य हुनेछन् । नेपाल पुनर्बीमा कम्पनीकाे नवाैं साधारण सभा जेठ १७ गते बत्तीसपुतली काठमाडौंमा रहेकाे अनुपम फुडल्याण्ड एण्ड… पुरा पढौ

काठमाडौं उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने

काठमाडौं, ३ जेठ । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले कोशी र मधेस प्रदेशसहित पहाडी भागमा आंशिक बदली रही बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको बताएको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका पहाडी क्षेत्रका केही स्थानका साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन, हुरीबतास एवं… पुरा पढौ

दस महिनामा १ लाख ७७ हजार पर्यटकले गरे अन्नपूर्ण क्षेत्रको भ्रमण

गण्डकी, ३ जेठ । पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा विगत १० महिनामा एक लाख ७७ हजार एक सय ८२ विदेशी पर्यटक भित्रिएका छन् । गत चैतमा सबैभन्दा धेरै ३५ हजार दुई सय ६५ पर्यटकले सो क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले जनाएको छ । उक्त अवधिमा दक्षिण एसियाली मुलुकका ७९ हजार दुई सय ३२ र अन्य मुलुकका ९७ हजार नौ सय ५० पर्यटकले सो क्षेत्र घुमेका आयोजना प्रमुख डा रविन कडरियाले जानकारी दिए। यो भेगमा असोज–कात्तिक र चैत–वैशाख… पुरा पढौ

पेट्रोलमा रू ७ र डिजेलमा रू ५ ले घट्याे भाउ

काठमाडौं, ३ जेठ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु सात र डिजेल तथा मट्टितेलमा प्रतिलिटर रु पाँच घटाएको हो । मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रटिलिटर एक सय ६८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि रु एक सय ७० र तेस्रो वर्गका लागि रु एक सय ७१ कायम भएको छ । डिजेल र मट्टितेल भने पहिलो, दोस्रो र तेस्रो वर्गका लागि… पुरा पढौ

क्रिकेटर लामिछानेविरुद्धको अभियोग पुष्टि नभएको ठहर क्यानको निलम्बन पनि फुकुवा

काठमाडौ, २ जेठ । उच्चअदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कारको मुद्दामा हालसम्म प्राप्त प्रमाणबाट अभियोग पुष्टि नभएको ठहर गर्दै सफाइ दिएको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासले लामो बहसपछि हालसम्म प्राप्त प्रमाणका आधारमा क्रिकेटर लामिछानेलाई दोषी ठहर गर्न नसकिने भन्दै सफाइ दिएको हो । “काठमाडौँ जिल्ला अदालतले लामिछानेविरुद्ध सो मुद्दामा गरेको आठ वर्ष जेल सजाय, रु तीन लाख जरिवाना र रु दुई लाख क्षतिपूर्ति भराउने फैसला बदर गरेको छ”, उच्चअदालत पाटनका प्रवक्ता विमल पराजुलीले भने, “इजलासले क्रिकेटर… पुरा पढौ

मर्यादित संसदीय अभ्यासका लागि एमाले समर्पित छ-अध्यक्ष ओली

काठमाडौं, २ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मर्यादित संसदीय अभ्यासका लागि आफ्नो पार्टी निरन्तर समर्पित रहीआएको बताएका छन् । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आज आयोजित पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले प्रमुख प्रतिपक्षी दलले संसदमा प्रदर्शन गरिरहेको विरोधबाट आफूहरु आत्तिनुपर्ने कारण छैन भने। उनले नेपाली कांग्रेसले बिना प्रमाण र कसूर कसैलाई आरोप लगाउँदैमा संसदीय समिति गठन हुन नसक्ने र अब संसद बैठक अवरुद्ध नहुने बताए । “आरोपित व्यक्ति पहिले संसद्मा… पुरा पढौ

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन

काठमाडौं, २ जेठ । अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको नीति तथा कार्यक्रमअनुसार नै आगामी आर्थिक वर्षको बजेट आउने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घले आज आयोजना गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को पूर्व बजेट अन्तक्र्रियामा अर्थमन्त्री पुनले सरकारको नीति तथा कार्यक्रमले उत्पादन वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने, आन्तरिक अर्थतन्त्र सुधार गर्नेलगायत विषयलाई प्राथमिकताका अघि बढाउने उल्लेख गरेको र सोहीअनुसार बजेट बिनियोजन हुने बताए । “नीति तथा कार्यक्रममा उल्लेख भएका योजना तथा नीतिअनुसार नै बजेट आउँछ र बजेटसँग मेल… पुरा पढौ

तनहुँ जलविद्युत् आयोजनाको ५५ प्रतिशत मात्रै भौतिक प्रगति

तनहुँ, २ जेठ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १ सय ४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको ५५ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । आयोजनाले सञ्चालनमा ल्याएका तीन वटै प्याकेज (चरण)का कार्यलाई तीव्रता दिँदै आएकाले उक्त कार्य प्रगति हासिल गरेको हो । प्याकेज–१ मा ३५, प्याकेज–२ मा ५५ र प्याकेज–३ मा ७३ प्रतिशत कार्य प्रगति भइसकेको आयोजना प्रवर्द्धक तनहुँ हाइड्रोपावरका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए । प्याकेज–१ र २ मा निर्माण धमाधम भइरहेको भन्दै प्याकेज–३ मा प्रसारण लाइनका… पुरा पढौ

नेप्से ९.५४ अंकले घट्याे, ३ अर्ब ७० करोडको कारोबार

काठमाडौं, २ जेठ । सेयर बजारमा दोश्रो दिनमै करेक्सन भएको छ । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजार नकारात्मक देखिएको छ । नेप्सेमा भएको करेक्सनले लगानीकर्ताहरुको मनोबल घटेको छ । नेपाला स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ९.५४ अंकले घटेर २०१७.९७ विन्दुमा झरेको छ । नेप्सेमा ०.४७ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.१७ अंकले घटेर ३५८.०९ विन्दुमा रहेको छ । यसदिन १३ उपसमूहहरुध्ये ३ वटामा मात्रै हरियो लागेको छ । बाँकी रहेका १० वटामा रातो लागेको छ… पुरा पढौ