मुख्य समाचार

यस्ताे छ सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौं, १ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्याय र समृद्धिलाई केन्द्रमा राख्दै सङ्घीयताको सबलीकरण, अर्थतन्त्रको पुनरुत्थान, आन्तरिक उत्पादन वृद्धि तथा रोजगारी सिर्जनामा जोड दिएको छ । (राष्ट्रपति पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको पूर्णपाठः) यहाँ प्रस्तुत गरिएकाे छ । PolicyProgram-2081-082-nepalDownload पुरा पढौ

नीति तथा कार्यक्रमः आगामी दशक ‘सूचना प्रविधि दशक’

काठमाडौं, १ जेठ । सरकारले सूचना प्रविधिलाई डिजिटल रूपान्तरणको आधारका रूपमा लिई सामाजिक–आर्थिक रूपान्तरण एवम् समृद्धि हासिल गर्न आगामी दशकलाई ‘सूचना प्रविधि दशक’को रूपमा अगाडि बढाउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसदका संयुक्त बैठकमा प्रस्तुत गर्दै सूचना प्रविधि उद्योगलाई रोजगारी र सेवा निर्यातको प्रमुख क्षेत्रको रूपमा विकास गर्न प्रोत्साहन गरी नेपाललाई ग्लोबल सूचना प्रविधि हबका रूपमा विकास गरिने उल्लेख गरे। काठमाडौँ उपत्यका र प्रत्येक प्रदेशका उपयुक्त स्थानमा सूचना प्रविधि ‘वर्कस्टेसन’… पुरा पढौ

सरकारले नीति तथा कार्यक्रम ल्याएकै दिन नेप्से २०२७.५१ विन्दुमा उक्लियाे

काठमाडाैं, १ जेठ । नेपाल सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरकै दिन तथा नयाँ ब्रोकर कमिशन दर लागू भएकै दिन सेयर बजारमा आज हरियाली छाएको छ । लामाे समयपछि सााताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा हरियाली छाउँदा लगानीकर्ताहरुमा उत्साह थपिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २८.६२ अंकले बढेर २०२७.५१ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.४३ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ३.६० अंकले बढेर ३६०.२६ विन्दुमा रहेको छ । यसदिन १३ वटै उपसमूहहरुमा हरियाली… पुरा पढौ

राष्ट्रपतिबाट सरकारको नीति तथा कार्यक्रम प्रस्तुत(LIVE)

काठमाडौं, १ जेठ । सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । बैठकको शुभारम्भमा राष्ट्रपति पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सकारको आगामी आवको नीति तथा कार्यक्रम पेस गरे। राष्ट्रपतिबाट सरकारको वार्षिक बजेटअघि सङ्घीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास रहँदै आएको छ । https://youtu.be/zjsIXBEGwCQ संयुक्त बैठकका विशेष अतिथिका रुपमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, पूर्वसभामुख अग्निप्रसाद सापकोटा,… पुरा पढौ

पुनःनिर्माणका लागि रु ६३ अर्ब ५८ करोड लाग्ने-प्राधिकरण

काठमाडौं, १ जेठ । विभिन्न समयमा गएका तीन वटा भूकम्पका कारण क्षतिग्रस्त संरचना पुनःनिर्माणका लागि रु ६३ अर्ब ५८ करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गरेको प्रारम्भिक क्षति मूल्याङ्कनमा झण्डै रु ५८ अर्बको क्षति भएको र त्यसको पुनःनिर्माणका लागि साढे रु ६३ अर्बभन्दा बढी लाग्ने अनुमान गरिएको हो । प्राधिकरणका नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख भरतमणि पाण्डेका अनुसार प्रारम्भिक रुपमा अध्ययन गरेर पुनःनिर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाइसकिएको छ । विसं… पुरा पढौ

दश महिनामा सरकारको बजेट खर्च ६० प्रतिशत

काठमाडौं, १ जेठ । चालु आर्थिक वर्षको १० महिनामा सरकारको बजेट खर्च ६० प्रतिशत हाराहारी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाख मसान्तसम्ममा वार्षिक विनियोजनको ६० दशमलव ३५ प्रतिशत अर्थात् रु १० खर्ब ५६ अर्ब ८९ लाख २४ हजार बराबर खर्च भएको जनाएको छ । सरकारले चालु आर्थिक वर्षका लागि रु १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो । वैशाख मसान्तसम्ममा चालुगततर्फ वार्षिक विनियोजनको ६५ दशमलव ९१ प्रतिशत खर्च भएको छ ।… पुरा पढौ

मन्त्रिपरिषद बैठकबाट नीति तथा कार्यक्रम पारित

काठमाडौं, १ जेठ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ। सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बसेको मन्त्रिपरिषद बैठकले नीति तथा कार्यक्रम पारित गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिइन। आज अपराह्न संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम छ । बैठकले सोह्रौँ पञ्चवर्षीय योजना पनि पारित गरेको मन्त्री शर्माले जानकारी दिएकी छन। राष्ट्रिय योजना अयोगले सोह्रौँ आवधिक योजना (२०८१/८२–२०८५/८६) को मस्यौदा अन्तिम स्वीकृतिका लागि… पुरा पढौ

लायन्सको सहयोगमा म्याग्दी बहुमुखी क्याम्पसमा बन्याे ५ कोठे भवनसहितकाे विज्ञान प्रयोगशाला

पाेखरा, १ जेठ। लायन्स क्लब्स् डिष्ट्रिक्ट ३२५ आइ नेपालको पहल तथा संयाेजनमा लायन्स अन्तर्राष्ट्रिय फाउण्डेसनको ग्रान्ट तथा स्थानीय लायन्स क्लबहरुकाे सहयाेगमा म्याग्दी बहुमुखी क्याम्पस परिसरमा ५ कोठे भवनसहितकाे विज्ञान प्रयोगशाला निर्माण भएकाे छ।  लायन्स अन्तर्राष्ट्रिय फाउण्डेसन (LCIF) को १ करोड २० लाख र म्याग्दीमा रहेका स्थानीय लायन्स क्लबहरुको ४० लाख ६५ हजार गरी १ करोड ६५ लाख नगद लगानीमा म्याग्दी क्याम्पसमा बीएड साइन्समा अध्ययनरत विद्यार्थीको सुविधाका लागि ५ कोठे भवनसहित विज्ञान प्रयोगशाला निर्माण गरिएकाे डिष्ट्रिक्ट ३२५ आइ नेपालका डिष्ट्रिक्ट गभर्नर… पुरा पढौ

नेपाल-कोरिया सम्बन्ध सगरमाथा जस्तै उच्च रहोस् (कोरियाली राजदूत पार्क थेयङकाे विचार)

काठमाडौं, १ जेठ । ५० वर्षअघि सन् १९७४ मे १५ तारिखमा गणतन्त्र कोरिया र नेपालबीच कुटनीतिक सम्बन्ध स्थापना हुँदै गर्दा कोरियाले आर्थिक विकासका खातिर पसिना बगाइरहेको अवस्था थियो । त्यतिबेला हामीले भोगेका अनेकौं पिडादायी क्षणहरुभन्दा नेपालको अवस्था हाम्रोभन्दा सहज थियो भन्ने लाग्छ । कुटनीतिक सम्बन्ध स्थापित भएका हामी दूरीका हिसाबले चार हजार किलोमिटर टाढा रहेका छौँ । आज हामी दुई देशबीचको मित्रता, जनस्तरको सम्बन्ध, सांस्कृतिक समन्वय, विकास साझेदारी कार्यक्रम, रोजगारी समन्वय आदिले नयाँ उचाइ चुमेको छ । कुटनीतिक सम्बन्ध स्थापना… पुरा पढौ

सेयर कारोबारकाे ब्रोकर कमिसन घट्याे, यस्ताे छ नयाँ दररेट

काठमाडाैं, १ जेठ । नयाँ वर्ष २०८१ काे दाेश्राे महिनाकाे पहिलाे दिन आजबाट नयाँ ब्रोकर कमिशन दर लागू भएकाे छ । नेपाल धितोपत्र बोर्ड सेबाेनका अनुसार धितोपत्र व्यवसायी नियमावली, २०६४ को अनुसूची १४ मा हेरफेर गरिएपछि आजबाट नयाँ ब्रोकर कमिशन दर लागू भएकाे जनाइएकाे छ । अब संगठित संस्थाको सेयरकाे प्रत्येक पटककाे खरिद तथा बिक्रीमा धितोपत्र दलाली बापत लिने सेवा शुल्क ५० हजार रुपैयाँसम्मको कारोबार गर्दा ०.३६ प्रतिशत रहेकाे छ । रूपैयाँ ५० हजारभन्दा माथि रूपैयाँ ५ लाखसम्मको कारोबारमा गर्दा… पुरा पढौ