मुख्य समाचार

दुई अर्ब बढीको सट्टेबाजीमार्फत कारोबार गर्ने पक्राउ

काठमाडौं, ३१ वैशाख । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विश्वमा सञ्चालन हुने विभिन्न खेलहरुमा सट्टेबाजी गर्न प्रयोग हुने बेटिङ, वानएक्स बेट, जुवा ३६५ तथा क्रिफ्टोमार्फत रु दुई अर्ब एक करोडभन्दा बढीको कारोबार गरेको अभियोगमा एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मण्डदेपुर नगरपालिका–८ घर भई हाल भक्तपुर सूर्यबिनायक नगरपालिका–२ बस्ने २४ वर्षीय अनिल ढुङ्गाना रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिए। उनले भने,… पुरा पढौ

नेप्से २४.३९ अंकले बढ्याे, ३ अर्ब ४० करोडको कारोबार

काठमाडौं, ३१ वैशाख । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजारमा सकारात्मक माहोल बनेको छ । नेप्सेले उकालोको यात्रा लय गर्दा लगानीकर्ताहरु उत्साही भएका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २४.३९ अंकले बढेर १९९८.८९ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.२३ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ५.८३ अंकले बढेर ३५६.६५ विन्दुमा पुगेको छ । यसदिन १३ उपसमूहहरुमध्ये ५ वटामा रातो लागेको छ । बाँकी रहेका ८ वटा उपसमूहहरुमा हरियो लागेको छ । कुल ३२० कम्पनीहरुको सेयर… पुरा पढौ

वीरगञ्जमा यसकारण बढ्दैछ खानेपानीको सङ्कट

वीरगञ्ज, ३१ वैशाख । वीरगञ्ज महानगरपालिका–१२ मुर्ली नयाँटोलमा बसोबास गर्ने कैफुल हुँदा मियाँले ५० वर्षदेखि कहिल्यै पनि खानेपानीको समस्या भोग्नु परेन् । तर, दुई वर्षयता उहाँको घरसँगै रहेको चापाकलमा पानी सुकेसँगै उनी चिन्तित छन । ५० वर्षे अवधिमा यहाँ कहिल्यै पनि खानेपानीको अभाव महसुस गर्नु परेन”, उहाँले विगत स्मरण गर्दै भन्नुभयो, “गत वर्ष हिउँदेयाममा चापाकल सुकेपछि जेनतेन गुजारा चलाएँ तर यो वर्ष पनि चापाकल सुकेपछि खानेपानी कार्यालयबाट नयाँ धारा जडान नगरी धरै पाइएन ।” वीरगञ्ज महानगरबासीले दुई वर्षयता चैतदेखि असारसम्मको… पुरा पढौ

बजेटमार्फत उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम ल्याइनेछ : प्रधानमन्त्री

चितवन, ३१ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम र बजेटमार्फत उत्पादन वृद्धि तथा रोजगारी सिर्जना गर्ने विशेष कार्यक्रम घोषणा गरिने बताएका छन् । नारायणी नदीमाथि निर्माण हुने ‘सिग्नेचर ब्रिज’को आज शिलान्यास गर्दै प्रधानमन्त्री दाहालले रोजगारी र उत्पादनसँग सम्बन्धित भएर एकीकृत आयोजना सञ्चालन गर्ने तयारीका साथ सरकार अगाडि बढेको बताए । “पूर्वाधार विकाससँगै ग्रामीण अर्थतन्त्रको सवलीकरण, उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनासँग सम्बन्धित भएर एकीकृत ढाँचाको परियोजना सञ्चालन गर्नु आजको राष्ट्रिय आवश्यकता हो”, प्रधानमन्त्री… पुरा पढौ

आम्दानीमा सुधार आएपछि सिटि होटलको नोक्सानी घट्यो

काठमाडाैं, ३१ वैशाख । आम्दानीमा सुधार आएपछि सिटि होटलको नोक्सानी घटेकाे छ । हाेटलद्वारा सार्वजनिक भएकाे चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार गएकाे वर्षको सोही अवधिकोभन्दा हाल नोक्सानी घटेको देखिएकाे छ। चालु आर्थिक वर्षको चैतसम्ममा हाेटलले १५ करोड ३७ रूपैयाँ नोक्सानी व्यहोरेको छ। गएकाे आर्थिक वर्षको सोही अवधिमा रूपैयाँ २१ करोड ६१ लाख नोक्सानी भएकाे थियो। वित्तीय विवरणका अनुसार होटलको आम्दानी बढेपछि नोक्सानी कम भएकाे हाे । होटलको सञ्चालन आम्दानी १३.१५ प्रतिशतले र कुल आम्दानी २२.९३ प्रतिशतले बढेको… पुरा पढौ

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

विराटनगर, ३१ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिने भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको पाँचौ अधिवेशन आज बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरेको छ । उनले कोशी प्रदेश सरकार (मन्त्रिपरिषद्) को २०८१ वैशाख २७ गतेको सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम उक्त आह्वान गरे। यही वैशाख २७ गते कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले सोही दिन साँझ पद तथा गोपनीयताको शपथ लिएको थियो । उनलाई नेकपा (एमाले)… पुरा पढौ

नेपाल टेलिकमकाे नाफा ३.३६ प्रतिशतले बढ्याे

काठमाडाैं, ३१ वैशाख । नेपाल टेलिकमकाे नाफा भने बढेकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे यस आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा गएकाे वर्षको सोही अवधिको भन्दा बढेको देखिएकाे छ। कम्पनीले यस आर्थिक वर्षको पहिलो ९ महिनामा रूपैयाँ ५ अर्ब ५९ करोड ३७ लाख खुद नाफा गरेकाे छ। यो नाफा गएकाे वर्षको सोही अवधिकोभन्दा ३.३६ प्रतिशतले धेरै हाे। गएकाे वर्ष साेहि अवधिमा खुद नाफा रूपैयाँ ५ अर्ब ४१ करोड रुपैयाँ थियो। कम्पनीको आम्दानी ६.८२ प्रतिशतले घटेर रूपैयाँ २५… पुरा पढौ

बाह्र वर्षदेखि विवादमा थियो दूरसञ्चार रोयल्टी र आरटिडिएफ असुलीको विषय

काठमाडौं, ३१ वैशाख । नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाएर वर्ल्डलिङ्क कम्युनिकेसनले प्रालिले विभिन्न समयमा दर्ता गरेका आठ वटा मुद्दाको सुनुवाइ गर्दै सर्वोच्च अदालतले आज रिट खारेजको फैसला ग-यो । दूरसञ्चार नियमावली, २०५४ को व्यवस्थाअनुसार दूरसञ्चार सेवा प्रदायकहरुले प्रत्येक आर्थिक वर्षको कूल आम्दानीको चार प्रतिशत रोयल्टी र दुई प्रतिशत ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) वापतको रकम सरकारलाई दाखिला गर्ने विषयमा नियामक दूरसञ्चार प्राधिकरण र सेवा प्रदायकहरुबीच करिब १२ वर्षदेखि विवाद कायम थियो । सर्वोच्चको आजको फैसलापछि उक्त विवादको निरुपण भएको छ… पुरा पढौ

देशभर बदली, गण्डकी, कोशी र बागमतीमा वर्षा

काठमाडाैं, ३१ वैशाख । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाएकाे छ । सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ। गण्डकी प्रदेशका थोरै स्थानहरुमा साथै कोशी र बाग्मती प्रदेशका एक-दुइ स्थानहरुमा मेघगर्जन/चट्याङ्ग हावाहुरी सहित हल्का वर्षा भइरहेको छ। बैशाख ३१ गते (सोमवार) दिउँसोː देशभर आंशिक देखि… पुरा पढौ

उत्पादन नबढाइ अर्थतन्त्र सुधार हुँदैन : अर्थसचिव मरासिनी

काठमाडौं, ३१ वैशाख । अर्थसचिव मधुकुमार मरासिनीले आन्तरिक उत्पादन र पुँजी सिर्जनामा वृद्धि नगरेसम्म मुलुकको अर्थतन्त्र सुधार नहुने बताएका छन् । १७औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०८१ को आयोजित समापन समारोहमा उनले भने, “अर्थतन्त्रमा शिथिलता आयो, आयात बढ्यो भनेर समस्या देखिइरहेका छन् । अर्थतन्त्रमा देखिएको असजतालाई सहज बनाउने भनेको स्वदेशी उत्पादन बढाएर आत्मनिर्भर हुने र निर्यात बढाएर हो ।” नेपालको उत्पादन ‘ब्राण्डिङ’ गरेर विश्व बजारमा पु¥याउन सक्नुपर्ने र त्यसका लागि सरकारले पनि नीतिगत तथा प्रक्रियागत सहजीकरण गर्ने… पुरा पढौ