मुख्य समाचार

रुपान्तरणकारी बजेट ल्याउने तयारीमा छाैं: अर्थमन्त्री पुन

काठमाडौं, २७ वैशाख । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटले कठोर नीति ल्याउनेभन्दा पनि सुधारात्मक र रुपान्तरणकारी योजना तथा कार्यक्रम ल्याउने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आज आयोजना गरेको पूर्व–बजेट छलफलका क्रममा अर्थमन्त्री पुनले अर्थतन्त्रमा अहिले देखिएको शिथिलता हटाउन सरकारले निजी क्षेत्रको खस्केको मनोबल उकास्ने र केही क्षेत्रमा सुधारात्मक तथा रुपान्तरणकारी नीति अवलम्बन गर्ने बताए । “अर्थतन्त्र शिथिल छ, तर हामी सुधारोन्मुख छौँ र सुधार हुनेमा आशावादी छौँ । निजी क्षेत्रको मनोबल बढाउने कुरालाई प्राथमिकता दिन्छौँ… पुरा पढौ

यातायात कार्यालय धनगढीमा ५१ करोड राजश्व सङ्कलन

कैलाली, २७ वैशाख । यातायात व्यवस्था कार्यालय धनगढीले चालु आर्थिक वर्षको हालसम्म रु. ५१ करोड बढी राजश्व सङ्कलन गरेको छ । यातायात कार्यालयले चालु आब २०८०÷८१ को हालसम्म विभिन्न राजश्व शीर्षकबाट रु. ५१ करोड ७८ लाख ७७ हजार तीन सय ९१ राजश्व सङ्कलन गरेको यातायात व्यवस्था कार्यालय धनगढीका निमित्त कार्यालय प्रमुख नरेन्द्र शाहले जानकारी दिए। निमित्त प्रमुख शाहका अनुसार कार्यालयले सवारी साधन करबाट सबैभन्दा बढी रु ४० करोड २८ लाख ५२ हजार एक सय ७३ राजश्व सङ्कलन गरेको छ ।… पुरा पढौ

पारदर्शीता र सुशासन एकअर्काका पूरक : राष्ट्रपति पाैडेल

काठमाडौं, २७ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले पारदर्शीता र सुशासन एकअर्काका पूरक भएको बताएका छन् । उनले न्यायोचित ढङ्गबाट कार्यसम्पादन गरिरहेका लेखापरीक्षक राष्ट्रका आर्थिक पहरेदार रहेको बताए । नेपाल चार्टर्ड एकाउन्टेन्टस् सङ्घ (एक्यान) द्वारा आज आयोजित राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले भने, “मुलुकभर सक्रिय लेखापरीक्षककै कारण भएका स्पष्ट हिसाबलाई हामीले आर्थिक सुरक्षाको एउटा पाटोका रुपमा लिन सकेका छौँ, हरबखत चनाखो रहेर हिसाब मिलान गर्नु गराउनु नै लेखापरीक्षकको उच्चतम धर्म हो, आफ्नो कर्ममा धर्म नबिर्सनु नै न्याय हो, तसर्थ, न्यायोचित… पुरा पढौ

तारागाउँ रिजेन्सी होटल्सकाे नाफा १ अर्ब ९६ लाख

काठमाडाैं, २७ वैशाख । तारागाउँ रिजेन्सी होटल्सकाे नाफामा उल्लेखनीय रूपमा बृद्धि भएकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार होटलको सञ्चालन आम्दानी १ अर्ब ९६ लाख रहेकाे छ। हाेटलकाे याे आम्दानी यो गएकाे आर्थिक वर्षको सोही अवधिकोभन्दा ११.४२ प्रतिशतले बढी हो। गएकाे वर्षको सोही अवधिकाे आम्दानी रूपैयाँ ९० करोड ६१ लाख रहेकाे थियो। होटलको आम्दानी बगेसंगै खुद नाफा पनि बृद्धि भएकाे छ। होटलकाे खुद नाफा रूपैयाँ ३३ करोड ३२ लाख रहेकाे छ। जाे गएकाे… पुरा पढौ

हाथवे इन्भेष्टमेन्टकाे आम्दानी १०४.६४ प्रतिशतले बृद्धि

काठमाडाैं, २७ वैशाख । हाथवे इन्भेष्टमेन्ट नेपालकाे आम्दानी १०४.६४ प्रतिशतले बढेकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार साे आम्दानी बढेको हाे । यस आर्थिक वर्षको चैतम्म कम्पनीले सञ्चालन रूपैयाँ २३ करोड ३९ लाख आम्दानी गरेकाे छ। यो आम्दानी गएकाे वर्षको सोही अवधिकोभन्दा १०४.६४ प्रतिशतले बढी हो। गएकाेमा वर्ष सोही अवधिमा आम्दानी रूपैयाँ ११ करोड ४३ लाख रहेकाे थियो। आम्दानी बढेपछि कम्पनी नाफामा गएकाे छ। गएकाे वर्ष रूपैयाँ १ करोड २२ लाख ऋणात्मक रहेकोमा यसपटक… पुरा पढौ

कोशी, मधेस बागमती, गण्डकी र लुम्बिनीमा वर्षा हुने

काठमाडौं, २७ वैशाख । हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर आंशिकदेखि साधारण बदली रहेको तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदली हुनेछ । कोशी, मधेस बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका बाँकी पहाडी भागका केही स्थानमा मेघगर्जन एवं चट्याङसहित हल्का वर्षाको सम्भावना छ । साथै तराईका केही स्थानमा मेघगर्जन र… पुरा पढौ

सुरक्षित कारोबार पहिलो संशोधन विधेयक पारित

काठमाडौं, २७ वैशाख । ‘सुरक्षित कारोबार पहिलो संशोधन विधेयक, २०८०’ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट केही सुझाव तथा संशोधनसहित पारित भएको छ । विधेयकमा दफाबार छलफलपछि समितिको बैठकले प्रतिवेदनसहित पारित गरेको हो । कुनै व्यक्ति तथा निकायबाट राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा गर्ने कारोबारलाई सुरक्षित र व्यवस्थित बनाई सुरक्षित कारोबारसम्बन्धी कानुनी व्यवस्था समयानुकूल बनाउन आवश्यक भएको भन्दै अर्थ मन्त्रालयले गत फागुन ४ गते यो विधेयक राष्ट्रियसभामा दर्ता गरेको थियो । सुरक्षित कारोबारका सम्बन्धमा एकीकृत कानुनी व्यवस्था गरी चल, तथा अमूर्त सम्पत्ति उपरको दायित्व… पुरा पढौ

यात्रु भएर गृहसचिव अर्यालद्वारा विमानस्थलकाे आकस्मिक निरीक्षण

काठमाडौं, २७ वैशाख । गृह सचिव एकनारायण अर्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको आकस्मिक निरीक्षण गरेका छन् । उनले प्रस्थान र आवगमनका दुवै कक्षसँगै कार्यालयको समेत निरीक्षण गरे । यात्रु प्रस्थान गर्ने तर्फबाटै यात्रु भएर विमानस्थल छिरेका गृह सचिव अर्यालले वायुसेवाका काउन्टर, लबी, अध्यागमन, प्रहरी सुरक्षा र सहजीकरणसँगै ब्यागेज कसरी लोड हुन्छ भन्नेसम्मको निरीक्षण गरे । यात्रुको जाँच हुने क्षेत्रको निरीक्षण गरेका उनले अध्यागमनमा डेक्स थप्नेलगायत भिभिआइपी कक्ष, सिसी क्यामेरा, कर्मचारीको कार्यकक्षसँगै अध्यागमन र सुरक्षा अवस्थाबारेसमेत निरीक्षण गरेको त्रिभुवन अन्तर्राष्ट्रिय… पुरा पढौ

दक्षिण कोरियाद्वारा नेपाललाई दिने सहयोगमा वृद्धि

काठमाडौं, २६ वैशाख । दक्षिण कोरियाले नेपाललाई गर्दै आएको विभिन्न सहयोगलाई थप वृद्धि गर्ने भएको छ । नेपाल र गणतन्त्र कोरियाबीच कूटनीतिक सम्बन्धको ५० वर्ष पुगेका अवसरमा नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क ताई योङले आज सञ्चारकर्मीसँगको अन्तरक्रियामा सो जानकारी दिए । राजदूत पार्कले नेपाललाई प्रदान गरिँदै आएका विविध सहयोगमा आगामी दिनमा वृद्धि हुँदै जाने उल्लेख गरे। गणतन्त्र कोरियाले नेपाललाई खासगरी स्वास्थ्य, क्षिक्षा, कृषि र सुशासनका क्षेत्रमा सहयोग गर्दै आएको छ । राजदूत पार्कले अन्य मुलुकको तुलनामा आफूहरुले नेपाललाई गरेको… पुरा पढौ

नेप्सेमा झिनो अंकको गिरावट, साढे २ अर्बको कारोबार

काठमाडौं, २६ वैशाख । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपालीप् सेयर बजारमा झिनो अंकको गिरावट भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ०.२१ अंकले घटेर १९६०.६० विन्दुमा झरेको छ । नेप्सेमा ०.०१ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.१७ अंकले घटेर ३४९.४० विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये ४ वटामा हरियो लागेको छ । बाँकी रहेका ९ वटामा रातो लागेको छ । यसदिन ३०५ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ५८ लाख ७४ जहार ९६७ कित्ता… पुरा पढौ