मुख्य समाचार

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का वर्षा

काठमाडौँ, २९ वैशाख हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको बताएको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली हुने तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै मुलुकका… पुरा पढौ

पहुँचका आधारमा बजेट विनियोजन हुनुहुँदैनः सांसद शर्मा

काठमाडौं, २८ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद मायाप्रसाद शर्माले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमुखी हुनुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभाको आजको बैठकमा दलीय आधारमा बोल्दै उनले बजेट पहुँचका आधारमा नभई आवश्यकतालाई हेरेर विनियोजन हुनुपर्ने बताए । “विगतमा पहुँचका आधारमा बजेट विनियोजन हुन्छ भन्ने धारणा छ, आगामी आवको बजेटमा त्यस्तो संकेत नदेखियोस्”, सांसद शर्माले भने, “कार्यान्वयनमुखी आयोजनालाई प्राथमिकता दिनुपर्छ । राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्नेगरी बजेट बनाइनुपर्छ । राष्ट्रिय तथा क्षेत्रगत नीतिसँग पनि सम्बन्धित भएकाले बजेट पहुँच… पुरा पढौ

माउन्टेन इनर्जीकाे नाफामा १७.३५ प्रतिशतले बृद्धि

काठमाडाैं, २८ वैशाख । माउन्टेन इनर्जीले चालु आर्थिक वर्षमा नाफा कमाउन सफल भएकाे छ । कम्पनीकाे सार्वजिनक भएकाे तेस्रो त्रैमाससम्मकाे वित्तीय विवरण अनुसार कम्पनीकाे नाफामा १७.३५ प्रतिशतले बृद्धि भएकाे छ । चालु आर्थिक वर्षमा कम्पनीले रूपैयाँ ३० करोड ९१ लाख खुद नाफा गरेकाे छ । यस्ताे नाफा गएकाे वर्षको तेस्रो त्रैमाससम्म रूपैयाँ २६ करोड ३४ लाख रहेकाे थियाे । जाे गएकाे वर्षकोभन्दा १७.३५ प्रतिशतले बढी हो । कम्पनीका अनुसार विद्युत बिक्रीबाट हुने आम्दानी बढेकाे छ । साे अवधिमा खर्चमा कटाैती… पुरा पढौ

प्रभु इन्स्याेरेन्सकाे नाफामा बृद्धि, इपीएस कति ?

काठमाडाैं, २८ वैशाख । प्रभु इन्स्याेरेन्सकाे नाफामा बृद्धि भएकाे छ । इन्स्याेरेन्सकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मकाे वित्तीय विवरण अनुसार कम्पनीकाे नाफामा २३७.१८ प्रतिशतले बृद्धि भएकाे छ । कम्पनीले यस आर्थिक वर्ष रूपैयाँ ३९ करोड १४ लाख खुद नाफा गरेकाे छ । गत आर्थिक वर्षको साेहि अवधिमा कम्पनीकाे नाफा रूपैयाँ ११ करोड ६१ लाख रहेकाे थियाे । याे नाफा २३७.१८ प्रतिशतले बढेकाे हो। इन्स्योरेन्सको नाफा बढ्नुमा लगानी र कर्जा सापट आम्दानी तथा खुद बिमा शुल्क आम्दानी बढेकाे कारण… पुरा पढौ

लक्ष्मी मोटर कर्पोरेसनले शुरू गर्याे हुन्डाईकाे एसेम्बलिङ प्लान्ट

काठमाडौं, २८ वैशाख । लक्ष्मी मोटर कर्पोरेसनले 'हुन्डाई मोटर एसेम्बलिङ प्लान्ट’ शुरू गरेकाे छ । उक्त प्लान्ट’को आज नवलपरासीमा शुभारम्भ गर्दै प्रधानमन्त्री दाहालले आर्थिक विकास गरेर देशलाई समृद्धिको यात्रामा आगाडि बढाइने बताए। निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र सुदृढीकरण गरिने बताउँदै प्रधानमन्त्रीले लगानी सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको समेत बताएका थिए । “निजी क्षेत्रको लगानी एवं राज्य र निजी क्षेत्रको सहकार्यबिना देशको अर्थतन्त्र सवल हुन सक्दैन, उत्पादकत्व वृद्धि हुन सक्दैन, रोजगारीका अवसरहरू सिर्जना हुन सक्दैनन्”, प्रधानमन्त्री दाहालले भने, “देशभित्र लगानीको वातावरण… पुरा पढौ

चितवनको देवनगर सब-स्टेसन सञ्चालनमा,आपूर्ति सहज हुने अपेक्षा

काठमाडौं, २८ वैशाख । चितवनको भरतपुर महानगरपालिका–६ देवनगरमा ३३÷११ केभी सबस्टेसन सञ्चालनमा आएको छ । कूल २४ एमभिए क्षमताको पावर ट्रान्सफर्मर जडित विद्युत् वितरणतर्फको देवनगर सबस्टेसन निर्माण सम्पन्न गरी चार्ज गरिएको हो । भरतपुर महानगरपालिका–११ स्थित १३२ केभी बसेनी सबस्टेसनबाट गएको ३३ केभी लाइनलाई गोन्द्राङमा ट्यापिङ गरी देवनगर सबस्टेसनसम्म पु¥याइएको छ । गोन्द्राङबाट देवनगर सबस्टेसनसम्म करिब साढे नौ किलोमिटर ३३ केभी प्रसारण लाइन निर्माण गरिएको छ । उक्त प्रसारण लाइन पनि चार्ज गरिएको छ । देवनगर सबस्टेसनबाट स्थानीयरुपमा विद्युत् आपूर्तिका… पुरा पढौ

नेपालमा लगानी भित्र्याउन सङ्घले सघाउछ-राजदूत लोरेञ्जो

काठमाडौं, २८ वैशाख । नेपालमा युरोपेली लगानी भित्र्याउन युरोपेली सङ्घले सघाउने बताएको छ । नेपालका लागि सङ्घका राजदूत भेरोनिक लोरेञ्जोले युरोपेली लगानी ल्याउन आगामी साता काठमाडौँमा ‘इयू–नेपाल व्यापार मञ्च’को बैठक हुन लागेको बताइन्। नेपाल र युरोपेली सङ्घबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव तथा युरोप दिवसका अवसरमा आयोजित स्वागत समारोहमा राजदूत लोरेञ्जोले नेपालको वैदेशिक लगानी अभाव परिपूति गर्ने उद्देश्यले आगामी जेठ २ र ३ गते काठमाडौँमा मञ्चको दोस्रो बैठक आयोजना गरिने जानकारी दिइन्। बैठकमा नेपालका लगानीका सम्भावित क्षेत्रमा छलफल गर्न… पुरा पढौ

सुन तोलामा रु २३ सयले बृद्धि, चाँदी पनि बढ्यो

काठमाडौं, २८ वैशाख । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसयाी महासंघले छापावाल सुनमा रुपैयाँ रुपैयाँ २ हजार ३ सय तथा चाँदीमा रुपैयाँ ५० ले भाउ बढेको जनाएको छ । छापावाल सुनमा एकैदिन २ हजार ३ सय रुपैयाँ बढेर तोलाको १ लाख ३७ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ३५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा… पुरा पढौ

चालु आवमा तनहुँमा छ सय ४७ उद्योग दर्ता

दमौली (तनहुँ), २८ वैशाख । चालु आर्थिक वर्षमा तनहुँमा छ सय ४७ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा साउनदेखि चैत मसान्तसम्म ती उद्योग दर्ता भएका हुन् । उद्योगतर्फ तीन सय ३६ र वाणिज्यतर्फ तीन सय ११ उद्योग दर्ता भएका छन् । एउटा घरबास (होमस्टे) पनि दर्ता भएको छ । गत आवमा जिल्लामा छ सय तीन उद्योग दर्ता भएका थिए । दर्ता भएका उद्योगमध्ये कृषि तथा वन पैदावरतर्फ अधिक छन् । दुई सय ७८ उद्योग खारेज चालु आवमा… पुरा पढौ

सानिमा रिलायन्स लाइफको नाफा ९२.९४ प्रतिशतले बृद्धि

काठमाडौं, २८ वैशाख । सानिमा रिलायन्स लाइफ इन्स्याेरेन्सले ९२.९४ प्रतिशत नाफा कमाउन सफल भएकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मकाे वित्तीय विवरण अनुसार कम्पनीले रुपैयाँ ३० करोड ४८ लाख खुद नाफा गरेकाे हाे । कम्पनीले कमाएकाे यो नाफा गएकाे वर्षको तुलनामा ९२.९४ प्रतिशतले बढी रहेकाे छ । गएकाे वर्ष कम्पनीकाे नाफा रुपैयाँ १५ करोड ७९ लाख रहेकाे थियो ।  खुद बिमा शुल्क ११७.०८ प्रतिशतले बढेकाे छ । यसरी बढेर रुपैयाँ ४ अर्ब १ करोड भएकाे छ… पुरा पढौ