मुख्य समाचार

महाकाली नदीमा व्यावसायिक जलयात्रा सुरु

काठमाडौं, १० चैत । महाकाली नदीमा व्यावसायिकरुपमा जलयात्रा (र्‍याफ्टिङ) सुरु गरिएको छ । नेपाल–भारत सीमा भएर बग्ने महाकाली नदीमा विश्व पानी दिवसका अवसरमा शुक्रबारदेखि र्‍याफ्टिङ सञ्चालन गरिएको हो । भीमदत्त नगरपालिका, परशुराम नगरपालिका र नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज (नारा) को संयुक्त आयोजनामा र्‍याफ्टिङ गरिएको हो । उक्त कार्यक्रममा अक्सफाम, निड्स, रुडुक नेपाललगायत गैरसरकारी संस्थाको सहकार्य रहेको छ । परशुरामदेखि कञ्चनपुरको खल्ला मसेट्टीसम्मको लगभग तीन घण्टाको जलयात्रामा परशुराम नगरपालिकाका नगरप्रमुख भरत बडायर जोशीलगायतको टोली सहभागी थियो । त्यस्तै कञ्चनपुरको खल्ला… पुरा पढौ

चालु ८ महिनाको अवधिमा बजेट घाटा १ खर्ब ३७ अर्ब, व्यापार घाटा ९ खर्ब २९ अर्ब

काठमाडौँ, १० चैत । मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्रमा विस्तारै सुधार देखिन थाले पनि सार्वजनिक वित्त व्यवस्थापनको क्षेत्र भने अझै चुनौतीपूर्ण देखिएको छ । सरकारको आम्दानी तथा खर्च, सार्वजनिक ऋण व्यवस्थापन, सरकारी कोष तथा साधन स्रोतको परिचालनलगायत क्षेत्रमा अनेकौँ समस्या मुलुकले भोगिरहेको छ । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले मन्त्रालयको जिम्मेवारी सम्हालेपछिको पहिलो सार्वजनिक कार्यक्रममा सार्वजनिक वित्त व्यवस्थापनको क्षेत्रमा समस्या रहेको र त्यसलाई सुधार गर्ने विषय आफ्नो पहिलो प्राथमिकतामा पर्ने बताएका थिए। हालै राष्ट्रिय वाणिज्य बैङ्कले आयोजना गरेको ‘आरबिबिएल म्यानेजमेन्ट कन्फ्रेन्स २०२४’मा… पुरा पढौ

‘ग्लोवल मनी विक’मा सांग्रिला डेभलपमेन्ट बैंकको वित्तीय सचेतना कार्यक्रम

काठमाडाैं, १० चैत। ग्लोवल मनी विक २०२४ को अवसरमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न शाखा कार्यालयहरुमा बित्तिय सचेतना कार्यक्रम सम्पन्न गरेकाे छ । “आफ्नो पैसाको रक्षा गरौं, आफ्नो भविष्यको सुरक्षा गरौं” भन्ने नारालाई आत्मसाथ गरी बैकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वित्तीय शिक्षा तथा सचेतना अभिवृद्दि कार्यक्रम संचालन गरेको हाे । बैंककाे पोखरा, बुटवल, इटहरी, काठमाडौं, नारायणगढ क्षेत्रका विभिन्न शाखा कार्यालयमा कार्यरत कर्मचारीहरुले सो कार्यक्रममा सहभागिता जनाएका थिए । बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले… पुरा पढौ

लुम्बिनीको सन्देश : नेपाल पर्यटन र लगानीको आकर्षक गन्तव्य

लुम्बिनी, १० चैत । विश्वका १९ मुलुकका राजदूत र नेपालका लागि ४५ देशका अवैतनिक वाणिज्यदूतले गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट समृद्धि र शान्तिको लागि योगदान गर्न आह्वान गरेका छन् । परराष्ट्र मन्त्रालय र अवैतनिक वाणिज्यदूतहरुको संस्था अनररी कन्सुलर कप्र्स नेपाल (एचसिसीएन)द्वारा संयुक्तरुपमा यहाँ आयोजित सम्मेलनमा शान्ति बिना समृद्धि सम्भव नहुने भन्दै विश्वका सबैलाई समाजमा शान्ति कायम गर्नेतर्फ केन्द्रित हुन राजदूत र अवैतनिक वाणिज्यदूतले आह्वान गरेका हुन् । ‘समृद्धिका लागि विश्व शान्ति’ नाम दिइएको सो सम्मेलनका सहभागीले मायादेवी मन्दिर परिसरमा विश्व शान्तिका लागि… पुरा पढौ

बेनीघाट-आरुघाट सडककाे तान्द्राङ खोलामा बेलिब्रिज निर्माण

गोरखा, १० चैत । गोरखाको बेनिघाट–आरुघाट सडकखण्डअन्तर्गत तान्द्राङ खोलामा बेलिब्रिज निर्माण भएको छ । भीमसेन थापा गाउँपालिका–८ स्थित घाटबेँसी र वडा नम्बर ४ स्थित धावाको बालिमटार जोड्ने तान्द्राङ खोलामा २४ दशमलव ४ मिटर लम्बाइको बेलिबिज्र निर्माण गरिएको गोरखा सडक योजना कार्यालयका इन्जिनियर गोविन्द श्रेष्ठले जानकारी दिए । बेलिब्रिज निर्माणका लागि ठेक्का सम्झौता भएको चार महिना भित्रै निर्माणको काम सम्पन्न भएको उनको भनाइ छ । पुल निर्माणका लागि कार्यालयले जलप होम जेभीसँग गएको मङ्सिर १५ गते ठेक्का सम्झौता गरेको थियो ।… पुरा पढौ

सुन्तला खेती गर्ने काभ्रेका किसानलाई उत्पादकत्व वृद्धि तालिम

धुलिखेल, १० चैत । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका वडा नं. ४ का सुन्तला खेती गर्ने किसानलाई तालिम दिइएको छ । गाउँपालिकाको कृषि विकास शाखाले ४० जना किसानलाई उन्नत जातका सुन्तला उत्पादनसम्बन्धी तालिम दिइको हो । गाउँपालिकाको सुन्तला प्रवद्र्धन कार्यक्रमअन्तर्गत पहिलेदेखि नै सुन्तला खेती गर्दै आएका किसानलाई उत्पादन विकासमा ससघाउने उद्देश्यले तालिम दिइएको कृषि विकास शाखा प्रमुख मधुसुदन दाहालले बताए। कृषि विकास कार्यालय काभ्रेपलाञ्चोकका बाली संरक्षण अधिकृत रमा कार्की र बागबानी विकास केन्द्र पाँचखालका अधिकृत उमेश सापकोटाले तालिमको सहजीकरण गरेका थिए ।… पुरा पढौ

बन्धक बनाइएका ४ बङ्गलादेशीको उद्धार, आरोपीहरु पक्राउ

काठमाडौं,१० चैत । बङ्गलादेशी नागरिकलाई वैदेशिक रोजगारको लागि क्यानडा, इटाली लगायतका देशमा पठाइदिने विश्वासमा पारी नेपालमा ल्याएर बन्धक बनाइएका ४ जनाको उद्धार गरिएको छ । विशेष सूचनाका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गए राति उनीहरूलाई उद्धार गरी उक्त अपराधमा संलग्न चार जनालाई पक्राउ गरेको कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए । काठमाडौं महानगपालिका–१६ पकनाजोलस्थित निभाना ग्रीन पिस होम नामक होटलको कोठामा बन्धक बनाएर राखेको अवस्थामा उनीहरूको उद्धार गरिएको हो । उनका अनुसार उक्त कार्यमा संलग्न रहेका बङ्गलादेशी… पुरा पढौ

कोशी, मधेश, बागमती र गण्डकीमा हल्का वर्षा

काठमाडौं, १० चैत । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको झारखण्ड आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको जनाएकाे छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भईरहेको छ । आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहने महाशाखाले जानकारी गराएकाे छ। कोशी प्रदेशका केही स्थान, मधेश, बागमती र गण्डकी  प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको… पुरा पढौ

एमाले कास्कीको ११औं अधिवेशन आज

पोखरा, १० चैत । नेकपा एमाले कास्कीको आज चैत १० गतेदेखि भाेलि चैत १२ गतेसम्म पोखरामा ११औं अधिवेशन हुँदैछ । अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिने भएकाे छ । सकेसम्म सर्वसम्मत र नभए निर्वाचनमा जाने मूल आयाेजक कमिटिले जानकारी दिएकाे छ । अधिवेशनलाई सफल बनाउन जिल्ला अध्यक्ष मन बहादुर गुरुङको अध्यक्षतामा मूल व्यवस्थापन कमिटि गठन गरिएको छ । सो कमिटिमा जिल्ला समिटिका सबै सदस्यहरु, लेखा कमिटि, पालिका तथा ईलाका कमिटिका अध्यक्षहरु रहेका छन् । अधिवेशनमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन लेखनका लागि… पुरा पढौ

चन्द्रागिरि नगरपालिका र प्रहरी परिसर काठमाडौंबीच सहकार्य, जनचेतनामूलक पाठ्यक्रम तयार

काठमाडौं, १० चैत । चन्द्रागिरि नगरपालिका र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त सहकार्यमा जनचेतनामूलक पाठ्यक्रम २०८१ हस्तान्तरण तथा सम्झौता कार्यक्रम आयोजना गरिएको छ । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले हस्तान्तरण गरिएको पाठ्यपुस्तक नयाँ शैक्षिकसत्रबाट नगरपालिकाभरिका विद्यालयमा सन्दर्भ सामग्रीका रुपमा कार्यान्वयनमा लैजाने जानकारी दिए । उनले भने, “जनचेतनामूलक पाठ्यक्रमले शान्ति सुरक्षालाई थप सुदृढ बनाउन सहयोग मिल्नेछ । यसलाई विद्यालय तहमा कार्यान्वयनमा लैजान नगरपालिका प्रतिवद्ध छ । उपत्यका भित्रिने प्रमुख नाका नागढुङ्गालगायतका क्षेत्रमा लागुऔषध नियन्त्रणका लागि प्रयास गरिरहेका छौँ, हामी सबैको राय–सुझावअनुसार… पुरा पढौ