मुख्य समाचार

आजको मौसम : देशभर बदली, हल्का वर्षाको सम्भावना

काठमाडौं, १२ चैत । देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ । नेपालमा हाल पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । बागमती र गण्डकी प्रदेशको केही स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रहने छ । चारवटै प्रदेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानमा… पुरा पढौ

प्रदेशलाई ६० र स्थानीय तहलाई ८८ अर्ब समानीकरण अनुदान उपलब्ध गराउन सिफारिस

काठमाडौं, ११ चैत । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि केन्द्र सरकारबाट प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरिने वित्तीय समानीकरण अनुदानकोे रकम निर्धारण गरी सरकारलाई सिफारिस गरेको छ । आगामी आवका लागि प्रदेशलाई रु ६० अर्ब र स्थानीय तहलाई रु ८८ अर्ब बराबर वित्तीय समानीकरण अनुदान उपलब्ध गराउन सिफारिस गरिएको आयोगले जनाएको छ । सङ्घीय सञ्चित कोषबाट सरकारले प्रदेश र स्थानीय तहलाई उनीहरुको खर्चको आवश्यकता र राजस्व क्षमताका आधारमा वित्तीय समानीकरण अनुदान वितरण गर्नुपर्ने… पुरा पढौ

सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागेको छः गृहमन्त्री लामिछाने

चितवन, ११ चैत । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले देशभरी सहकारीमा देखिएको समस्या समाधानका लागि सरकार लागेको बताएका छन् । आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले सहकारीपीडितसँग सरकारले वार्तामार्फत समस्या समाधानको प्रयास गरेको बताए। उनले भने, “सरकारी वार्ता टोली र सहकारीपीडितको वार्तामा सहमति भएको छ । सहमति कार्यान्वयनमा आउँछ ।” देशभरिका सहकारीपीडितको समस्या समाधान गरिने उनको भनाइ थियो । सहकारीको पैसा अपचलन गर्नेहरुको सम्पत्ति खोजेर भए पनि बचत कर्ताको पैसा फिर्ता गर्ने उनले बताए। गृहमन्त्री लामिछानेले बचतकर्ताको रकम फिर्ता गर्नका लागि… पुरा पढौ

आज सार्बजनिक बिदा, सेयर बजार, बैंक-वित्तीय संस्थामा काराेबार बन्द

काठमाडौं, ११ चैत । आज चैत ११ गते आइतबार फागु पूर्णिमा पर्वकाे अवसरमा सरकारले सार्बजनिक बिदा दिएकाे छ । सार्बजनिक बिदाकाे कारण आज सेयर बजारकाे काराेबार बन्द छ । सरकारले पहाडी तथा हिमाली जिल्लामा फागु पूर्णिमाको अवसरमा विदा दिएको हाे । बिदाकाे कारण सरकारी कार्यालय, सेयर बजार, बैंक तथा वित्तीय संस्थामा काराेबार बन्द भएकाे छ ।  सेयर बजार अब सोमबार पूर्वान्ह ११ बजे खुल्नेछ । तराइ बाहेक पहाडी जिल्लाहरूमा रहेकाे बैंक तथा वित्तीय संस्था र सरकारी कार्यालयहरु भाेलि सोमबार खुल्ने… पुरा पढौ

पहाडी र हिमाली क्षेत्रमा आज होली पर्व

काठमाडौं, ११ चैत । सद्भावनाको पर्व होली, आज देशको पहाडी र हिमाली भेगमा उल्लाहसपूर्वक मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व भोलि सोमबार तराईमा मनाइन्छ । आफन्त मिलेर रङ, पानी खेलेर खुसी साट्ने होलीपर्वको विशेषता हो । काठमाडौँ उपत्यकास्थित वसन्तपुरमा सामूहिक रूपमा होली खेल्ने गरिन्छ । नेपाली र विदेशीसमेत वसन्तपुरको होलीमा सहभागी हुने गरेका छन् । पर्यटकका पथप्रदर्शक राजन मिश्रले होली खेल्न पर्यटक उत्साहित हुने गरेका बताउछन्। “हरेक वर्ष विदेशीलाई होली खेलाउन वसन्तपुर जाने गरेको छु”, उनले भने,… पुरा पढौ

होली पर्वले सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछः राष्ट्रपति पौडेल

काठमाडौं, ११ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होलीपर्व)ले आपसी सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउनेमा विश्वास व्यक्त गरेका छन् । होलीपर्वका अवसरमा राष्ट्रपति पौडेलले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै रङहरूको पर्व होलीले आपसी मेलमिलाप र सद्भावको सन्देश दिने उल्लेख गरेका छन्। उनले यस पर्वले आपसी रिस, राग परित्याग गरी प्रेम र आत्मीयताद्वारा सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउनेमा विश्वास व्यक्त गरे । “नेपालीहरूको महान् पर्व फागुपूर्णिमा (होली)को सुखद् अवसरमा स्वदेश तथा… पुरा पढौ

हाेली पर्वले राष्ट्रिय एकता मजबुत बनाउन सहयोग पुग्नेछ : अध्यक्ष ओली

काठमाडौं, ११ चैत । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले होली पर्वले समाजलाई एकताबद्ध बनाउने बताएका छन् । ललितपुर, च्यालसस्थित पार्टी मुख्यालयमा मधेस प्रदेश सम्पर्क कमिटीले आयोजना गरेको होली मिलन कार्यक्रममा उनले होलीले राष्ट्रिय एकता मजबुत बनाउन सहयोग पुग्ने बताए । “होलीले हामीलाई एउटा सभ्य, शान्तिपूर्ण, एकताबद्ध समाज निर्माण गर्न प्रेरणा दिन्छ । राष्ट्र एकताबद्ध बनाउन योगदान गर्न सक्छ । हामी सबैलाई यस्तै प्रेरणा मिलोस”, उनले भने, “हामी जहाँ भएपनि जुन भूगोलमा बसे पनि सबैको उद्देश्य भनेको… पुरा पढौ

मौलिक संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्ने प्रेरणा मिलोस्ः प्रदेश प्रमुख भट्ट

पोखरा, ११ चैत । गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले फागु पूर्णिमा (होली पर्व) को उपलक्ष्यमा प्रदेशवासीलाई शुभकामना व्यक्त गरेका छन्। आइतबार एक शुभकामना सन्देशमार्फत् उनले नेपालीहरुको महान पर्व फागु पूर्णिमा (होली पर्व) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गरेका छन्। उनले भने, ‘खुशीका रंगहरु छर्दै मौलिक संस्कृतिहरुको संरक्षण र सम्वर्द्धन गर्ने प्रेरणा मिलोस्, सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु ।’ नेपालमा पहिलो दिन हिमाली र पहाडी क्षेत्र तथा दोस्रो दिन तराई–मधेसमा… पुरा पढौ

वामपन्थिलाई फुटाउने र भविष्य देख्ने कांग्रेसकै कारण देशले गति लिएन : महासचिव पोखरेल

पोखरा, १० चैत । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेस वामपन्थि पार्टीहरु बीचमा फाटो ल्याउने, त्यसैमा राज गर्न चाहने, रमाउने र भविष्य देख्ने पार्टी भएको आरोप लगाएका छन् । कांग्रेसको अरु दलहरुमा फाटो ल्याएर माथि जानखोज्ने प्रवृत्तिको कारण विपि कोईरालाको असावधानिले गर्दा पञ्चायतले ३० वर्ष राज गरेको बताए । हरेक आन्दोलनको अगुवा भएता पनि आन्दोलनको मूल मर्म र त्यसलाई सार्थकता दिन नसक्ने पार्टीको रुपमा दर्ज भएको कांग्रेस अहिले पनि वामपन्थिहरुबीच फुटको राजनीति गरिरहेको बताए । उनले भने, कांग्रेससंगको गठबन्धन… पुरा पढौ

बुढीगण्डकी जलविद्युत आयोजना ८ वर्ष भित्र सक्ने लक्ष्य

काठमाडौं, १० चैत । लामो प्रतीक्षापछि अन्ततः बुढीगण्डकी जलविद्युत् आयोजनाको लगानी ढाँचा टुङ्गो लाग्ने भएको छ । आर्थिक वर्ष २०८८/८९ भित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना स्वदेशी लगानीमा नै निर्माण हुने गरी सरकारले लगानी ढाँचा समेत सुनिश्चित गरेको छ । बुढीगण्डकी जलविद्युत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत जगत श्रेष्ठका अनुसार सञ्चालक समितिको बैठकले दुई वटा विकल्प स्वीकृत गरी थप निर्णयका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पेश भएको जानकारी दिए। यहि चैत १ गते बसेको बुढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडको सञ्चालक समितिको… पुरा पढौ