मुख्य समाचार

भूकम्प प्रभावित क्षेत्रमा पुन निर्माण गर्न दक्ष डकर्मी तयार गर्दै कर्णाली सरकार

कर्णाली, २४ फागुन । कर्णाली प्रदेश सरकारले जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रमा पुन निर्माण गर्न दक्ष डकर्मी तयार गर्ने भएको छ । वातावरण अनुकूल भौतिक संरचना निर्माण, आवश्यक नीति एवं विधि पालना गरी विपद्बाट हुने क्षति न्यूनीकरण तथा समुदायमा ज्ञान, सीप र प्रविधिसहितको दक्ष जनशक्ति तयार गर्न प्रदेश सरकारले भूकम्प प्रतिरोधी भवन तथा संरचना निर्माणसम्बन्धी तालिम सञ्चालन गर्ने भएको हो । यसका लागि त्रिपक्षीय सम्झौता भएको छ । कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान, भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल र स्थानीय तहबीच तालिम… पुरा पढौ

कोशी, गण्डकी र कर्णालीमा हिमपातको सम्भावना

काठमाडाैं, २४ फागुन । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएकाे छ। हाल कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही  बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ । फाल्गुन २४ गते  (बिहीबार) दिउँसो: देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राती: देशको पहाडी… पुरा पढौ

धरान एक्स्पोमा भयाे १२ करोडको कारोबार

धरान (सुनसरी), २४ फागुन । स्थानीय व्यवसायीका उत्पादनलाई प्रवद्र्धन गर्ने उद्देश्यले सुनसरी उद्योग वाणिज्य सङ्घले धरानमा आयोजना गरेको व्यापारिक मेला धरान एक्स्पोमा रु १२ करोडको आर्थिक कारोबार भएको छ । फागुन ११ गतेदेखि सुरु भएको एक्स्पोमा आज समापन भएसँगै रु १२ करोड बराबरको कारोबार भएको आयोजक सुनसरी उद्योग वाणिज्य सङ्घका महासचिव महेन्द्र प्रधानले जानकारी दिए। उनका अनुसार एक्स्पो एक लाख ८० हजार जनाले अवलोकन गरेका छन् । अघिल्लो वर्ष सङ्घले आयोजना गरेको एक्स्पोमा रु १० करोडको कारोबार भएको थियो ।… पुरा पढौ

हडपिएका सरकारी जग्गा फिर्ता ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन

काठमाडौं, २४ फागुन । नवनियुक्त उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले देशैभरिबाट हडपिएका सरकारी जग्गा यथाशीघ्र सरकारका नाममा फिर्ता ल्याउन निर्देशन दिएका छन् । गृह मन्त्रालयमा पदबहाली गर्दै उनले व्यक्ति तथा संस्थाले हडपेका सरकारी स्वामित्वका जग्गा तत्काल सरकारमा ल्याउन पहल गर्नुपर्ने बताए। उनले कर्मचारीलाई निर्देशन दिँदै भने, “सरकारी जमिन हडप्नेलाई निर्मम कारबाही गर्नुस्, हडपिएका सरकारी जमिन सरकारको नाममा ल्याउनुस् ।” गृहमन्त्री लामिछानेले नेपाली नागरिकले शान्ति सुरक्षाको प्रत्याभूति हुने खालका काम गर्न निर्देशन दिए। “नागरिकलाई दुःख दिने खालका कुरा आफूलाई सैह्य हुँदैन,… पुरा पढौ

मन्त्रालयको कामलाई परिणाममुखी बनाउनुपर्छ : खानेपानीमन्त्री राई

काठमाडौं, २४ फागुन । नवनियुक्त खानेपानीमन्त्री राजेन्द्रकुमार राईले मन्त्रालयको कामलाई परिणाममुखी र प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । खानेपानी मन्त्रालयमा पदबहालीपछि कर्मचारीलाई निर्देशन दिँदै उनले राजनीतिक र प्रशासनिक नेतृत्व मिलेर आमजनताले अनुभूति गर्नेगरी काम गर्नुपर्ने आवश्यकता औँल्याए। मन्त्री राईले आफूले सम्हाल्न लागेको मन्त्रालय जनताको प्रत्यक्ष सरोकारसँग जोडिएकाले सबैले अनुभूति प्राप्त गर्नेगरी कार्यसम्पादन गर्न पनि निर्देशन दिए । उनले भने, “मेरोतर्फबाट धेरै भनिरहनुपर्ने जरुरी ठान्दिन । तपाईंहरूसँग लामो अनुभव र विज्ञता छ । जुन ढङ्गले काम गरिरहनुभएको छ, यो भन्दा गतिदिने… पुरा पढौ

नवनियुक्त मन्त्रीहरूले लिए शपथ, कस्ले कुन मन्त्रालय पाए ? (सूचीसहित)

काठमाडाैं, २३ फागुन । नयाँ बनेकाे गठबन्धन नवनियुक्त १९ जना मन्त्रीहरूले आज बेलुकी शपथ लिएका छन्। उनीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले शितल निवासमा शपथ गराएका हुन्। पुनर्गठित नयाँ मन्त्रिपरिषदमा एमालेका सचिव रघुवीर महासेठले प्रधानमन्त्रीपछिको वरीयता क्रममा उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्रीको शपथ लिएका छन्। उनले सरकारमा एमालेको नेतृत्व गरेका छन्।  नेकपा माओवादी केन्द्रबाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ दोस्रो वरीयताकाे उपप्रधानमन्त्री बनेका छन्। यसअघि उनी गृहमन्त्री थिए । उनले पराराष्ट्र मन्त्रीको शपथ लिएका छन् ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री भएका… पुरा पढौ

‘हाइटेक’ नर्सरी स्थापनाका नाममा भ्रष्टाचार, अख्तियारद्वारा मुद्दा दायर

काठमाडौं, २३ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत जिल्लाको सिम्ता गाउँपालिका–५ आलीमा स्थापना गरेको भनिएको ‘हाइटेक’ नर्सरी निर्माणमा अनियमितता भएको भन्दै वन अधिकृतसमेत उक्त कार्यमा संलग्नविरुद्ध विशेष अदालतमा बुधबार मुद्दा दायर गरेको छ । अख्तियारले दायर गरेको मुद्दामा उच्च प्रविधिको नर्सरी स्थापना गरी बाँझो तथा खाली जमिनमा वृक्षरोपण तथा जडीबुटी खेती विस्तार कार्यक्रममा रकम भुक्तानी भई निर्माण भएको उच्च प्रविधिको नर्सरी प्रयोगमा नै नआई रु ८४ लाख ८६ हजार बराबरको रकम हानिनोक्सानी गरेको दाबी गरिएको छ । डिभिजन वन… पुरा पढौ

पञ्चकोटले मानवीय र मातृत्वको भावनालाई बलियो बनाउँदै लगेको छ : अध्यक्ष ओली

गलकोट (बागलुङ), २३ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पञ्चकोटले मानवीय र मातृत्वको भावनालाई थप बलियो बनाउँदै लगेको बताएका छन् । धार्मिक तपोभूमिका रुपमा दामोदर कुण्डदेखि त्रिवेणीधामलाई समेटेर निर्माण भइरहेको पञ्चकोटले देशप्रतिको मायालाई प्रगाढ बनाउन मद्दत गरेको उनले उल्लेख गरे। बागलुङ नगरपालिका–६ पञ्चकोटमा यही फागुन ९ गतेदेखि सञ्चालित अनन्तश्री ब्रह्माण्डीय महायज्ञको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले धौलागिरि क्षेत्र पवित्र धार्मिक तपोभूमि रहेको उल्लेख गर्दै कमलनयनाचार्यको पहलमा भइरहेको धार्मिक विकासले नेपालीको मनलाई एकापसमा… पुरा पढौ

रुचाएकाे गृहमन्त्रालय नपाएपछि पाैडेल मन्त्री बन्न अनिच्छुक

काठमाडौं, २३ फागुन । नयाँ सत्ता गठबन्धन भएपछि अर्थमन्त्रीको रुपमा चर्चामा रहेकाे नाम एमाले उपाध्यक्ष विष्णु पौडेलकेा पनि हाे । उनी पूर्व अर्थमन्त्री पनि हुन् । उनकाे साथमा माओवादीबाट वर्षमान पुन र रास्वपाका स्वर्णिम वाग्लेकाे नाम आएकाे थियाे । तर माओवादीले अर्थ नछाेड्ने र गृह रास्वपाले नछाेड्ने भएपछि पाैडेलकाे पाेल्टामा दुबै रुचिका पल नपरेपछि उनले अरु मन्त्रालयकाे जिम्मेवारी अस्वीकार गरेका छ्न् । तर गठबन्धनका शिर्ष नेताहरुले पौडेललाई मन्त्री बनाउने प्रयास गरिरहेका बताइएकाे छ । पौडेलले आफुले काम गर्नसक्ने र रुचाएकाे मन्त्रालय पाएकाे… पुरा पढौ

नयाँ सत्ता गठबन्धनका मन्त्रीहरूको शपथ आजै (सूचीसहित)

काठमाडौं, २३ फागुन । नयाँ सत्ता गठबन्धनमा रहेका दलहरूले मन्त्रालयकाे टुंगो लगाएका छन् । नाम सिफारिस भएका नयाँ मन्त्रीहरूले अपराह्न ५ बजे शपथ लिने भनिए पनि केहि पछि सरेकाे छ । अहिलेसम्म १७ मन्त्रीहरुकाे नाम तय भइसकेकाे छ भने जसपाले २ मन्त्रीकाे नाम तय गर्दैछ । सरकारमा जाने मन्त्रीहरूको नामकाे टुंगो लागेका सबैकाे अपराह्न ५ बजे ग्रहण हुने भनिए पनि पछि सरेकाे हाे । नेकपा एमालेकाे भागमा ८ वटा मन्त्रालय पारेका छन्। माओवादी केन्द्रका ५, राष्ट्रिय स्वतन्त्र पार्टीले ४ मन्त्रालय… पुरा पढौ