मुख्य समाचार

धादिङ बस दुर्घटना अपडेट : मृतकको सङ्ख्या सात पुग्यो

मलेखु (धादिङ), २३ फागुन । धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ । कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको घाटबेँसी भन्ने ठाउँबाट आज विहान त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा एक जना महिलासहित सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए । मृतकको सनाखत हुन बाँकी छ । उनले दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएका बताए। प्रउ गौतमले भने, “घाइतेको उद्धार गरी स्थानीय… पुरा पढौ

बेनी-जोमसोम-कोरला सडक आयोजना : तिप्ल्याङमा घरटहरा भत्काउन थालियो

म्याग्दी, २३ फागुन । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङमा सडकमा पर्ने घरटहरा हटाउन थालिएको छ । बेनी–जोमसोम–कोरला सडक योजनाले तिप्ल्याङस्थित सडक छेउछाउमा पर्ने घरटहराको क्षतिपूर्ति बुझ्न र संरचना यही फागुन २५ गतेभित्र हटाउन फागुन ११ गते १५ दिने सार्वजनिक सूचना जारी गरेको थियो । सम्बन्धित घरधनीले घरटहरा र गोठहरूको क्षतिपूर्ति बुुझेर संरचना हटाउन थालेका बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख धु्रव झाले बताए। “स्थानीयवासीले क्षतिपूर्तिको दररेटमा असहमति जनाएर क्षतिपूर्ति बुझ्न र संरचना नहटाउँदा तिप्ल्याङ बजारभित्र सडक… पुरा पढौ

गण्डकी, कर्णाली, सुदूरपश्चिम, कोशी र बागमतीमा बदली

काठमाडाैं, २३ फागुन । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएकाे छ। हाल कर्णाली र सुदुर पश्चिम प्रदेशको केहि भू-भाग लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही  बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ । फाल्गुन २३ गते  (बुधबार) दिउँसो: गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी, कर्णाली र… पुरा पढौ

पाथीभरामा चढाइएको १७८ तोला सुन लिलाम गरिँदै

फुङ्लिङ (ताप्लेजुङ), २२ फागुन । ताप्लेजुङमा अवस्थित प्रसिद्ध पाथीभरामा भक्तजनले चढाएको सुनचाँदी लिलाम प्रक्रिया अगाडि बढाइएको छ । पाथीभरा क्षेत्र विकास समितिले १७८ तोला सुन र पाँच हजार चाँदी बिक्री गर्न लागेको हो । विसं २०७९ देखि २०८० मङ्सिर १६ गतेसम्म पाथीभरामा चढाएका सुनका गरगहना सङ्कलनपछि प्रशोधन गरेर १७८ तोला ८२ लाल सुन निकालिएको र त्यसलाई लिलाम बिक्रीको प्रक्रियामा राखिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । २०७६ देखि २०८० मङ्सिर १६ गते सम्ममा पाथीभरामा पाँच हजार २९८ तोला १२… पुरा पढौ

तयारी खानेकुराले स्वास्थ्यमा पार्छ यस्तो असर (विचार)

काठमाडौं, २२ फागुन । दश वर्षपहिले नै पत्रिकाहरुमा स्वास्थ्यका बारेमा एउटा महत्वपूर्ण समाचार छापियो । ‘बजारी खानेकुरा स्वास्थ्यलाई घातक’ भनेर यस्ता खानेकुराले मोटोपन बढाउने र क्यान्सर गराउन सक्ने भनेर समाचार दिइएको थियो । क्यान्सर रोगका बारेमा लामो समय काम गर्दै आएका डाक्टरहरुले यो विषयमा बोलेका थिए तर विभिन्न सञ्चारमाध्यमले यो समाचार त्यति महत्वका साथ प्रचारप्रसार गरेनन् । यस्ता तयारी बजारका खानेकुरामा विभिन्न किसिमका चाउचाउ, पिज्जा, बर्गरजस्ता आकर्षक देखिने खानेकुराहरु पर्छन् । जतिबेला पत्रिकामा यो खबर निस्किएको थियो, त्यस समाचारको फेटोकपी… पुरा पढौ

नेप्सेमा ७०.३१ अंकको गिरावट, ४ अर्ब बढीको कारोबार

काठमाडौं, २२ फागुन । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार सेयर बजारमा अत्याधिक गिरावट भएको छ । यतिबेला मुलुकमा नयाँ गठबन्धन भई नयाँ सरकार गठनको प्रक्रिया शुरु भएको छ । सोमबार तीन मन्त्रीहरुको सपथ ग्रहण भईसकेको छ । अन्य मन्त्रीहरुको टुंगो लगाउनका लागि दलहरु आन्तरिक छलफलमा व्यस्त रहेका छन् । अर्थमन्त्रीमा एमालेका विष्णु पौडेलको पनि चर्चा रहेको कारण सोमबार बजार खुलेको ४० मिनेटमा तीन पटक सर्किट लागेको थियो भने कारोबार बन्द भएको थियो । अर्का चर्चामा नाम आएका स्वर्णिम… पुरा पढौ

मन्त्री टुङ्ग्याउन छलफलमा व्यस्त मधेस केन्द्रित दल

काठमाडौं, २२ फागुन । सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्ग्याउनेलगायत मुलुकको समसामयिक परिस्थितिबारे समीक्षा गर्न मधेस केन्द्रित राजनीतिक दलहरु छलफलमा जुटेका छन् । जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टी नयाँ परिस्थितिमा पार्टीको आगामी रणनीति बनाउन बैठक र परामर्शमा केन्द्रित भएका हुन् । जनमत पार्टीको सचिवालय बैठक भर्खरै सुरु भएको छभने जसपाको कार्यकारिणी समिति बैठक भोलि बिहान ८ बजे बोलाइएको छ । उक्त बैठकले सरकारमा सहभागी मन्त्रीको नाम टुङ्गो लगाउने जसपाका प्रवक्ता मनिस सुमनले जानकारी दिए।… पुरा पढौ

संघकाे असर प्रदेशमा देखियाे, गण्डकीका दुई मन्त्री बर्खास्त

गण्डकी, २२ फागुन । गण्डकी प्रदेश सरकारका दुई मन्त्री बर्खास्त भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट सरकारमा सहभागी भएका सामाजिक विकासमन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गरेका हुन । मन्त्रीद्वयले सम्हाल्दै आएको मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीले आफैँ मातहत राखेका छन्। प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीको सिफरिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधानको धारा, १६८ को उपधारा ९ अनुसार मन्त्रिपरिषद्को गठन गरी कार्यविभाजन गरेको उल्लेख गरेको छ । सूचना… पुरा पढौ

सबै वर्ग र समुदायलाई हेरेर कानुन बनाउँछौं : सांसद बेल्वासे

काठमाडौं, २२ फागुन । राष्ट्रियसभा सदस्य गङ्गाकुमारी बेल्वासेलाई कानुन बनाउने जिम्मेवारी पाएका सांसदले कानुन बनाउँदा सबै वर्ग, जाति र समुदायलाई न्याय प्रदान गर्न सक्नुपर्छ भन्ने लाग्छ । जनताको निरन्तरको सङ्घर्ष र बलिदानले मुलुकमा सङ्घीय गणतान्त्रिक शासन व्यवस्था आएको जनाउँदै यसले प्रदान गर्ने अधिकारको उपयोग सबै नेपालीले गर्न पाउनुपर्छ भन्ने उनको मान्यता छ । “राष्ट्रियसभामा विधेयकहरू आउने, छलफल गर्ने, अध्ययन गर्ने तरिका विशेष किसिमको छ, कानुन बनाउँदा सबैखाले वर्ग, समुदायलाई हेरेर बनाउनुपर्छ”, नेकपा (माओवादी केन्द्र)का सांसद बेल्वासेले भनिन्, “मुलुक सङ्घीयतामा गइरहेको… पुरा पढौ

सुन तोलाको १ लाख २३ हजार पुग्यो, चाँदीमा पनि बृद्धि

काठमाडौं, २२ फागुन । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनमा एकैदिन रुपैयाँ २ हजार र चाँदीमा रुपैयाँ ३५ ले भाउ बढेको जानकारी दिएकाे हो । छापावाल सुनमा रुपैयाँ २ हजारले बढेर तोलाको १ लाख २३ हजारमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख २१ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ २ हजारले बढेर… पुरा पढौ