मुख्य समाचार

उच्च पहाडी-हिमाली भागमा हल्का हिमपातको सम्भावना

काठमाडौं, २६ माघ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएकाे छ। देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। देशका तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । माघ २६ गते (शुक्रबार) दिउँसो: कोशी, बागमती, गण्डकी  र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी  प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको… पुरा पढौ

सुनको अवैध पैठारीबारे आयोगले लियाे नेता महरासँग बयान

काठमाडौं, २६ माघ । सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरा र विध ल्याबका सञ्चालक भीमकान्त भण्डारीसँग बयान लिएको छ । ‘ब्रेक सु’मा हालेर ल्याइएको ६१ किलो सुन र विद्युतीय चुरोट (भेप)मा हालेर ल्याइएको ९ किलो सुन प्रकरणको अनुसन्धानका लागि सरकारले गठन गरेको आयोगले सिंहदरबारमा उनीहरूसँग बयान लिएको हो । आयोगका एक सदस्यले उनीहरुसँग आवश्यक जानकारी लिइएको बताए । सुन प्रकरणका आरोपीहरु भण्डारी दावा छिरिङसँग नाम जोडिएका व्यक्ति हुन् । छिरिङ सुन प्रकरणमा पुर्पक्षका… पुरा पढौ

नगरविकास समितिको जग्गा हिनामिना गर्ने २४९ जनाविरुद्ध आरोपपत्र दायर

काठमाडौं, २६ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टीकापुर नगर विकास समितिको जग्गा अनियमितता गरी हिनामिना गरेको अभियोगमा दुई सय ४९ जना विरुद्ध आरोपपत्र दायर गरेको छ । आयोगले टीकापुर नगर विकास समितिको स्वामित्वमा रहेको सरकारी सार्वजनिक प्रकृतिको जग्गा व्यक्ति विशेष तथा संघ÷संस्थाहरुलाई वितरण गरी हक हस्तान्तरण गर्दा नगर विकास ऐन, २०४५ तथा नगर विकास निर्देशिका, २०६१ मा भएको व्यवस्था बमोजिम नभएको देखिएकाले आरोप पत्र दायर गरिएको जनाएको छ । समितिका तत्कालीन अध्यक्षलगायतका पदाधिकारीहरुको मिलेमतोमा नक्कली रसिद बनाई समितिका अध्यक्ष,… पुरा पढौ

लुम्बिनी अस्पतालमा बर्थिङ सेन्टर र बाल सघन उपचार सुरु

लुम्बिनी, २६ माघ । लुम्बिनी प्रादेशिक अस्पतालले बर्थिङ सेन्टर र बाल सघन उपचार कक्ष (पिआइसियु) सेवा सुरु भएको छ । परिवारका सदस्य र विशेषज्ञ चिकित्सकसहित प्रसुति सुविधासहितको बर्थिङ सेन्टर अस्पतालको ब्लक ‘सी’ को पहिलो तल्ला र २८ दिनदेखि १४ वर्षसम्मका बालबालिकाको सघन उपचार गर्न अस्पतालको ब्लक ‘सी’ तेस्रो तल्लाबाट यो सेवा उपलब्ध गराइएको प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुदर्शन थापाले बताए। उक्त सेवाको लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री राजु खनालले मन्त्रालयले प्रदेशका १३ वटा अस्पताल व्यवस्थापन गर्दै आएको र अहिले मन्त्रालयबाट… पुरा पढौ

‘सूचना प्रविधिलाई सुशासन र समृद्धिको आधार बनाइनुपर्छ’: सञ्चारमन्त्री रेखा शर्मा

काठमाडौं, २५ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिलाई सुशासन र समृद्धिको आधार बनाइनुपर्ने बताएका छन् । कम्प्युटर एशोसिएसन नेपाल महासङ्घ (क्यान)ले आयोजना गरेको ‘२९औँ क्यान इन्फोटेक’को आज उद्घाटन गर्दै उनले सूचना प्रविधिलाई आधारभूत आवश्यकता र राष्ट्रिय प्राथमिकतामा राखिएको बताए । सूचना प्रविधिको विकासबाट समृद्धि हासिल गर्न सकिने उल्लेख गर्दै मन्त्री शर्माले डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनसँगै त्यसले मूर्तरुप लिने बताए । सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिलाई प्रमुख कार्यभारका रूपमा अघि बढाएको भन्दै उनले १६औँ आवधिक योजनामा… पुरा पढौ

नेप्सेमा ५.७४ अंकको बृद्धि, ३ अर्ब २१ करोडको कारोबार

काठमाडौं, २५ माघ । साताको सेयर कारोबार हुने पाँचौं तथा अन्तिम दिन बिहिबार नेपाली सेयर बजारमा सामान्य अंकको बृद्धि देखिएको छ । यतिबेला नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन हुने गरी चालु आर्थिक वर्षको मौद्रिक नीतिकाे अर्धवार्षिक समीक्षाको तयारी गरिरहँदा लगानीकर्ताहरू सकारात्मक अपेक्षामा छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तथा अर्थमन्त्री डा प्रकाशसरण महतले बजारको अपेक्षा अनुसारको नीति अवलम्वनका लागि राष्ट्र बैंकलाई सुझाउँदै आईरहँदा त्यसको सकारात्मक प्रभाव अर्थ बजारमा देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५.७४ अंकले बढेर… पुरा पढौ

इस्टर्न हाइड्रोपावरकाे नाफामा ७२.५३ प्रतिशतले बृद्धि

काठमाडौं, २५ माघ । इस्टर्न हाइड्रोपावरकाे ७२.५३ प्रतिशतले बढेकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे यस आर्थिक वर्षको दोस्रो त्रैमासम्मकाे वित्तीय विवरण अनुसार रूपैयाँ १ करोड ३७ लाख रुपैयाँ खुद नाफा गरेकाे छ । कम्पनीकाे याे नाफा गएकाे वर्षको साेहि अवधिकोभन्दा ७२.५३ प्रतिशतले बढी हो । गएकाे वर्षमा कम्पनीकाे नाफा रूपैयाँ ७९ लाख ८१ हजार थियाे ।  विद्युत बिक्रीकाे आम्दानी रूपैयाँ ७ करोड ९४ लाखबाट घटेर ७ करोड ५९ हजार रहेकाे छ । वित्तीय खर्च घटेकाे छ । यसरी साे खर्च रूपैयाँ… पुरा पढौ

नेपाल लगानीको उत्कृष्ट गन्तव्य हो भन्ने मुख्य सन्देश दिनुपर्नेछ: अर्थमन्त्री डा महत

काठमाडौ, २५ माघ । तेश्रो लगानी सम्मेलन निर्देशक समितिको तेश्रो बैठक अर्थमन्त्री तथा निर्देशक समितिका संयोजक डा. प्रकाशशरण महतको संयोजकत्वमा बिहीबार सम्पन्न भएकाे छ । बैठकमा लगानी सम्मेलनलाई दृष्टिगत गर्दै तयार भएको नीति, कानुन तथा संरचनागत सुधार सम्बन्धी प्रतिवेदन तथा परियोजनाहरूका सम्बन्धमा छलफल भएको थियो । बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताहरूबाट चासो प्राप्त भइरहेको बताउनुहुँदै गम्भीरताका साथ परियोजनाहरूको तयारी गर्न निर्देशन दिनुभयो । ‘लगानी आकर्षण गर्न हाम्रा लागि अभूतपूर्व अवसर छ, विदेशी लगानीकर्ताका साथै… पुरा पढौ

सिँचाइ र शिक्षामा बिकास मुख्य प्राथमिकता: सांसद मण्डल

काठमाडौं, २५ माघ । मुलुकमा प्रजातन्त्र बहाली भएको तीन दशक पूरा भइसक्यो । अझै पनि जनताका आशा र देशको आवश्यकतालाई हामीले सम्बोधन गर्न सकेका छैनौँ । अझै पनि हाम्रा पाइला उल्टो दिशातर्फ उन्मुख छन् । देश निर्माणका लागि कयौँ कुरा बजेटसँग सम्बन्धित हुन्छ । केही बिना पैसा पनि सुधार गर्न सकिन्छ । उहादरणका लागि, सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधार्न अहिले बजेट चाहिन्न । राज्यले शिक्षकलाई तबल दिइरहेकै छ, विद्यालयका भौतिक संरचना पनि छन् । त्यतातिर ध्यान कसैको गएको देखिन्न ।… पुरा पढौ

सर्वोत्तम सिमेन्टकाे आईपीओमा आवेदन दिने अन्तिम दिन

काठमाडौं, २५ माघ । सर्वोत्तम सिमेन्टकाे सेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेकाे छ । कम्पनीले पुस २५ गतेदेखि उद्योगबाट प्रभावित क्षेत्रका जनताका लागि ९ लाख ३० हजार कित्ता सेयर निष्काशन गरेको थियाे । उद्योग बाट प्रभावित क्षेत्र नवलपारासीकाे सुनवल नगरपालिका वडा नं. ३, ४, ५, ६ र १३ तथा खानी उत्खनन् प्रभावित क्षेत्र पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. १ र २ रहेका छन् । यस्तै, रिब्दीकोट गाउँपालिकाको वडा नं. २, ३, ४ र ६, तिनाउ गाउँपालिकाको… पुरा पढौ