मुख्य समाचार

इ-भिसा, स्वचालित प्रणाली र अनलाइन भुक्तानी सुरु

काठमाडौं, २६ माघ । अध्यागमन विभागले आजदेखि ई-भिसा, कार्यालय स्वचालन प्रणाली र अनलाइन भुक्तानीको शुभारम्भ गरेको छ । आज विभागको कालिकास्थानस्थित कार्यालयमा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो सेवाको शुभारम्भ गरे। विभागका महानिर्देशक रुद्रसिंह तामाङले फागुन १ गतेदेखि विहान बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म सेवा सुरु हुने बताए। “हाल विहान १० बजेदेखि ५ बजेसम्म कार्यालय सञ्चालन हुने गरेकोमा फागुन १ गतेदेखि विहान ८ बजेदेखि साँझ ८ बजेसम्म र इ-भिसा सुरु भएपछि बिहान ७ बजेदेखि बेलुकी ९ बजेसम्म सिफ्ट प्रणालीमा… पुरा पढौ

नागरिक लगानी कोषकाे नाफामा ६.३८ प्रतिशतको बृद्धि

काठमाडौं, २६ माघ । नागरिक लगानी कोषकाे नाफामा बृद्धि भएकाे छ । काेषकाे प्रकाशित चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणका अनुसार खुद नाफा गएकाे वर्षकोभन्दा ६.३८ प्रतिशतले बढेको छ। यस आर्थिक वर्षको पहिलो ६ महिनामा कोषका नाफा रुपैयाँ ५४ करोड ६० लाख रहेकाे छ। जाे गएकाे वर्षको सोही समयकाेभन्दा ६.३८ प्रतिशतले बढेकाे हो। गएकाे वर्ष सोही समयमा कोषको नाफा रुपैयाँ ५१ करोड ३२ लाख रहेकाे थियो। कोषको ब्याज आम्दानी ८.०७ प्रतिशतले तथा सेवा शुल्क र कमिशन आम्दानी १२.०९ प्रतिशतले… पुरा पढौ

साना किसान विकास लघुवित्तकाे नाफामा सामान्य सुधार

काठमाडौं, २६ माघ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको नाफामा सामान्य सुधार भएको छ । संस्थाको यस आर्थिक वर्षको दोस्रो त्रैमासम्म आउदा खुद नाफा १.७३ प्रतिशतले बढेकाे छ । संस्थाको नाफा बढेर रुपैयाँ ४४ करोड २४ लाख ९९ हजार रुपैयाँ पुगेको हाे । गएका वर्ष सोही समयमा संस्थाले रुपैयाँ ४३ करोड ४९ लाख ६४ हजार खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी १६.५१ प्रतिशतले बढेकाे छ । साथै सञ्चालन नाफा १३.५८ प्रतिशतले बढेकाे छ । संस्थाको चुक्ता पुँजी… पुरा पढौ

राष्ट्रिय प्रजातन्त्र दिवस ३ दिन मनाइने

काठमाडौं, २६ माघ । सरकारले राष्ट्रिय प्रजातन्त्र दिवस, २०८० लाई तीनदिनसम्म भव्यतापूर्वक मनाउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज सिंहदबारमा बसेको प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकले दिवसका अवसर पारेर आगामी फागुन ६, ७ र ८ गते विविध कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो । बैठकले आगामी फागुन ६ गते प्रजातन्त्र दिवस केन्द्रित विशेष संवाद, परिसंवाद, रेडियो नाटकलगायत जनचेतनामूलक कार्यक्रमको निर्माण, सञ्चालन तथा प्रसारण गर्ने व्यवस्था मिलाउने, राष्ट्रियस्तरका छापा सञ्चार गृहलाई दिवसका उपलक्ष्यमा विशेषाङ्क÷स्मारिका प्रकाशन एवं… पुरा पढौ

अन्तिम दिन सुनचाँदीको भाउ बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं, २६ माघ । साताको सुनचाँदीको कारोबार हुने छैटौं शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । यसदिन छापावाल सुनमा रुपैयाँ १ सय तथा चाँदीमा रुपैयाँ २० ले भाउ बढेको हो । नेपााल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १ सयले बढेर तोलाको १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि रुपैयाँ १ सयले बढेर तोलाको १… पुरा पढौ

यस कारण नाडेपकाे नाफा ३७.८२ प्रतिशतले कम

काठमाडौं, २६ माघ । नाडेप लघुवित्त वित्तीय संस्थाकाे नाफामा बृद्धि भएकाे छ । संस्थाकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म वित्तीय विवरण अनुसार रुपैयाँ १ करोड १२ लाख खुद नाफा गरेकाे छ । संस्थाले कमाएकाे नाफा गएकाे वर्षको साेहि अवधिकोभन्दा ३७.८२ प्रतिशतले कम हो । गएकाे वर्ष साेहि अवधिमा संस्थाकाे नाफा रुपैयाँ १ करोड ८० लाख रहेकाे थियो । संस्थाकाे खुद ब्याज आम्दानी रुपैयाँ १६ करोड २८ लाखबाट घटेर १२ करोड ३४ लाख रुपैयाँ रहेकाे छ । यसैकाे कारण… पुरा पढौ

आज अमेरिकी डलर र यूरोको भाउ घट्यो, अन्यको कति ?

काठमाडौं, २६ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको भाउ घटेको छ । यूरोसहित अन्य देशहरुको मुद्राको भाउ पनि घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ४४… पुरा पढौ

नीलगिरि खोला दोश्रो जलविद्युत् आयोजनाको प्रसारण लाइनको सफल परीक्षण

म्याग्दी, २६ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको ७१ मेगावाट क्षमताको नीलगिरिखोला दोस्रो जलविद्युत् आयोजनाको प्रसारण लाइनको परीक्षण सफल भएको छ । नीलगिरिखोला हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको आयोजनाले अन्नपूर्ण गाउँपालिका–४ दोभिल्नादेखि वडा नं–३ दाना जोड्ने प्रसारण लाइनको माघ १५ गतेदेखि परीक्षण सुरु गरेको थियो । यस आयोजनाको विद्युत् दाना सबस्टेसनमार्फत केन्द्रीय ग्रिडमा जोडिन्छ । नीलगिरिखोला हाइड्रोपावरका आधिकारिक प्रतिनिधि उपेन्द्र गौतमले दोभिल्नादेखि दाना जोड्ने दुई सय २० केभी क्षमताको प्रसारण लाइनको परीक्षण सफल भएको जानकारी दिए। ४२ मेगावाट क्षमताको… पुरा पढौ

सोलुमा सुन्तलाको उत्पादन बढ्यो, किसानलाई बजारकै चिन्ता

सल्लेरी (सोलुखुम्बु), २६ माघ । हिमाली जिल्ला सोलुखुम्बुमा यस वर्ष सुन्तला उत्पादन चार सय मेट्रिकटनभन्दा धेरैले वृद्धि भएको छ । जिल्लामा गत आर्थिक वर्ष २०७९/०८० को तुलनामा चालु आव २०८०/ ०८१ मा चार सय ६९ मेट्रिकटनले वृद्धि भएको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ । ज्ञान केन्द्रका सूचना अधिकारी कुलबहादुर राईका अनुसार अघिल्लो आर्थिक वर्ष एक हजार छ सय ९० मेट्रिकटन सुन्तला उत्पादन भएको जिल्लामा यस वर्ष दुई हजार एक सय ५९ मेट्रिकटन उत्पादन भएको छ । हाल दुई सय… पुरा पढौ

छोरी-बुहारीलाई निःशुल्क स्नातक पढाएर रोजगारी दिँदै सूर्योदय

इलाम, २६ माघ । सूर्योदय नगरपालिका–१ धजेकी सुजता बजगाईलाई २०७४ सालमा कक्षा १२ उत्तीर्ण गरेपछि कसरी स्नातक अध्ययन गर्ने भन्ने चिन्ता थियो । तर उनलाई नगरपालिकाले निःशुल्क पढायो । गाउँकै हिमालय माध्यमिक विद्यालयबाट १२ कक्षा उत्तीर्ण गरेकी उनी ‘नगरको इच्छा छोरी–बुहारीलाई शिक्षा’ कार्यक्रमअन्तर्गत पालिकाको शत्प्रतिशत छात्रवृत्तिमा स्नातक उत्तीर्ण भइन। हाल उनी स्नात्तकोत्तर अध्ययन गरिरहेकी छन्। “परिवारको सामान्य आर्थिक अवस्थाका कारण उच्च शिक्षा अध्ययनमा धेरैलाई समस्या छ,” सुजताका बुबा प्रेमले भने, “हाम्रो नगरपालिकाले छोरीबुहारीलाई स्नातक पढाइरहेको छ, पैसाको अभावमा पढाइ छोड्नुपर्ने,… पुरा पढौ