मुख्य समाचार

कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा हिमपातको सम्भावना

काठमाडाैं, ६ माघ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको जनाएकाे छ। साथै देशको तराईका अधिकांश स्थानहरुमा हुस्सु/कुहिरो लागेको छ। माघ ६ गते (शनिबार) दिउँसो: देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राती: देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी… पुरा पढौ

१२ वर्षमा २८ हजार मेगावाट विद्युत् उत्पादन सम्भव हुने निष्कर्ष

काठमाडौं, ६ माघ । सरकारले अघि सारेको १२ वर्षमा २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन, खपत र व्यापारको लक्ष्य सम्भव हुने यस क्षेत्रमा कार्यरत सरोकार भएका निकाय तथा संस्थाका प्रतिनिधिले बताएका छन् । मुलुकको आवश्यकतालाई ख्याल गर्दै सो लक्ष्य प्राप्तिका लागि आवश्यक कानुनी, संरचनागत सुधार एवं लगानीको विस्तार गर्नुपर्ने उनीहरूको जोड छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)को स्थापना दिवसका अवसरमा आयोजित अन्तरसंवाद कार्यक्रममा राष्ट्रिय आवश्यकतालाई ख्याल गरेर पनि ऊर्जा उत्पादनमा जोड दिइएको उनीहरूको भनाइ छ । ऊर्जा,… पुरा पढौ

फुटवेयर उत्पादक संघको अध्यक्षमा न्यौपाने निर्वाचित

काठमाडौं, ६ माघ । फुटवेयर उत्पादक संघ नेपालको अध्यक्षमा रुद्रप्रसाद न्यौपाने निर्वाचित भएका छन्। संघको सम्पन्न २२औँ वार्षिक साधारणसभाबाट न्यौपानेको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्वाचित भएको हो । संघको वरिष्ठ उपाध्यक्षमा सुरज बन्जाडे, उपाध्यक्षमा दीपेन्द्र थापा, जीवनकुमार श्रेष्ठ र ज्ञानेन्द्रप्रसाद दाहाल, महासचिवमा योगेन्द्र पाण्डे, उपमहासचिवमा निर्मल भट्टराई, सचिवमा शङ्करकुमार गौतम र कोषाध्यक्षमा अनुप मानन्धर निर्वाचित भएको निर्वाचन समितिका सदस्य विनोदमणि भट्टराईले जानकारी दिए। सदस्यमा विष्णुप्रसाद पौडेल, छविलाल पौडेल, अर्जुनकुमार गौतम, अशोककुमार श्रेष्ठ, बालमुकुन्द श्रेष्ठ, सुदिप बराल, कुमार न्यौपाने र चोलाप्रसाद… पुरा पढौ

इन्टरपोल सोटेरिया परियोजनाअन्तर्गत सञ्चालित प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं, ६ माघ । इन्टरपोल महासचिवालयद्वारा इन्टरपोल परियोजना सोटेरिया परियोजनाअन्तर्गत सञ्चालित दुईवटा प्रशिक्षण कार्यक्रम सम्पन्न भएका छन् । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङको प्रमुख आतिथ्यतामा प्रहरी प्रधान कार्यालयमा आयोजित दुई छुट्टाछुट्टै कार्यक्रमबीच उक्त प्रशिक्षण समापन गरिएको हो । उनले दुवै प्रशिक्षणमा सहभागीलाई प्रमाणपत्र प्रदान गरे। कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले विभिन्न एजेन्सीबीचको सहकार्य महत्त्वपूर्ण रहेको चर्चा गर्दै यी प्रशिक्षणले विचार र अभ्यासको आदानप्रदान गर्नुका साथै सहयोगी भावनालाई थप प्रगाढ बनाउने बताए । अन्तर्राष्ट्रिय… पुरा पढौ

लगानी सम्मेलनको तयारी तीव्र पार्न अर्थमन्त्री महतकाे निर्देशन

काठमाडौं, ५ माघ । आगामी वैशाख १६ र १७ मा काठमाडौंमा आयोजना हुने तेस्रो लगानी सम्मेलनको तयारीमा तीव्रता दिन अर्थमन्त्री डा प्रकाशशरण महतले निर्देशन दिएका छन्। आज बसेको लगानी सम्मेलन निर्देशक समितिको दोस्रो बैठकमार्फत अर्थमन्त्री महतले आवश्यक नीतिगत, कानुनी एवं प्रक्रियागत सुधार र परियोजना तयारीलाई तीव्रता दिन निर्देशन दिएका हुन। आगामी लगानी सम्मेलनले विदेशी लगानीकर्ताका साथै गैरआवासीय नेपाली र स्वदेशी निजी क्षेत्रको लगानी आकर्षणलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै अर्थमन्त्री डा महतले सम्भाव्य विदेशी लगानीकर्ता तथा परियोजना पहिचान गरी ठोस सुझाव… पुरा पढौ

आम सञ्चार, मिडिया काउन्सिल र सामाजिक सञ्जाल नियमनसम्बन्धी तीन विधेयक आउँदै

काठमाडौं, ५ माघ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपाल मिडिया काउन्सिल, आमसञ्चार र सामाजिक सञ्जाल (व्यवस्थापन तथा नियमन) सम्बन्धी तीन विधेयकको मस्यौदा तयार गरेको छ । नेपाल मिडिया काउन्सिलसम्बन्धी विधेयकको मस्यौदामा अर्थ मन्त्रालयको सहमति लिई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सहमतिको लागि पठाइएको छ भने अन्य दुई विधेयक सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको छ । सुरक्षण मुद्रणसम्बन्धी विधेयक र सार्वजनिक सेवा प्रसारण विधेयक सङ्घीय संसदको समितिमा विचाराधीन रहेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले कार्यभार सम्हालेको… पुरा पढौ

बजेट क्यालेन्डर संशोधनले सिद्धान्त र प्राथमिकता फागुन १५ गतेभित्रै संसद्मा पेश गर्ने बाटो खुल्याे

काठमाडौं, ५ माघ । सङ्घीय संसद्मा विनियोजन विधेयक (वार्षिक बजेट) प्रस्तुत हुनुभन्दा तीन महिनाअगावै बजेटका सिद्धान्त तथा प्राथमिकता पेश गरिसक्नुपर्ने व्यवस्थासहित अध्यादेशमार्फत ऐन संशोधन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० जारी गरेसँगै बजेटका सिद्धान्त तथा प्राथमिकता फागुन १५ गतेभित्रै संसद्मा पेश गर्न बाटो खुलेको हो । अध्यादेशमार्फत बजेटको सीमा (सिलिङ) तोक्ने साविकको समयसीमामा पनि संशोधन गरिएको छ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ मा संशोधन गरी यो अध्यादेश ल्याइएको… पुरा पढौ

आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा ८ अर्ब ७८ करोड ९३ लाख राजस्व सङ्कलन

चितवन, ५ माघ । आन्तरिक राजस्व कार्यालय भरतपुरले चालु ६ महिना अबधिकाे पुस मसान्तसम्म ८ अर्ब ७८ करोड ९३ लाख ७६ हजार राजश्व सङ्कलन गरेकाे छ । गत आवको यही अवधिमा यस कार्यालयले ८ अर्ब ७८ करोड ५१ लाख ९३ हजार अर्थात् लक्ष्यको ७५ प्रतिशत राजस्व सङ्कलन गरेको थियो । राजस्व कार्यालय भरतपुरले चालु आर्थिक वर्षमा लक्ष्यको ६७ दशमलव २ प्रतिशत राजस्व सङ्कलन गरेको बताएकाे छ । सो वर्ष ६ महिनाका लागि ११ अर्ब ६५ करोड ८० लाख ९८ हजार… पुरा पढौ

६ लाख थान स्मार्ट लाइसेन्स नेपाल आइसक्यो: यातायात व्यवस्था विभाग

काठमाडौं, ५ माघ । यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) को लागि सम्झौता भएको १२ लाख कार्डमध्ये छ लाख नेपाल आइपुगेको जनाएको छ । विभागका अनुसार बाँकी छ लाख पनि सम्झौता भएअनुसार ४५ दिनभित्र नेपाल आइपुग्नेछ । विभागका निर्देशक एवं प्रवक्ता ईश्वरीदत्त पनेरुले दिएको जानकारी अनुसार गत आर्थिक वर्ष २०७९ मा जर्मनको मूलवर्ग कम्पनीसँग १२ लाख कार्ड छपाइका लागि सम्झौता गरिएको थियो । सम्झौताअनुरुप पहिलो चरणमा सन् २०२४ को जनवरी ६ मा छ लाख कार्ड त्रिभुवन विमानस्थल आइपुगेको उनले… पुरा पढौ

संसदकाे भूमिका प्रभावकारी बन्न सरकार उत्तरदायी हुनुपर्छ : सभामुख देवराज घिमिरे (अन्तर्वार्ता)

काठमाडौं, ५ माघ । सभामुख देवराज घिमिरेले संसद्को भूमिकालाई प्रभावकारी बनाउन सरकार संसद्प्रति उत्तरदायी हुन आवश्यक रहेको बताएबम छन् । उनले राज्यका कानुनमा लेखाजोखा गर्न पाउने कर्तव्य भएकाले कानुनी अभावमा नीतिगत रूपबाट नै संसद्ले ऐनकानुनद्वारा मार्गनिर्देशन गर्न सक्ने धारणा व्यक्त गरे । सभामुख घिमिरेले भने, “कमीकमजोरी औँल्याउँदा उसले सरकारको आलोचना त गरिहाल्छ नि भन्ने कोणबाट नहेरियोस् भन्ने मेरो आग्रह हो ।” सङ्घीय संसद्को तल्लो अङ्ग प्रतिनिधिसभाका सभामुख घिमिरेले व्यवस्थापिकाको नेतृत्व सम्हालेकाे एक वर्षमा भएगरेका संसदीय अभ्यास र समसामयिक विषयमा राससका… पुरा पढौ