मुख्य समाचार

सन्दर्भ विश्व सिमसार दिवस : अत्यधिक दोहनले सङ्कटमा सिमसार

काठमाडौं, १९ माघ । हरेक वर्ष फेब्रुअरी २ तारिखमा मनाइने ‘विश्व सिमसार दिवस’ यस वर्ष ‘सिमसारः मानव हितको आधार’ नाराका साथ मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस वर्षको दिवसको नाराले सिमसार क्षेत्र र मानव जीवनबीचको अन्तरसम्बन्धलाई पहिचान गरेको छ । यस नाराले कसरी मानव हितका सबै पक्ष संसारको सिमसारको स्वास्थ्यसँग जोडिएका छन् भन्ने विषय उजागर गरेको छ । सिमसार क्षेत्रहरूको द्रुत क्षतिलाई रोक्दै सिमसार संरक्षणका कार्यलाई प्रोत्साहत गर्न जनचेतना जगाउनु दिवसको मुख्य उद्देश्य हो । वन तथा वातावरण… पुरा पढौ

नेपाल चरा उत्सव आउँदो सातादेखि हुने

मध्यविन्दु (नवलपरासी), १९ माघ । दोस्रो नेपाल चरा उत्सव यही माघ २६ देखि २८ गतेसम्म नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा हुने भएको छ । चरा तथा तिनको बासस्थानको संरक्षण, जनचेतनासँगसँगै सरोकारवालालाई जीविकोपार्जनमा टेवा पुग्ने गरी चरा पर्यटनको विकास गर्ने उद्देश्यका साथ चरा उत्सव आयोजना गर्न लागिएको हो । तीन दिनसम्म कावासोती नगरपालिका–१३ मा सञ्चालन गरिने उत्सवको मुख्य उद्देश्य चराको माध्यमबाट पर्यटन प्रवद्र्धधन गर्नु रहेको नेपाल चरा उत्सवका संयोजक मनशान्त घिमिरेले जानकारी दिए। नेपालमा सन् २०१८ मा पहिलो पटक चरा उत्सव भएको… पुरा पढौ

३५ दिनको अवधिमा झापा इनर्जीले गर्याे आठ लाख युनिट विद्युत् उत्पादन

बनियानी (झापा), १९ माघ । झापाको शिवसताक्षी–४ स्थित झापा इनर्जीले आठ लाख युनिट विद्युत् उत्पादन गरेको छ । निर्माण सम्पन्न भएपछि सौर्य ऊर्जा उत्पादन थालेको झापा इनर्जीले ३५ दिनको अवधिमा आठ लाख युनिट विद्युत् उत्पादन गरेको हो । कोशी प्रदेशको ठूलो सौर्य ऊर्जा परियोजना मानिएको उक्त परियोजनाको पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही माघ १३ गते उद्घाटन गर्ने कार्यक्रम रहेको इनर्जीका सञ्चालक सुवास भट्टराईले जानकारी दिए। उनका अनुसार परियोजनाबाट उत्पादित विद्युत् मेन ग्रीडमा जडान भइसकेको छ ।… पुरा पढौ

ढिलासुस्तीविरुद्ध प्रधानमन्त्रीकाे निर्देशन, १५ दिनभित्र राय नदिए फाइल स्वतः सदर

काठमाडौं, १८ माघ । विभिन्न विषयगत मन्त्रालयमा रायका लागि पेस भएका फाइलहरू १५ दिनभित्र अनिवार्य रूपमा सम्बन्धित निकायमा रायसहित फिर्ता पठाउन प्रधानमन्त्री दाहालले निर्देशन दिएका छन। अन्तर मन्त्रालयगत समन्वयलाई प्रभावकारी बनाएर निर्णय प्रक्रियामा हुने ढिलाइलाई हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा उक्त व्यवस्था गरिएको हो । निर्देशनअनुसार कुनै विषयमा कुनै पनि मन्त्रालयले अन्य कुनै मन्त्रालय वा निकायसँग राय माग गरेको १५ दिनभित्र सम्बन्धित मन्त्रालय वा निकायलाई फाइल फिर्ता नगरेमा स्वतः सहमति भएको मानिनेछ । गत पुस २४ गतेको मन्त्रिपरिषद् बैठकले… पुरा पढौ

नेप्सेमा ३०.९२ अंकको गिरावट, ४ अर्ब १८ करोडको कारोबार

काठमाडौं, १८ माघ । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार नेपालीसेयर बजार ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३०.९२ अंकले घटेर २०६७.०१ विन्दुमा झरेको छ । नेप्सेमा १.४७ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ४.६९ अंकले घटेर ३७३.९३ विन्दुमा रहेको छ । यसदिन फाइनान्स उपसमूह बाहेक बाँकी रहेका १२ वटै उपसमूहहरुमा रातो लागेको छ । कसल ३०९ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको १ करोड १५ लाख १४ हजार ५७१ कित्ता सेयरको खरिदबिक्रीबाट ४ अर्ब… पुरा पढौ

बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा घोटालामा व्यवसायी चौधरी र थापा पक्राउ

काठमाडौं, १८ माघ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले व्यवसायी अरुण चौधरी र बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन सञ्चालक समिति अध्यक्ष अजितनारायणसिंह थापालाई आज पक्राउ गरेको छ । चौधरीलाई आज काठमाडौँको लैनचौर र थापालाई बत्तीसपुतलीबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। उनले भने, “व्यवसायी अरुण चौधरी र तत्कालीन अध्यक्ष थापालाई पक्राउ गरिएको हो, बाँकी जानकारी पछि सार्वजनिक हुने छ ।” बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा घोटाला प्रकरणमा निजहरूलाई… पुरा पढौ

विचार: सङ्घीयता कार्यान्वयनको अवस्था र प्रधानमन्त्रीको प्रयास

काठमाडौँ, १८ माघ । मुलुकको सातौँ संविधानका रूपमा २०७२ असोजमा नेपालको संविधान जारी भयो, जुन संविधान परिवेश, मात्रा र गुणका दृष्टिले समेत विगतका संविधानभन्दा उन्नत र लोकतान्त्रिक प्रक्रियाको अवलम्बन गरी निर्माण गरिएको थियो । तीसभन्दा बढी मौलिक हक, समाजवादोन्मुख राज्यको प्रतिबद्धता, सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र, सामाजिक न्यायलगायत प्रावधान भएकाले नेपालको संविधान विश्वका उत्कृष्ट संविधानमध्ये एक प्रमाणित भयो । यसमा हाम्रो मात्र नभएर विश्वभरिका अध्येता र विश्लेषकहो स्वीकारोक्तिसमेत थियो । तर, अत्यन्तै प्रगतिशील अन्तर्वस्तु र चरित्रको हुँदाहुँदै पनि कार्यान्वयनमा विलम्ब… पुरा पढौ

मापसे गरी सवारी चलाउने ३९ हजार जना प्रहरीकाे कारबाहीमा

काठमाडौँ, १८ माघ । नेपाल प्रहरीले मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेमाथि कारबाहीलाई तीव्र पारेको छ । यस क्रममा प्रहरीले आर्थिक वर्ष २०८०/८१ को गत साउनदेखि पुससम्म मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ३९ हजार दुई सय ७२ जना र लागू पदार्थ सेवन (लापसे) गरी सवारी चलाउने दुई सय ४२ जनालाई कारबाही गरेको जनाएको छ। मापसेबाट गरिएको कारबाहीबाट कूल ३ करोड ९९ लाख ६९ हजार राजस्व सङ्कलन भएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ । यात्रु, सवारी र… पुरा पढौ

राप्ती हाईड्रोको हकप्रद शेयर निष्काशनको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

काठमाडाैं, १८ माघ। राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडकाे हकप्रद निष्काशनको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त भएकाे छ । कंपनीले जारी पुँजी ६१,२७,९३,८०० को १०० प्रतिशत अर्थात (१ः१) अनुपातमा ६१,२७,९३८ कित्ता हकप्रद शेयर साविकका शेयरधनीहरुलाई जारी गर्न मुक्तिनाथ क्यापिटल लि. लाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको हाे। शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सनको तर्फबाट अध्यक्ष कुल विक्रम शाह तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका थिए । पुरा पढौ

गण्डकी प्रदेशकाे जलस्रोत तथा खानेपानी मन्त्रालयका योजनाहरू कार्यान्वयनमा सुस्त

गण्डकी, १८ माघ । गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयलाई आफ्ना वार्षिक नीति तथा कार्यक्रमलाई गति दिन सुझाव दिइएको छ। गण्डकी प्रदेशसभाको सामाजिक विकास तथा कृषि समितिको बुधबारको बैठकमा समितिका सभापति, सदस्यलगायतले चालु आवको बजेट आएको ८ महिना बित्न लाग्दासमेत मन्त्रालयका योजना कार्यान्वयनमा सुस्तता देखिएको बताएका हुन्। समितिका सदस्य वेदबहादुर गुरुङले सरकारको नीति तथा कार्यक्रममा प्राथमिकता पाएका कतिपय योजना बजेटमा नसेमिटनु दुःखद् भएको बताए । “नीति, कार्यक्रममा आउने तर वार्षिक कार्यक्रम र बजेटमा नपर्दा जनतालाई झुक्याएको जस्तो हुन्छ”, उहाँले… पुरा पढौ