मुख्य समाचार

लाभांश पारित गर्न युनाइटेड अजोड इन्स्याेरेन्सले डाक्याे एजिएम

काठमाडौं, १८ माघ । लाभांशकाे प्रस्ताव पारित गर्न युनाइटेड अजोड इन्स्याेरेन्सकाे साधारण सभा डाकिएकाे छ। कम्पनीकाे साधारण सभा फागुन ६ गते अनमोल ब्यांक्वेट, शंखमुल, काठमाडौंमा डाकिएकाे हाे। सभा पूर्वान्ह ११ बजे बाेलाइएकाे छ।  साधारण सभाबाट १०.२६१२ प्रतिशत बोनस सेयर तथा त्यसकाे कर प्रयोजनका लागि ०.५४०१ प्रतिशत नगदसहित १०.८०१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अनुमाेदन गरिनेछ। यस्तै आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान र नगद प्रवाहलगायतका विषयमा छलफल गरिने भएकाे छ।  यस्तै सभामा आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षककाे नियुक्ति… पुरा पढौ

बिहिबार अमेरिकी डलर, यूरोसहित अन्यको भाउ घट्यो

काठमाडौं, १८ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको भाउ घटेको छ । यूरोको भाउ भने बढेको छ आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ५८ पैसा र बिक्रिदर १… पुरा पढौ

पेट्रोल, डिजेल र ग्यासकाे भाउ बढ्याे, कुनकाे कति ?

काठमाडौं, १८ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज बिहान १ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।  निगमका अनुसार पेट्रोल, डिजेल तथा मट्टितेलमा पहिलो, दोस्रो र तेस्रो वर्ग अनुसार मूल्य बढाएको छ । जसअनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ र डिजेल तथा मट्टितेलमा २ रुपैयाँका दरले मूल्य बृद्धि गरिएकाे छ।  निगमले पहिलो वर्गलाई पेट्रोलको भाउ प्रतिलिटर १६७.५० रुपैयाँ ताेकेकाे छ । दोस्रोलाई १६९ पैसा र तेस्रो वर्गलाई १७० रुपैयाँ ताेकेकाे छ… पुरा पढौ

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा हल्का वर्षाको सम्भावना

काठमाडाैं, १८ माघ । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको जनाएकाे छ। सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। सुदूरपश्चिम प्रदेशको धेरै स्थानहरूमा, कर्णाली प्रदेशको थोरै स्थानहरूमा र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा फाटफुट देखि हल्का वर्षा भैरहेको छ। साथै देशका मध्य तथा पुर्वी तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ ।  माघ १८ गते (बिहीबार) दिउँसो: गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी… पुरा पढौ

आगामी आर्थिक वर्षको बजेटबारे विषयगत मन्त्रालयसँग आयोगद्वारा छलफल सुरु

काठमाडौं, १८ माघ । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटबारे विषयगत मन्त्रालयहरूसँग छलफल सुरु भएको छ । राष्ट्रिय योजना आयोगले विभिन्न विषयगत मन्त्रालय र निकायसँग छलफल गरेको छ। आगामी आवका लागि स्रोतको अनुमान र बजेटको सीमा (सिलिङ) तोक्नुअघि मन्त्रालयसँग छलफल गरिएको योजना आयोगका प्रवक्ता यमलाल भुसालले जानकारी दिए। “आगामी आवको बजेट सिलिङ तोक्नुअघि विभिन्न विषयगत मन्त्रालयसँग छलफल थालिएको छ । कुन मन्त्रालयले केकस्ता योजना र कार्यक्रम कार्यान्वयनका लागि केकति बजेट आवश्यक छ भन्नेलगायतका विषयमा छलफल भएको हो”, उनले भने, “बजेटलाई… पुरा पढौ

सिटिजन्स बैंकले माग्याे ३ अर्बकाे ऋणपत्र बिक्रीकाे अनुमति

काठमाडौं, १७ माघ । सिटिजन्स बैंकले रूपैयाँ ३ अर्ब बराबरकाे ३० लाख इकाई ऋणपत्र बिक्री गर्नका लागि नेपाल धितोपत्र बोर्ड (सेबाेन)सँग अनुमति मागेको छ । बैंकले १० वर्षे अवधि रहेकाे वार्षिक ८.५% ब्याजदर भएको ‘सिटिजन्स बैंक डिबेन्चर, २०९०’ बिक्री गर्न लागेको जनाएकाे छ। बैंकले प्रतिकित्ता रूपैयाँ १ हजारकाे दरले ३० लाख इकाई ऋणपत्र बिक्री गर्न अनुमति मागेको हाे । यसबाट १२ लाख इकाई सर्वसाधारणका लागि रहेकाे छ । बाँकी रहने १८ लाख इकाई बैंकले विभन्न संघ संस्थाहरूलाई बिक्री गर्ने भएकाे… पुरा पढौ

आन्तरिक राजस्व कार्यालय हेटौंडाकाे ३ अर्ब राजस्व सङ्कलन

हेटौंडा, १७ माघ । आन्तरिक राजस्व कार्यालय हेटाैंडाले ३ अर्ब राजस्व सङ्कलन गरेकाे छ । याे कार्यालयले विगत ६ महिनाकाे अवधिमा लक्ष्यभन्दा कम राजस्व सङ्कलन गरेको हाे । कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म ४ अर्ब १४ करोड ३० लाख ९५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा २अर्ब ९३ करोड ११ लाख ७६ हजार मात्र राजस्व सङ्कलन भएको जनाइएको छ । उक्त कार्यालयले चालु आर्थिक वर्षमा रु आठ अर्ब ८० करोड ४५ लाख २४ हजार राजस्व सङ्कलन गर्ने… पुरा पढौ

नकारात्मक लयमा नेप्से, ५ अर्ब २९ करोडको कारोबार

काठमाडौं, १७ माघ । अघिल्लाे ३ दिनसम्म लगातार सकारात्मक बनेको नेप्सेमा आज भने नकारात्मक लय देखिएको छ । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेप्सेमा २१.६७ अंकको गिरावट भएको हाे। यसरी घटेको नेप्से २०९७.९३ विन्दुमा झरेको छ । नेप्सेमा १.०२ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ३.०८ अंकले घटेर ३७८.६३ विन्दुमा रहेको छ । यसदिन उत्पादन उपसमूहमा मात्रै हरियो लागेको छ । बाँकी रहेका १२ वटै उपसमूहहरुमा रातो लागेको छ । कुल ३१३ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको… पुरा पढौ

हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्न नेपाली सेनासँग प्रधानमन्त्री दाहालले गरे छलफल

काठमाडौं, १७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रूग्ण अवस्थामा रहेको हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गरेका छन् । आज प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा उच्चस्तरीय छलफलको आयोजना गरी प्रधानमन्त्री प्रचण्डले कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाले गरेको सम्भाव्यता अध्ययननको बिफ्रिङ लिएका हुन्। नेपाल सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा विगतमा सञ्चालन भएर हाल बन्द अवस्थामा रहेका उद्योगहरू पुनः सञ्चालन गर्ने व्यवस्था गरिएबमोजिम नेपाली सेनाले उद्योग पुनः सञ्चालनसम्बन्धी सम्भाव्यता अध्ययन गरेको थियो । विसं… पुरा पढौ

सरकारका जनमुखी कदमले गणतन्त्रप्रति जनताको भरोसा : प्रधानमन्त्री दाहाल

काठमाडौं, १७ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको जनमुखी कदमले सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति जनताको आशा र भरोसा बढाउने काम गरेको बताएका छन् । नेपाल टेलिभिजनको ३९औँ वार्षिकोत्सवका उपलक्ष्यमा आज आयोजित कार्यक्रममा उनले जनतामा ‘अब चाहिँ केही हुन्छ’ भन्ने सकारात्मक सोचको विकास र नयाँ आशाको सञ्चार हुनु सकारात्मक उपलब्धि मान्नुपर्ने बताए । चुनौतीपूर्ण परिस्थितिमा गठन भएको आफ्नो नेतृत्वको वर्तमान सरकारले एक वर्ष, एक महिनाको अवधि पूरा गरिसकेको उल्लेख गर्दै प्रधानमन्त्रीले यसबीचमा इतिहासले सम्झिने गरी कैयौँ साहसिक र जनपक्षीय काम अघि… पुरा पढौ