मुख्य समाचार

पृथ्वीनारायण शाहका दिव्योपदेश आज पनि उत्तिकै सान्दर्भिक : राष्ट्रपति पौडेल

काठमाडौं, २७ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहका दिव्योपदेश आज पनि उत्तिकै लोकप्रिय र सान्दर्भिक रहेको बताएका छन् । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस, २०८० को शुभकामना सन्देश दिदै उनले ती दिव्योपदेशहरू अर्थतन्त्र निर्माण, राष्ट्रप्रेम, छिमेकी राष्ट्रसँग कूटनैतिक सम्बन्ध निर्माणमा मार्गदर्शकका रूपमा रहेको उल्लेख गरे । नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२औँ जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना समेत व्यक्त… पुरा पढौ

आज ३०२औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

काठमाडौँ, २७ पुस । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०२औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता शाहले राष्ट्रको एकीकरण अभियानमा पु¥याएको योगदानको स्मरण गर्दै कार्यक्रममा उनीप्रति श्रद्धासुमन अर्पण गरिने छ । सोही अवसरमा प्रमुख प्रशासनिक भवन सिंहदरबार पश्चिम मूलद्वारस्थित बडामहाराजाधिराजको सालिकमा पुष्पहार अर्पण गरी सम्मान व्यक्त गरिने कार्यक्रम छ । तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबिसे राज्यलाई… पुरा पढौ

५ महिनामा भित्रियो रु ६ खर्ब १३ अर्ब २५ करोड विप्रेषण

काठमाडौं, २६ पुस । चालु आर्थिक वर्षको पाँच महिनामा रु छ खर्ब १३ अर्ब २५ करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्मको विवरणअनुसार विप्रेषण आप्रवाह २७ दशमलव छ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४ दशमलव पाँच प्रतिशतले वृद्धि भई चार अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३ दशमलव एक प्रतिशतले… पुरा पढौ

मुलुकमा १७ खर्ब ६७ अर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति : राष्ट्र बैंक

काठमाडौं, २६ पुस । मुलुकभित्र विदेशी मुद्राको सञ्चिति सबल बन्दै गएको पाइएको छ । चालु आवको मङ्सिर मसान्तसम्म कूल रु १७ खर्ब ६७ अर्ब बराबरको विदेशी मुद्राको सञ्चिति रहेको नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ । केन्द्रीय बैंकका अनुसार गत असार मसान्तमा रु १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति रहेकामा १४ दशमलव आठ प्रतिशतले वृद्धि भई गत मङ्सिर मसान्तमा रु १७ खर्ब ६७ अर्ब चार करोड पुगेको छ । अमेरिकी डलरमा… पुरा पढौ

एनटिएचएमसिमा बीबीए, बीबीए-बीआईका विद्यार्थीलाई स्वागत, पुस २८ गते फुड फेस्टिबल हुने

पोखरा, २६ पुस । नेपालकै पहिलो नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजमा बीबीए, बीबीए-बीआई अध्ययनका लागि आएका विद्यार्थीलाई स्वागत् गरिएको छ । बीबीए, बीबीए-बीआईका तेश्रो सेमेस्टरका विद्यार्थीले उनीहरुलाई नृत्य, क्वीज कन्टेस्ट, मिस्टर तथा मिस फ्रेसर लगायतका कार्यक्रमसहित स्वागत गरेका हुन् । उनीहरुलाई कलेजका अध्यक्ष अशोक पालिखे तथा प्रिन्सिपल प्रकाश रेग्मीले फूलमाला र मायाको चीनो दिदैं स्वागत गरेका थिए । अध्यक्ष अशोक पालिखे कार्यक्रमका प्रमुख अतिथि रहेका अध्यक्ष पालिखेले रोजगारमा जान वा स्वरोजगार, आत्मनिर्भर बन्न र अरुलाई पनि रोजगारी दिलाउने शिक्षा… पुरा पढौ

झापामा सहकारीको ७० अर्ब बढी पुँजी परिचालन

बनियानी (झापा), २६ पुस । झापामा सहकारीमार्फत रु ७० अर्बभन्दा बढी पुँजी परिचालन भएको छ । झापा जिल्ला सहकारी सङ्घका अध्यक्ष गणेश ढकालका अनुसार जिल्लाको ४५ प्रतिशत जनसङ्ख्या सहकारी अभियानसित जोडिएको छ । “सहकारीमार्फत परिचालित पुँजीले यहाँका विपन्न वर्गमा वित्तीय पहुँच स्थापित भएको छ”, उनले भने, “यसले स्वरोजगार सिर्जनामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको छ ।” सहकारीमार्फत परिचालित पुँजी कृषि, उद्योग, व्यापार, यातायात, शिक्षा, स्वास्थ्य, पशुपालन, दूध उत्पादन, वैकल्पिक ऊर्जालगायतका क्षेत्रमा लगानी भएको अध्यक्ष ढकालले बताए। पछिल्लो समयमा झापाका सहकारीमा ऋण… पुरा पढौ

नेप्सेमा झिनो अंककको गिरावट, ४ अर्ब ३० करोडको कारोबार

काठमाडौं, २६ पुस । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार नेपाली सेयर बजारमा झिनो अंकको गिरावट भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ०.६२ अंकले घटेर २०८८.९९ विन्दुमा झरेको छ । नेप्सेमा ०.०३ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.१९ अंकले घटेर ३८४.१४ विन्दुमा रहेको छ । यसदिन १३ उपसमूहहरुमध्ये चार वटामा मात्रै हरियो लागेको छ । बाँकी ९ वटा उपसमूहहरुमा रातो लागेको छ । कुल ३०७ कम्पनीहरको सेयर खरिदबिक्री भएको छ । उनीहरुको २ करोड २१ लाख… पुरा पढौ

१० हजार किसानलाई दूधमा अनुदान दिँदै भरतपुर महानगर

चितवन, २६ पुस । भरतपुर महानगरपालिकाले महानगरभित्रका पशुपालक १० हजार किसानलाई दूधमा अनुदान दिने भएको छ । गत वर्ष ६८ वटा सहकारी र १० वटा फार्ममार्फत दूध बिक्री गरेका ती किसानलाई रु छ करोड ३७ लाख अनुदान दिन लागेको हो । उनीहरुले दुई करोड १० लाख लिटर दूध बिक्री गरेबापत यो अनुदान पाउने छन् । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल पहिलोपटक निर्वाचित भएपछि दूधमा अनुदान दिन थालिएको हो । उनका अनुसार पहिलो वर्ष प्रतिलिटर २५ पैसा अनुदान दिइएको थियो ।… पुरा पढौ

कानुन निर्माणका बिषयमा लुम्बिनी प्रदेशसभाले थाल्याे स्थानीय तहसँग छलफल

लुम्बिनी, २६ पुस। लुम्बिनी प्रदेशसभाले स्थानीय तहसँग सम्बन्धित कानुन निर्माणका विषयमा छलफल थालेको छ । प्रदेशसभाले प्रदेशअन्तर्गतका स्थानीय पालकाका जनप्रतिनिधि र प्रशासनिक नेतृत्वसँग कानुन निर्माण र सभा सञ्चालनका विषयमा छलफल थालेको हो । प्रदेशसभाले बुधबार बुटवलमा रुपन्देहीका स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीसँग कानुन निर्माण तथा सभा सञ्चालनसम्बन्धी अन्तक्र्रिया आयोजना गरेको छ । स्थानीय तहसँगको अन्तक्र्रियापछि प्रदेशसभा सचिवालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सभामुख तुलाराम घर्ती मगरले प्रदेशसभाले कानून निर्माणमा सङ्घ र स्थानीय तहसँग सहकार्यका लागि स्थानीय तहसँग छलफल अन्तक्र्रियाको थालेको जानकारी… पुरा पढौ

११ कम्पनीहरूकाे साधारण सभा आज, ५ वटाले मात्रै लाभांश दिने

काठमाडौं, २६ पुस । आज पुस २६ गते बिभिन्न ११ वटा कम्पनीहरुकाे साधारण सभा बस्दैछ । उनीहरु मध्ये ५ वटा कम्पनीले मात्रै लाभांश प्रस्तावकाे एजेण्डा राखेका छन । यसरी लाभांश प्रस्ताव गर्नेहरुमा लक्ष्मी सनराइज बैंक, लुम्बिनी विकास बैंक, सोल्टी होटल, विन्ध्यवासिनी हाइड्रोपावर र हाथवे इन्भेष्टमेन्ट नेपाल रहेका छन्। अन्य ६ वटा कम्पनीहरुकाे लाभांश वितरणकाे प्रस्ताव नभएकाेले यसपालि लगानीकर्ताको हात खाली हुने भएकाे छ । लाभांश नदिने कंपनीहरुमा एनएमबि बैंक, चन्द्रागिरी हिल्स, कालिन्चोक दर्शन, सानिमा मिडिल तमोर हाइड्रोपावर, अरुण काबेली पावर… पुरा पढौ