काठमाडौं, ३० साउन। देशकै सबैभन्दा उच्च गुणस्तरको चुनढुङ्गा खानी, जापानी सहयोगमा निर्मित कारखाना र बजारमा स्थापित ‘गैँडा छाप’ ब्रान्ड। सबै अनुकूलताका बाबजुद सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग भने निरन्तर ओरालो लागिरहेको छ। गाइघाट बजारको आर्थिक विकासमा ठूलो योगदान दिएको यो उद्योग यतिबेला आन्तरिक भ्रष्टाचार, फितलो व्यवस्थापन, राजनीतिक हस्तक्षेप र समूहगत स्वार्थको भुमरीमा फसेको छ। १. बोरा अभावमा ६ महिनादेखि सिमेन्ट थन्कियो उद्योगको कमजोर व्यवस्थापनको प्रत्यक्ष उदाहरण उत्पादन भइसकेको सिमेन्ट बोरा नहुँदा ६ महिनादेखि गोदाममै थन्किनु हो। आपूर्ति कर्ता 'चितवनस्थित आशीर्वाद…
पुरा पढौ