मुख्य समाचार

ऊर्जा उत्पादनबाटै समृद्धिको आधार निर्माण गर्न सकिन्छ: गृहमन्त्री नारायणकाजी श्रेष्ठ

काठमाडौँ, ४ माघ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले व्यापार घाटा घटाउने र मुलुकलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउने प्रमुख साधन भनेकै जलविद्युत् भएकाले त्यसलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको बताएका छन । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान)को २४औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले सरकार र निजी क्षेत्रको सार्थक पहलबाट मात्रै मुलुकको ऊर्जा क्षेत्रले फड्को मार्नसक्ने बताएका हुन । देशभित्र बिजुलीको खपत बढाउनुपर्नेमा जोड दिँदै उहाँले बचेको बिजुली बेचे व्यापारघाटा कम गर्न सरकार लागेको बताए। ऊर्जा क्षेत्रमा लगानीका… पुरा पढौ

मुक्त कमैया जमिन्दार भएको हेर्ने मन छ: नेत्री आस्मा चौधरी

काठमाडौं, ४ माघ । प्रतिनिधिसभा सदस्य आस्माकुमारी चौधरीलाई वर्षौंदेखि कमैया र कमलरी भएर बाँचेका थारु समुदाय जमिनदार भएको हेर्न मन छ । उनलाई लामो समयदेखि मालिकका घरमा काम गर्दै आएका कमैया र कमलरी आफ्नै जमिन भए कति खुसी हुन्थे होला भन्ने लाग्छ । “अहिलेसम्म अधिकांश थारुको आफ्नो जमिन छैन, तिनको पनि आफ्नो जमिन, घर भए कति राम्रो हुन्थ्यो होला”, नेकपा (एमाले) का तर्फबाट निर्वाचित सांसद चौधरीले सुनाइन, “सम्झिँदा पनि आँसु आउँछ, सरकारले कमलरी प्रथा र मुक्तकमैया घोषणा गरे पनि कार्यान्वयन… पुरा पढौ

सौराहाका पर्यटन व्यवसायीकाे ‘घुमौं सौराहा’ अभियान

भरतपुर, ४ माघ। चितवनको सौराहामा पर्यटक बढाउन व्यवसायीले ‘घुमौँ सौराहा’ अभियान सञ्चालन गर्ने भएका छन्। पछिल्लो समय सौराहा घुम्न आउने पर्यटक बढेसँगै व्यवसायीले थप पर्यटक भित्र्याउन अभियान चलाउने तयारी गरेका हुन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरीले ‘घुमौँ सौराहा’ अभियान लिएर पश्चिम नेपालका विभिन्न ठाउँमा जाने तयारी गरिएको जानकारी दिएका छन। “पछिल्लो समय सौराहा घुम्न आउने आन्तरिक र बाह्य पर्यटकको संख्या वृद्धि भएको छ, थप पर्यटक ल्याउन अभियान चलाउने तयारीमा छौँ”, उनले सौराहामा आउने चिनियाँ र भारतिय पर्यटकको… पुरा पढौ

लागातार सुनचाँदीको भाउमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, ४ माघ । लगातार सुनचाँदीको भाउमा गिरावट भएको छ । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार पनि नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुनमा एकैदिन रुपैयाँ ७ सय तथा चाँदीमा रुपैयाँ १० ले घटेको जानकारी दिएको छ । छापावाल सुनमा यसदिन रुपैयाँ ७ सयले घटेर तोलाको १ लाख १७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख १८ हजार २ सय रुपैयाँमा कारोबार भएको… पुरा पढौ

बन्दीपुर केबलकारकाे परीक्षण शुरु, वैशाखदेखि सञ्चालनमा ल्याउने तयारी

तनहुँ, ४ माघ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकारको परीक्षण थालिएको छ । बन्दीपुर गाउँपालिका–४ मा केबलकार निर्माण गरिरहेको बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले परीक्षण थालेको हो । हाल आठ क्याबिन राखेर परीक्षण भइरहेको लिमिटेडका निर्देशक तारानाथ उपाध्यायले जानकारी दिए। केही दिनमा २० क्याबिन राखेर परीक्षण गरिने उनले बताए। उनले भने, “यसअगाडि लट्ठाको परीक्षण गरिएकाेमा केही प्राविधिक समस्या देखिएपछि त्यसलाई निराकरण गरेर हाल डब्बा राखेर परीक्षणको काम भइरहेको छ ।” आगामी वैशाख १ गतेदेखि केबलकार सञ्चालन गर्ने तयारी… पुरा पढौ

कामना सेवा बैंकको नाफामा बृद्धि, इपीएस कति ?

काठमाडौं, ४ माघ । कामना सेवा विकास बैंकको नाफा बढेकाे छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्म आउदा बैंकको नाफासँगै इपीएस पनि बढेको छ । बैंककाे खुद नाफा ३२.१९ प्रतिशतले बढेर रूपैया २५ करोड ८९ लाख १९ हजार भएकाे छ । अघिल्लो वर्ष साेहि समयमा बैंककाे खुद नाफा रूपैयाँ १९ करोड ५८ लाख ७१ हजार थियो । खुद शुल्कमा भएकाे बृद्धि, कमिसन तथा सञ्चालन नाफामा भएकाे बृद्धिले खुद नाफा बढेकाे हो ।  बैंककाे खुद शुल्क र कमिसन २५.६६ प्रतिशतले बढेर… पुरा पढौ

बेमौसममा बिक्री गर्न चिस्यान गृहमा सुन्तला

म्याग्दी, ४ माघ। म्याग्दीको बेनी नगरपालिकाका कृषकले उत्पादन गरेको सुन्तला चिस्यान गृहमा भण्डारण गरिएको छ । बेनी–४ सिंगामा निर्माण भएको चिस्यान गृहमा सुन्तला भण्डारण गरिएको हो । बेनी–४ का वडाध्यक्ष अणबहादुर खड्काले बेमौसममा बजारमा पठाउने तयारीसहित चिस्यान गृहमा सुन्तला भण्डारण गरिएको बताए। “बेनी –३ को मरेक, राखु, वडा नम्बर–४ को बास्कुना, सुर्केमेला र थामडाँडाका कृषकबाट चार सय क्रेट सुन्तला सङ्कलन गरेर राखेका छौँ”, उनले भने, “सुन्तलापछि जिल्ला भरका कृषकले उत्पादन गरेको आलुलगायत कृषिउपज भण्डारण गर्ने तयारी गरेका छौँ ।” नगरपालिकाले… पुरा पढौ

प्रधानमन्त्री दाहाल असंलग्न आन्दोलनको १९औं शिखर सम्मेलनमा सहभागी हुन युगान्डा प्रस्थान

काठमाडौं, ४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डा प्रस्थान गरेका छन् । उनी आज बिहान कतार एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गरेका हुन्। सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा हुँदैछ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी सुपुत्री गङ्गा दाहाल, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्र सचिव सेवा लम्साल, नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी छन्। प्रधानमन्त्री दाहालले ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ विषयको शिखर सम्मेलनमा भोलि… पुरा पढौ

सरकार र एडिबीबीच २१ अर्ब सहुलियतपूर्ण ऋण र ७० करोडकाे अनुदान सम्झौता

काठमाडौं, ४ माघ । नेपाल सरकार र एसियाली विकास बैंक (एडिबी) बीच १६ करोड अमेरिकी डलर (करिब रु २१ अर्ब बराबर) को सहुलियतपूर्ण ऋण र ६० लाख अमेरिकी डलर (करिब रु ७० करोड बराबर) को अनुदान सम्झौता भएको छ । सहरी जीवनयापन सुधार परियोजना (अर्बन रेजिलियन्स एन्ड लाइभाबिलिटी इम्प्रुभमेन्ट प्रोजेक्ट) कार्यान्वयनका लागि अर्थ मन्त्रालयमा भएको उक्त सम्झौतामा अर्थसचिव कृष्णहरि पुस्कर र एडिबीका नेपालका लागि देशीय निर्देशक आर्नोड कोस्वाले हस्ताक्षर गरे। सो परियोजना पोखरा महानगरपालिका, जनकपुरधाम उपमहानगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, देवदह… पुरा पढौ

नेप्सेमा दोहोरो अंकको गिरावट, पौने १० अर्बको कारोबार

काठमाडौं, ३ माघ । अघिल्लो दिन ५४.५४ अंकको उछाल आएको नेप्सेमा आज एकदिन पछि करेक्सन भएको छ । अर्थात नेप्सेमा दाेहाेराे अंकको गिरावट भएकाे छ । सेयर बजारमा यस प्रकारको करेक्सन हुनु नौलो भने होईन । नेप्सेमा दोहोरो अंकको गिरावट भएपनि टर्नओभरमा भने अघिल्लो दिनको तुलनामा अझैं उचाई बनाएको छ । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारमा १२.१० अंकको गिरावट भई २१६३.०६ विन्दुमा झरेको नेप्सेले जनाएको छ । नेप्सेमा ०.५५ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १.११… पुरा पढौ