मुख्य समाचार

आर्थिक सुस्तता र घट्दो ब्याजदरबीच नागरिक लगानी कोषको नाफा १.३५ अर्ब नाघ्यो

काठमाडौं, २८ साउन। बजारमा तरलता अधिक भई निक्षेपको ब्याजदर ओरालो लागिरहेको प्रतिकूल अवस्थाका बाबजुद नागरिक लगानी कोष (CIT) ले आफ्नो नाफामा सुधार दर्ता गरेको छ। आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार कोषले खुद नाफा ७.७२ प्रतिशतले बढाएर १ अर्ब ३५ करोड ३ लाख रुपैयाँ पुर्‍याएको छ। समीक्षा अवधिमा कोषको कुल आम्दानी ७.२८ प्रतिशतले वृद्धि भई २ अर्ब २५ करोड रुपैयाँ पुगेको छ। यस आम्दानीमा मुख्य योगदान सेवा शुल्क तथा कमिसनको १ अर्ब ७९ करोड रुपैयाँ र… पुरा पढौ

सर्वोत्तम सिमेन्टको नाफा १ अर्ब १० करोड नाघ्यो, बिक्री आम्दानी १०.२५ अर्ब

काठमाडौं, २८ साउन। सर्वोत्तम सिमेन्ट लिमिटेड (SARBTM) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। देशको प्रतिकूल आर्थिक वातावरण र उच्च उत्पादन लागतका बाबजुद कम्पनीको सञ्चालन आम्दानी, खुद नाफा र प्रतिशेयर आम्दानी (EPS) मा उल्लेख्य सुधार आएको छ। समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ७.५६ प्रतिशतले वृद्धि भई १० अर्ब २५ करोड ८५ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले ९ अर्ब ५३ करोड ७३ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो। वित्तीय सूचकहरूको प्रमुख झलक… पुरा पढौ

राष्ट्र बैंकको ‘डिजिटल रूपैयाँ’ ले बदल्दै वित्तीय परिदृश्य

काठमाडौं, २८ साउन । हातका औँलाका भरमा सेकेन्डमै हुने वित्तीय कारोबारले अब नेपाली अर्थतन्त्रलाई पूर्णतः नयाँ र अत्याधुनिक दिशामा मोड्ने भएको छ। नेपाल राष्ट्र बैंकले सर्वसाधारणको सहजता र आधुनिक प्रविधिलाई दृष्टिगत गर्दै ‘डिजिटल रूपैयाँ’ (CBDC) को महत्वाकांक्षी अवधारणा सार्वजनिक गरेको छ। भौतिक नोटको भरपर्दो विकल्पका रूपमा ल्याउन लागिएको यो डिजिटल मुद्राले नेपालको वित्तीय भविष्यलाई प्रविधिमैत्री र सुरक्षित बनाउने विश्वास लिइएको छ। कसरी चल्छ डिजिटल रूपैयाँ? राष्ट्र बैंकले सार्वजनिक गरेको अवधारणा पत्र अनुसार यस प्रणालीलाई आधुनिक र व्यावहारिक बनाउन विशेष प्राविधिक… पुरा पढौ

पत्रकार किशोर श्रेष्ठकाे पक्राउप्रति प्रचण्डको कडा आपत्ति, तत्काल रिहाइको माग

काठमाडौं, २८ साउन। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वरिष्ठ पत्रकार तथा सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरिएको घटनाप्रति कडा आपत्ति जनाएका छन्। समाचार लेखेकै आधारमा राज्य संयन्त्रले पत्रकारलाई नियन्त्रणमा लिनु लोकतन्त्रको उपहास भएको उनले बताएका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रचण्डले स्थापित मिडिया र पत्रकारमाथि कुनै निश्चित विधि र कानुनी प्रक्रिया नअपनाई धरपकड गरिएको भन्दै आक्रोश व्यक्त गरेका छन्। राज्यले प्रेस स्वतन्त्रतामाथि अङ्कुश लगाउन खोजेको आरोप लगाउँदै उनले गिरफ्तार गरिएका पत्रकार श्रेष्ठको तत्काल र बिनासर्त… पुरा पढौ

तीन दशककै दुर्लभ सूर्यग्रहण: युरोपमा लाखौँ मानिसले हेरे दृश्य

लण्डन, २८ साउन। युरोपका धेरैजसो देशहरूमा करिब ३० वर्षयताकै सबैभन्दा दुर्लभ र आकर्षक सूर्यग्रहण देखिएको छ। यो अद्भूत खगोलीय घटना अवलोकन गर्नका लागि युरोपभर लाखौँ मानिसहरू उत्सुकताका साथ सहभागी भएका बताइएकाे छ। बेलायती समय अनुसार साँझ सात बजेपछि उच्च विन्दुमा पुगेको उक्त ग्रहणमा बेलायतका अधिकांश मानिसले ९० प्रतिशतभन्दा बढी सूर्य चन्द्रमाले ढाकेको देखेका थिए। विशेष गरी इंग्ल्याण्डको कर्नवालमा ९५ प्रतिशतसम्म सूर्य ढाकिएको थियो। बेलायतमा आंशिक ग्रहण देखिए पनि ग्रिनल्यान्ड, आइसल्यान्ड र स्पेनका केही भागमा भने पूर्ण सूर्यग्रहण लागेर केही समयका… पुरा पढौ

सिंहदरबार र पार्टीभित्रको राजनीतिक सरगर्मीबीच पूर्वप्रधानमन्त्री देउवा आज स्वदेश फर्किँदै

काठमाडौं, २८ साउन । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब पाँच महिना लामो विदेश बसाइ र स्वास्थ्य उपचारपछि आज (बुधबार) नेपाल फर्किँदै छन्। हङकङमा नियमित उपचार र फलोअप गराइरहेका देउवा त्यतैबाट काठमाडौंका लागि प्रस्थान गरेका हुन्। यसअघि हङकङबाट थाइल्यान्डको राजधानी बैंकक हुँदै स्वदेश फर्किने तालिका तय गरिए पनि अन्तिम समयमा उनको यात्रा तालिका परिवर्तन गरी हङकङबाटै सोझै नेपाल आउने व्यवस्था मिलाइएको देउवानिकट नेताहरूले जानकारी दिएका छन्। अक्रमण र उपचारको पृष्ठभूमि गत भदौ २४ गते देशमा भएको जेनजी (Gen… पुरा पढौ

गण्डकी, कर्णाली, लुम्बिनी, काेशी र सुदूरपश्चिममा हल्का वर्षा

काठमाडौं, २८ साउन। हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा अहिले सरदर स्थानकै आसपासमा अवस्थित छ। यतिबेला मधेस प्रदेशका साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लागेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा भने आंशिक बदलीसहित मौसम सामान्य रहेको छ।  मौसमविद्का अनुसार अहिले कोशी र बागमती प्रदेशका केही ठाउँमा तथा गण्डकी र कर्णालीका थोरै स्थानमा मध्यमसम्मको वर्षा… पुरा पढौ

एनसेल शेयर बिक्री प्रकरण-समितिद्वारा प्रतिवेदन सार्वजनिक

काठमाडौं, २७ साउन । निजी क्षेत्रको ठूलो दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको ८० प्रतिशत शेयर खरिद-बिक्री सम्बन्धमा सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिले आफ्नो ऐतिहासिक प्रतिवेदन बुझाएको छ। पूर्व महालेखा परीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित समितिले पछिल्लो शेयर कारोबारलाई 'अवास्तविक, अपारदर्शी र शंकास्पद' ठहर गर्दै राज्य संयन्त्रमाथि गम्भीर प्रश्न उठाएको छ। १ डिसेम्बर २०२३ मा मलेसियाली कम्पनी आजियाटा बर्हाडले एनसेलको ८० प्रतिशत स्वामित्व सतिशलाल आचार्यको कम्पनी 'स्पेक्ट्रलाइट यूके' लाई बिक्री गर्ने घोषणा गरेपछि विवाद उत्पन्न भएको थियो। समितिको निष्कर्षअनुसार यो… पुरा पढौ

विदेशी पुनर्बीमा ब्रोकरले नेपालमा अनिवार्य कार्यालय खोल्नुपर्ने, एक वर्षको समयसीमा ताेकियाे

काठमाडौं, २७ साउन । नेपाल बीमा प्राधिकरणले ‘बीमकको पुनर्बीमा निर्देशिका, २०८०’ मा चौथो संशोधन गर्दै विदेशी पुनर्बीमा ब्रोकरहरूका लागि नयाँ र कडा सर्त लागू गरेको छ। प्राधिकरणको नयाँ व्यवस्थाअनुसार अब विदेशी पुनर्बीमा ब्रोकरहरूले नेपालमा अनिवार्य रूपमा आफ्नै कार्यालय स्थापना गर्नुपर्ने भएको छ। संशोधित निर्देशिका अनुसार प्राधिकरणबाट आधिकारिक सूचीकरण नम्बर (Registration Number) प्राप्त गरेको मितिले एक वर्षभित्र विदेशी पुनर्बीमा ब्रोकरहरूले नेपालमा शाखा, सम्पर्क कार्यालय वा संयुक्त लगानी (Joint Venture) मा कार्यालय स्थापना गरिसक्नुपर्नेछ। यसअघि विदेशी ब्रोकरहरूले सीमित प्रतिनिधि मात्र खटाएर नेपालमा… पुरा पढौ

नेप्से ०.५५ अंकले बढ्यो, कारोबार साढे ३ अर्बमा सीमित

काठमाडौं, २७ साउन । कारोबार अवधिको अधिकांश समय दबाबमा रहेको शेयर बजार (नेप्से) परिसूचक बुधबार अन्तिम समयमा आएर सामान्य सुधारसहित बन्द भएको छ। अन्तिम समयमा सम्हालिएको नेप्से परिसूचक ०.५५ अंकको झिनो वृद्धिसँगै २६४२.४० विन्दुमा पुगेर अडिएको छ। यस दिन ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्स १.३९ अंकले बढेको छ। त्यसैगरी फ्लोट इण्डेक्स ०.२० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४८ अंकले धनात्मक रहे। नेप्से परिसूचकमा सुधार देखिए पनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा गिरावट आएको छ। मंगलबार ४ अर्ब ११… पुरा पढौ