मुख्य समाचार

नाईमा अटो एक्स्पो-‘डोङफेंग’का दुई नयाँ विद्युतीय बस सार्वजनिक

काठमाडौं, २७ साउन। हिमालयन अर्गनाइजेशन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित सवारी उत्पादक कम्पनी 'डोङफेंग' (Dongfeng) का विद्युतीय बसहरू नेपाली बजारमा सार्वजनिक गरेको छ। भृकुटीमण्डपमा भदौ २६ गतेदेखि सुरु भएको ‘नाईमा अटो एक्स्पो’का अवसरमा कम्पनीले दुई नयाँ मोडलका बसहरू सार्वजनिक गरेको हो। नेपाल सरकारले ठूला विद्युतीय सवारी साधनलाई प्राथमिकता दिने नीति लिएको र बजारमा पनि ठूला EV बसको माग बढेकाले कम्पनीले यी बसहरू नेपाल भित्र्याएको जनाएको छ। आयाम इन्टरकन्टिनेन्टलले यसअघि फोर्स मोटर्स र म्याक्सस ब्रान्डका सवारी साधन बिक्री गर्दै आएको छ।… पुरा पढौ

एफडीआईको अवस्था चिन्ताजनक: गत वर्ष १२ अर्ब भित्रिँदा ४ अर्ब लाभांश फिर्ता

काठमाडौं, २७ साउन। नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) को अवस्था अझै पनि निकै कमजोर रहेको देखिएको छ। नेपाल राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभाग प्रमुख सत्येन्द्र तिमिल्सिनाका अनुसार गत आर्थिक वर्ष २०८२/०८३ मा नेपालमा जम्मा १२ अर्ब रुपैयाँ बराबरको एफडीआई भित्रिएको छ। मंगलबार नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) द्वारा आयोजित ‘नाइमा मोबिलिटी संवाद’ कार्यक्रममा उनले उक्त जानकारी दिएका हुन्। भित्रिएको लगानीमध्ये करिब ४ अर्ब रुपैयाँ लाभांश फिर्ताका रूपमा बाहिरिएको उनले बताए। नेपालमा एफडीआईको हालको अवस्था, क्षेत्रगत स्थिति र अन्तर्राष्ट्रिय… पुरा पढौ

मुक्तिनाथ विकास बैंक १ खर्ब कर्जा प्रवाह गर्ने पहिलो बैंक, नाफा बढेर १ अर्ब ५१ करोड नाघ्यो

काठमाडौं, २७ साउन। मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) १ खर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गर्ने नेपालको पहिलो विकास बैंक बनेको छ। बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा कर्जा प्रवाह ३.३८ प्रतिशतले बढेर १ खर्ब ५० करोड ८८ लाख रुपैयाँ पुगेको हो। अघिल्लो वर्ष बैंकको कर्जा ९७ अर्ब २२ करोड रुपैयाँ थियो। सोही अवधिमा बैंकको निक्षेप सङ्कलन ५.२० प्रतिशतले वृद्धि भई १ खर्ब २३ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ। वित्तीय विवरण अनुसार… पुरा पढौ

कुमारी बैंकको नाफामा २९३ प्रतिशतको उच्च वृद्धि, खुद नाफा ७ अर्ब ३८ करोड नाघ्यो

काठमाडौं, २७ साउन। कुमारी बैंक लिमिटेडको नाफामा उच्च वृद्धि भएको छ। बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक (अन्तिम) वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफा २९३ प्रतिशतले बढेको हो। वित्तीय विवरण अनुसार बैंकले गत आर्थिक वर्षको अन्तिमसम्ममा ७ अर्ब ३८ करोड रुपैयाँ नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा १ अर्ब ८७ करोड ९७ लाख रुपैयाँ मात्र रहेको थियो। आम्दानी र सञ्चालन मुनाफामा सुधार: बैंकको नाफामा उच्च वृद्धि हुनुमा खुद ब्याज आम्दानी… पुरा पढौ

नाइमा अटो एक्सपो-ग्लोबल आइएमई बैंकको इभीमा ३ वर्षसम्म ५.९९% स्थिर ब्याजदर

काठमाडौं, २७ साउन। ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ। बैंकले ल्याएको विशेष योजना अनुसार अटो एक्सपोमा नयाँ गाडी खरिद गर्ने ग्राहकले बैंकको आधारदरमा न्यूनतम ०.५ प्रतिशत मात्र प्रिमियम थपेर कर्जा प्राप्त गर्न सक्नेछन्। जसअनुसार हालको आधारदरका आधारमा न्यूनतम ५.२५ प्रतिशत ब्याजदर कायम हुनेछ। बैंकको आधारदर घटबढ भएअनुसार यो कर्जाको ब्याजदर पनि स्वतः समायोजन हुनेछ। साथै, बैंकले नाइमा अटो एक्सपोमा नयाँ विद्युतीय सवारी (इभी) किन्ने ग्राहकका लागि ३ वर्षसम्मका… पुरा पढौ

सेबोन तातियो-अध्यादेश बाटै समस्या सुल्झाउँछौँ-अध्यक्ष डा. भट्ट

काठमाडौं, २७ साउन। नेप्से परिसूचक आफ्नै सर्वकालीन उच्च विन्दु (३,२२७) बाट करिब १८ प्रतिशतले ओर्लिएर २,६५० को हाराहारीमा झरेपछि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले बजार सुधारका लागि ठोस कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेको छ। नेपाल सेयर बजार लगानीकर्ता सङ्घको प्रतिनिधिमण्डलसँग सोमबार भएको गम्भीर छलफलमा सेबोनका अध्यक्ष डा. गोपाल भट्टले लगानीकर्ताको हक-हित संरक्षण र बजारको पारदर्शिता नै आफ्नो प्राथमिक जिम्मेवारी भएको बताएका हुन्। छलफलका क्रममा अध्यक्ष डा. भट्टले बजार सुधारका लागि विद्यमान कानुनी जटिलता फुकाउन नयाँ धितोपत्र ऐन निर्माणमा ढिलाइ भए… पुरा पढौ

नेप्सेमा माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता शेयर सूचीकृत

काठमाडौं, २७ साउन। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेड (MEPDL) को शेयर सूचीकृत भएको छ। साउन २६ गते, मंगलबारका दिन नेप्सेमा कम्पनीको कुल ८६ लाख कित्ता साधारण शेयर सूचीकृत भएको हो। कम्पनीले सर्वसाधारण (वैदेशिक रोजगारीमा रहेका नेपाली, आयोजना प्रभावित स्थानीय र आम सर्वसाधारण) मा वितरण गरेको २५ लाख ८० हजार कित्ता र संस्थापक शेयरधनीहरूले लगानी गरेको ६० लाख २० हजार कित्ता गरी कुल ८६ लाख कित्ता शेयर सूचीकृत गरिएको हो। शेयर सूचीकरण भएसँगै अब कम्पनीको शेयर… पुरा पढौ

निष्क्रिय सहकारीलाई ३५ दिने अल्टिमेटम, खारेजीको चेतावनी

काठमाडाैं, २७ साउन। कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय, सुनसरीले प्रदेशभित्र रहेका निष्क्रिय सहकारी संघ-संस्थाहरूलाई विवरण बुझाउन ३५ दिने सार्वजनिक अल्टिमेटम जारी गरेको छ। प्रदेश सहकारी ऐन, २०७६ को दफा ६० (१) बमोजिम लगातार दुई वर्षसम्म तोकिएको वार्षिक विवरण नबुझाउने सहकारीहरूको सूची सार्वजनिक गर्दै कार्यालयले २०८३ साउन २६ गते यो सूचना प्रकाशित गरेको हो। तोकिएको अवधिभित्र आफ्ना विवरणहरू अद्यावधिक नगराएमा नियमानुसार दर्ता खारेजी लगायतका कानुनी कारबाही प्रक्रिया अगाडि बढाइने कार्यालयले जनाएको… पुरा पढौ

कुमारी बैंकद्वारा शहीद गंगालाल हृदय केन्द्रलाई १० लाख सहयोग

काठमाडौं, २७ साउन। कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई १० लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। बैंकले दिएको उक्त रकम विशेषगरी हृदय रोगबाट पीडित नवजात शिशु तथा बालबालिकाको सघन उपचार (Critical Care) सेवा सुदृढीकरण, आवश्यक स्वास्थ्य सेवा एवम् स्वास्थ्य उपकरण व्यवस्थापनमा उपयोग गरिनेछ। नेपाल सरकार अन्तर्गत सञ्चालनमा रहेको शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र देशकै प्रमुख विशिष्टीकृत हृदय रोग उपचार केन्द्र हो। यस केन्द्रले देशका दुर्गम तथा पिछडिएका क्षेत्रबाट आउने आर्थिक… पुरा पढौ

नाइमा मोबिलिटी एक्स्पो: नयाँ गाडी किन्नेलाई तीन बैंकको आकर्षक अफर, ५.२५ प्रतिशत ब्याजदरमा कर्जा

काठमाडाैं, २६ साउन। राजधानीमा सुरु भएको ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा नयाँ गाडी खरिद गर्न चाहने ग्राहकहरूलाई लक्षित गर्दै तीन ठूला वाणिज्य बैंकहरूले विशेष फाइनान्स सुविधा सार्वजनिक गरेका छन्। अटो बजारलाई चलायमान बनाउन ग्लोबल आइएमई बैंक, एनएमबी बैंक र सिद्धार्थ बैंकले एक्स्पोमै स्टल राखेर तत्काल कर्जा स्वीकृति तथा परामर्श सेवा दिन थालेका हुन्। मेलामा बैंकहरूले ल्याएका अटो लोन र ब्याजदरसम्बन्धी अफरहरू यस प्रकार छन्: ग्लोबल आइएमई बैंक: ‘ग्लोबल अटो लोन’ अन्तर्गत एक्स्पो अवधिभर गाडी खरिद गर्ने ग्राहकलाई ५.२५ प्रतिशतको न्यूनतम… पुरा पढौ