मुख्य समाचार

राष्ट्र बैंकद्वारा हायर पर्चेज कर्जा सम्बन्धी नियमावली जारी, चुक्ता पुँजी रु. ३० करोड हुनुपर्ने

काठमाडाैं, २६ साउन । नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागले "हायर पर्चेज कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम् प्रक्रियागत व्यवस्था, २०७०" मा छैठौँ संशोधन (२०८३) जारी गरेको छ। नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोग गरी २०८३ साउन २६ गते जारी गरिएको यस संशोधित निर्देशिकाले हायर पर्चेज कर्जा प्रवाह गर्ने कम्पनीहरूको सञ्चालन, पुँजी, ब्याजदर र कर्जा वर्गीकरणमा नयाँ व्यवस्था लागू गरेको छ। मुख्य व्यवस्थाहरू: चुक्ता पुँजी र संरचना: हायर पर्चेज कर्जा… पुरा पढौ

सम्हालियाे नेप्से-०.७९ अङ्कको सुधार, ४ अर्ब बढीकाे काराेबार

काठमाडाैं, २६ साउन । लगातार तीन कारोबार दिनदेखि घटिरहेको शेयर बजार (नेप्से) मा साताको दोस्रो दिन मङ्गलबार सामान्य सुधार आएको छ। मङ्गलबार नेप्से परिसूचक ०.७९ अङ्कले बढेर २६४१.८५ विन्दुमा पुगेर बन्द भएको हो। यस दिन सेन्सेटिभ इण्डेक्स ०.८५ अङ्क, फ्लोट इण्डेक्स ०.१७ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३० अङ्कले बढेका छन्। परिसूचकसँगै आज कारोबार रकममा पनि उल्लेख्य सुधार देखिएको छ। अघिल्लो दिन (सोमबार) ३ अर्ब ६७ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा आज ३४० वटा कम्पनीका ९५ लाख ३४ हजार… पुरा पढौ

नाइमा मोबिलिटी एक्स्पो-‘अटो क्षेत्रलाई राजस्वको दुहुनो गाई मात्र नबनाऊ’: अध्यक्ष श्रेष्ठ

काठमाडौं, २६ साउन । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले देशमा बढ्दो सवारी दुर्घटनाको मुख्य कारण सडकको खस्कँदो गुणस्तर र फितलो सुरक्षा प्रणाली भएको औँल्याउँदै सरकारको कार्यशैलीमाथि गम्भीर प्रश्न उठाएका छन्। ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले दुर्घटना हुनासाथ गाडी र चालकलाई मात्रै निशाना बनाउने सरकारी र सामाजिक प्रवृत्तिको कडा शब्दमा खण्डन गरे। श्रेष्ठले अटोमोबाइल क्षेत्रलाई दशकौँदेखि केवल ‘राजस्व असुलीको दुहुनो गाई’ र ‘विलासिताको वस्तु’का रूपमा मात्र हेरिने दृष्टिकोणप्रति तीव्र असन्तुष्टि जनाए। “सरकारले अटो… पुरा पढौ

फर्स्ट माइक्रोफाइनान्स र महिला लघुवित्तबिच मर्जरको सम्झौता

काठमाडौं, २६ साउन। फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडबिच एकआपसमा गाभिन (मर्ज हुन)का लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ। दुई संस्थाबिच साउन २५ गते साँझ ५ बजे अघि बढ्ने निर्णयसहित द्विपक्षीय सम्झौतापत्रमा (MOU) औपचारिक हस्ताक्षर भएको हो। सम्झौता अनुसार काठमाडौँको ज्ञानेश्वर (वडा नं. ३०) मा केन्द्रीय कार्यालय रहेको ‘फर्स्ट माइक्रोफाइनान्स लघुवित्त’ र काभ्रेपलाञ्चोकको बनेपा–१३, साँगामा केन्द्रीय कार्यालय रहेको ‘महिला लघुवित्त’ एकापसमा गाभिनेछन्। मुख्य विवरणहरू: सम्झौता मिति: साउन २५ गते पहिलो संस्था: फर्स्ट माइक्रोफाइनान्स… पुरा पढौ

माग बढेपछि अण्डाको मूल्य वृद्धि, किसान अझै मारमा

चितवन, २६ साउन । बजारमा अण्डाको माग ह्वात्तै बढेपछि नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको समर्थन बिक्री मूल्यमा वृद्धि गरेको छ। संघले आजैदेखि लागू हुने गरी नयाँ दररेट सार्वजनिक गरेको हो। नयाँ तालिका अनुसार ‘एक्सएल’ अण्डा प्रतिक्रेट (३० वटा) ५ सय ६० रुपैयाँ, ठूलो अण्डा ५ सय ४५ रुपैयाँ र मध्यम (मिडियम) अण्डा ५ सय रुपैयाँ तोकिएको छ। यस्तै, सानो अण्डा प्रतिपेटी (सात क्रेट) को ३ हजार रुपैयाँ समर्थन मूल्य निर्धारण गरिएको छ। संघका अध्यक्ष विनोद पोखरेलका अनुसार पछिल्लो समय बर्डफ्लु… पुरा पढौ

क्यानद्वारा रोहितलाई धन्यवाद, प्रिमियर कपका लागि सन्दीपको कप्तानीमा टोली घोषणा

काठमाडाैं, २६ साउन । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय पुरुष क्रिकेट टोलीका निवर्तमान कप्तान रोहित पौडेललाई कप्तानी कार्यकालमा पुर्‍याएको योगदानका लागि विशेष धन्यवाद ज्ञापन गरेको छ। क्यानले सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै रोहितको नेतृत्वमा नेपाली क्रिकेटले उल्लेखनीय उपलब्धि हासिल गरेको र ती क्षणहरू नेपालको क्रिकेट यात्रामा सदैव गौरवको रूपमा रहने उल्लेख गरेको छ। “नेपाल र नेपाली क्रिकेट प्रशंसकको आशालाई बोकेर लगनशीलता, समर्पण र दृढ संकल्पका साथ टोलीको नेतृत्व गर्नुभएकोमा धन्यवाद,” क्यानले भनेको छ, “देश, टोली र खेलप्रतिको तपाईंको… पुरा पढौ

ग्यास अभाव, कर वृद्धि र मल सङ्कटप्रति कांग्रेस आक्रामक: आन्दोलनकाे चेतावनी

काठमाडौं, २६ साउन। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सरकारका तदर्थवादी निर्णय, महँगी, विद्युत्मा कर वृद्धि र रासायनिक मलको हाहाकारलाई लिएर कडा आपत्ति जनाउँदै तत्काल समाधान गर्न माग गरेको छ। पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा बी.पी. नगर, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी बैठकले चार बुँदे विशेष निर्णय पारित गर्दै सरकारका नीतिहरूको तीव्र आलोचना गरेको हो। बैठकले एलपी ग्यास आपूर्तिमा पूर्वतयारी विना १४.२ केजीको सिलिन्डर भर्ने तदर्थवादी निर्णयले बजारमा हाहाकार सिर्जना गरेको निष्कर्ष निकालेको छ। त्यसैगरी स्वच्छ ऊर्जा (विद्युत्) को खपत बढाउनुको… पुरा पढौ

सानिगाड हाइड्रोको नाफामा ३९० प्रतिशतको छलाङ

काठमाडौं, २६ साउन। सानिगाड हाइड्रो लिमिटेड (SGHL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेख्य रूपमा बढेको छ। समीक्षा अवधिमा कम्पनीले २६ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको ५ करोड ४२ लाख रुपैयाँको तुलनामा ३९०.१६ प्रतिशतले बढी हो। विद्युत बिक्री आम्दानीमा सामान्य वृद्धि हुनुका साथै वित्तीय खर्चमा भारी गिरावट आएकाले कम्पनीको नाफामा आकर्षण सुधार देखिएको हो। वित्तीय विवरणका मुख्य… पुरा पढौ

नेपालमा २०० अर्ब लगानी भित्र्याउन लगानीकर्ता तयार

काठमाडौं, २६ साउन। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा कार्यरत ठूला बहुराष्ट्रिय करदाता कम्पनीहरूलाई नयाँ लगानी भित्र्याउन, भइरहेको उद्योग विस्तार गर्न र रोजगारीका अवसर सिर्जना गर्न आह्वान गरेका छन्। सोमबार अर्थ मन्त्रालयमा आयोजना गरिएको छलफलमा नेपालका २० ठूला बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरूलाई सम्बोधन गर्दै उनले नयाँ प्रविधि र उत्पादनमा प्रवेश गर्न आग्रह गर्दै सरकार सदैव सहयोग गर्न तयार रहेको स्पष्ट पारे। अर्थमन्त्रीको आग्रहपछि छलफलमा सहभागी कम्पनीका उच्च अधिकारीहरूले जलविद्युत्, पेन्ट, होटेल तथा पेय पदार्थजस्ता उत्पादनमूलक क्षेत्रमा करिब २०० अर्ब रुपैयाँ थप लगानीको… पुरा पढौ

दूधखोला जलविद्युत् आयोजनाका लागि १० अर्ब बढीको वित्तीय व्यवस्थापन

काठमाडौं, २६ साउन। मनाङ जिल्लामा निर्माण हुन लागेको ६५ मेगावाट क्षमताको दूधखोला जलविद्युत् आयोजनाका लागि १० अर्ब रुपैयाँभन्दा बढीको वित्तीय व्यवस्थापन (फाइनन्सियल क्लोजर) जुटेको छ। माउण्टेन इनर्जी लिमिटेडको सहायक कम्पनी ‘दूधखोला हाइड्रोपावर’ र लगानीकर्ता बैंकहरूबीच औपचारिक ऋण सम्झौता भएसँगै आयोजना निर्माणको बाटो पूर्ण रूपमा खुलेको हो। आयोजनाका लागि एनएमबी बैंक र सानिमा बैंकले कुल १० अर्ब १ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन्। जसमध्ये एनएमबी बैंकले नेतृत्वदायी बैंकको रूपमा ६ अर्ब ८१ करोड रुपैयाँ र सानिमा बैंकले सह-नेतृत्वकर्ताका रूपमा… पुरा पढौ