मुख्य समाचार

नेफ्स्कूनको अध्यक्षमा सहकारीकर्मी ढकाल निर्वाचित

काठमडौं, ९ पुस । देशभरका सहकारीको छाता संस्था नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कून)को अध्यक्ष पदमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । नेफ्स्कूनको यही पुस ७ र ८ गते सम्पन्न ३२ औँ वार्षिक साधारणसभा एवं निर्वाचनमा उनले एक हजार एक सय ९६ मत प्राप्त गरे । निर्वाचनमा अध्यक्षका प्रत्यासी परितोष पौड्यालले एक हजार १९ मत प्राप्त गरे । नबनिर्वाचित अध्यक्ष ढकाल लामो समयदेखि सहकारी क्षेत्रमा कार्यरत छन्। वरिष्ठ उपाध्यक्षमा दामोदर अधिकारी, महिला उपाध्यक्षमा शान्ति अधिकारी, महासचिवमा घनश्याम… पुरा पढौ

पर्यटक भित्र्याउन चेपाङ गाउँमा होमस्टे सञ्चालनमा

मुग्लिन (चितवन), ९ पुस । चितवनको दुर्गम पहाडी भेगमा विदेशी पर्यटक भित्र्याउन चेपाङ घरबास (होमस्टे) सञ्चालनमा ल्याइएको छ । सपना भिलेज सोसल इम्प्याक्ट सौराहाको आर्थिक सहयोगमा धादिङको हुग्दीखोला हुँदै चितवनको सौराहासम्मको पद मार्गमा पर्ने दुई चेपाङ बस्तीमा घरबास सञ्चालनमा आएको हो । इच्छाकामना–२ तोवाङ र इच्छाकामना– १ भाराङमा चेपाङ घरबास सञ्चालनमा ल्याएको सपना भिलेज सोसल इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । उनले पृथ्वीराजमार्गअन्तर्गत धादिङको हुग्दीखोलाबाट चितवनको इच्छाकामना–२ काउले तोवाङ, हात्तीवाङ, सिराइचुली, वडा नम्बर १ को भाराङ चौकीडाँडा र कालिका… पुरा पढौ

होटल व्यवसायलाई पर्यटन उद्योगको मान्यता दिन महासंघकाे माग

काठमाडौं, ९ पुस । व्यवसायीले होटल व्यवसायलाई पर्यटन उद्योगको राष्ट्रिय प्राथमिकता उद्योगमा वर्गीकरण गरी उद्योग सरहको सेवा सुविधा प्रदान गर्न माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ अन्तर्गतको पर्यटन तथा हवाई यातायात समितिले अर्थमन्त्री डा प्रकाशशरण महतलाई भेटी होटल व्यवसायलाई उद्योगको मान्यता दिन आग्रह गरेको हो । महासङ्घका उपाध्यक्ष हेमराज ढकाल र समितिका सभापति देशबन्धु बस्नेत नेतृत्वको प्रतिनिधिमण्डलले अर्थतन्त्र र गन्तव्य विकासमा विशेष योगदान पुर्याउने होटल क्षेत्र देशको गरिमा समेत रहेको उल्लेख गरेको छ । होटल जस्तो महत्वपूर्ण क्षेत्रलाई… पुरा पढौ

विश्वभरका क्रिश्चियन धर्मावलम्बीले आज ‘क्रिसमस डे’ मनाउदै

काठमाडौं, ९ पुस । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउन लागेका हुन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले मानव समुदायका लागि पुर्‍याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । क्रिसमसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतले शुभकामना सन्देश दिएका छन् । ‘क्रिसमस डे’ का… पुरा पढौ

गण्डकी प्रदेश सरकारद्वारा पूर्वाधार निर्माणलाई तीव्रता

गण्डकी, ९ पुस । गण्डकी प्रदेश सरकारले सडक, पुललगायत पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ । पछिल्लो समय नयाँ तथा पुराना सबै पूर्वाधार आयोजनाको कामले गति लिन थालेको पूर्वाधार विकास कार्यालय बागलुङले जनाएको छ । यसअघि ठेक्का सम्झौता भइसकेका र नयाँ आयोजना कार्यान्वयनमा गएको कार्यालय प्रमुख दिनेशकुमार घिमिरेले बताए। कार्यालयले समस्याग्रस्त भनेर औँल्याएका आयोजनाका निर्माण कम्पनीलाई काममा फर्काइएको उनले उल्लेख गरे। उनले पुराना बहुवर्षीय छ सडक आयोजनाको काम अगाडि बढेको जानकारी दिए। रु ३० लाखदेखि रु दुई करोडसम्मका आधा बढी आयोजनाको… पुरा पढौ

कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली

काठमाडाैं, ९ पुस । जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएकाे जनाएकाे छ । हाल देशको कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै भुभागमा हुस्सु/कुहिरो लागेको छ। पुस ०९ गते (सोमबार) दिउँसो: कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।  राती : कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।  पुस १० गते (मंगलबार) दिउँसो: कोशी र गण्डकी प्रदेशको… पुरा पढौ

आईपीओ निष्कासन गर्न ह्याम्स अस्पतालले दियाे धितोपत्र बोर्डमा आवेदन

काठमाडौं, ८ पुस । हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी लिमिटेड (ह्याम्स अस्पताल)ले आईपीओ निष्कासनकाे लागि धितोपत्र बोर्डमा निवेदन दिएकाे छ । मुक्तिनाथ क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा ११ लाख २५ हजार कित्ता शेयर सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न शुक्रबार नेपाल धितोपत्र बोर्डमा स्वीकृतीको लागि निवेदन दिएको छ । अस्पतालले आफ्नो जारी पूँजीको १५ प्रतिशतले हुन आउने कूल ११ करोड २५ लाख रकम बराबरको १०० अङ्कित दरमा प्रिमियम वापत १८८ थप गरी जम्मा प्रति शेयर मूल्य २८८… पुरा पढौ

तल्लो सेती जलविद्युतको जग्गा अधिग्रहण प्रक्रिया अघि बढ्याे

दमौली, ७ पुस । तनहुँमा निर्माण गर्न लागिएको १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको जग्गा अधिग्रहण प्रक्रिया अगाडि बढाइएको छ । एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको तनहुँ हाइड्रोपावर लिमिटेडमार्फत् निर्माण गर्न लागिएको तल्लो सेती जलविद्युत् आयोजनाका लागि आवश्यक जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाइएको हो । आयोजनाका विभिन्न संरचनाका लागि आवश्यकपर्ने निजी जग्गा अधिग्रहणको प्रक्रिया अघि बढाउने प्रस्ताव स्वीकृतिका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा पेस गरिएको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी… पुरा पढौ

नेप्सेमा २१.०३ अंकको गिरावट, ७ अर्ब ११ करोडको कारोबार

काठमाडौं, ८ पुस । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २१.०३ अंकले घटेर २०८८.०९ विन्दुमा झरेको छ । नेप्सेमा ०.९९ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ५.२९ अंकले घटेर ३९१.३३ विन्दुमा पुगेको छ । १३ उपसमूहरुमध्ये ४ वटामा हरियो लागेको छ । बाँकी ९ वटामा रातो लागेको छ । कुल ३०९ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको १ करोड ८५ लाख ८९ हजार ३७९… पुरा पढौ

सङ्कल्प यात्राबाट महत्वपूर्ण उपलब्धि हासिल गरेका छाैं : एमाले

काठमाडौं, ८ पुस। नेकपा (एमाले) ले मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित आफ्नो ‘समृद्धिका लागि सङ्कल्प यात्रा’का उपलब्धि सार्वजनिक गरेको छ । एमालेको केन्द्रीय कार्यालय च्यासलमा सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा आज आयोजित पत्रकार सम्मेलनमा यात्राले पार्टी, कार्यकर्ता र स्थानीय जनतामा उत्साह देखिनुका साथै विकास, समृद्धि तथा राष्ट्रियतालाई जोड्न महत्वपूर्ण उपलब्धि हासिल गरेको जनाइएको छ । अध्यक्ष ओलीले उक्त यात्रा असाधारण र अविस्मरणीय भएको बताउँदै मध्यपहाडी क्षेत्रको विकास र समृद्धिमा प्राथमिकता दिन सरकारसँग माग गरे। ‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’को मर्म… पुरा पढौ