मुख्य समाचार

२१०६.४८ विन्दुमा नेप्से परिसूचक, करिब ६ करोडकाे कारोबार

काठमाडौं, ३ पुस । नेपाल राष्ट्र बैंकले माैद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा ल्याएपछि उकालाे लाग्न थालेकाे नेप्सेकाे यात्रा यथावत रहेकाे छ । मंगलबार सम्पूर्ण सूचकहरुमा हरियाली छाएको छ । साताको सेयर कारोबार हुने तेश्रो दिन आज बुधबार नेप्सेमा उछाल आउँदा लगानीकर्ताहरु पनि उत्साहित भएका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४५.९८ अंकले बढेर २१०६.४८ विन्दुमा उक्लिएको छ । नेप्सेमा २.२३ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ७.०५ अंकले बढेर ३९७.६९ विन्दुमा पुगेको छ । यसदिन सबै उपसमूहहरु १३ वटैमा… पुरा पढौ

एनसेलको शेयर खरिद-बिक्री स्वाभाविक नलागेर नै समिति गठन गरिएकाे हाे : प्रधानमन्त्री दाहाल

काठमाडौं, ३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एनसेल शेयर बिक्री प्रक्रिया सरकारलाई सहज र स्वाभाविक नलागेको बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा प्रधानमन्त्री दाहालले उक्त शेयर बिक्री प्रक्रियाका सहज र स्वाभाविक नलागेर नै सरकारले तत्काल निर्देशन र समिति गठन गरी छानबिन प्रक्रिया अघि बढाएको स्पष्ट गरे । उनले भने, “यसमा कहीँ न काहीँ गलत छ भन्ने लागेकै हुनाले छानबिन समिति बनाइएको हो । अध्ययन तथा छानबिन समितिको यकिन रायसुझावसहितको प्रतिवेदन प्राप्त भएपछि सरकारले… पुरा पढौ

फुटवयर जोनले शुरू गरेकाे ‘एक्सचेन्ज अफर’ मा नँया जुत्तासँग पुराना जुत्ता चप्पल साट्न पाइने

पोखरा, ३ पुस। नेपालका बिभिन्न जुत्ता तथा चप्पल उत्पादक कम्पनीहरुले पोखराको सिद्धार्थचोकमा संयुक्त आउटलेट शोरुम सञ्चालनमा ल्याएका छन् । हालै सञ्चालनमा आएको ‘फुटवयर जोन’ सिद्धार्थचोकमा कम्पनीहरुले ‘फुटवयर जोन एक्स्चेन्ज अफर’ समेत सार्वजनिक गरेका छन् । पुस २ गतेदेखि लागु भएको यो अफर पोखराको लागि अत्यन्त नयाँ रहेको सञ्चालक रामकृष्ण प्रसाईंले बताएका छन । अफर अन्तर्गत कुनैपनि लेडिज जुत्ता चप्पल १ हजारसम्मको किनमेल गर्दा १० प्रतिशत छुट प्रदान हुनेछ । कुनैपनि पुरानो लेडिज जुत्ता चप्पल ल्याई १ हजारदेखि माथिको लेडिज जुत्ता… पुरा पढौ

सदनको १ वर्षे उपलब्धिले सन्तुष्ट हुन सकिएन: सांसद बैरागी

पाेखरा, ३ पुस । नेकपा (एमाले)का नेता दामोदर पौडेल ‘बैरागी’ले शक्ति पृथकीकरणको सिद्धान्तविपरीत सरकारले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका सबैको काम आफूले गर्न खोजेको आरोप लगाएका छन। उनले भने, “कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको आ–आफ्नैखाले जिम्मेवारी रहन्छन् । ती निकायबीच शक्ति सन्तुलन हुनुपर्छ, चौथो अङ्गका रूपमा सञ्चार जगत्लाई हेरिन्छ । सरकारले सबै क्षेत्रको काम मै गर्छु भनेझैँ गरी अघि बढेको देखिन्छ ।” न्याय क्षेत्रमा हस्तक्षेप गर्ने र राष्ट्रपतिलाई विवादमा ल्याउने काम वर्तमान सरकारले गरेको आरोप लगाउँदै नेता बैरागीले सरकारका गतिविधि र सदनको… पुरा पढौ

मंगलबार सुनको भाउ बढ्यो, चाँदीमा सामान्य गिरावट

काठमाडौं, ३ पुस । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउमा घटबढ भएको छ । यसदिन सुनको भाउ बढेको छ । चाँदीको भाउ भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन छापावाल सुनमा रुपैयाँ २ सयले बढेको जनाएको छ । चाँदीमा रुपैयाँ ५ ले घटेको छ । छापावाल सुनमा रुपैयाँ २ सयले बढेर तोलाको १ लाख १८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख १७ हजार ८ सय रुपैयाँमा… पुरा पढौ

शिक्षण अवकाशपछि सुन्तलाबाट बर्सेनि ५ लाख कमाउदै ७१ वर्षिय अनन्त

गलकोट (बागलुङ), ३ पुस । धेरै जागिरेहरू अवकाशपछि आराम गरेका हुन्छन् तर एक शिक्षक ३७ वर्ष शिक्षण पेसामा बिताउँदासमेत थाकनन्। एकहत्तर वर्षको उमेरमा उत्तिकै जोश जाँगरका साथ उनी सुन्तलाखेतीमा रमाउँदै आएका छन्। शिक्षक पेसाबाट अवकाश भएका बागलुङ नगरपालिका–८ सिगानाका किसान अनन्तबहादुर खड्काले अवकाशपछिको समय सुन्तला खेतीमा लगाएको १० वर्ष भयो । उनी सुन्तलाखेतीबाटै वार्षिक रु पाँच लाख आम्दानी गर्न सफल भएका छन्। शिक्षक, प्रधानाध्यापक हुँदै स्रोत व्यक्तिबाट अवकाशप्राप्त भएका खड्काले मासिक रु ३५ हजार पेन्सन बुझ्दै आएका छन्। आफू अहिले… पुरा पढौ

नबिल बैंककाे डिबेन्चरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, ३ पुस । नबिल बैंकले जारी गरेकाे ३० लाख इकाई ऋणपत्रमा आजसम्म आवेदन दिन सकिने भएकाे छ । लगानीकर्ताले आज कार्यालय समयभित्र आवेदन दिन पाउनेछन्। बैंकले मंसिर २९ गते देखि प्रतिइकाई १ हजार रुपैयाँको दरकाे ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्रकाे बिक्रीका लागि खुल्ला गरेको थियाे ।   यसमा बैंकले १८ लाख इकाई व्यक्तिगत रुपमा विभन्न संघसंस्थालाई बिक्री गर्ने भएकाे छ। बाँकी रहने १२ लाख इकाई सर्वसाधारणका लागि रहेकाे छ । यसबाट ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि रहेकाे… पुरा पढौ

मंगलबार अमेरिकी डलर र यूरोको भाउ बढ्यो, अन्यको कति ?

काठमाडौं, ३ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । साथै यूरोको भउा पनि बढेको छ । यसका साथै अन्य देशको मुद्राको भाउमा पनि घटबढ भएको राष्ट्र बैंकले जनाएको को छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको… पुरा पढौ

हस्तकला व्यापार मेलामा दुई करोडको कारोबार

काठमाडौ, ३ पुस । मङ्सिर २८ गतेदेखि सञ्चालन भएको हस्तकला व्यापार मेलामा रु दुई करोडको कारोबार भएको नेपाल हस्तकला महासङ्घले जनाएको छ । स्वदेशी उत्पादनलाई प्रोत्साहन गरी ती वस्तुलाई अन्तर्राष्ट्रिय बजार प्रवर्द्धन गर्र्ने उद्देश्यले आयोजित मेलामा महासङ्घका सदस्य तथा विभिन्न भौगोलिक क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेश, जिल्ला हस्तकला सङ्घ र वस्तुगत सङ्घहरूसमेतको सहभागिता थियो । मेलामा धातुकला, सुनचाँदीका गरगहना, सुती एवं ढाकाका लुगा, पश्मिना, छालाजन्य सामग्री, प्राकृतिक रेसा, बाँसका सामानलगायत अन्य हस्तकलाका सामग्री प्रदर्शनी तथा बिक्री गरिएको थियो । हस्तकलाका वस्तुका… पुरा पढौ

भूकम्प प्रभावितलाई १ अर्ब निकासा, ९३ करोड पठाइयाे

काठमाडौं, ३ पुस । भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा उच्च प्राथमिकता दिएको सरकारले रु एक अर्ब रुपैयाँ निकासा गरेको छ । राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्थ मन्त्रालयबाट निकासा भएको सो रकम मध्ये रु ९३ करोड सम्बन्धीत जिल्लामा पठाइएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भने, “अर्थ मन्त्रालयले एक अर्ब निकासा गरेको थियो, हामीले तत्कालै ९३ करोड रुकम पठाएका छौँ, प्रभावितका लागि सरकारको प्राथमिकताअनुसार नै रकम पठाएका हौँ ।” उनले यसअघि पनि सकेसम्म छिटो… पुरा पढौ