मुख्य समाचार

बैंकहरूकाे रिट खारेजीपछि २ दिनमै एफपिओ र मर्जर गेनबाट झण्डै १३ अर्ब कर सङ्कलन

काठमाडौँ, ३० मङ्सिर । सरकारले लिएको नीतिका कारण ‘एफपीओ’ को ‘प्रिमियम’ र मर्जरको ‘बार्गेन पर्चेज’ गेनबाट दुई दिनमा १२ अर्ब ८१ करोड राज्य कोषमा कर दाखिला भएको छ।आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीकाअनुसार शुक्रबार र शनिबार ४ बजेसम्म उक्त रकम राज्यकोषमा दाखिला भएको हो । कर दाखिला गर्ने समय आज राति १२ बजेसम्म रहेको छ । आजसम्म दाखिला गर्नेले जरिवाना छुट पाउने व्यवस्था रहेको छ । महालेखापरीक्षकको कार्यालयले विसं २०७७ मा सार्वजनिक गरेको ५७औँ वार्षिक प्रतिवेदनदेखि लगातार एफपीओको प्रिमियम, मर्जर… पुरा पढौ

मनोहरा कृषि शित भण्डारकाे हेटाैडामा लगानीकर्ताहरुको भेला तथा कृषि सम्बन्धि अन्तरक्रिया

काठमाडाैं, ३० मंसिर । मनोहरा कृषि शित भण्डार कंपनीले हेटाैडामा लगानीकर्ताहरुको भेला तथा नेपालमा कृषि सशक्तिकरण "From Soil to Success" बिषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ । कार्यक्रममा कम्पनीको जानकारी, योजना सहित कृषिको प्रयोगबाट सम्पन्नता हाँसिल गर्ने, कृषिको अपरिहार्यता, जलवायु परिवर्तनका कारणहरु, जनसंख्याको बृद्धि तथा कृषि उपज उत्पादनको तलमेल, माटोको संरक्षण संगै उत्पादनमा बृद्धि साथै शित भण्डारको विकासले फसल पछिको नोक्सानीलाई कसरी कम गर्न सहयोग गर्दछ भन्ने कुरामा कम्पनीका अध्यक्ष विशाल हुमागाँईले आफ्नो प्रस्तुती राखेका थिए । करिब… पुरा पढौ

कुमुदिनी होम्स माबिले मनायो ३७औं स्थापना दिवस तथा पुरस्कार वितरण समाराेह

पोखरा, ३० मंसिर । पोखराकाे गैह्रापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयले भव्य समारोहबीच ३७औं स्थापना दिवस, पुरस्कार वितरण समाराेह तथा अभिभाबक दिवस मनाएको छ । साे अवसरमा विद्यालयले विभिन्न तहमा उत्कृष्टता हाँसिल गरेका विद्यार्थीहरुलाई पुरस्कार समेत वितरण गरेको छ । साथै विभिन्न विधागत अतिरिक्त क्रियाकलापमा उत्कृष्ट स्थान हाँसिल गरेका विद्यार्थीलाई सम्मान गरेको थियाे । साथै विद्यालयले २० वर्ष सेवा गरेका कर्मचारीलाई सम्मान समेत गरेको थियाे । ३७औं स्थापना दिवस समाराेहका प्रमुख अतिथि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले निरन्तर उत्कृष्ट शिक्षा… पुरा पढौ

सामाजिक सेवाकाे क्षेत्रबाट नेपालले नयाँ सन्देश दिइरहेकाे छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ, ३० मङ्सिर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले सामाजिक सेवाकाे क्षेत्रबाट नयाँ सन्देश दिइरहेकाे बताएका छन । मकवानपुरको हेटौँडामा आज मानवसेवा आश्रमको मुख्य कार्यालयको उद्घाटन गर्दै उनले मानवतासम्बन्धी सन्देशबाट नेपाललाई चिनाउन सकिने बताएका हुन । “विश्वलाई शान्तिको सन्देश दिएको नेपालले मानवतासम्बन्धी नयाँ सन्देश दिन सक्छ । मानव सेवामा समर्पित व्यक्तिको निरन्तरको प्रयासबाट यो सम्भव छ”, प्रधानमन्त्री दाहालले भने, “शान्तिको सन्देश पनि नेपालले नै दियो । मानवतासम्बन्धी सन्देश नेपालबाट दिन सक्छौँ । यहीबाट नेपाललाई चिनाउन सकिन्छ ।” मानवताभन्दा ठूलो धर्म… पुरा पढौ

आन्तरिक पर्यटन प्रवर्द्धनका गर्न ‘जाउँ है पोखरा’अभियान

पाेखरा, ३० मङ्सिर । आन्तरिक पर्यटन प्रवर्द्धनलाई लक्षित गरी होटेल सङ्घ पोखराको आयोजनामा शुक्रबारदेखि पश्चिम नेपालका विभिन्न सहरमा ‘जाउँ है पोखरा’ अभियान सुरु भएको छ । कोभिड–१९ को महामारी, आर्थिकमन्दीलगायत कारणले प्रभावित पोखराको पर्यटनलाई पुनः चलायमान बनाउने उद्देश्यका साथ आगामी पुस ४ गतेसम्म पश्चिम नेपालका विभिन्न सहरमा प्रवद्र्धनात्मक कार्यक्रम गरिने सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिएका छन । पोखराका पर्यटन व्यवसायी, सञ्चारकर्मीसहित २० सदस्यीय टोली अभियानमा सहभागी छन् । अभियानले पर्यटनमा साझेदारी बढाउँदै पर्यटकीय गतिविधि वृद्धिमा योगदान गर्ने विश्वास पोखराका… पुरा पढौ

पेट्रोल, डिजल र मट्टितेलको भाउ प्रतिलिटर ३ घट्यो

काठमाडौं, ३० मङ्सिर । नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर रुपैयाँ तीन घटाएको छ । निगम सञ्चालक समितिको बैठकले पहिलो, दोस्रो र तेस्रो वर्गका लागि पेट्रोल प्रतिलिटर क्रमशः एक सय ६४ रुपैयाँ ५० पैसा, एक सय ६६ र एक सय ६७ रुपैयाँ तोकेको छ । डिजेल तथा मट्टितेल पहिलो, दोस्रो र तेस्रो वर्गका लागि प्रतिलिटर क्रमशः एक सय ५४ रुपैयाँ ५० पैसा, एक सय ५६ र एक सय ५७ कायम गरिएको छ । पहिलो… पुरा पढौ

नबिल बैंककाे नबिल स्टक डिलरकाे औपचारिक उद्घाटन

काठमाडाैं, ३० मंसिर । नबिल सेक्युरिटिजकाे नाममा संचालनमा आएकाे नबिल बैंककाे नबिल स्टक डिलरकाे औपचारिक रूपमा उद्घाटन गरिएकाे छ । गएकाे भदाै २० गतेदेखि नबिल सेक्युरिटिजकाे नाममा ब्राेकर सेवा दिइरहेकाेमा अब नाम परिवर्तन गरेर नबिल स्टक डिलरकाे नामबाट काराेबार हुने भएकाे छ । प्रमुख कार्यकारी अधिकृत शुरेश देवकाेटाले छिट्टै लगानीकर्तालाई मार्जिन ल्याण्डिङकाे सेवा दिने बताए । उनले ब्राेकरेज सेवा, पाेर्टफाेलियाे म्यानेजमेण्ट, अन्डरराइटिङ लगायतका सेवाहरू प्रदान गरिने बताएका छन् । उनले नयाँ डिलरको रुपमा बजारमा भित्रिएको डिलरले पुँजी बजारमा गुणस्तरीयका साथै पारदर्शी रुपमा… पुरा पढौ

अमेरिकी डलर र यूरोको भाउ घट्यो, अन्यको कति ?

काठमाडौं, ३० मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ घटेको छ । यूरोसहित अन्य मुलुकको मुद्राको भाउमा पनि केहि घटबढ भएको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ५१ पैसा… पुरा पढौ

सिद्धार्थनगरमा एडिबीको साढे १६ अर्बकाे परियोजना

भैरहवा, ३० मङ्सिर । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा विकास–निर्माणका निम्ति सहयोग गर्दै आएको बहुपक्षीय निकाय एसियाली विकास बैङ्क (एडिबी) ले नयाँ विकास परियोजना सुरु गर्ने भएको छ । सिद्धार्थनगर नगर पालिकाले नगरको विकासका लागि प्रस्ताव गरेको योजनामा एडिबीले सघाउने जानकारी दिएको छ । “हामीले प्रस्ताव गरेका आयोजनामा एडिबीले सहयोग गर्ने जानकारी प्राप्त भएको छ”, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले भने, “अब थप प्रक्रिया अगाडि बढाउँछौँ, परियोजनाले नगरको मुहार फेर्नमा मद्दत पुग्नेछ ।” उनले आफुहरू नगरको विकासका निम्ति लागिपरेको र अन्य… पुरा पढौ

लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा बदली, कर्णाली र गण्डकीमा हिमपातको सम्भावना

काठमाडाैं, ३० मंसिर । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। देशको तराईको थोरै स्थानहरुमा हुस्सु/कुहिरो लागेको छ । मंसिर ३० गते (शनिबार) दिउँसो: गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राती : देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा… पुरा पढौ