मुख्य समाचार

लाभांश पारित गर्न तारागाउँ रिजेन्सीले डाक्याे साधारण सभा

काठमाडाैं, २ पुस । तारागाउँ रिजेन्सी होटल लिमिटेडले लाभांश प्रस्ताव पारित गर्नका लागि पुस २४ गते साधारण सभा डाकेकाे छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्न घाेषणा गरिएकाे लाभांश प्रस्ताव लगायतका प्रस्तावहरू अनुमाेदन गर्न साधारण सभा डाकेकाे हाे। होटलकाे २७ औँ साधारण सभा पुस २४ गते, नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप, काठमाडौँमा डाकिएकाे छ । साे सभा पूर्वान्ह ११ बजे सुरू हुने जनाइएकाे छ। सभाबाट ११ प्रतिशत नगद लाभांश वितरणकाे प्रस्ताव तथा ४ प्रतिशत बोनससहित १५ प्रतिशत… पुरा पढौ

सोमबार सुनचाँदी स्थिर भाउमा खरिदबिक्री हुँदै

काठमाडौं, २ पुस । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार आज नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । यसरी भाउ स्थिर रहेको सुनचाँदी आईतबारकै भाउमा खरिदबिक्री भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ स्थिर रहि तोलाको १ लाख १७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार पनि छापावाल सुन तोलाको १ लाख १७ हजार ८ सय रुपैयाँमा नै कारोबार भएको थियो । तेजाबी सुन तोलाको १ लाख १७ हजार २ सय ५०… पुरा पढौ

अमेरिकी डलरको भाउ स्थिर, यूरो घट्यो, अन्यको कति ?

काठमाडौं, २ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरो र अन्य देशको मुद्राको भाउमा घटबढ भएको राष्ट्र बैंकले जनाएको को छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर… पुरा पढौ

हिमालयन रि इन्स्योरेन्सकाे आइपीओमा आजसम्म आवेदन दिन सकिने

काठमाडाैं, २ पुस । हिमालयन रि इन्स्योरेन्सकाे सेयर (आइपीओ)मा आवेदन दिने आज सोमबार अन्तिम दिन रहेकाे छ । यसअघि कम्पनीले माग गरे अनुसारकाे आवेदन नपरेपछि आइतबार म्याद थपेर पुस ११ गतेसम्मकाे समय ताेकिएकाे थियो । तर आइतबार मागभन्दा बढी आवेदन परेपछि आजसम्म सेयर भर्न पाइने भएकाे हाे । आइतबार साँझ ५०ः०९ बजेसम्म १४ लाख ६० हजार ११७ लगानीकर्ताले २ करोड ८० लाख ६१ हजार ३६० कित्ताका लागि आवेदन दिएका थिए । जाे सर्वसाधारणका लागि जारी भएको सेयरकाे मागभन्दा १.१२ गुणा… पुरा पढौ

उखु किसानको ५२ करोड बक्यौता तत्काल भुक्तानी दिने सरकारको तयारी

काठमाडौं, २ पुस । सरकारले उखु किसानलाई भुक्तानी दिन बाँकी ५२ करोड तत्काल उपलब्ध गराउने निर्णय गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा बसेको सरोकारवाला मन्त्रालयका मन्त्री र सचिवको बैठकले उखु किसानको बाँकी भुक्तानी तत्काल उपलब्ध गराउने निर्णय गरेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिए। बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महत, कृषिमन्त्री डा बेदुराम भुसाल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल, मुख्यसचिव डा बैकुण्ठ अर्याल, अर्थ मन्त्रालय, कृषि मन्त्रालय र उद्योग मन्त्रालयका सचिवहरूलगायत उपस्थित थिए। बैठकमा प्रधानमन्त्री… पुरा पढौ

करसम्बन्धी व्यवस्थाकै कारण १३ अर्ब राजस्व उठेको सरकारको दाबी

काठमाडौं, २ पुस । चालु आर्थिक वर्षको आर्थिक ऐनमार्फत गरेको करसम्बन्धी व्यवस्थाका कारण करिब १३ अर्ब बराबर राजस्व सरकारी खातामा जम्मा भएको सरकारको दाबी छ । महालेखापरीक्षकको कार्यालयले पछिल्लो चार वर्षदेखि कर असुली गर्नुपर्ने भन्दै औँल्याइरहेको विषयलाई अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को आर्थिक ऐनमा राखेर कार्यान्वयन प्रक्रिया अघि बढाएका थिए । सरकार र अर्थमन्त्री डा महतको उक्त निर्णयका कारण लामो समयदेखि विवादित बनिरहेको यो विषयले निकाससमेत पाएको छ । आर्थिक ऐन २०८० को दफा २६ मा सरकारले… पुरा पढौ

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा बदली

काठमाडाैं, २ पुस । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको जनाएकाे छ। हाल देशका पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानमा हुस्सु/कुहिरो लागेको छ। पुस ०२ गते (सोमबार) दिउँसो : कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।    राती : कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली देखि सामान्यतया सफा रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।  पुस ०३ गते (मंगलबार) दिउँसो : कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक… पुरा पढौ

विपी राजमार्गबाट १६ टन प्याज बरामद

काभ्रेपलाञ्चोक, २ पुस । काभ्रेपलाञ्चोकको काभ्रेञ्ज्याङ चेक पोष्टबाट अवैध रुपमा ल्याइएको १६ टनभन्दा बढी प्याज बरामद भएको छ । बिपी राजमार्गअन्तर्गत धुलिखेल नगरपालिका–९ काभ्रेभन्ज्याङमा सवारीसाधन जाँच गर्ने क्रममा चार सय एक बोरा प्याज बरामद भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । उक्त राजमार्ग हुँदै पूर्वबाट मध्यपहाडी राजमार्गअन्तर्गत बिपी राजमार्गबाट आएका सवारीसाधनहरु जाँच गर्ने क्रममा पुरानो बिलसहित अवैध रुपमा ल्याइएको सातवटा गाडीमा चार सय एक थान बोरा बरामद गरिएको हो । पुरा पढौ

नेप्सेमा २७.७५ अंकको बृद्धि, सवा ५ अर्बको कारोबार

काठमाडौं, १ पुस । केहि दिनदेखि नेप्सेको लय सकारात्मक बन्दै गएकाे छ । यसले लगानीकर्ताहरुमा सकारात्मक सन्देश संचार गराएको छ भने उनीहरुको मनोबल बढाएको छ । नेपाल राष्ट्र बैंकले लिएको लचिलो नीति तथा यहिबेलामा बैंक वित्तीय संस्थाहरुले ब्याजदर घटाएको सन्दर्भमा सेयर बजारमा त्यसको सकारात्मक प्रभाव परेको देखिन्छ । साताको सेयर कारोबार हुने पहिलो दिन आज आईतबार नेपाली सेयर बजारमा देखिएको सकारात्मक लय, नेप्से परिसूचक २७.७५ अंकले बढेर २०२२.३५ विन्दुमा उक्लिनुले प्रष्ट भएको छ । नेप्सेमा १.३९ प्रतिशतले बृद्धि भएको छ… पुरा पढौ

५ महिनामा ३ खर्ब ८३ अर्ब आम्दानी, ४ खर्ब ५२ अर्ब खर्च

काठमाडौं, १ पुस । चालु आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले ल्याएको वार्षिक बजेट कार्यान्वयनको अवस्था हेर्दा अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटको तुलनात्मक विश्लेषणअनुसार गत मङ्सिर मसान्तसम्ममा सरकारले गरेको आम्दानीभन्दा खर्च बढी देखिएको छ । यो अवधिसम्ममा वार्षिक लक्ष्यको २६ दशमलव ०७ प्रतिशत आम्दानी भएको छ भने २५ दशमलव ८७ प्रतिशत खर्च भएको छ । चालु आवका लागि सरकारले कूल रू १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको… पुरा पढौ