मुख्य समाचार

अर्थतन्त्रका सूचकमा सुधार हुँदैछ : अर्थमन्त्री डा महत

पाटन (ललितपुर), २८ मङ्सिर । अर्थमन्त्री डा प्रकाशशरण महतले अर्थतन्त्रका सूचकहरुमा सुधार हुँदै गएको जानकारी गराएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसद्वारा आज ललितपुरमा आयोजित ओैद्योगिक नीति तथा श्रम सम्बन्ध विषयक कार्यक्रममा उनले पर्यटकहरुको वृद्धि हुँदै गएको, बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घट्दै गएको, रेमिट्यान्स बढ्दै गएको जानकारी गराउँदै अहिले अर्थतन्त्रका सबै सुचकहरुमा सुधार हुँदै गएको बताए। “अहिले अर्थतन्त्रका सूचकहरुमा सुधार हुँदै गएको छ, पर्यटकको वृद्धि हुँदै गएको छ, ब्याजदर घट्दै छ, रेमिट्यान्स पनि बढ्दैछ, हामीले छलफल गरेर मौद्रिक नीतिमा… पुरा पढौ

जनताको जीवनस्तरमा सुधार ल्याउनै पर्छ : सांसद श्रेष्ठ

काठमाडौं, २८ मङ्सिर । राष्ट्रियसभाका सदस्य भैरवसुन्दर श्रेष्ठलाई मुलुकमा सुशासन कामय, विकास र पूर्वाधारमा ध्यान दिएर जनताको जीवनस्तरमा सुधार गर्न नसकेको महसुस भएको छ । जनता अनेक खालका पीडामा छट्पटाइरहेको अवस्थामा सत्ता सञ्चालन गर्नुपर्नेको ध्यान पीडितको मागतर्फ पुग्न नसकेको उनको अनुभव छ । “जनता पीडामा छन्, विकासको प्रतीक्षामा छन्, जततालाई विकास र सुशासन दिन सकिएको छैन”, नेकपा (एकाले) का पोलिटब्युरो सदस्यसमेत रहेका श्रेष्ठले भने, “सरकार लोककल्याणकारी भएन, सरकारको ध्यान पूर्णरुपमा पीडित जनतामा हुनुपर्ने हो, त्यो हुन सकेन ।” भूकम्पका कारण… पुरा पढौ

मिसन ८४ नेपाली जनताको हो : अध्यक्ष ओली

टक्सार (भोजपुर), २८ मङ्सिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीका लागि सुरु गरिएको मिसन ८४ अभियान नेपाली जनताको भएको बताएका छन् । समृद्धिका लागि सङ्कल्प यात्राअन्तर्गत भोजपुरबाट फर्कनेक्रममा जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिकाको तिवारीभञ्ज्याङमा आयोजित भेटघाट कार्यक्रममा उनले एमालेले सुरु गरेको यस अभियान एमालेको मात्र नभएर नेपाली जनताको पनि भएको बताए। अध्यक्ष ओलीले आफ्नो पार्टीले साँढे तीन वर्ष सरकारको नेतृत्व गर्दा मुलुकमा असाधारण विकास गरेको बताए। उनले सरकारमा जाने जुनसुकै पार्टी देशभक्त, विकासप्रेमी, सुशासन, भेद्भाव र… पुरा पढौ

राष्ट्रिय योजना आयोगले कर्णाली प्रदेश सरकारसँग माग्याे सुझाव

सुर्खेत, २८ मंसिर । कर्णाली प्रदेश सरकारका मूख्यमन्त्री राजकुमार शर्माले संघीय सरकारबाट विकास निर्माणका लागि संघीय सरकारबाट सहयोग नभएको गुनासो गरेका छन् । १६ औँ योजनाका लागि सुझाव लिन बुधबार राष्ट्रिय योजना आयोगले सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मूख्यमन्त्री शर्माले यस्तो गुनासो गरेका हुन् । १६औँ पञ्चवर्षीय योजना कस्तो बनाउने भन्ने सुझाव लिनका लागि आयोग उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ, सदस्य सचिव डा. तोयनारायण ज्ञवाली, सहसचिव महेश भट्टराईसहितको टोली सुर्खेत आइपुगेको छ । सुझाव दिने क्रममा मूख्यमन्त्री शाहीले आफ्नो… पुरा पढौ

कुमारी बैंककाे कर्जाकाे प्रिमियम दर ३.५ प्रतिशत मात्र

काठमाडौं, २८ मंसिर। कुमारी बैंक लिमिटेडले कर्जाको प्रिमियम दर घटाउने भएकाे छ। बैंकले आगामी पाैष १६ गतेदेखि लागु हुने गरी कर्जाको प्रिमियमदरलाई अधिकतम ३.५ प्रतिशत कायम राख्ने निणर्य गरेकाे बताइएको छ। यो नयाँ दर फोन लोन र क्रेडिट कार्डबाहेक बैंकबाट प्रवाह भएका अन्य सबै प्रकारका कर्जाहरुमा लागु हुने कुमारी बैंक लिमिटेडले जानकारी दिएकाे छ। बैंकले बर्तमान प्रतिकुल अवस्थामा आर्थिक गतिविधि थप चलायमान हुने उद्देश्यका साथ याे प्रिमियम दर घटाउने निर्णय गरेको बताएको छ। पुरा पढौ

सुन एकैदिन २ हजार ८ सयले बढ्याे, चाँदीमा पनि बृद्धि

काठमाडाैं, २८ मंसिर । सुनको भाउ एकैदिन २ हजार ८ सयले बढेको छ । सुनसँगै चाँदीको भाउ पनि बढेको छ । याे दिन साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन हो । यसदिन नेपाली बजारमा सुनचाँदीको भाउ रूपैयाँ २ हजार ८ सयले बढको र चाँदी रूपैयाँ ५५ ले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुनमा रूपैयाँ २ हजार ८ सयले बढेर तोलाको १ लाख १८ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको… पुरा पढौ

संसदकाे प्रभावकारिता कर्मचारीको क्षमता र सक्रियतामा निहित हुन्छ : सभामुख घिमिरे

काठमाडौं, २८ मङ्सिर । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को प्रभावकारिता धेरै हदसम्म कर्मचारीको क्षमता र सक्रियतामा निहित हुने बताएका छन् । सङ्घीय संसद् सेवा दिवस, २०८० का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै सभामुख घिमिरेले संसद्लाई आवश्यक पर्ने जनशक्ति, सूचना, प्रविधि, भौतिक सामग्रीलगायत उपलब्ध गराउनु सङ्घीय संसद् सचिवालयको कार्य भएको उल्लेख गरे। संसद् सेवाको विशिष्ट कार्य प्रणालीले विधायिकी कार्य र संसदीय कामकारबाहीमा अविच्छिन्न सहयोग पुगेको उनको भनाइ छ । सभामुख घिमिरेद्वारा जारी सन्देशमा भनिएको छ, “स्थायी सरकारको रुपमा रहेका कर्मचारी… पुरा पढौ

नबिल र नेपाल एसबीआई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं, २८ मंसिर । नबिल बैंक र नेपाल एसबीआई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन बाँकी रहेकाे ति बैंकले जनाएका छन्। साधारण सभा प्रयोजनको लागि दुबै बैंकले शुक्रबार अर्थात मंसिर २९ बुक क्लोज गर्ने बताएका छन् । शेयरधनीहरूले लाभांश पाउन र साधारण सभामा सहभागिता जनाउनका लागि आज नेपाल स्टक एक्सचेन्जमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ । नबिल बैंक नबिल बैंकले सेयरधनीहरूलाई गएकाे आर्थिक वर्षको मुनाफाबाट ११ प्रतिशत लाभांश दिने भएकाे छ । बैंकले साे लाभांश अनुमाेदन गर्नका लागि… पुरा पढौ

रोजगारीको अवसर: आयोगले माग्याे ३ सय ८१ जना अधिकृत

काठमाडाैं, २८ मंसिर । जागिरकाे खाेजिमा रहेकाहरूकाे लागि प्रतिष्पर्धाबाट जािगर खाने माैका आएकाे छ । लोकसेवा आयोगले एकैपटक ३८१ जना अधिकृतका लागि दरखास्त आह्वान गरेपछि याे माैका जुरेकाे हाे । आयोगले सूचना प्रकाशित गरेर २७३ जना अधिकृतहरूकाे नियुक्तकाे लागि खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि दरखास्त आह्वान गरेकाे छ ।  यस्तै निजामतीतर्फ सामान्य प्रशासन, राजस्व, लेखा, लेखापरीक्षण, परराष्ट्र समूहमा २०३ जना, न्याय सेवा (न्याय, कानून र सरकारी वकिल समूह)तर्फ ६८ जना र मावअधिकार सेवातर्फ २ जना अधिकृत माग गरिएकाे छ । आयोगले… पुरा पढौ

जीवाष्म इन्धन युग ‘अन्तको सुरुआत’, कोप-२९ अजरबैजान र कोप-३० ब्राजिलमा हुने

काठमाडौं, २८ मङ्सिर । जीवाष्म इन्धनको युग ‘अन्तको’ सुरुआतको गर्ने सहमति गर्दै संयुक्त राष्ट्र सङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप–२८) आज सम्पन्न भएको छ । उत्सर्जन कटौती गरी न्यायपूर्ण विश्व निर्माणको आधार तयार गर्ने सहमति सम्मेलनबाट जुटेको हो । कोप–२८ सम्मेलन संयुक्त अरब इमिरेट्सको दुबईमा दुई साता अघि सुरु भएको थियो । सम्मेलनका दुई सय पक्ष राष्ट्रका वार्ताकारले ‘पहिलो विश्वव्यापी समीक्षा’को निर्णय विश्वव्यापी तापमान वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित राख्न जलवायु कार्यलाई तीव्र पार्ने उद्देश्यमा सहमति जनाएका छन् ।… पुरा पढौ