मुख्य समाचार

नेप्सेमा १७.९३ अंकको गिरावट, १ अर्ब बढीको कारोबार

काठमाडौं, १३ मंसिर । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजार नकारात्मक लयमा गएको छ । अन्य उपसमूह बाहेक सबै १२ वटैमा रातोका लागेको छ । सेयर नकारात्मक लयमा जाँदा लगानीकर्ताहरुको मनोबल घटेको छ नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १७.९३ अंकले घटेर १८७६.६० विन्दुमा झरेको छ । नेप्सेमा ०.९४ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स २.९६ अंकले घटेर ३५८.८९ विन्दुमा रहेको छ । यसदिन नेप्सेमा १३ उपसमूहरुमध्ये अन्य उपसमूहमा मात्रै हरियो लागेको छ । बाँकी १२ वटैमा… पुरा पढौ

इप्पानको प्रमुख कार्यकारीमा भीम गौतम नियुक्त

काठमाडौं, १३ मंसिर। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को प्रमुख कार्यकारी अधिकृतमा भीमप्रसाद गौतम नियुक्त भएका छन्। ऊर्जा उत्पादकहरुको छाता संस्था इप्पानले गौतमलाई बुधवार ३ वर्षका लागि प्रमुख कार्यकारीमा नियुक्त गरेको हो। इप्पान अध्यक्ष गणेश कार्कीले गौतमलाई प्रमुख कार्यकारीको रुपमा इप्पानमा स्वागत गर्दै, गौतमको कार्यकालमा इप्पानले नयाँ उचाईं हासिल गर्ने विश्वास व्यक्त गरे। इप्पानका नवनियुक्त प्रमुख कार्यकारी गौतमले पनि इप्पानलाई नयाँ उचाईं दिन आफूले सतप्रतिशत योगदान दिने बताए । काभ्रेपलाञ्चोकको बनेपाका गौतमसँग दुई दशक लामो पत्रकारिताको अनुभव छ भने पछिल्लो… पुरा पढौ

सेमेष्टर प्रणाली अनुसार सर्वोकृष्ट विद्यार्थी छुट्याउन नसक्दा त्रिविले ‘कुलपति पदक’ वितरण नगर्ने

काठमाडौं, १३ मङ्सिर । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले यस वर्षदेखि ‘कुलपति पदक’ वितरण नगर्ने भएको छ । प्रत्येक वर्ष त्रिवि दीक्षान्त समारोहमा प्रदान गर्दै आइरहेको उक्त पदक यसवर्षदेखि वितरण नगर्ने भएको हो । त्रिविका परीक्षा नियन्त्रक कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले सेमेष्टर प्रणाली अनुसार सर्वोकृष्ट अङ्क ल्याउने विद्यार्थी छुट्याउन नसकिएकाले कुलपति पदक वितरण नगर्ने जानकारी दिए। “स्नातकोत्तर तहको नौ सङ्कायमा सबैभन्दा बढी अङ्क ल्याउने एक जना विद्यार्थीलाई कुलपति पदक प्रदान गरिँदै आइरहेका थियौँ”, उनले भने, “सेमेष्टर प्रणालीमा ग्रेडिङका आधारमा नतिजा प्रकाशन… पुरा पढौ

शेयर बजारको आम्दानीबाट कलेजको शुल्क तिर्दै विद्यार्थी

नेपालगञ्ज, १३ मङ्सिर । बाँकेका विभिन्न कलेजमा अध्ययन गर्ने विद्यार्थीले शेयर बजारबाट आम्दानी गरेर शुल्क तिर्न थालेका छन् । खासगरी कलेजको व्यस्थापन सङ्कायको स्नातक तहका विद्यार्थीले शेयरमा लगानी गरेर मनग्य आम्दानी गर्न थालेको उनीहरू बताउँछन् । “हामीले प्राथमिक बजार (आइपिओ) मा लगानी गर्न सिकेर दोस्रो (सेकेन्डरी) बजारमा पनि लगानी गरेका छौँ,” नेपालगञ्जको अल्पाइन व्यवस्थापन कलेजका स्नातक तहका विद्यार्थी पारश तिमिल्सिनाले भने। उनले साथीहरू र गुरुको माध्यमबाट शेयर बजारको अध्ययन गरेर बजारको प्राथमिक र सेकेन्डरी बजारमा प्रवेश गरेको उल्लेख गर्दै आफू… पुरा पढौ

माथिल्लो कर्णालीमा राष्ट्रिय प्रसारण लाइन विस्तार

काठमाडाैं, १३ मङ्सिर। जुम्ला लगायत माथिल्लो कर्णालीका ५ वटा जिल्लामा थप राष्ट्रिय प्रसारण लाइन विस्तार गर्न नेपाल विद्युत् प्राधिकरण लागि परेको छ । प्राधिकरणको आयोजनामा जिल्ला प्रशासन कार्यालय जुम्लामा प्रस्तावित दैलेख कालिकोट–जुम्ला एक सय ३२ केभी प्रसारण लाइन तथा जुम्ला एक सय ३२ केभी सबस्टेसन निर्माण र जुम्ला तथा आसपासका जिल्लामा विद्युतीकरण विस्तार गर्ने तयारी गरिएको हो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जुम्लामा राष्ट्रिय प्रसारण लाइनको विस्तार भइसकेको जानकारी दिर्नु। “नियमितरूपमा विद्युत् सेवा प्रवाह गर्न अति आवश्यक… पुरा पढौ

टिकटक बन्द गरे नगरेकाेबारे जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई प्राधिकरणकाे २४ घण्टे अल्टिमेटम

काठमाडौं, १३ मङ्सिर । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरे/नगरेका विषयमा २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले एक सार्वजनिक सूचना प्रकाशित गरी २४ घण्टाभित्र टिकटक बन्द गर्ने निर्णय कार्यान्वयन भए/नभएकाबारे जानकारी दिन निर्देशन दिँदै यसअवधिमा जानकारी नदिने सेवा प्रदायकलाई दूरसञ्चार ऐन, २०५३ अनुसार अनुमति पत्र खारेजीलगायतको कारबाही गर्ने चेतावनी दिएको छ । यसअघि टिकटक बन्द गर्ने सरकारको निर्णय कार्यान्वयन गरी जानकारी गराउन सबै इन्टरनेट तथा मोबाइल सेवा प्रदायकलाई निर्देशन दिए पनि… पुरा पढौ

राष्ट्रियसभा बलियो भएपनि व्यवहारमा कमजोर: नेत्री नन्दा चपाईं

काठमाडाैं, १३ मङ्सिर । नेपालको संविधानले राष्ट्रियसभालाई स्थायी प्रकृतिको व्यवस्थापकीय अङ्गका रुपमा परिकल्पना गरेको छ । जहाँ अल्पसङ्ख्यक, सीमान्तकृत, लोपन्मुख समुदायको पनि राष्ट्रको शासन व्यवस्थामा सहभागिता गराई समावेशी र लोकतान्त्रिक शासन व्यवस्थाको अपरिहार्यता स्पष्ट पारिएको छ । प्रतिनिधिसभा विघटन हुँदाका बखत या मुलुकमा सङ्कट पर्दा होस् राष्ट्रियसभाले आवश्यक ऐन कानुन निर्माणमा महत्वपूर्ण भूमिका खेल्छ । यो सभा विधानतः मजबुत भए तापनि व्यवहारमा कमजोर बनाइएको राष्ट्रियसभा सदस्य एवं भौतिक यातायात तथा पूर्वाधार मन्त्रालयका राज्यमन्त्री नन्दा चपाईं बताउछिन्। राष्ट्रियसभा ऐन कानुन निर्माण… पुरा पढौ

ताेकिएकाे समयमा वित्तीय विवरण नबुझाउने जलविद्युत् र लघुवित्त सहितका ८८ कम्पनी कारबाहीमा

काठमाडाैं, १३ मंसिर । नेपाल धितोपत्र बोर्ड (सेबाेन)ले ताेकिएकाे समयमा वित्तीय विवरण नबुझाउने ८८ कम्पनीहरूलाई कारबाही गरेको छ । बोर्डले आर्थिक वर्ष २०७९-८० को चौथो त्रैमासिक वित्तीय विवरण ढिलो गरेर बुझाउने र विवरण नबुझाएका कम्पनीहरूलाई जरिवाना गरिएकाे छ। कारबाहीमा परेका कम्पनीहरूमा ६९ कम्पनीले ढिलाे गरेर वित्तीय विवरण बुझाएका पाइएकाे छ । उनीहरूलाई बोर्डले प्रतिकम्पनी ५० हजार रुपैयाँले जरिवाना गरेकाे छ । यस्तै वित्तीय विवरण नबुझाएका १९ कम्पनीलाई प्रति कम्पनी १ लाख रुपैयाँका दरले जरिवाना गरिएकाे छ । वित्तीय विवरण बुझाउन… पुरा पढौ

अब काठमाडौंमा सुर्तीजन्य पदार्थ बिक्रीवितरण पूर्ण निषेध

काठमाडौं, १३ मंसिर। काठमाडौं महानगरपालिकाले मंसिर २७ गतेदेखि आफ्नो ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीवितरण पूर्णरुपमा निषेध गर्ने भएको छ । कामपा स्वास्थ्य विभागका अनुसार २७ गतेदखि प्लाष्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गर्ने तयारी गरिएको छ। कामपा स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलका अनुसार (चुरोट, बिँडी, तमाखु, सुल्फा, कक्कड, प्लाष्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने) सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोग गर्न पाइने छैन । कसैले… पुरा पढौ

सुनकाे भाउ हालसम्मकै उच्च विन्दुमा, चाँदीको पनि बढ्यो

कठमाडौं, १३ मंसिर । सुनचाँदीको भाउ बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेर हालसम्मकै उच्च विन्दु कायम भएको हो । छापावाल सुनमा रुपैयाँ १६ सय तथा चाँदीमा रुपैयाँ २० ले बढेको छ। नेपाल सुनचाँदी व्यवसयाी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १६ सयले बढेर तोलाको १ लाख १९ हजार ३ सय रुपैयाँ पुगेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भएको… पुरा पढौ