मुख्य समाचार

म्याग्दीमा टिम्मुर खेती व्यावसायिक बन्दै

गलेश्वर (म्याग्दी), २४ कात्तिक । म्याग्दीमा टिम्मुर खेती व्यावसायिक बन्दै गएको छ । खेतबारीका कान्ला र बाँझो जग्गामा मात्रै होइन खेती योग्य जमिनमा समेत अरु खेती छोडेर यहाँका किसानले टिम्मुर खेती गर्न थालेका छन् । जिल्लाको बेनी नगरपालिकाको वडा नं ३ भकिम्ली, वडा नं ९ घतान, तोरीपानी र वडा नं १० पात्लेखेतसहित मालिका, मङ्गला र अन्नपूर्ण गाउँपालिकामा व्यवसायीकरुपमा टिम्मुर खेती गरिएको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ । अन्य अन्नबाली छोडेर खेतबारी, निजी तथा सामुदायिक वनमा समेत टिम्मुर खेती गर्न… पुरा पढौ

मुद्रास्फीति वाञ्छित सीमा बाहिर, विप्रेषण र विदेशी मुद्रा सञ्चिती बढ्यो

काठमाडौं, २४ कात्तिक । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनाको मुलुकको आर्थिक तथा वित्तीय स्थिति विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार गत असोज मसान्तसम्ममा मुद्रास्फीतिले वाञ्छित सीमा नाघेको छ भने विप्रेषण र विदेशी मुद्रा सञ्चितिमा उल्लेख्य सुधार भएको देखिएको छ । त्यस्तै, शोधनान्तर स्थिती पनि बचतमा देखिएको छ । राष्ट्र बैंकको प्रतिवेदनअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति सात दशमलव ५० प्रतिशत छ । चालु आर्थिक वर्षका लागि सरकारले मुद्रास्फीति साढे छ… पुरा पढौ

चितवनको सयपत्री र मखमली फूल हङकङ निर्यात

भरतपुर, २४ कात्तिक। चितवनमा उत्पादित सयपत्री र मखमली फूल हङकङ निर्यात गरिएको छ । कालिका नगरपालिका-२ पदमपुरका ३ जना दाजुभाइले उत्पादन गरेको १ हजार ३ सय माला र २ क्विन्टल खुद्रा फूल बिहीबार हङकङ पठाइएको हो । तिहारका लागि नेपालबाट पहिलो पटक सयपत्री फूल निर्यात गरिएको किसान गोविन्द बास्तोलाले जानकारी दिएका छन । “आठ सय वटा सयपत्री र पाँच सय वटा मखमली फूलका माला पठाएका छौँ । मालाबाहेक सयपत्री फूलको थुङ्गासमेत दुई क्विन्टल निर्यात गरेका छौँ”, बास्तोलाले भने, “चितवनबाट व्यावसायिक… पुरा पढौ

बौद्धिक सम्पत्ति संरक्षणबारे युवा उद्यमी तथा व्यवसायीलाई चेम्बरले दियाे प्रशिक्षण

काठमाडौं, २४ कार्तिक । नेपाल चेम्बर अफ कमर्सले बौद्धिक सम्पत्ति संरक्षण सम्वन्धमा युवा उद्यमी एवं व्यवसायीलाई प्रशिक्षण दिएको छ । बौद्धिक सम्पत्तिको संरक्षण एवं अन्तराष्ट्रिय अभ्यासबारे युवा उद्यमीलाई जानकारी दिने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको चेम्बरले जनाएकाे छ। काठमाडौंको जमलस्थित चेम्बर भवनमा बिहिबार आयोजना गरिएको प्रशिक्षणमा करिव ३ दर्जन युवा उद्यमीले सहभागिता जनाएका थिए । बौद्धिक सम्पत्ति संरक्षण समाजका कार्यबहाक अध्यक्ष विशु कुमार केसीले नेपालमा बौद्धिक सम्पत्ति संरक्षणको अवस्था, अन्तराष्ट्रिय अभ्यास लगायतका विषयमा युवा उद्यमीहरुलाई प्रशिक्षण दिएका थिए । बौद्धिक सम्पत्तिका… पुरा पढौ

प्रभु क्यापिटल र एस इन्ष्टिच्युट अफ म्यानेजमेन्ट बीच सहकार्य गर्ने समझदारी

काठमाडाैं, २४ कात्तिक । प्रभु क्यापिटल लिमिटेड र एस इन्ष्टिच्युट अफ म्यानेजमेन्ट कलेज बिच सहकार्य गर्ने सम्झाैता भएकाे छ । एस इन्ष्टिच्युट अफ म्यानेजमेन्ट कलेजका व्यवस्थापन विभागको स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुलाई थेसिस सम्बन्धि बिषय लगानी योजना, वित्तीय तथा जोखिम व्यवस्थापन सहित पूँजीबजारको सैद्धान्तिक तथा व्यवहारिक ज्ञान प्रदान गरी विद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्ने उद्देश्यले सहकार्य गर्ने सम्बन्धमा समझदारी पत्रमा सम्झौता भएको हो । साे सम्झाैतापत्रमा प्रभु क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत आशिष गौचन र एस इन्ष्टिच्युट अफ म्यानेजमेन्ट कलेजका… पुरा पढौ

सांसदको भूमिका प्रभावकारी हुन सकेको छैन: सांसद तामाङ

काठमाडौं, २४ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको उपनेता एवं सांसद बुद्धिमान तामाङ सांसदको भूमिका प्रभावकारी हुन नसकेको बताउछन्। “सङ्घीय संसद्जस्तो गरिमामय ठाउँमा विधायकले चुनावका समयमा जनतालाई दिएका आश्वासन पूरा गर्नुपर्ने बाध्यता एकातर्फ छ भने अर्कोतर्फ कानुन र नीति–निर्माण गर्नेछ । तर संसद्मा सांसदले उठाएका आवाजलाई सरकारले सुन्दैन । जुन समयमा जो बोले पनि त्यसको कार्यान्वयन हुँदैन । सांसदको भूमिका प्रभावकारी हुनसकेको छैन”, उनले भने। विशेषगरी सांसदले राष्ट्रको समग्र हितलाई हेरेर समयसापेक्ष आफ्नो भूमिका निर्वाह गर्नुपर्ने भए पनि… पुरा पढौ

धौलागिरी लघुवित्तले गर्याे लाभांश घोषणा

काठमाडौं, २४ कात्तिक । धौलागिरी लघुवित्त वित्तीय संस्थाले लगानीकर्तालाई १५ प्रतिशत लाभांश वितरण गर्ने बताएकाे छ । कम्पनीले २०७९–०८० को नाफाबाट १४.२५ प्रतिशत दिने भएकाे ५ । साथै कम्पनीले करकाे प्रयाेजनका लागि ०.७५ नगद लाभांशसहित १५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।  लघुवित्तले घाेषणा गरेकाे साे लाभांश नेपाल राष्ट्र बैंकले अनुमाेदन गरेपछि साथै संस्थाकाे आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण गरिने भएकाे छ ।  धौलागिरी लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्त वित्तीय संस्था गाभिएर गएकार्त असार २० गतेबाट एकीकृत… पुरा पढौ

चन्द्रागिरी हिल्सकाे नाफामा ६३ प्रतिशतले बृद्धि

काठमाडौं, २४ कात्तिक । चन्द्रागिरी हिल्सकाे नाफामा बृद्धि भएकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे यसै आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा बढेको देखिएकाे हाे। असोज मसान्तसम्ममा कम्पनीले २ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा ६३.०७ प्रतिशत बढी छ । गत आर्थिक वर्षमा कम्पनीकाे नाफा उक्त अवधिमा रुपैयाँ १ करोड ३१ लाख रहेकाे थियो। आम्दानीमा भएकाे बृद्धिले कम्पनीको खुद नाफा बढ्नमा सहयाेग पुगेकाे हाे… पुरा पढौ

सुनचाँदीको भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २४ काित्तक । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ १ हजार तथा चाँदीमा रुपैयाँ २० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १ हजारले बढेर तोलाको १ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १ हजारले बढेर तोलाको १… पुरा पढौ

किन थन्कियो १ अर्ब बढीकाे दुग्धजन्य पदार्थ ?

चितवन, २४ कात्तिक । भरतपुरको ठिमुरामा रहेको चितवन मिल्कका चिस्यान केन्द्र र गोदाम सबै दुग्धजन्य पदार्थले भरिएका छन् । बढीमा दुई दिन उत्पादन हुने वस्तुको भण्डारण गर्न सक्ने क्षमता उद्योगसँग छ । उद्योगका चिस्यान केन्द्रको प्यासेजसमेत दुग्धजन्य पदार्थले भरिएका छन् । यो उद्योगमा सहकारी र डेरी उद्योगले प्रशोधनका लागि ल्याएको दूध प्रशोधन गरेर पाउडर र बटर बनाउने गरिन्छ । उद्योगले प्रशोधन शुल्क लिएर दुग्धजन्य पदार्थ सम्बन्धित व्यक्तिलाई पठाउँछ । सहकारी र डेरी उद्योगले बिक्री गर्न नसकेपछि दुग्धजन्य पदार्थले गोदाम र… पुरा पढौ