मुख्य समाचार

उन्नति सहकार्य लघुवित्तकाे एफपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं, २४ कात्तिक । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले कात्तिक २१ गतेदेखि निष्काशन गरेको एफपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। संस्थाले सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्नका लागि एफपीओ जारी गरेको हो। लघुवित्तले १ करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँ बराबरको १ लाख ७८ हजार ४५१‍.१८ कित्ता एफपीओ खुलाएकाे हो। यसमा इच्छुक लगानीकर्ताले आज बैंकिङ्ग अवधिसम्म आवेदन दिन पाउनेछन्। यसका लागि घटीमा १० तथा बढीमा १ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ। एफपीओमा आवेदन सेबाेनबाट… पुरा पढौ

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको दर

काठमाडौं, २४ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । यूरोसहित अन्य देशहरूको मुद्राको भाउ पनि बढेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९६ पैसा र बिक्रिदर… पुरा पढौ

तनहुँ जलविद्युत आयोजनाका दुईवटा सबस्टेशन निर्माण

तनहुँ, २४ कात्तिक । ऋषिङ गाउँपालिका–१ झापुटारमा एक सय ४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाले दुईवटा सबस्टेशन निर्माण गरेको छ । घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३÷११ केभीका दुईवटा सबस्टेशन निर्माण गरी सञ्चालनमा ल्याएको छ । सबस्टेशनसम्म विद्युत् पुर्याउनका लागि ३३ केभी लाइन निर्माण गरिएको आयोजना प्रमुख राजाभाइ शिल्पकारले जानकारी दिए। विद्युत् आपूर्तिमा सहज बनाउन सबस्टेशन निर्माण गरिएको हो । तनहुँ जिल्लाको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न क्षमताका वितरण ट्रान्सफर्मर जडान र ११ केभी लाइन… पुरा पढौ

कोरियाका लगानीकर्तालाई नेपालमा थप पुँजी परिचालन गर्न आग्रह

काठमाडौं, २४ कात्तिक । लगानी बोर्ड नेपालको कार्यालय र नेपालस्थित गणतन्त्र कोरियाली राजदूतावासको सहकार्यमा काठमाडौँमा नेपाल—कोरिया लगानी कार्यशाला आयोजना गरिएको छ । कोरिया इन्टरनेसनल ट्रेड एसोसिएसनका कार्यकारी उपाध्यक्ष मार्न—कि जेओङ्को नेतृत्वमा नेपाल आएको प्रतिनिधिमण्डलको सहभागितामा उक्त सेमिनार आयोजना गरिएको थियो । प्रतिनिधिमण्डलमा कोरियन इनर्जी हेडक्वार्टर्स, कोरिया एपरल टेस्टिङ्ग एन्ड रिसर्च इन्स्टिच्यूट, कोरिया अप्टिकल इन्डस्ट्रि एजेन्सी र कोरिया एक्जिम बैंकको प्रतिनिधित्व थियो । सेमिनारलाई अप्रत्यक्ष रुपमा सम्बोधन गर्दै दक्षिण कोरिया सरकारका व्यापार, उद्योग तथा ऊर्जा मन्त्रालयका मन्त्री, डुक्जेन अहनले नेपाल र… पुरा पढौ

अरुण तेस्रो आयोजनाको प्रवेशमार्ग ७० दिनपछि खुल्यो

किमाथाङ्का (सङ्खुवासभा) २४ कात्तिक । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवेशमार्ग ७० दिनपछि खुलेको छ । अरुण तेस्रो प्रवेशमार्ग पीडितले गत भदौ १६ देखि बन्द गरेको आन्दोलन बिहिबारदेखि फिर्ता गरेका छन् । अरुण तेस्रो प्रवेशमार्ग पीडितको आन्दोलन फिर्तापछि विद्युत्गृहस्थलको सञ्चालन भएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए। मुआब्जावापतको रकम जिल्ला प्रशासनको खातामा जम्मा हुने भएपछि प्रवेशमार्गका पीडितले आन्दोलन फिर्ता गरेको प्रजिअ कार्कीले बताए। अरुण तेस्रो प्रवेशमार्गको आन्दोलन ७० दिनपछि फिर्ता लिएको केन्द्रीय सङ्र्घष समिति संयोजक… पुरा पढौ

पोखराको पर्यटन विकासमा प्राविधिक परामर्श सेवा सम्बन्धी समझदारी

पोखरा, २४ कात्तिक । पोखरा महानगरपालिका र अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) बिच कृषि, पर्यटन र आइटी क्षेत्रको विकासलाई प्रोत्साहन गर्न प्राविधिक परामर्श सेवा सम्बन्धी समझदारी भएको छ । समझदारी पत्रमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र (यूएसएआईडी) को तर्फबाट परियोजना प्रमुख एगनेस लुजले बिहीबार हस्ताक्षर गरे।  समझदारी अनुसार पोखरालाई पर्यटकीय हबका रूपमा विकास गर्न सहयोग पु¥याउने उद्देश्यले युएसएआइडी टी एन्ड सिले २ वर्षसम्म प्राविधिक परामर्श सेवा प्रदान गर्नेछ । आगामी नोभेम्बर १, २०२३ देखि डिसेम्बर ३०, २०२५ सम्म प्राविधिक… पुरा पढौ

कर सङ्कलनका लागि काठमाडौं महानगरपालिकाले थाल्याे स्थलगत अनुगमन

काठमाडौं २३ कात्तिक। काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा वडास्तरीय राजस्व अनुगमन थालेको छ । कामपाका अनुसार मुख्य गरी लामो समयदेखि करको दायरामा नआएका करदाताको विवरण सङ्कलन गर्नका लागि स्थलगत अनुगमन थालिएको हो । कामपाको राजस्व विभागका प्रमुख धुव्र काफ्लेले सम्पत्ति कर, वहाल कर र व्यवसाय कर बुझाउनुपर्ने दायित्व भएका करदातामध्ये अग्रिम कर बुझाउनेप्रति आभार प्रकट गर्न, छुट सुविधाका विषयमा जानकारी दिन, कर नियमित तिर्नका लागि प्रोत्साहन गर्न वडामा स्थलगत अनुगमन सुरु गरिएकोे जानकारी दिएका छन । प्रत्येक वडाले वडा सदस्यको… पुरा पढौ

नेप्सेमा ११.८५ अंकको गिरावट, साढे ८३ करोडको कारोबार

काठमाडौं, २३ कात्तिक । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहिबार नेपाली सेयर बजार ओरालोको यात्रामा गएको छ । एकदिन बढी टिक्न नसकेको सेयर बजार राताम्मै भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ११.८५ अंकले घटेर १८५२.०८ विन्दुमा झरेको छ । नेप्सेमा ०.६३ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स १.३६ अंकले घटेर ३५७.०४ विन्दुमा रहेको छ । १३ उपसमूहहरु सबै राताम्मै भएका छन् । यसदिन कुल २८२ कम्पनीहरुको सेयरकारोबार भएको छ । उनीहरुको २८ लाख ३३ हजार ७३१ कित्ता… पुरा पढौ

नेपालमा लगानी बिस्तार गर्न अन्तर्राष्ट्रिय बैंकरलाई अर्थमन्त्री डा महतकाे आग्रह

काठमाडौं, २३ कात्तिक । एशियन बैंकर सङ्घको सम्मेलन काठमाडौँमा सुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय बैंकरलाई आग्रह गरे। विश्व बैंक, एशियाली विकास बैंकलगायतले ठूला परियोजनामा लगानी गरिरहेकाले लगानीको वातावरण रहेको भन्दै उनले जलविद्युतलगायत क्षेत्रमा लगानीको सम्भावना रहेको उल्लेख गरे। उनले कोभिडपछिको अर्थतन्त्रको पुनरुत्थान र दीगो बिकासका लागि सम्मेलन फलदायी हुनेमा विश्वास व्यक्त गरे। कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महप्रसाद अधिकारीले नेपाली बैंकले छोटो समयमा प्रगति गरेको भन्दै डिजिटल बैंकिङमा जोड दिए।… पुरा पढौ

कक्षा १२ को पुरक परिक्षाको नतिजा प्रकाशित

काठमाडौं, २३ कात्तिक । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको नतिजा आज प्रकाशित गरेको छ । बोर्डले आज एक विज्ञप्ति प्रकाशित गरी राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरद्वारा गत असोज ९ र १० गते सञ्चालन भएको कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको नतिजा प्रकाशित गरिएको जनाएको छ । परीक्षामा कुल एक लाख १७ हजार आठ सय ८२ विद्यार्थीले परीक्षा दिएकोमा जसमा ८८ हजार नौ सय ४७ अर्थात ७५ दशमलव ४५ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेको… पुरा पढौ