मुख्य समाचार

आरम्भ चौतारी लघुवित्तकाे नाफा र इपीएस दुबै घट्याे

काठमाडाैं, २३ कात्तिक । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाकाे खुद नाफा घटेको छ। संस्थाकाे सार्वजनिक भएकाे यस आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा घटेको हाे। चालु आर्थिक वर्षको असोजसम्ममा लघुवित्तले २५ लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएकाे हाे । गएकाे वर्ष याे नाफा ११.३० प्रतिशतले कम भएकाे छ। गएकाे वर्ष याे नाफा साेहि अवधिमा रूपैयाँ २८ लाख ६८ हजार रहेकाे थियो। संस्थाकाे खुद ब्याज आम्दानीमा सामान्य सुधार भएकाे छ ।… पुरा पढौ

अमेरिकी डलरको भाउ बढ्यो, यूरो घट्यो, अन्यको कति ?

काठमाडौं, २३ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ बढेको छ । यूरोसहित अन्य देशहरूको मुद्राको भाउ घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ९४ पैसा र बिक्रिदर १३३… पुरा पढौ

विपद् जोखिम आवास बीमा गर्न सरकारसँग माग

कर्णाली, २३ कात्तिक । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सचिवालयको बैठकले विपद् जोखिम आवास बीमा गर्न सरकारसँग माग गरेको छ । प्रदेश तथा जिल्ला इञ्चार्ज, केन्द्रीय सदस्य तथा प्रदेश अध्यक्षसहित बुधबार बसेको प्रदेश सचिवालयको बैठकले पश्चिम नेपालमा सम्भावित विनाशकारी भूकम्पको उच्च जोखिमलाई मध्यनजर गर्दै सम्पूर्ण नागरिकका लागि विपद् जोखिम आवास बीमा तथा प्राकृतिक विपद् जोखिम सामूहिक दुर्घटना बीमा गर्न सङ्घीय सरकारसँग माग गर्ने निर्णय गरेको माओवादी केन्द्रका उपपहासचिव तथा कर्णाली प्रदेश इञ्चार्ज मातृकाप्रसाद यादवले जानकारी दिए। यही कात्तिक १७ गते… पुरा पढौ

डिप्रोक्स लघुवित्तकाे नाफा घट्याे, इपीएस कति ?

काठमाडाैं, २३ कात्तिक । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाकाे नाफा यस पटक केहि घटेकाे छ । संस्थाकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरणका अनुसार खुद नाफा गएकाे आर्थिक वर्षको भन्दा घटेकाे छ। यस आर्थिक वर्षको असोजसम्म संस्थाले ८ करोड ८२ लाख रुपैयाँ नाफा कमाएकाे छ । यो नाफा गएकाे वर्षको सोही अवधिकोभन्दा १०.९६ प्रतिशतले कमी हो । साे अवधिमा लघुवित्तकाे नाफा ९ करोड ९१ लाख ३० हजार रुपैयाँ थियाे । खुद ब्याज आम्दानीमा सामान्य सुधार भएपनि इन्मपेरमेन्ट चार्ज… पुरा पढौ

पोखराको लेकसाइड अब २४ सै घण्टा खुल्ने

कास्की, २३ कात्तिक। पर्यटकीय नगरी पोखराको लेकसाइड अब २४ सै घण्टा खुल्ने भएको छ। उच्च अदालत पोखराले पर्यटकीय क्षेत्र लेकसाइडलाई २४ घण्टा नै खुला गर्न दिन अल्पकालीन आदेश दिएको हो । उच्च अदालत पोखराका कायममुकायम मुख्य न्यायाधीश राजनप्रसाद भट्टराईको एकल इजलासले लेकसाइडमा भएका व्यापार व्यवसाय निरन्तर खोल्न दिन जिल्ला प्रशासन कार्यालय कास्कीलाई अन्तरिम आदेश दिएको छ । यसअघि व्यापार, व्यवसाय सञ्चालनमा रोक नलगाउन मागसहित स्थानीय देवीकुमारी बरालले अदालतमा निवेदन दिएकी थिइन। बरालले दिएको रिट निवेदन उपर बहसपछि अदालतले अन्तिम निर्णय… पुरा पढौ

यस्ताे छ आगामी ३ दिनकाे माैसम पूर्वानुमान

काठमाडाैं, २३ कात्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएकाे छ। देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ।  कार्तिक २३ गते (बिहीबार) दिउँसो ː देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राती : देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको… पुरा पढौ

यस्ताे छ एमालेकाे ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’

काठमाडौं, २३ कात्तिक । सामाजिक सद्भाव र एकतालाई बलियो बनाउने उद्देश्यले नेकपा(एमाले)ले मङ्सिर १४ गतेदेखि बैतडीको झुलाघाटबाट मध्यपहाडी लोकमार्गकेन्द्रित ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ गर्ने भएको छ । एमालेको सचिवालय बैठकले राष्ट्रिय एकताको सवल आधार निर्माण गर्ने उद्देश्यले १५ दिने अभियान आयोजना गर्ने निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले बताए। अभियान बैतडीको झुलाघाटबाट मध्यपहाडी लोकमार्गकेन्द्रित हुनेछ । बैतडीको झुलाघाटमा पार्टी अध्यक्ष केपी ओलीले राष्ट्रिय झण्डा फहराएर अभियानको प्रारम्भ गर्ने कार्यक्रम रहेको छ । उपमहासचिव ज्ञवालीले अभियानबाट पहाडबाट भइरहेको तीव्र बसाइँसराइँका कारणको… पुरा पढौ

व्यापार सन्तुलन गर्न नेपालमा कोरियाली लगानी आवश्यक छ : अध्यक्ष ढकाल

काठमाडौं, २२ कात्तिक । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र दक्षिण कोरियाबीचको बढ्दो व्यापार असन्तुलन कम गर्न द्विपक्षीय लगानीसम्बन्धी साझेदारीमा जोड दिएका छन् । आज आयोजित नेपाल कोरिया लगानी सम्मेलनलाई सम्बोधन गर्दै उनले कोरियाबाट नेपालतर्फ हुने आयातको तुलनामा नेपालको निर्यात निकै कम रहेकाले व्यापार सन्तुलनका लागि नेपालमा कोरियाली लगानी आवश्यक भएकाे बताए । ऊर्जा, पर्यटन, कृषि प्रशोधन र आइसिटीजस्ता क्षेत्रमा लगानी साझेदारी बढाउन सकिने भन्दै अध्यक्ष ढकालले यी क्षेत्रहरू नेपाली अर्थतन्त्रको मेरुदण्ड रहेको पनि उल्लेख गरे। नेपालमा… पुरा पढौ

नेप्सेमा ५.१७ अंकको बृद्धि, कारोबार ७८ करोडमा सिमित

काठमाडौं, २२ कात्तिक । लागातार दाेश्राे दिन पनि सेयर बजार उकालोको यात्रामा गएको छ । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार आज नेपाली सेयर बजारमा ५.१७ अंकको बृद्धि भएको छ । यसरी बढेको नेप्से १८६३.९४ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.२७ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.२१ अंकले बढेर ३५८.४० विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये चार वटामा रातो लागेको छ । बाँकी ९ वटा उपसमूहहरुमा भने हरियो लागेको छ । कुल २८८ कम्पनीहरुको सेयर कारोबार भएको छ ।… पुरा पढौ

चीनबाट भूकम्पपीडितका लागि प्राप्त राहत सामग्री सरकारद्वारा ग्रहण

पाेखरा, २२ कात्तिक । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चीन सरकारले भूकम्पपीडितका लागि प्रदान गरेको राहत सामग्री ग्रहण गरेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज आयोजित आपत्कालीन सहयोग हस्तान्तरण समारोहमा नेपालका लागि चिनियाँ राजदूत छन् सोङले चीन सरकारले प्रदान गरेका राहत सामग्री उपप्रधानमन्त्री श्रेष्ठलाई हस्तान्तरण गरे । चीनले पीडितका लागि प्रदान गरेका उच्च गुणस्तरका ब्ल्याङ्केट, टेन्टलगायत सामग्री चीनको छेन्दु विमानस्थलबाट दुईवटा विमानमार्फत आज पोखरा विमानस्थलमा ल्याइएको हो । सहयोग हस्तान्तरण समारोहमा उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले नेपाललाई सङ्कट पर्दा जहिले पनि… पुरा पढौ