मुख्य समाचार

यसरी नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा

काठमाडौं, २२ साउन । कुनै समय कर्मचारीलाई तलब खुवाउन नसक्ने र १० वर्षसम्म पूर्ण रूपमा बन्दप्रायः बनेको सरकारी स्वामित्वको 'नेपाल औषधि लिमिटेड' २५ वर्षपछि पुनः नाफामा फर्किएको छ। आर्थिक वर्ष २०८१/८२ मा रु १० करोडभन्दा बढी घाटामा रहेको लिमिटेडले आव २०८२/८३ मा रु तीन करोड नाफा आर्जन गर्न सफल भएको छ। यसअघि पछिल्लो पटक विक्रम संवत् २०५८ मा रु १२ करोडको औषधि बिक्री गरी नाफा कमाउँदा कर्मचारीलाई बोनस वितरण गरिएको थियो। सुधारको मुख्य आधार: जिएमपी मापदण्ड र जिटुजी मोडल संस्थाका… पुरा पढौ

नेप्से १३.८२ अंकले घट्यो, कारोबार ४ अर्ब ६२ करोड नाघ्यो

काठमाडौं, २१ साउन । अघिल्लो कारोबार दिन सामान्य बढेको शेयर बजार बिहीबार भने घटेर बन्द भएको छ। यस दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १३.८२ अंकले घटेर २६५४.१५ विन्दुमा झरेको छ। नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स २.६२ अंक, फ्लोट इण्डेक्स १.०३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.९१ अंकले ओरालो लागेका छन्। बजार घटेपनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा सुधार आएको छ। बुधबार ४ अर्ब ४० करोडको कारोबार भएकोमा बिहीबार ३४७ कम्पनीको १ करोड ८ लाख ४ हजार कित्ता शेयर ४ अर्ब… पुरा पढौ

ज्योति विकास बैंकको खुद नाफा ९०५.७५ प्रतिशतले बृद्धि

काठमाडौं, २१ साउन । ज्योति विकास बैंक लिमिटेड (JBBL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रूपमा वृद्धि भएको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले १ अर्ब ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको (१० करोड २० हजार रुपैयाँ) तुलनामा ९०५.७५ प्रतिशतको फराकिलो वृद्धि हो। नाफा वृद्धिको मुख्य कारण ब्याज आम्दानीमा भएको सामान्य सुधारका साथै… पुरा पढौ

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा साह नियुक्त

काठमाडौं, २१ साउन। नेपाल आयल निगमको कार्यकारी निर्देशकमा नागेन्द्र साह नियुक्त हुनुभएको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले उहाँलाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले राससलाई जानकारी दिनुभयो । धनुषाको नगराइन नगरपालिका–३ निवासी चार्टर्ड एकाउन्टेन्ट साहले यसअघि निगमको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिसक्नुभएको छ । साह खुला प्रतिस्पर्धाबाट निगमको कार्यकारी निर्देशकमा चयन हुनुभएको हो । निगमको कार्यकारी निर्देशक नियुक्तिको सिफारिस गर्न गठित समितिले यही साउन १७ गते उक्त पदमा नियुक्तिका लागि साहसहित प्यूठानका कौशल… पुरा पढौ

राष्ट्रियसभाको बैठक (Live)

काठमाडौं, २१ साउन। राष्ट्रियसभाको आजको बैठक सुरु भएको छ । राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने सम्भावित कार्यसूची छ । संसद् सचिवालयका अनुसार महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यक्रम दिने कार्यसूची छ । https://youtu.be/r55P2XSklvQ त्यसैगरी, नेपाली कांग्रेसकी सदस्य कमला पन्तले ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी सम्बन्धमा’ गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नुहुने छ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले ‘सङ्क्रामक… पुरा पढौ

गरिमा विकास बैंकको नाफा ३५ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा १ अर्ब २१ करोड बढी

काठमाडाै, २१ साउन । गरिमा विकास बैंक लिमिटेडको खुद नाफामा उल्लेख्य वृद्धि भएको छ। बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ३५.३४ प्रतिशतले बढेर १ अर्ब ६८ करोड ८६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष बैंकले १ अर्ब २४ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। प्रमुख वित्तीय सूचकहरू: खुद नाफा: ३५.३४% ले बढेर १ अर्ब ६८ करोड ८६ लाख रुपैयाँ खुद ब्याज आम्दानी: ३ अर्ब ६१… पुरा पढौ

चालु आवदेखि लागु हुने तलबमान सार्वजनिक

काठमाडौं,२१ साउन। अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८३/८४ को यही साउनदेखि लागु हुने तलबमान सार्वजनिक गरेको छ । यही साउन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ तलबमान, ग्रेड, प्राविधिक ग्रेड र प्रोत्साहन भत्तासम्बन्धी निर्णय गरेको थियो । गत जेठ १५ गते बजेटमार्फत सरकारले १० प्रतिशत तलबमान वृद्धि गर्ने र १० प्रतिशत प्रोत्साहन भत्ता दिने घोषणा गरेको थियो । मन्त्रालयले बुधबार सरकारी निकायलाई गरेको पत्राचारमा नयाँ तलबमानको विषयमा जानकारी गराएको हो । निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल… पुरा पढौ

कृषि विकास बैंकको नाफा २९.५२% ले घट्यो, निक्षेप र कर्जा विस्तारमा उल्लेख्य वृद्धि

काठमाडाैं, २१ साउन। कृषि विकास बैंक लिमिटेड (ADBL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा बैंकको खुद नाफा तथा लाभांश क्षमतामा गिरावट आएको छ भने निक्षेप, कर्जा र असुलीका सूचकहरूमा सुधार देखिएको छ। नाफा र आम्दानीमा संकुचन खुद नाफा: अघिल्लो आर्थिक वर्षको ३ अर्ब ७३ करोड २४ लाख रुपैयाँबाट २९.५२ प्रतिशतले घटेर २ अर्ब ६३ करोड ६ लाख रुपैयाँमा सीमित भएको छ। खुद ब्याज आम्दानी:… पुरा पढौ

कालिन्चोक दर्शनको नाफा १०५ प्रतिशतले बढ्यो

काठमाडाैं, २१ साउन । दोलखाको प्रसिद्ध पर्यटकीय तथा धार्मिक स्थल कालिन्चोकमा केवलकार सञ्चालन गर्दै आएको कालिन्चोक दर्शन लिमिटेड (KDL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको खुद नाफा, सञ्चालन आम्दानी तथा जगेडा कोषमा ठूलो सुधार आएको छ। प्रमुख वित्तीय सूचकहरू खुद नाफा: अघिल्लो वर्षको २ करोड ८१ लाख २० हजार रुपैयाँबाट १०५.१४ बढेर ५ करोड ७६ लाख ८४ हजार रुपैयाँ पुगेको छ। केबुलकार आम्दानी:… पुरा पढौ

‘डिजिटल’ बन्दै खुला बजार कारोबार

काठमाडौं, २१ साउन। नेपाल राष्ट्र बैङ्कले खुला बजार कारोबार सञ्चालनलाई थप प्रभावकारी, पारदर्शी र प्रविधिमैत्री बनाउन ‘खुला बजार कारोबारसम्बन्धी कार्यविधि, २०७८ (नवौँ संशोधन, २०८३)’ लागू गरेको छ । संशोधित कार्यविधिले खुला बजार कारोबारका मौद्रिक उपकरणको प्रयोग, बोलकबोल प्रक्रिया, धितोपत्र व्यवस्थापन, भुक्तानी, अनलाइन सहभागिता तथा दीर्घकालीन तरलता व्यवस्थापनसम्बन्धी प्रावधानलाई थप स्पष्ट र व्यवस्थित बनाएको छ । केन्द्रीय बैङ्कले खुला बजार कारोबारलाई मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनका प्रमुख उपकरणका रूपमा प्रयोग गर्दै आएको छ । खुला बजारमा नियमित र संरचनागत गरी दुई वर्गमा… पुरा पढौ