मुख्य समाचार

जाजरकोटका भूकम्प प्रभावितका लागि एनआईसी एशिया बैंकद्धारा ५१ लाख सहयोग

काठमाडौं, २० कात्तिक । एनआईसी एशिया बैंक लिमिटेडले जाजरकोट भूकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा ५१ लाख नगद सहयोग प्रदान गरेको छ । उक्त रकमको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गरेका छन । कात्तिक १७ गते राती कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्र विन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुमपश्चिम लगायत वरपरका जिल्लामा परेको ठूलो जनधनको क्षतिमा राहत उपलब्ध गराउन उक्त… पुरा पढौ

१६औं योजनाका लागि प्रदेशगत छलफलमा योजना आयोग

काठमाडौं, २० कात्तिक । राष्ट्रिय योजना आयोगले १६औँ योजनाका लागि प्रदेशगत रुपमा छलफल सुरु गरेका छ । सातै प्रदेशमा जाने योजना अनुरुप योजना आयोगले छुट्टाछुट्टै टोली बनाएर छलफलका लागि पठाएको हो । आयोगले आज सोमबार मधेश प्रदेशसहितका ठाउँहरुमा छलफल गर्दैछ । मधेश प्रदेशको जनकपुरमा भइरहेको छलफलमा मधेश प्रदेश सरकारका मूख्यमन्त्रीसहित स्थानीय तह र निजी क्षेत्रका प्रतिनिधिहरु समेत सहभागी छन् । आयोगका प्रवक्ता यमलाल भुसालका अनुसार १६औँ योजनाको मस्यौदाका बारेमा सबै प्रदेशमा आयोगका सदस्यको नेतृत्वमा टोली परिचालन गरिएको छ । कर्णाली… पुरा पढौ

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त

काठमाडौं, २० कात्तिक। नेपालको सबैभन्दा ठुलो बाणिज्य बैंक ग्लोबल आइएमई बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा सुमन पोखरेल नियुक्त भएका छन् । बैंक तथा वित्तीय क्षेत्रमा दुइ दशक लामाे कार्य अनुभव भएका पोखरेललाइ बैंक संचालक समितिको आईतबार बसेको बैठकले नायव प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेकाे हो । पाेखरेलले यस अघि आइएमई ग्रुपको बरिष्ठ उपाध्यक्षको भुमिकामा रहि कार्य सम्पादन गरिसकेका छन । नेपालको पहिलो रेमिट्यान्स कम्पनी आइएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रहेर उक्त कम्पनीलाई थप उचाईमा पुर्याउन उनकाे महत्वपुर्ण… पुरा पढौ

कानुन निर्माणमा ध्यान नदिएको आरोप खेपिरहेका छौं : सांसद बलम्पाकी

काठमाडौं, २० कात्तिक । “जनताका जे जस्ता माग र आवश्यकता लिएर आइएको थियो। त्यो सम्बोधन नभएको अनुभव छ। विधेयकमै पनि सही थाप्नेजस्तो मात्र भएको छ। यस अवस्थामा पनि जिल्ला र राष्ट्रका जल्दाबल्दा विषय सदनमा शून्य, विशेष र आकस्मिक समयमा निरन्तर उठाउँदै आएकी छु । नेकपा (एमाले) की नेत्री रणकुमारी बलम्पाकी मगर यसरी जनताका माग र आवश्यकता सम्बोधन नभएकामा असन्तुष्टि पोख्दै आफूहरूले कानुन निर्माणमा ध्यान नदिएको आरोप खेप्दैआएको बताउछिन्। उनले सांसदको मुख्य काम अहिले करिब ४० कानुन तत्काल बनाउनैपर्ने रहेकामा किन… पुरा पढौ

भारत सरकारबाट प्राप्त राहत सामग्री भूकम्प प्रभावित क्षेत्रमा पठाइयो

बाँके, २० कात्तिक । भारत सरकारबाट प्राप्त २ ट्रक राहत सामग्री र सुरक्षाकर्मीसहितको टोली नेपालगञ्ज विमानस्थलबाट भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमतर्फ पठाइएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं ३० गण बाँकेका सशस्त्र प्रहरी सहायक निरीक्षक विनोदसिंह सिख र नेपाल प्रहरीका सहायक हवल्दारको कमाण्डमा राहत सामग्री आज बिहान साढे ९ बजे प्रभावित क्षेत्रतर्फ पठाइएको हो । “भूकम्पपीडितका लागि भारत सरकारबाट प्राप्त दुई ट्रक राहत सामग्री र सशस्त्र प्रहरी र नेपाल प्रहरीको… पुरा पढौ

सोमबार सुनको भाउ घट्यो, चाँदीको स्थिर

काठमाडौं, २० कात्तिक । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनको भाउ घटेको छ । चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ५ सयले घटेको छ । चाँदीमा शुक्रबारकै भाउ कायम भएको छ । छापावाल सुनमा रुपैयाँ ५ सयले घटेर तोलाको १ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख १५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन… पुरा पढौ

पाँचखालमा ‘जापानिज’ प्रविधिमा प्राङ्गारिक मल उत्पादन

काभ्रेपलाञ्चोक, २० कात्तिक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको सहकार्यमा जापानिज प्रविधिबाट प्राङ्गारिक (कम्पोस्ट)मल उत्पादन थालिएको छ । वडा नं ४ स्थित जिरोकिलोमा स्थापित प्राङ्गारिक मल केन्द्रको आइतबार एक कार्यक्रमकाबीच नगर प्रमुख महेश खरेलले उद्घाटन गरे । पाँचखाल नगरमा निस्कने कुहिले फोहर सङ्कलन तथा गोबर सुली, पातपतिङ्गरको प्रयोगबाट जापानिज प्रविधिद्वारा प्राङ्गारिक मल उत्पादन सुरु गरिएको हो । केन्द्रले नेपाल सरकारको मापदण्डअनुसार जापानिज प्रविधि (सिएनबीएम)मा मल उत्पादन गरिने रिकिशी कम्पोस्ट प्रालिको प्रबन्ध निर्देशक उषा गिरीले बताइन। उनले कार्बन, नाइट्रोजन, मिनरल्स् र ब्याक्टेरियाको समिष्रणबाट… पुरा पढौ

तिहारमा सुनको असर्फी र चाँदीकाे सिक्का बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं, २० कात्तिक । नेपाल राष्ट्र बैंकले तिहारको अवसरमा सुनका असर्फी र चाँदीका सिक्का (मेडालियन) बिक्रीमा ल्याएको छ । तिहारको अवसरमा बैंकबाट सुनका असर्फी र चाँदीका सिक्का (मेडालियन) प्रतिव्यक्ति बढीमा सुनको असर्फी १ सेट दिईने भएको छ । यस सेटमा १० ग्राम, ५ ग्राम र २५ को तौल हुनेछ । यस्तै चाँदीका सिक्का (मेडालियन) १ सेटमा गाई अंकित २५ ग्राम, गाई अंकित १० ग्राम र लक्ष्मी अंकित १० ग्रामको सिक्का रहेको छ । साथै गणेश अंकित १० ग्राम, गजलक्ष्मी अंकित… पुरा पढौ

नेपालको दिगो विकासका लागि विश्व बैंकले सघाउने

काठमाडौं, २० कात्तिक । विश्व बैंकले जाजरकोट भूकम्पबाट प्रभावित भएका जनतालाई तत्काल सहयोग गर्न उपलब्ध कोषबाट स्रोत परिचालन गर्ने भएको छ । नेपालको चारदिने भ्रमण पूरा गरी अमेरिका प्रस्थान गर्नुअघि विश्व बैंकका प्रबन्ध निर्देशक आना जेर्डीले भूकम्पपीडितका निम्ति नेपाल सरकारबाट हुने प्रयासमा बिश्व बैंकले स्रोत परिचालन गर्ने बताइन्। दक्षिण एसियाका लागि बैंकका उपाध्यक्ष मार्टिन रेजरसँगै चारदिने भ्रमणमा रहेकी उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर नेपालको दिगो एवम् समावेशी विकासका लागि बैंकले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्। यहाँस्थित विश्व बैंकको कार्यालयका… पुरा पढौ

भूकम्पपीडितलाई आइएमई ग्रुपको १ करोड ५० लाख सहयोग

काठमाडौं, २० कात्तिक । ग्लोबल आइएमई बैंक, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स र आइएमई लिमिटेडलगायत आइएमई ग्रुपबाट प्रवर्धित कम्पनी तथा आइएमई फाउन्डेसनमार्फत भूकम्पपीडितका लागि रु एक करोड ५० लाख नगद सहयोग प्रदान गरिने भएको छ । जाजरकोट, रुकुम पश्चिमलगायत जिल्लाका प्रभावित क्षेत्रमा उद्धार तथा राहत सामग्री वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरिने समूहले जानकारी दिएकाे छ । पुरा पढौ