मुख्य समाचार

काभ्रे कुशादेवीमा प्याराग्लाइडिङको व्यावसायिक उडान शुरू

काभ्रे, १९ कात्तिक । काभ्रे जिल्लाकाे कुशादेवीमा प्याराग्लाइडिङको व्यावसायिक उडान शुरू भएकाे छ । पनौती नगरपालिका–२ कुशादेवीमा रहेको फुल्चोकी एड्भेन्चर प्रालिद्वारा सञ्चालित प्याराग्लाइडिङको व्यावसायिक उडानको शनिबार नागीडाँडामा शुभारम्भ गर्नुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको पर्यटन नेपालीपनकै हुनुपर्ने बताएका थिए । उनले प्याराग्लाइडिङबाट रोजगार सिर्जना हुने प्रशस्त सम्भावना रहेको बताए । नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको छ , यसलाई स्थानीय स्वाद, स्वामित्व र स्थानीयपनसहित व्यवसाय सञ्चालन गर्नुपर्नेमा मन्त्री किरातीले जाेड दिए । पर्यटनको क्षेत्रमा एड्भेन्चर, कल्चर र नेचर… पुरा पढौ

सडक मर्मतमा सहयोग पुर्याउदैं नेपाली सेना

खोटाङ, १९ कात्तिक। नेपाली सेना स्थानीय बासिन्दासँगै सडक मर्मतका लागि श्रमदान अभियानमा जुटेका छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डमा पर्ने पङ्खुखोला नजिकको सडक मर्मतका स्थानीय बासिन्दाले सुरुआत गरेको श्रमदान अभियानमा गोरखनाथ गणका २५ जवान दैनिकरूपमा खटिएका हुन् । दिक्तेलबाट सेकुवाखोलासम्म उक्त सडक कालोपत्र भइसकेको छ । तर बीचमा पर्ने पङ्खुखोलामा पुल निर्माणका लागि छाडिएको करिब दुई सय मिटर सडकमा समस्या हुन थालेपछि शुक्रबारदेखि श्रमदानमार्फत मर्मत गर्न थालिएको हो । दिक्तेल–चखेवाभञ्ज्याङ सडकखण्डअन्तर्गत पङ्खुखोला नजिकको सडकमा सडकमाथिबाट खसेको पहिराले हिलाम्मे हुने गरेकाले… पुरा पढौ

भूकम्प मापन केन्द्रको टोली जाजरकोट पुग्याे

काठमाडौं, १९ कात्तिक । जाजरकोटमा शुक्रबार राति गएको भूकम्पको थप अध्ययन एवं अनुसन्धान गर्न भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरको टोली त्यहाँमा पुगेको छ । केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारी सहितको टोली अनुसन्धान गर्न शनिबार जाजरकोट पुगेको हो । उक्त टोलीले भूकम्पका बारेमा समग्र अध्ययन तथा अनुसन्धान गर्ने खानी तथा भूकम्प विभागका महानिर्देशक रामप्रसाद घिमिरेले जानकारी दिनुभयो । “कति गहिराइबाट भूकम्प गएको छ, कुन दिशामा बढी क्षति पुगेको छ, भूकम्पले कस्ता घरमा क्षति पुगेको छ भन्नेबारे उक्त टोलीले अध्ययन… पुरा पढौ

विनिमय सञ्चिति पर्याप्तताको फाइदा लिन सक्नुपर्छः गभर्नर

काठमाडौं, १८ कात्तिक । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपालको वाह्य क्षेत्र सबल स्थितिमा रहेको हुँदा त्यसको फाइदा देशले लिन सक्नुपर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १५ औं वार्षिकोत्सव अवसरमा आयोजित कार्यक्रममा गभर्नर अधिकारीले नेपालसँग एक वर्षभन्दा बढीको आयात धान्ने विदेशी विनिमय सञ्चिति रहेको भन्दै त्यसबाट लाभ लिनुपर्ने बताएका हुन् । ‘१२ महिनाको आयात र साढे १० महिनाको आयात तथा सेवाका लागि पर्याप्त सञ्चिति सबल अर्थतन्त्र भएको मुलुकसँग पनि हुँदैन,’ अधिकारीले भने । उनले बजारलाई नियमन… पुरा पढौ

उद्धारमा परिचालन भएका जहाजलाई निगमको निःशुल्क इन्धन

काठमाडौँ, १८ कात्तिक : नेपाल आयल निगमले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारका निम्ति परिचालन भएका हवाइजहाज तथा हेलिकप्टरमा प्रयोग भएको इन्धनको रकम आफैँले बेहोर्ने जनाएको छ । नेपाल एयरलाइन्स र नेपाली सेनाको हवाइजहाज तथा हेलिकप्टरमा प्रयोग गरिएको इन्धनबापतको रकम आर्थिक वर्ष २०८०/०८१ को संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको कोषबाट निगमले बेहोर्ने निर्णय भएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिए । निगमले भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नका साथै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । पुरा पढौ

भूकम्प अपडेट : १५७ जनाको मृत्यु, १९७ घाइते

काठमाडौँ, १८ कात्तिक । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी एक सय ९७ जना घाइते भएका छन् । सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा एक सय ५ जनाको तथा रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ । यसैगरी भूकम्पबाट जाजरकोटमा एक सय ५, रुकुम पश्चिममा ८५, दैलेख र बैतडीमा तीन/तीन तथा रोल्पामा एक जना घाइते भएका छन्… पुरा पढौ

३ करोड लगानीमा जन्मथलोमा बाख्रा फार्म सञ्चालन

बागलुङ, १८ कात्तिक। बागलुङ गलकोटका अधिकांश मानिस रोजगारी र अध्ययनको सिलसिलामा जापानमा छन् । त्यसैमध्येका एक हुन, चन्द्र खत्री। गलकोट नगरपालिका–५ कौलेनीका खत्री जापानमा रहे भए आफ्नै गाउँमा ३ करोडभन्दा बढी लगानीमा बाख्रा फार्म सञ्चालन गरिरहेका छन । जापानमा रोजगारी सिर्जनाको माध्यम उद्यम भएको आफ्नो २५ वर्षे अनुभव सुनाउँदै खत्रीले जन्मथलोमा रोजगारी सिर्जना गर्ने उद्देश्यले तीन वर्षअघि जामुनबोट एग्रो फार्म सञ्चालनमा ल्याएका हुन । “पच्चीस वर्षदेखि जापानमा छु, अहिले वर्षमा तीन महिना नेपाल र नौ महिना जापानमा हुन्छु, आफ्नो जन्मथलोमा… पुरा पढौ

नेपाल राष्ट्र बैंक र महासंघबीच रिसर्च तथा नीति निर्माणमा सहकार्य गर्ने समझदारी

काठमाडौँ, १८ कात्तिक । नेपाल राष्ट्र बैंक र नेपाल उद्योग वाणिज्य महासंघबीच अध्ययन अनुसन्धान र नीति निर्माणमा सहकार्य गर्ने समझदारी भएकाे छ । वृहत् आर्थिक नीति निर्माण र औद्योगिक एवं व्यवसायिक वातावरण सुदृढ बनाउन राष्ट्र बैंक र महासङ्घबीच समझदारी भएको हाे । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र महासङ्घ अध्यक्ष चन्द्रप्रसाद ढकाललगायत पदाधिकारीको उपस्थितिमा राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा प्रकाशकुमार श्रेष्ठ र महासङ्घका महानिर्देशक गोकर्णराज अवस्थीले हस्ताक्षर गरेका छन् । सहमतिअनुसार राष्ट्र बैंक र महासङ्घले विविध विषयमा… पुरा पढौ

मनाङको विकासका लागि कृषि, पर्यटन, सडक र विद्युतीकरणमा जोड

मनाङ, १८ कात्तिक । विकट हिमाली जिल्ला मनाङको विकासका लागि कृषि, पर्यटन, सडक र विद्युत् विस्तारलाई जोड दिइएको छ । गण्डकी प्रदेश नीति तथा योजना आयोगको आयोजना र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआईडी), जल जङ्गल कार्यक्रमको सहयोगमा भएकाे कार्यक्रममा मनाङको विकासका लागि बिबिध बिषयमा जोड दिइएकाे हाे । मनाङका निर्वाचित सांसद, जनप्रतिनिधि र स्थानीयवासीले आर्थिक वर्ष २०८०-८१–२०८५-८६ सम्मका लागि दोस्रो पञ्च वर्षीय योजना तर्जुमा सम्बन्धमा गरिएको अन्तक्रियामा यस विषयलाई प्राथमिकताका साथ समावेश गरिनुपर्नेमा जोड दिइएकाे थियाे । प्रतिनिधिसभा… पुरा पढौ

शिक्षण पेशा छाडेर कृषिमा : ८० लाख लगानीमा ‘ड्रागन खेती’

तनहुँ, १८ कात्तिक । व्यास नगरपालिका–२ कालिका मार्ग तनँहु निवासी कल्पना गौली १६ वर्ष शिक्षण पेसामा लागिन । उनीसँग प्राविदेखि मावि तहसम्म अङ्ग्रेजी विषयमा अध्यापन गराएको अनुभव छ । गौलीले अध्यापनपछि घरमै बुटिक व्यवसाय समेत गरिन । करिब १५ वर्षसम्म बुटिक व्यवसाय गरेर उनी यतिबेला भने व्यावसायिक कृषि पेसामा संलग्न भएकी छन् । उनले व्यास नगरपालिका–५ ढोडेनीमा ८० लाख लगानीमा ‘ड्रागन फ्रुट’को खेती सुरु गरेकी छन। प्रकृति र माटोसँग रमाउन र यही क्षेत्रलाई साधाना केन्द्रको रुपमा स्थापित गराउन आफू यस… पुरा पढौ