मुख्य समाचार

भूकम्प अपडेट: जाजरकोटमा ९२ र रुकुम पश्चिममा ३६ को मृत्यु, घाइतेहरूकाे उद्दार जारी

जाजरकोट, १८ कात्तिक गए राति पाैने १२ बजे गएको भूकम्पमा परी जाजरकोटमा मात्रै ९२ जना र रुकुम पश्चिममा ३६ जनाकाे मृत्यु भएकाे छ । जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारका अनुसार भूकम्पमा परी सयौँको सङ्ख्यामा मानिसहरु घाइते भएकाे विवरण प्राप्त भएकाे छ । रातिको समयमा भुकम्प गएकाले थप विवरण सङ्कलन गर्न कठिनाइ भएको बताइएकाे छ । प्रमुख जिल्ला अधिकारी सुनारका अनुसार भूकम्पले जिल्लाका भेरी, नलगाड, कुशे, बारेकोट र छेडागाडमा क्षती पुर्‍याएको छ । भूकम्पका कारण घरहरु भत्किएको जानकारी प्राप्त भए… पुरा पढौ

गौतमबुद्ध र पाेखरा अन्तर्राष्ट्रिय विमानस्थलको विजनेस बढाउन उच्चस्तरीय छलफल

काठमाडौँ, १८ कात्तिक । भैरहवाकाे गौतमबुद्ध र पाेखरा अन्तर्राष्ट्रिय विमानस्थलको विजनेस बढाउने र सञ्चालन ढाँचाबारे उच्च सरकारी अधिकारीबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा छलफल भएको छ। पर्यटनमन्त्री सुदन किरातीको पहलमा भएकाे बैठकमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनको ढाँचा र विभिन्न विकल्पबारे छलफल भएको मन्त्रालयले जनाएको छ । बैठकमा मुख्यसचिव डा बैकुण्ठ अर्याल, अर्थसचिव कृष्णहरि पुष्कर, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा सहभागी रहेका थिए । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी… पुरा पढौ

बास्कोटाको ४ वर्षे कार्यकाल सकिएपछि त्रिविकाे उपकुलपति पद रिक्त

काठमाडौँ, १८ कात्तिक। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा धर्मकान्त बास्कोटाको ४ वर्षे कार्यकाल शुक्रबारदेखि समाप्त भएसँगै उक्त पद रिक्त भएको छ । प्राडा बाँस्कोटाले उपकुलपति रहेकाे अाफ्नाे कार्यकालमा प्रविधिमैत्री विश्वविद्यालय निर्माण, सुशासन, अनुसन्धान थालनी, शैक्षिक पात्रोको व्यवस्थापन, परीक्षा प्रणालीमा भएका सुधार र विकेन्द्रीकरणको अभ्यासहरु गरिएको बताउँदै बजारमुखी स्वरोजगार जनशक्ति निर्माणमा पहल गरिएको बताए । साथै शिक्षक तथा कर्मचारीको क्षमता अभिवृद्धि, आङ्गिक तथा सम्बन्धनप्राप्त क्याम्पसको प्रभावकारी नियमन, उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण, विद्यार्थी कल्याण तथा खेलकुदमा चासो, त्रिविका सम्पत्तिको संरक्षण, त्रिवि अलुम्नाई एशोसियशनलाई… पुरा पढौ

नक्कली नेपाली नोटसहित झापामा ६ भारतीय पक्राउ

झापा, १८ कात्तिक । प्रहरीले नक्कली नेपाली नोटसहित झापामा ६ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । झापा गाउँपालिका–१ सितुमारीबाट नक्लकी नेपाली नोटसहित ६ जना भारतीय नागरिक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारत किसनगञ्ज थानाका २४ वर्षीय अन्जर आलम, दीघल बैंक मंगोराका १९ वर्षीय अजरत अली, १८ वर्षीय महबुल हक, पूर्णियाथानाका १९ वर्षीय परवेज आलम, २२ वर्षीय साकिब आलम र २० वर्षीय आजमल हक रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिएका छन । भारतीय… पुरा पढौ

जाजरकोटमा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्यूडको भूकम्प

१८ कार्तिक, जाजरकाेट । जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति ११ बजेर ४७ मिनेटमा ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले जाजरकोट केन्द्रबिन्दु भएर राति ११ बजेर ४७ मिनेटमा सो भूकम्प गएको जानकारी दिएकाे छ । भूकम्पको धक्का देशैभर महसुश भएको थियो । भूकम्पबाट जाजरकोट, पश्चिम रुकुमसहितका जिल्लाहरुमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।   उनका अनुसार मानिसको उद्दारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली लागिरहेको छ । पुरा पढौ

माथिल्लो अरुण निर्माण अगाडि बढाउन उच्चस्तरीय प्रतिबद्धता

काठमाडाैं, १७ कात्तिक । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा आयोजनास्थल रहेको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजना निर्माणको प्रक्रिया अगाडि बढ्ने भएको छ । एक हजार ६१ मेगावाट क्षमताको सो आयोजना निर्माण अगाडि बढाउन सरकार र दातृ निकायबीच उच्च तहको प्रतिबद्धता व्यक्त भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, अर्थमन्त्री डा प्रकाशशरण महत, सङ्खुवासभाका सङ्घीय सांसद दीपक खड्का, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजनामा लगानीका लागि अन्तर्राष्ट्रिय संस्थाको सहवित्तीयकरणको नेतृत्व… पुरा पढौ

नेपाल २०२४ मा हुने आईसिसी मेन्स टी-२० विश्वकपमा छनोट

काठमाडौं, १७ कात्तिक । नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसिसी मेन्स टी-२० विश्वकपमा छनोट भएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा संयुक्त अरब इमिरेट्स (युएई)लाई आठ विकेटले पराजित गर्दै नेपाल दोस्रो पटक विश्वकपमा छनोट भएको हो । यूएईले दिएको एक सय ३५ रनका लक्ष्य नेपालले १७ दशमलव एक ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालको जीतमा विकेटकिपर आशिफ सेखले अर्धशतकीय पारी खेले । उनले ५१ बलमा दुई छक्का र छ चौकाको सहयोगमा ६४ रन बनाए… पुरा पढौ

ग्लोबल आइएमई बैंकले १ अर्ब २२ करोड नाफा कमायाे

काठमाडौं, १७ कात्तिक । ग्लोबल आइएमई बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा १ अर्ब २२ करोड ५७ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको छ । बैंकले सार्वजनकि गरेको चालू आवको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १८ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । समिक्षा अवधिमा बैंकको निक्षेप संकलन भने गत वर्षको तुलनामा ३.९१ प्रतिशतले बढेर ४ खर्ब ४३ अर्ब १६ लाख ६३ हजार रुपैयाँ पुगेको छ । यता कर्जा… पुरा पढौ

महिलालाई अवसर दिन पुरुषवादी साेच बाधक : सांसद गौतम

काठमाडौं, १७ कात्तिक । नेपाली कांग्रेसकी नेत्री एवं सांसद प्रतिमा गौतम सरकारको नीति तथा कार्यक्रम र बजेटमाथि लामो छलफल हुने तर दिइएका सुझाव सम्बोधन नहुने तथा परिणाम नदिने पुरानो ढर्रालाई परिमार्जन गर्नुपर्ने धारणा राखेकी छन्। देश, जिल्ला, निर्वाचन क्षेत्र र जनताका प्राथमिकता एवं आवश्यकताका विषयमा जनप्रतिनिधिले दिने सुझाव नसमेटिने बहसको औचित्य नहुने उल्लेख गर्दै उनले समय धेरै खर्चनुपर्ने तर परिणामशून्य हुने पाटामा सुधारको खाँचो औँल्याइन। ‘सांसदसँग रासस संवाद’ मा नेत्री गौतमले भनिन्, “संसद्मा यो मेरो पहिलो प्रवेश हो । आफ्ना… पुरा पढौ

वैकल्पिक चिकित्सा एबं आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच सहकार्य गर्न बिज्ञहरूकाे जाेड

काठमाडौँ, १७ कात्तिक । नेपालस्थित भारतीय राजदूतावासले आठौँ आयुर्वेद दिवसका अवसरमा परम्परागत चिकित्सा विशेषगरी आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्य सम्भावनाबारे एक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले आयुर्वेद नेपालको स्वास्थ्य सेवाको मान्यताप्राप्त प्रणाली भएको उल्लेख गरेका थिए। साथै उहाँले नेपाल सरकारले आयुर्वेदको प्रवर्द्धनका लागि लिएको पहलबारे प्रकाश पारेका थिए । दूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले आयुर्वेदलगायत परम्परागत चिकित्सा क्षेत्रमा भारत र नेपालबीच रहेको सहकार्यबारे चर्चा… पुरा पढौ