मुख्य समाचार

वैकल्पिक चिकित्सा एबं आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच सहकार्य गर्न बिज्ञहरूकाे जाेड

काठमाडौँ, १७ कात्तिक । नेपालस्थित भारतीय राजदूतावासले आठौँ आयुर्वेद दिवसका अवसरमा परम्परागत चिकित्सा विशेषगरी आयुर्वेदको क्षेत्रमा भारत र नेपालबीच थप सहकार्य सम्भावनाबारे एक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा वासुदेव उपाध्यायले आयुर्वेद नेपालको स्वास्थ्य सेवाको मान्यताप्राप्त प्रणाली भएको उल्लेख गरेका थिए। साथै उहाँले नेपाल सरकारले आयुर्वेदको प्रवर्द्धनका लागि लिएको पहलबारे प्रकाश पारेका थिए । दूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले आयुर्वेदलगायत परम्परागत चिकित्सा क्षेत्रमा भारत र नेपालबीच रहेको सहकार्यबारे चर्चा… पुरा पढौ

खराब कर्जा बढ्दा पनि नबिल बैंककाे मुनाफा १ अर्ब ४६ करोड

काठमाडौं १७ कात्तिक । नबिल बैंक लिमिटेडले १ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाउन सफल भएकाे छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकले याे खुद नाफा कमाएकाे हाे । बैकले गत वर्षको यस अवधिमा १ अर्ब ५७ करोड खुद नाफा कमाएको थियो। बैकद्वारा प्रकाशित रिपाेर्ट अनुसार बैककाे स्प्रेड घटेपनि खुद ब्याज आम्दानी बढेको छ। बैककाे बेसरेट ९.६८ पुगेको छ।असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १३.५१ प्रतिशत वृद्धी भएको देखिन्छ। त्यस्तै, सेवा शुल्क बापत २०.२१ प्रतिशत आम्दानी बढेको रिपाेर्टमा देखिएकाे छ।… पुरा पढौ

गरिमा विकास बैंककाे नाफा बढ्याे

काठमाडाैं, १७ कात्तिक । गरिमा विकास बैंककाे नाफामा सुधार देखिएकाे छ । बैंककाे सार्वजनिक गरिएकाे चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा र इपीएस आम्दानी गएकाे वर्षकाेभन्दा बढेकाे छ । यस आर्थिक वर्षको असोजसम्म बैंकले २० करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ । जाे गत आर्थिक वर्षको सोही अवधिकोभन्दा ४.२५ प्रतिशतले बढी देखिएकाे छ । गकाे वर्ष बैंकले १९ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको थियो। बैंककाे खुद ब्याज आम्दानीमा सामान्य बृद्धि भएकाे छ… पुरा पढौ

एडिबीले पोखराका परियोजनामा थप सहयोग गर्ने

पाेखरा, १७ कात्तिक । एसियाली विकास बैंक (एडिबी)ले कास्कीको पोखरामा थप परियोजनामा सहयोग गर्ने भएको छ । पोखराको पर्यटन, पूर्वाधार विकास, ढल निकासलगायत क्षेत्रमा सहयोग गरेको बैंकले थप परियोजनामा लगानी गर्ने चाहना राखेको हो । एसियाली विकास बैंकका वरिष्ठ सार्वजनिक व्यवस्थापन विशेषज्ञ अरुण राममूर्तिले बिहीबार महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग उनको कार्यकक्षमा भेटवार्ता गर्दै सहयोगको प्रतिबद्धता व्यक्त गरे। राममूर्ति बैंकको दिगो विकास र जलवायु परिवर्तन विभागका समेत विशेषज्ञ हुन्। भेटवार्ताका क्रममा राममूर्तिले एडिबीको सहयोगमा सञ्चालित विभिन्न परियोजनाका बारेमा जिज्ञासा राख्नुका साथै… पुरा पढौ

माछापुच्छ्रे बैंककाे नाफा २०.१८ प्रतिशतले बढ्याे, इपीएस कति ?

काठमाडाैं, १७ कात्तिक । माछापुच्छ्रे बैंककाे खुद नाफामा सुधार भएकाे छ । बैंककाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरणका अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षकोभन्दा बढेको छ। यस आर्थिक वर्षको असोजसम्म बैंकले ५४ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ । यो नाफा गएकाे आर्थिक वर्षको सोही समयकाेभन्दा २०.१८ प्रतिशतले बढी हो। गत आर्थिक वर्षमा बैंकले ४५ करोड ११ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। विवरणहरूका अनुसार खुद ब्याज आम्दानी घटेपनि इम्पेरमेन्ट चार्ज घटाएकाेले खुद… पुरा पढौ

तिहारमा चिनी अभाव नहुने, ३ हजार मेट्रिकटन बजारमा पठाइयो

काठमाडौं, १७ कात्तिक । तिहारको समयमा चिनीका अभाव हुन नदिन एभरेष्ट सुगर मिल्समा मौज्दात रहेको तीन हजार मेट्रिक टन चिनी बजारमा पठाउन थालिएको छ । विभिन्न पेय पदार्थ उत्पादक कम्पनीका नाममा बिक्री भएर उद्योगमै मौज्दात रहेको उक्त परिणामको चिनी वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको सक्रियतामा खुद्रा व्यापारीमार्फत बजारमा पठाउन लागिएको हो । गुह्वेश्वरी ट्रेड लिङ्कमार्फत एक सय ६० बोरा चिनी क्षेत्रपाटी, शोभाभगवती, पकनाजोल र नरदेवीलगायत क्षेत्रका खुद्रा पसलमा बिक्रीका लागि पठाइएको नेपाल खुद्रा व्यापार सङ्घका कार्यवाहक अध्यक्ष नरेश खड्गीले… पुरा पढौ

मदन भण्डारी विश्वविद्यालयले ल्यायो विश्वस्तरको अनुसन्धानमूलक शैक्षिक कार्यक्रम

मकवानपुर, १७ कात्तिक। कानुन जारी भएको १ वर्षपछि मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले नेपालमै पहिलोपटक विश्वस्तरको अनुसन्धानमूलक शिक्षा दिने गरी स्नातकोत्तर र विद्यावारिधि तहमा भर्ना खोलेको छ । पहिलो शैक्षिकसत्रमा दुवै तहमा गरी जम्मा ३२ मेधावी विद्यार्थीलाई छनोट गरी भर्ना लिने तयारी गरेको उक्त स्वायत्त विश्वविद्यालयले ती तहमा निःशुल्क शिक्षा र छात्रवृत्तिको प्रबन्ध पनि गरेको छ । विश्वविद्यालयले स्नातकोत्तर र विद्यावारिधिमा फरेष्ट बायोमेटेरियल्स साइन्स एण्ड इन्जिनियरिङ, अग्र्यानिक एग्रिकल्चर, स्नातकोत्तरमा टुरिजम इन्फ्रास्ट्रक्चर विषयमा ती तहमा भर्नाका लागि शुक्रबार सूचना प्रकाशन… पुरा पढौ

‘कोक्रामा सुतेका शिशु मार्ने अतिवादी हमासलाई माफी दिइन्न’-राजदूत खनान गोडेर

काठमाडौं, १७ कात्तिक । नेपालका लागि इजरायलका राजदूत खनान गोडेरले कोक्रामा सुतेका शिशुको हत्या गर्ने अतिवादी समूह हमासलाई इजरायल सरकारले कदापि क्षमा नदिने दृढता व्यक्त गर्दै जस्तोसुकै मूल्य चुकाएर भए पनि उक्त समूहलाई परास्त गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आतङ्कवादी समूह हमासले गत असोज २० गते इजरायलमा गरेको आक्रमणमा ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीको सम्झनमा उनले आफ्नै निवासमा आयोजना गरेको स्मृतिसभामा अरुको सहाराबिना एक पाइलो हिँड्न नसक्ने ज्येष्ठ एवं असक्त नागरिक, गर्भवती, कोक्रामा सुतेका अवोध शिशुको हत्या… पुरा पढौ

सर्वाेच्चकाे आदेशपछि मैले न्याय पाएँ भन्दै भारतीले अनशन तोडिन्

काठमाडाैं, १६ कात्तिक। सर्वाेच्चकाे आदेशपछि 'मैले न्याय पाएँ' भन्दै भारती मानन्धरले अनशन तोडेकी छन्। उनलाई उपचारका लागि वीर अस्पताल लगिएकाे छ । चेतन मानन्धरको हत्याका अभियुक्त ‘रिगल’ उर्फ योग ढकाललाई सरकारले दिएको आममाफी सर्वोच्च अदालतले बदर गरिदिएपछि चेतनकी पत्नी भारती मानन्धरले अनशन तोडेकी हुन्। उनले रिगलकाे कैद माफीविरूद्ध सर्वोच्चमा दायर गरेकाे रिटउपर सर्वाेच्चले परमादेश जारी गर्दै थुनामा पठाउन आदेश दिएपछि उनले जुस पिएर अनशन तोडेकी हुन्। उनी माइतीघरमा अनशनमा बसेकी थिइन । सर्वोच्चले आदेश दिने समयमा उनी सर्वोच्चमा गएकी थिइन्। सर्वोच्च अदालतले गरेकाे आदेशपछि… पुरा पढौ

स्वास्थ्य प्रणाली सुधारका लागि विश्व बैंकले दियाे १० करोड डलर ऋण सहयोग

काठमाडौं, १६ कात्तिक । नेपालको स्वास्थ्य प्रणालीको गुणस्तर, पहुँच र उत्थानशीलता सुदृढीकरण गर्न विश्व बैंकले अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए)बाट १० करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । यस्तै, स्वास्थ्य आपत्कालीन पूर्वतयारी तथा प्रतिकार्य कोष (एचईपिआरटीएफ)बाट ३८ लाख ४० हजार अमेरिकी डलर बराबरको अनुदान सहयोग उपलब्ध गराउने भएको छ । द्विपक्षीय वित्तीय सम्झौता आज विद्युतीय रुपमा आदानप्रदान गरिएको छ । ती सम्झौतामा यही कात्तिक १० गते विद्युतीय हस्ताक्षर गरिएको थियो । नेपालमा विश्व बैंकद्वारा वित्तीय लगानी गरिएको… पुरा पढौ