मुख्य समाचार

आर्थिक सङ्कटले कोइला खरिद गर्न नसक्दा हेटाैडा सिमेन्टकाे उत्पादन बन्द

हेटौँडा १३ कात्तिक । हेटौँडा सिमेन्ट उद्योगले आर्थिक सङ्कटको कारणबाट समयमा कोइला खरिद गर्न नसक्दा आफ्नो उत्पादन आजदेखि बन्द गरेको छ । सो उद्योगमा मासिक ३ हजार ६ सय मेट्रिक टन कोइला खपत हुने गर्दछ । उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले बडादसैँको बिदा हुनुअघिसम्म सो उद्योग सञ्चालनमा रहेको र त्यस अवधिमा ३ लाख बोरा सिमेन्ट उत्पादन भएको जानकारी दिए । उनले आर्थिक सङ्कटका कारण बाह्य मुलुकबाट कोइला खरिद गर्न नसकिएको हुँदा सिमेन्ट उत्पादन बन्द गरिएको बताए ।उनले आर्थिक सङ्कटबारे सङ्घीय सरकारका… पुरा पढौ

घुमौंघुमौं लाग्ने शरद ऋतुमा घुम्ने संस्कृति बढ्याे

पाेखरा, १३ कात्तिक । अघिल्लो शरदयाममा कास्कीको कोरी ‘ट्रेक’मा पदयात्रा गरेका निसान खड्काले यसपालिको दसैँ बिदामा कास्कीकै मर्दी हिमालको आधार शिविरलाई गन्तव्य बनाए। दसैँको भोलिपल्ट बागलुङबाट दुई साथीसहित मर्दी घुम्न निस्कनुभएका उहाँ चार दिनको पदयात्रा सकेर आइतबार घर फर्किए । पेसाले शिक्षक खड्काले दसैँकै छेकोमा यसअघि मुगुको रारा ताललगायत पर्यटकीयस्थलको घुमघाम गरिसकेका छन्। “दसैँको बिदामा पदयात्रामा निस्कनुको मज्जा नै बेग्लै हुन्छ, शरद ऋतु यसै पनि घुमौँघुमौँ लाग्ने याम हो”, उनले सुनाए, “नयाँ ठाउँको संस्कृति, रहनसहन र भूगोलबारे जान्न यात्राले सघाउँछ… पुरा पढौ

मुद्दति निक्षेपमा १७ करोड ६७ लाख लगानी गर्दै केन्द्रीय बैंक

काठमाडौं, १३ कात्तिक । नेपाल राष्ट्र बैंकले मुद्दति निक्षेपमा १७ करोड ६७ लाख रुपैयाँ लगानी गर्ने भएकाे छ । केन्द्रीय बैंकले आफ्नो विभिन्न कोषहरुमा रहेको रकम बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागेकाे जानकारी दिएको हाे । राष्ट्र बैंकले दिएकाे जानकारी अनुसार २०८० साल मंसिर ४ गतेदेखि २०८१ साल मंसिर ३ गतेसम्म मुद्दति निक्षेपमा लगानी गर्न लागेको छ । मुद्दति निक्षेपमा सहभागि हुन चाहने बैंक तथा वित्तीय संस्थाले कात्तिक १५ गते राती १२ बजेसम्म आफूले लिन चाहेको रकम… पुरा पढौ

कुमारी बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, १३ कात्तिक । कुमारी बैंकले बिक्रीमा ल्याएकाे ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ मा आवेदन दिने आज सोमबार कात्तिक १३ गते अन्तिम दिन रहेकाे छ । आज कार्यालय समयभित्र आवेदन दिन पाइने बताइएकाे छ । बैंकले आइतबार मात्रै पूरा ऋणपत्रका लागि आवेदन नपरेपछि म्याद थपेकाे थियो । उक्त दिनमा बैंकले माग गरेकाेभन्दा धेरै आवेदन पेश भएपछि आजदेखि ऋणपत्रकाे बिक्री बन्द गर्न लागिएकाे हाे । यसअघि कात्तिक १६ गते मंगलबारसम्म आवेदन म्याद लम्ब्याइएकाे थियाे । बैंकले शुरुमा कात्तिक २ गतेदेखि ऋणपत्र… पुरा पढौ

अमेरिकी डलरको भाउ स्थिर, यूरोसहित अन्यको घट्यो

काठमाडौं, १३ कार्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यूरोसहित अन्य देशहरूको मुद्राको भाउ घटेको छ । आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । अमेरिकी डलर १… पुरा पढौ

पशुपालन र तरकारी बिक्रीबाट मनग्य आम्दानी गर्दै किसान

गल्याङ, १३ कात्तिक । स्याङ्जाको फेदीखोला गाउँपालिका–३, भाटखोलाका २८ वर्षीय अनिल पौडेल साथीसङ्गीको लहलहैमा लागेर १८ वर्षको उमेरमै विदेश गए । पढाइमा अब्बल मानिएका उनकाे १२ कक्षा उत्तीर्णपछि औपचारक शिक्षा बीचमै रोकिन पुग्यो । उनले विदेश पसेर राम्रै कमाइ गर्न थाले तर विरामी परेपछि स्वदेश फर्किए । उनलेले विदेश कहिल्यै नजाने निधो गरेर फेदीखोला गाउँपालिका–२, खड्केटारीमा पाँच वर्ष पहिले एक हजार कुखुरापालनबाट व्यवसाय सुरु गरे। रु चार लाखबाट सुरु गरेको अनिलको व्यावसाय बजारको अभावमा दुई वर्ष नपुग्दै रु सात लाख… पुरा पढौ

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा आंशिक बदली

काठमाडौं, १३ कात्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। कार्तिक १३ गते (सोमबार) दिउँसो ː कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राती : देशभर आंशिक बदली देखि… पुरा पढौ

बन्धकलाई निःसर्त रिहा गर्न महासचिव गुटेरेसद्वारा नेपालबाट आह्वान

काठमाडौं, १३ कात्तिक । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गाजामा बन्धक बनाइएका सबैलाई निःसर्त तत्काल रिहा गर्न आह्वान गरेका छन् । नेपालको औपचारिक भ्रमणमा रहेका विश्व संस्थाका महासचिव गुटेरेसले सामाजिक सञ्जालमा “म नेपालबाट गाजामा बन्दी बनाइएका सबैलाई निःसर्त एवम् तत्काल रिहा गर्न आह्वान गर्दछु । सर्वसाधारणको हत्या, उनीहरुमाथि हुने आक्रमण र अपहरणलाई कदापि न्यायोचित मान्न सकिँदैन” उनले लेखेका छन्। नेपालका विपिन जोशीलाई हमासले बन्धक बनाएको आशङ्का गरिएको छ । आतङ्कवादी समूह हमासले इजरायलमा गरेको आक्रमणपछि जोशी सम्पर्कविहीन भएका छन् ।… पुरा पढौ

ईसेवाको कर्मचारी भएको भन्दै ठगी गर्ने पाँच पक्राउ

काठमाडौं, १३ कात्तिक । ईसेवाको आधिकारिक कर्मचारी हुँ भन्दै ठगी गर्ने गिरोहका पाँच जनालाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका–५ बस्ने २६ वर्षीय नवनितकुमार कुसवाहा, रौतहट गौर नगरपालिका–५ बस्ने २१ वर्षीय कन्हैयाकुमार कुसवाहा, रौतहट गढिमाइ नगरपालिका–६ बस्ने १९ वर्षीय दीपेन्द्रकुमार यादव, गौर नगरपालिका–५ बस्ने २० वर्षीय अभयकुमार यादव र गौर नगरपालिका–५ बस्ने २१ वर्षीय रितेश कुसवाहा रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए । उनका अनुसार पक्राउ… पुरा पढौ

विकासशील मुलुकमा स्तरोन्नति हुन गरिएका नेपालका प्रयास प्रशंसनीय : महासचिव गुटेरेस

काठमाडौं, १२ कात्तिक । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपालले अल्पविकसितबाट विकासशील मुलुकमा स्तरोन्नति हुन गरेका प्रयास प्रशंसायोग्य रहेको बताए । नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग सिंहदरबारमा भेटवार्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै विश्वमा शान्ति स्थापना र बहुपक्षीय समस्या समाधानका लागि नेपालले उल्लेख्य भूमिका खेलेको पनि जनाए। “नेपालले पछिल्लो २० वर्षमा शान्ति स्थापनाका साथै राजनीतिक व्यवस्था परिवर्तनमा सकारात्मक उपलब्धि हासिल गरेको छ । आगामी दिनमा नेपालले जलवायु परिवर्तन र दिगो विकासको लक्ष्य हासिल गर्न चालेका कदम… पुरा पढौ