मुख्य समाचार

प्रधानमन्त्रीद्वारा ४ बजे मन्त्रिपरिषद्को विशेष बैठक र साँझ सर्वदलीय बैठक आह्वान

काठमाडौं, २२ असोज । इजरायलमा विकसित पछिल्लो घटनाक्रम र त्यहाँ रहेका नेपाली नागरिकको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती, राहतलगायत विषयमा छलफल गरी निर्णयमा पुग्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्को विशेष बैठक बोलाएका छन् । आज अपराह्न ४ बजे सिंहदरबारमा बोलाइएको बैठकमा इजरायलमा विकसित पछिल्लो परिस्थिति, त्यहाँ रहेका नेपालीको अवस्था, उनीहरुको स्वदेश फिर्तीका लागि सरकारले चाल्नुपर्ने कूटनीतिक पहल, प्राविधिक व्यवस्थापनलगायतका विषयमा छलफल हुने प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । मन्त्रिपरिषद्को बैठकपछि प्रधानमन्त्री दाहालले बेलुका ५ बजे सिंहदरबारमा नै सर्वदलीय बैठक पनि बोलाएका… पुरा पढौ

इजरायलबाट मृतक नेपालीको शव छिटो ल्याउन तयारी हुँदै

काठमाडौं, २२ असोज । सरकारले इजरायलमा आक्रमणमा परी निधन भएका नेपाली नागरिकको शव पहिचान गरी यथासक्य छिटो स्वदेश ल्याउन पहल भइरहेको जनाएको छ । साथै घाइतेको उद्धार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकारसमक्ष अनुरोध भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । इजरायल घटनाका सम्बन्धमा मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरी इजरायलको गाजासँगको सिमानालगायतका क्षेत्रमा भएको पछिल्लो आक्रमणमा परी १० नेपाली नागरिकले ज्यान गुमाएका, एक जना सम्पर्कविहीन रहेका र केही घाइते अवस्थामा रहेका पुष्टि भएको जनाएको छ । शव पहिचानको गर्ने कार्य… पुरा पढौ

प्रि ओपन सेसन : नेप्सेमा १.२८ अंककाे गिरावट

काठमाडाैं, २२ असाेज । आज साेमबार साताको सेयर काराेबार हुने दोस्रो दिन हाे । सेयर बजारकाे यसदिनकाे प्रि ओपन सेसनमा नेप्से परिसूचक १.२८ अंकले घटेकाे छ। यद्यपि याे संकेत बजार बन्द हुँदाकाे अन्तिम समयमा भने सकारात्मक हुने संभावना उत्तिकै हुन्छ । यसअघि आइतबार नेप्से परिसूचक ३५.६७ अंकले घटेर १९२१.२४ विन्दुमा झरेको थियाे । आजकाे सेसनमा नेप्से १.२८ अंकले घटेर १९१९.९६ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ०.०१ अंकले बढेको छ। यसदिन प्रि ओपन सेसनमा १२ वटा कम्पनीहरूकाे सेयर काराेबार भएकाे छ… पुरा पढौ

रुपैयाँ १ हजारले बढ्यो सुनको भाउ, चाँदीमा पनि बृद्धि

काठमाडौं, २२ असोज । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुन तोलामा एकैदिन रुपैयाँ १ हजार र सेतो धातु चाँदी तोलामा रुपैयाँ १५ ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १ हजारले बढेर तोलाको १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख ७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ… पुरा पढौ

अर्थमन्त्री डा महत विश्व बैंकको वार्षिक बैठकमा भाग लिन मोरक्को प्रस्थान

काठमाडौं, २२ असोज । अर्थमन्त्री डा प्रकाशशरण महत विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुन आज मोरक्को तर्फ प्रस्थान गरेका छन् । बैठकमा विश्व आर्थिक दृष्टिकोण, विश्वव्यापी वित्तीय स्थायित्व, गरिबी उन्मूलन, समावेशी आर्थिक वृद्धि र रोजगारी सिर्जनालगायत विश्वव्यापी चासोका विषयमा छलफल हुने भएको छ । यही असोज २२ गतेदेखि २८ गतेसम्म हुने बैठकको मूल नारा’ ग्लोबल एक्सन, ग्लोबल इम्प्याक्ट’ भन्ने रहेको छ । सोही अवसरमा अर्थमन्त्री डा महतले अन्तर्राष्ट्रिय वित्त निगम आइएफसीका एसिया प्यासिफिक हेर्नुहुने उपाध्यक्ष रिकार्डो पुलितीसँग नेपालमा निजी लगानीको… पुरा पढौ

सानिमा बैंककाे सेयरमूल्य नेप्सेमा समायाेजन

काठमाडाैं, २२ असाेज । सानिमा बैंककाे सेयरमूल्य नेप्सेमा समायाेजन गरिएकाे छ। बैंकले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि बुकक्लोज गरेपछि नेप्सेले बैंककाे सेयरमूल्य समायोजन गरेर नयाँ दर कायम गरेकाे हाे । बैंककाे ९ प्रतिशत बोनस सेयर नेप्सेमार समायोजन गरिएकाे हाे । समायोज गरेपछि बैंकको सेयरमूल्य २४७ रुपैयाँ ४३ पैसा कायम भएको छ। याे मूल्य अघिल्लो दिन भएकाे काराेबारकाे अन्तिम मूल्यकाे आधारमा तय भएकाे हाे । आइतबार बैंकको सेयर प्रतिकित्ता २ सय ६९ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको नेप्सेले… पुरा पढौ

आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ला

काठमाडाैं, २२ असाेज । आजदेखि देशभर सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ला गरिएकाे छ । सरकारकाे पहलपछि दशैंका लागि आज असोज २२ गतेदेखि देशभर सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ला गरिएकाे हाे । यातायात मन्त्री प्रकाश ज्वाला तथा नेपाल यातायात व्यवसायी राष्ट्रिय व्यवसायी महासंघबीच सहमति भएपछि आजदेखि टिकट बुकिङ खुल्ला गरिएकाे हाे । टिकट बुकिङ खुलेपछि काठमाडाैंबाट बाहिरिने यात्रुहरू टिकट बुकिङका लागि काउन्टर धाउन थालेका छन्। बडादशैंकाे अवसरमा यसपटक काठमाडाैंबाट २० लाखकाे हाराहारीमा मानिसहरू बाहिरिने आकलन गरिएकाे नेपाल यातायात राष्ट्रिय… पुरा पढौ

कर असुल्न ठेक्का दिन लागेको भन्दै व्यवसायीहरू विरोधमा

भरतपुर, २२ असोज । भरतपुर महानगरपालिकाले सरसफाइ तथा पुनः उपयोगी (कवाडी) वस्तुमा कर सङ्कलनका लागि बोलपत्र आह्वान गरेपछि व्यवसायीले विरोध जनाएका छन् । देशको आर्थिक अवस्थाका कारण व्यवसाय सञ्चालन गर्नमै समस्या भइरहँदा महानगरले थप कर असुल्न ठेक्का लगाउन लागेको गुनासो उनीहरूको छ । व्यवसायीले आइतबार महानगरपालिका परिसरमा धर्ना दिएका थिए । सङ्घका अध्यक्ष शङ्करबहादुर खत्री क्षेत्रीले महानगरपालिकाले संविधानविपरीत कर उठाउन लागेको जनाउँदै त्यसले व्यवसाय पलायन हुने अवस्था आउने बताए । उनले भने, “कर उठानका लागि महानगरपालिकाले बोलपत्र आह्वानको सूचना निकालेको… पुरा पढौ

बैकहरूको ज्यादतीविरुद्ध एकजुट हुने देशभरका रियल स्टेट व्यवसायीको घोषणा

काठमाडौं, २२ असोज । नेपाल राष्ट्र बैंकले जग्गा व्यवसायीको घाँटी च्याप्ने निती ल्याएको भन्दै देशभरका रियल स्टेट व्यवसायीहरू बैंकहरूकाे ज्यादतीबिरुद्ध एकजुट भएर अघि बढ्ने भएका छन । काठमाडौंमा आयोजित रियल स्टेट व्यवसायीकहरूकाे वृहत भेला’मा सहभागीहरुले नेपाल राष्ट्र बैंकले व्यवसायीको घाँटी च्याप्ने निती ल्याएको भन्दै बैंकहरूकाे ज्यादतीबिरुद्ध सवै व्यवसायी एकजुट भएर अघि बढ्नु पर्ने धारणा राखेका हुन । नेपाल जग्गा तथा आवास महासंघका अध्यक्ष राजकुमार राईले बैकहरुले व्यवसायीलाई धारासायी बनाउने निती लिएकै कारण अहिले अर्थतन्त्र धारासायी भएको भन्दै चाडको बेला दशैं… पुरा पढौ

लयमा फर्किँदै ठमेलको पर्यटन व्यवसाय

काठमाडौँ, २२ असोज । नेपालकाे प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । योसँगै व्यवसायीमा खुसी छाएको छ । विनाशकारी गोरखा भूकम्प, नाकाबन्दी, कोरोना महामारीका कारण पर्यटन नआउँदा उनीहरु आर्थिक समस्यामा परेका थिए । पर्यटकीय याम सुरु भएर पर्यटक आवागमन बढ्न थालेसँगै व्यवसायीमा नयाँ आशा पलाएको छ । स्वदेशी तथा विदेशी पर्यटकलाई थकाली खाना र ढिँडोको परिकार पस्कँदै आएको ठमेलस्थित रेष्टुरेन्ट सञ्चालक भगवान थापा पछिल्लो समय ठमेलमा विदेशी पर्यटकको आवागमन बढ्न थालेको बताउछन । “अघिल्ला महिनाहरुमा रेष्टुरेन्टमा दैनिक… पुरा पढौ