मुख्य समाचार

चार महिनापछि सौर्य सिमेन्टकाे चुनढुङ्गा ढुवानी हुँदै

कटारी (उदयपुर), ११ असोज । उदयपुरको कटारी–८ स्थित आहालेको खानीबाट सिरहाको मिर्चैयास्थित सौर्य सिमेन्ट प्रालिले चार महिनापछि चुनढुङ्गा ढुवानी गर्ने भएको छ । कटारी नगरपालिकाको ४, ५, र ७ नं वडाका सामुदायिक वन उपभोक्ता समिति तथा स्थानीयले आफ्ना माग सुनुवाइ नगरेको भन्दै उद्योगको चुनढुङ्गा ढुवानी गर्ने टिपर सञ्चालन गर्न दिएका थिएनन् । लामो समयको अवरोधपछि कटारी नगरपालिकामा बसेको दुई पक्षीय छलफलपश्चात टिपर सञ्चालनको तयारी गरिएको नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले बताए। “वन समूह र स्थानीयसँग विभिन्न स्थानमा बसेर वार्ता गरी सञ्चालन… पुरा पढौ

सुर्खेत-हिल्सापछि कर्णाली र भेरी करिडोरका सडक बनाउँछौं : कार्यवाहक प्रधानमन्त्री खड्का

कर्णाली, ११ असोज । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सरकारले सुर्खेत–हिल्सा सडक निर्माणमा जोड दिने बताएका छ्न्। गुर्भाकोट नगरपालिका सुर्खेत बोटेचौरस्थित स्थापना भएको भेरी कोरिडोर सिञ्चाइ तथा नदी व्यवस्थापन आयोजना कार्यालयको उद्घाटन कार्यक्रममा उनले सुर्खेत–हिल्सा जोड्ने सडक निर्माणपछि कर्णाली र भेरी करिडरका सडक बनाइने बताए। उनले भने, “यो आयोजना विगतमा ओझेल पर्दै गए पनि अबका दिनमा तीव्रताका साथ अगाडि बढ्नेछ ।” उपप्रधानमन्त्री एवम् रक्षामन्त्रीसमेत रहेका खड्काले आर्थिक प्रतिकुलताको बीचमा कोरोना महामारीले अर्थतन्त्रमा पारेको असरलाई चिर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको सरकार… पुरा पढौ

हेटौंडा सिमेन्ट उद्योगबाट आजदेखि पुनः उत्पादन सुरु

मकवानपुर, ११ असोज । करिब दुई हप्ताअघि बन्द भएको हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन सुरु गरेको छ । आगो बाल्ने भट्टीको केही उपकरण बिग्रिएर सिमेन्ट उत्पादन बन्द गर्नुपरेको उक्त उद्योगले जनाएको छ । बिग्रिएका उपकरण मर्मतसम्हार र थप उपकरण जडान गरी गरिएपछि उत्पादन सुरु गरिएको उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले बताए। हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणले दिँदै आएको विद्युत आपूर्ति करिब आधाघण्टा अवरुद्ध हुँदा उत्पादन कार्यलाई नियमित राख्न कठिनाइ भएको उनले जानकारी दिए । उक्त उद्योगमा विद्युत् आपूर्तिको लागि छुट्टै… पुरा पढौ

जगदुल्ला हाइड्रोकाे विद्युत् उत्पादन अनुमतिपत्रका लागि प्रक्रिया अघि बढाइयाे

काठमाडौ, ११ असोज । ‘जनताको जलविद्युत्’ कार्यक्रममा समावेश जगदुल्ला अर्धजलाशयुक्त आयोजनाले भौतिक निर्माणका लागि आवश्यक पूर्व तयारी सुरु गरेको छ । आगामी ६ महिनाभित्र भौतिक निर्माणमा जाने तयारीका साथ हाल पूर्वतयारीको काम सुरु गरिएको सो आयोजनाले जनाएको छ । कर्णाली प्रदेशको डोल्पा जिल्लामा अवस्थित सो आयोजनाको कूल क्षमता एक सय छ मेगावाट छ । स्थानीय जगदुल्ला र मुड्केचुला गाउँपालिकामा अवस्थित सो आयोजनाको प्रवद्र्धक कम्पनी जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले विद्युत् उत्पादन अनुमतिपत्रका लागि आज सार्वजनिक सूचनामार्फत जानकारी गराएको छ । जगदुल्ला… पुरा पढौ

फुकोट कर्णालीको इआइए प्रतिवेदनमा सुझाव माग

काठमाडौं, ११ असोज । कालीकोटमा आयोजनास्थल रहेको फुकोट कर्णाली जलविद्युत् आयोजनाले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए)को स्वीकृतिका लागि आवश्यक प्रक्रिया सुरु गरेको छ । आयोजनाले आज एक सूचनामार्फत प्रभावित क्षेत्रका बासिन्दालाई आवश्यक सुझाव दिन माग गरेको छ । प्रतिवेदनमाथि वन तथा वातावरण मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय र प्रभावित स्थानीय तहलगायतका निकायमा सुझाव दिन सकिनेछ । कूल चार सय ८० मेगावाट क्षमताको सो आयोजना सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनीले निर्माण गर्न लागेको हो । अर्धजाशय प्रकृतिको सो आयोजनाले कालीकोटको… पुरा पढौ

एनआरएनएकाे आगामी अध्यक्षका लागी कतारका आरके शर्माद्वारा उम्मेदवारी घोषणा

काठमाडाैं, ११ असाेज । एनआरएनएकाे आगामी कार्यकालका लागी अध्यक्ष पदमा कतारमा बसाेबास गर्ने आरके शर्माले उम्मेदवारी दिएका छन । कतारको राजधानी दोहामा आयोजित एक कार्यक्रमका बीच अध्यक्षका प्रत्यासी शर्माले बुधबार आफ्नाे २४ बुँदे बाचापत्रसहित उम्मेदवारी घोषणा गरेका हुन् । विश्‍वका बिभिन्न देशमा बसाेबास गरिरहेका गैरआवासीय नेपालीहरूको सुझाव सल्लाहको आधारमा आफ्ना योजना तथा कार्यक्रमहरू सहित अध्यक्ष पदमा उमेद्वारी दिएकाे शर्माले बताएका छन। सिंगो गैरआवासीय नेपाली अभियानलाई एक ढिक्का बनाएर अघि लैजादै आफ्नो कार्यकालमा 'जुटेको एनआरएनए’ बनाउने अध्यक्षका प्रत्यासी शर्माले बताएका थिए… पुरा पढौ

विश्व मुटु दिवस: ‘मन लगाऔं मुटु बचाऔं’-डा. अवनिभूषण उपाध्यायकाे विचार

काठमाडौं । विश्वमा हरेक वर्ष २ करोड मानिसको मृत्यु मुटुरोग र सम्बन्धित आर्टरीहरूको कारणले हुने गर्दछ । यो संसारको मृत्युको कारणमध्ये पहिलो हो । कुनै पनि महामारी, कुनै दुर्घटना, कुनै एड्स या कुनै अरू सरुवा रोगबाट भन्दा यो बढी हो । यो एउटा महामारीको रूपमा देखापरेको छ । यो रोगबाट बच्न र बचाउन सबैजना लागिनपर्ने हो भने कल्पना पनि गर्न नसकिने अवस्थाको सिर्जना हुने देखिन्छ । हामीले मुटु रोग भन्दै गर्दा हृदयघात बुझ्नु पर्दछ । यो रोग ठूलो भएपछि लाग्ने… पुरा पढौ

दुई दिनमा २२ सयले घट्यो सुनको भाउ, चाँदीमा पनि गिरावट

काठमाडौं, ११ असोज । सुनचाँदीको भाउमा लगातार गिरावट भईरहेको छ । लगातार दुई दिनमा तोलामा रुपैयाँ २२ सयले घटेको छ । यसदिन सुनमा रुपैयाँ १४ सय तथा चाँदीमा रुपैयाँ १५ ले घटेको हो । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउमा रुपैयाँ १४ सयले घटेर तोलाको १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ११ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनमा पनि तोलामा रुपैयाँ… पुरा पढौ

पोखरा फुटवेयर बिजनेस सेन्टरकाे ‘दशैं जुत्ता चप्पल मेला’ मा ६० प्रतिशतसम्म छुट

पोखरा, ११ असाेज । पोखरा फुटवेयर बिजनेस सेन्टरले पाेखरामा चाडपर्व लक्षित ‘दशैं जुत्ता चप्पल मेला’ शुरू गरेकाे छ । बिभिन्न १० वटा नेपाली जुत्ता कम्पनीहरूद्वारा सयुक्त लगानीमा पोखरामा संचालित जुत्ता चप्पलहरुको शोरुम पोखरा फुटवेयर बिजनेस सेन्टरले दसैं तिहारलाइ लक्षित गरेर बिशेष छुट अफर सहित ‘दशैं जुत्ता चप्पल मेला’ सुरु गरेकाे हाे । बिजनेस सेन्टरको सृजनाचोक शोरुम र सिद्धार्थचोक शोरुममा मेला अन्तर्गतको छुट अफर लागू भएको सञ्चालक सबिन कार्कीले जानकारी दिएका छन । उनका अनुसार मेलाको अवसरमा जुत्ता चप्पल खरिद गर्दा… पुरा पढौ

विधायकको मूल जिम्मेवारी कानुन बनाउने हो: सांसद शर्मा

काठमाडौं, ११ असोज । नेकपा (एमाले) को तर्फबाट बाँके निर्वाचन क्षेत्र २ का प्रतिनिधिसभा सदस्य दीपा शर्मालाई विधायकको मूल काम कानुन बनाउने नै हो भन्ने लाग्छ । तर नेपालको अभ्यासमा विकासप्रति बढी ध्यान दिँदा मूल कानुन बनाउने कुरा ओझेलमा परेको उनको ठम्याइ छ । दैलेखको नारायण नगरपालिका–२ मा २०३९ मङ्सिर २८ मा जन्मेकी शर्माले कक्षा ७ मा पढ्दादेखि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) को प्रारम्भिक कमिटीबाट राजनीतिक सुरु गरेकी हुन्। उनले दैलेखमा अनेरास्ववियूको कोषाध्यक्ष हुँदै नेपालगञ्जको बाँकेमा २०६०… पुरा पढौ