मुख्य समाचार

अर्थमन्त्री डा महतद्वारा सहुलियतपूर्ण वित्तीय सहायता आह्वान

काठमाडौं, ९ असोज । अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालजस्ता अल्पविकसित मुलुकको विकासका लागि सहुलियतपूर्ण वित्तीय सहायताका लागि आह्वान गरेका छन्। इजिप्टको शार्म अल शेखमा आयोजित एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) को बोर्ड अफ गभर्नर्सको आठौँ बैठकमा गभर्नरको विजिनेस राउण्ड टेबलमा प्रमुख वक्ताको रूपमा सम्बोधन गर्दै डा महतले अल्पविकसित मुलुकको लागि सहुलियतपूर्ण वित्तीय सहायताले ठूलो अर्थ राख्ने भएकोले यसका लागि छुट्टै संयन्त्रको व्यवस्थाका लागि नेपालले राखेको प्रस्तावमा सहमति जनाउन सबै सदस्य राष्ट्रलाई आह्वान गरे। बैठकमा अर्थमन्त्री डा महतले विश्व अर्थतन्त्रको स्थिरता,… पुरा पढौ

‘दिव्य शताब्दी पुरुष’ डा लाल दासलाई नागरिक अभिनन्दन

काठमाडौं, ९ असोज । दिव्य शताब्दी पुरुष डा गौरीशङ्कर लाल दासलाई आज नागरिक अभिनन्दन गरिएको छ । नेपालको चिकित्सा सेवा, नेपाल रेडक्रस सोसाइटी, मानव अधिकार, समाजसेवा, व्यवस्थापन, प्रशासन र सुशासनको क्षेत्रमा मुलुकलाई अतुलनीय योगदान पु¥याएकामा उहाँलाई नागरिकस्तरबाट अभिनन्दन गरिएको हो । मूल समारोह समितिले आज आयोजना गरेको अभिनन्दन कार्यक्रममा समाजसेवी डा दासलाई कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले अभिनन्दनपत्रद्वारा सम्मान गरे। उनलाई गत भदौ ३० गते नागरिक समाजको तर्फबाट दिव्य शताब्दी पुरुषको उपाधि प्रदान गरिएको थियो । काठमाडौँ महानगरपालिकाको सहकार्यमा… पुरा पढौ

नविकरण नगर्ने कम्पनीकाे सूचीकरण स्थगन गर्ने नेप्सेकाे चेतावनी

काठमाडौं, ९ असाेज । नेपाल स्टक एकसचेन्जले नेप्सेमा सूचीकृत भएका कम्पनीहरुलाई यथासिघ्र वार्षिक नवीकरणमा सामेल हुन अनुराेध गरेकाे छ । नेप्सेले आज एक सूचना प्रकाशन गरेर नविकरण शुल्क बुझाउन अनुरोध गरेको हाे । सूचीकृत कम्पनीहरूले समयमा नविकरण नगरेमा उनीहरूलाई सूचीकरणबाट हटाउन सकिने नेप्सेले जनाएकाे छ । धितोपत्र सूचीकरण विनियमावली, २०७५ को अनुसूची ३ क र ख मा उल्लेख भएकाे व्यवस्था अनुसार कम्पनीहरूले आर्थिक वर्ष ०८०/८१ को धितोपत्रको वार्षिक नवीकरण शुल्क बुझाउने समय असोज मसान्तसम्म ताेकिएकाे छ । नियमानुसार कम्पनीहरूले साे… पुरा पढौ

साँगा-धुलिखेल सडक विस्तार : भुक्तानी नपाए निर्माण रोक्ने ठेकेदार कम्पनीकाे चेतावनी

काभ्रेपलाञ्चोक, ९ असोज . अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक चार लेनमा विस्तार आयोजनाको साँगा–धुलिखेल सडकखण्डमा कामबापतको रकम भुक्तानी नपाए ठेकेदार कम्पनीले निर्माण रोक्ने चेतावनी दिएको छ । कूल १५ दशमलव पाँच किलोमिटर सडकमध्ये पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किमी सडकखण्डको ठेक्का लामा कन्स्ट्रक्सनले लिएको हो । सडक विभागका अनुसार ठेक्का रकम रु चार अर्ब पाँच करोड ६४ लाख रहेको छ । साँगा–धुलिखेल सडकखण्डमा सडक विस्तारको काम १५ प्रतिशत सकिएको जनाइएको छ । निर्माण कम्पनीले सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास… पुरा पढौ

सांग्रिला डेभलपमेन्ट बैंक र सेल्सबेरी बिच छुट सम्झौता

काठमाण्डौं, ९ असोज । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सेलवेज क्यास एण्ड क्यारी प्रा.लि (सेल्सबेरी) बिच सम्झौता भएको छ । बैंकका ग्राहकहरु, बैंकका कर्मचारी तथा शेयरधनी महानुभावहरुलाई विभिन्न किसिमका सामान खरिद गर्दा छुट प्रदान गर्ने उद्देश्यले आज सम्झौता भएको हाे । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेण्ठ र सेलवेज क्यास एण्ड क्यारी प्रा.लि (सेल्सबेरी) को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशीलमान प्रधानाङ्घले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार सेलवेज क्यास एण्ड क्यारी प्रा.लि (सेल्सबेरी)ले बैंकका ग्राहक महानुभाव, बैंकका कर्मचारी… पुरा पढौ

नेप्सेमा १८.४५ अंकको बृद्धि, करिब ३ अर्बको कारोबार

काठमाडौं, ९ असोज । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार आज नेपाली सेयर बजार उकालोको यात्रामा गएको छ । नेप्सेमा आएको यसदिनकाे सकारात्मक लयले लागनीकर्ताहरुको मनोबल बढाएको छ । एउटा उपसमूह बाहेक जम्मैमा हरियो लागेको छ । नेपाल स्टक एक्सचेन्जले नेप्से परिसूचक १८.४५ अंकले बढेर २०२२.९१ विन्दुमा उक्लिएको जनाएको छ । नेप्सेमा ०.९२ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स २.५६ अंकले बढेर ३८६.२४ विन्दुमा पुगेको छ । यसदिन १३ मध्ये एउटामा रातो लागेको छ । १२ वटा उपसमूहहरुमा हरियो लागेको… पुरा पढौ

नेपाल र चीनबीच अन्तरदेशीय पूर्वाधार निर्माणलाई सिघ्र अघि बढाउने प्रतिबद्धता

बेइजिङ, ९ असोज । नेपाल र चीनबीच अन्तरदेशीय विकास पूर्वाधार निर्माणलगायत द्विपक्षीय सहकार्य र साझेदारी गर्ने सहमति भएको छ । चीनको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका चिनियाँ समकक्षी लि छ्याङबीच प्रतिनिधिमण्डलस्तरीय वार्तापछि जारी संयुक्त वक्तव्यमा व्यापार प्रवर्द्धन तथा सहजीकरण, कूटनीतिक सम्बन्ध विस्तार तथा क्षेत्रीय सहयोगका लागि सहकार्य गर्ने विषयमा सहमति भएको हो । वक्तव्यमा दुई देशबीचको सम्बन्ध, आपसी हितका लागि सहकार्य तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमाथि सहकार्य गर्ने विषयमा छलफल भएको र केही महत्वपूर्ण सहमति जुटेको उल्लेख… पुरा पढौ

डा ओम मूर्तिकाे कृति ‘जीवन्त सम्बन्ध’ को गहिराइमा पुग्दा (पुस्तक समीक्षा)

काठमाडौं। जीवनको अर्थ के हो, कसरी जीवनमा उद्देश्य, पूर्णता र सन्तुष्टि पाउन सकिन्छ, जीवनमा सम्बन्धले कस्तो प्रभाव पार्छ ? धेरै मानिसले यी र यस्तै प्रश्नका खोजीमा आफ्नो सम्पूर्ण जीवन केलाउन खोज्छन् तर कमैले मात्रै त्यसका गहिराइमा पुगेर वास्तविक अर्थ पहिल्याउँछन् । कतिले जीवनको अन्तिम क्षणमा मात्रै त्यसको अर्थको भेउ पाउँछन् तर त्यतिबेला उनीहरूको सम्बन्ध टुटिसकेको हुन्छ र ती आफूलाई रित्तिएको महसुस गर्छन् । हाम्रो समाजमा मानिसहरू अनेकाैं कुराको पछि लाग्छन्, लोभलालच, ईष्र्या, प्रतिस्पर्धाले उनीहरूभित्रको जीवनको रहस्यलाई विकृत बनाएको हुन्छ ।… पुरा पढौ

खराब काम गर्ने व्यवसायीलाई निरुत्साहित गर्छाैं-महानिर्देशक चिलुवाल(अन्तर्वार्ता)

काठमाडौं, ९ असोज । नेपालीहरुको ठूलो चाड दसैँ, तिहार तथा छठ नजिकै आइपुगेको छ । चाडबाडका समयमा मूल्य, परिमाण तथा गुणस्तरमा उपभोक्ता ठगिँदै आएका छन् । व्यावसायिक क्रियाकलाप स्वच्छ, पारदर्शी एवं प्रतिस्पर्धी बनाउँदै गुणस्तरीय वस्तु तथा सेवामा उपभोक्ताको पहुँच पु¥याई उपभोक्ताको अधिकार संरक्षण गर्ने जिम्मेवारी वाणिज्य, आपूर्ति तथा उपाभोक्ता संरक्षण विभागको रहेको छ । विभागले चाडपर्व लक्षित बजार अनुगमन सुरु गरिसकेको छ । उपभोक्तासँग सम्बन्धित विभिन्न १० वटा निकायको प्रतिनिधित्व रहने गरी संयुक्त बजार अनुगमन थालिएको छ । प्रस्तुत छ,… पुरा पढौ

प्रसारण लाइन निर्माणमा समझदारीसंगै चीनतर्फ बिजुली व्यापारको ढोका खुल्याे,

काठमाडौं, ९ असोज । नेपाल र चीनबीच बिजुली आदान–प्रदानका लागि उच्च क्षमताको प्रसारण प्रणाली निर्माण हुने भएको छ । नेपालतर्फ यसअघि नै सम्पूर्ण अध्ययन भइसकेको र निर्माणमा जान ठिक्क भइसकेको रसुवागढी–केरुङ प्रसारण लाइन चीतर्फ पनि जोड्ने गरी आवश्यक सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणमा क्रममा नेपाल र चीनबीच दुई सय २० केभी क्षमताको प्रसारण लाइन निर्माणका लागि आवश्यक समझदारी भएको छ । पछिल्लो समझदारीअनुसार नेपालको चिलिमे हब र चीनको जिलुङबीच प्रसारण प्रणाली जोडिने छ । नेपालतर्फ… पुरा पढौ